Saturday, February 06, 2016

Nepal News (17)

प्रचण्ड र महतोबीच भेटवार्ता
भेटमा प्रचण्डले शीर्ष दल र मोर्चाबीचको छलफल र सहमतिबाटै निकास खोजिने छलफलका क्रममा बताएका थिए। उनले सिमांकनका बिषयहरु पनि छलफल र संवादका माध्यमबाट सहमतिमै टुंगो लाग्ने स्पष्ट पारेका थिए। ..... महतोले आन्दोलनबाट जनताले सास्ती पाएकोले आफूले सञ्चार माध्यममा दिएको अभिव्यक्ति सही भएको बताएका थिए। उनले पनि संवाद र छलफलबाट नै अब सहमतिमा पुग्नुपर्ने बताएका थिए।
आन्दोलनका लागि तयार रहन नेवार र तामाङ समुदायलाई उपेन्द्र यादवको आह्वान
‘उपत्यकाभित्रका नेवार र तामाङ समुदाय संघर्षमा नउत्रिदासम्म सरकारले घुडा टेक्दैन’ ल्होछारको अवसरमा समाजवादी तामाङ संघले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘उत्पीडित जनतालाई अधिकार दिने सवालमा सरकार संवेदनहीन देखिएकोले उपत्यकाबासी सडकमा उत्रिनुको विकल्प छैन ।’ मधेशी, नेवार र तामाङ समुदाय संयुक्त रुपमा संघर्षमा उत्रे मात्र जारी आन्दोलन आन्दोलन उत्कर्षमा पुग्ने उनले बताए। ...... साता दिनअघि मात्रै फोरम नेपालको केन्द्रीय कार्य समिति बैठकले जारी आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो।
वीरगन्ज नाकामा फेरि धर्नामा बस्ने मोर्चाको चेतावनी

No comments: