Saturday, February 13, 2016

भाषा बारे

मुख खोलेर मधेसी नेता हरुले भन्ने गरेका छैनन् तर ११ बुँदे मध्ये एक बुंदा भाषा सम्बन्धी छ। त्यसलाई व्यवहारमा उतारने भनेको नेपालको केंद्रीय संसद मा नेपाली र हिंदी दुबै मा काम हुने नै भनेको हो। त्यो त एक मधेस दो प्रदेस भन्दा पनि महत्वपुर्ण कुरा हो जस बिना मधेसी ले नेपालमा समानता को अनुभूति गर्न सक्दैन।

भारतको संसदमा छ त। हिंदी पनि अँग्रेजी पनि। अंग्रेजी दक्षिण भारत का लागि हो। त्यस्तै दक्षिण नेपाल ले हिंदी चाहेको। यो त अधिकार को कुरा हो। हिंदी लाई नेपाली को समकक्ष बनाए अनि बल्ल मधेसी समुदाय ले पर्यटन र जलस्रोत जस्ता क्षेत्र मा प्रवेश पाउने भन्ने हुन्छ। होइन भने अहिले त त्यस्ता क्षेत्र मा मधेसी लाई छेकबार जस्तो छ।

हिंदी भाषा मधेसी पहिचान को नंबर एक कुरा हो।  हिंदी छैन भने मधेसी छैन। हिंदी माथि प्रहार मधेसी माथि प्रहार हो।

प्रदेश र स्थानीय स्तर मा, प्राथमिक शिक्षामा अरु भाषा लाई पनि सहभागी गराउनु पर्ने छ। त्यसको लागि एउटा आयोग चाहियो। यो भाषा लेखपढ को स्तर सम्म पुग्यो है भन्ने प्रमाणीकरण गर्ने आयोग। जुन गाउँ मा ८०% मान्छे ले राइ भाषा बोलेको होला, त्यहाँ स्थानीय सरकारमा राइ भाषा चल्नु हुन्न भनेर कसले भन्न सक्छ?

प्राथमिक शिक्षा मातृ भाषा मा दिँदा बच्चा ले सबभन्दा बढ़ी ज्ञान हासिल गर्छ। यो त वैज्ञानिक तथ्य हो।

अनि सनातन धर्म लाई हटाउ संविधान बाट। हिन्दु लाई, बुद्धिस्ट लाई, मुसलमान, ईसाई लाई धर्म निरपेक्षता, तर बाहुन लाई संविधानमा सनातन धर्म चाहिने?

नेपालको भाषिक, धार्मिक, सांस्कृतिक विविधता को सही सम्बोधन संघीयताले मात्र गर्न सक्छ।

देशको प्रत्येक भाषा लाई FM टेक्नोलॉजी मार्फ़त जनताको मा लानुपर्ने हुन्छ। १२ क्लास सम्म को पढाई लिखाई मौखिक हुन सक्छ, आफ्नै मातृभाषामा। प्रत्येक उमेरको मान्छे को पहुँच मा पुर्याउने।



No comments: