Monday, February 08, 2016

उपेन्द्र यादव र Geopolitics: राजेंद्र महतो सन्दर्भ

मधेशी मोर्चा द्धारा नाका केन्द्रित धर्ना सहित आमहडताल फिर्ता । राजेन्द्र महतोका कारण आन्दोलनलाई क्षती पुगेको मोर्चाको निष्कर्ष ।
शुक्रवार विरगंज रक्सौल नाका सुचारु हुनु भन्दा एक दिन पहिला गएको विहिवार मोर्चाका एक घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले विराटनगरमा विरगंज नाका मात्रै खुल्ला राखी राख्नुको कुनै अर्थ नभएको भन्दै बन्द गर्ने भए सवै नाकाहरु बन्द हुनु पर्ने अन्यथा विरगंज नाका खोल्नु पर्ने अभिव्यक्ति दिएको थियो । त्यसको एक दिन अगाडी मात्रै अघिल्लो वुधवार मोर्चाका अर्का घटक तमलोपा अध्इयक्ष महन्थ ठाकुर विरगंज रक्सौल नाकामा पुगेरै तत्कालै नाका सुचारु नहुने बताएका थिए । तर शुक्रवार दिउसो वाट विरगंज रक्सौल नाका सुचारु भए पछि मोर्चाको बैठकको चौतर्फी प्रतिक्षा गर्दै आएको थियो । ....... सोमवार बसेको मोर्चाको बैठकले नाका केन्द्रित धर्ना, आमहडताल र सरकारी कार्यलय वन्दको आन्दोलनको कार्यक्रम फिर्ता भए पनि आन्दोलन जारी रहेको जनाएको छ । मोर्चाको बैठक पश्चात जारी गरिएको विज्ञप्तिमा आन्दोलनको स्वरुप परिर्वतन गरिएको भन्दै आउदो २९ माघ देखि ७ फागुन सम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । घोषणा गरिएको थप आन्दोलनको कार्यक्रमहरु अनुसार मोर्चाले २९ माघमा मसाल जुलुस, ५ फागुनमा लाठी जुलुस र ७ फागुनमा विरोध सभाहरु गरिने छन । त्यसैगरी मोर्चाले आफनो ११ बुदे मागको वारेमा हस्ताक्षर सुंकलन अभियान समेत चलाउन निर्णय गरेको जनाएको छ । साथै मोर्चाले आन्दोलनरत अन्य मोर्चा र पार्टीहरु संग एकता गर्ने समेत निर्णय गरेको छ । .......... यसैगरी विरगंज रक्सौल नाका सुचारु हुनु भन्दा पुर्व सदभावना अध्यक्ष राजेन्द्र महतोले दिएको अभिव्यक्तिले जारी आन्दोलनलाई क्षती पुगेको भन्दै मोर्चाले अव उपरान्त यस्तो क्रियाकलाप र अभिव्यक्ति नदिने महतोलाई निर्देश गरेको छ । मोर्चाले आजको बैठक पश्चात जारी गरिएको विज्ञिप्तमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताको हस्ताक्षर समेत छैन । विज्ञप्तिमा महतोका उल्लेख भए पनि उनको हस्ताक्षर छैन । अन्य तीन ओटै पार्टीहरुका अध्यक्षहरुले विज्ञिप्तमा हस्ताक्षर गरेका छन । आन्दोलनको सुरु देखि नै मोर्चा भित्र सदभावना पार्टीका अध्यक्ष महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विच टकराव देखिदै आएको थियो । वेला वखत सार्वजनिक रुपमै एक अर्का विरुद्ध समेत टिकाटिप्पणीहरु समेत हुदै आएको मोर्चा भित्र पछिल्लो समयमा विरंगंज नाका सुचारु गर्ने वारेमा दिएको अभिव्यक्तिलाई लिएर पुर्न विवाद चर्किएको छ ।

उता सप्तरी सुनसरी तिर को पानी नै फरक हो कि के हो? उपेन्द्र यादवले कति चाडो बिर्सेको? मधेसी मोर्चाले नाकाबंदी को घोषणा गर्नु दुई दिन अगाडि देखि नाकाबंदी शुरू भएथ्यो। भने पछि मधेसी मोर्चा ले घोषणा गर्नु दुई दिन अगाडि नै नाकाबंदी समाप्त हुनु के अनौठो भयो?

११ बुंदा मा एक भएका चार मधेसी पार्टी। त्यो ११ बुंदा ज्युँ का त्यूँ छ।  त्यस कारणले चार पार्टी ले एकता कायम राख्दै अगाडि बढ्नुको अर्को विकल्प छैन। जनताको कुर्बानी को अपमान गर्ने छुट कसैलाई छैन।

मधेस आंदोलन ले फेज २ मा प्रवेश गरेको छ। फेज ३ मा जानु नपरोस्। फेज २ भनेको घनिभुत वार्ता को फेज हो। यस फेजको सक्दो सदुपयोग गरौं।



No comments: