मधेसी मोर्चाले लचक देखाउनुपर्ने

सुशील कोइराला भनेको गिरिजा कोइराला होइन, गिरिजा कोइराला भनेको बीपी कोइराला होइन। गिरिजा ले उपन्यास लेख्ने संभावना कति थियो? त्यस्तै सुशील लाई गिरिजा कोइराला सँग दाँज्न मिल्दैन। गिरिजाको पालामा भन्ने कुरा धेरै गर्नु हुँदैन।

मधेसी मोर्चाले लचक देखाउनुपर्ने छ। अहिले हामी फेज २ मा छौं। मधेस आंदोलन को यो फेज २ शुरू भएको छ। यो फेज वार्ता को फेज हो। यसपछि अर्को एक फेज छ भनेर ढुक्क भएर बस्नु हुँदैन। चिया बिस्किट कम, काममा बढ़ी ध्यान दिनुपर्ने बेला हो यो।

जस्तै दुई वटा संसोधन भो। यो केही पनि होइन भनेर मोर्चाले के भनेको? केही न केही त हो।  सबै थोक चाहिँ होइन। तर केही न केही त पक्कै हो।

प्रतिनिधि सभा को प्रतिनिधित्व को कुरामा चाहिँ मिल्यो कि? १६५ मध्ये ठ्याक्कै ५१% नै चाहिएको हो। म बुझछु। तर कर्णाली का जिल्ला ले ४-५ सीट बढ़ी पाए के पो बिग्रने हो? खस र पहाड़ी आर्य भनेको फरक फरक हो। बाहुन हरुले आफ्नो संख्या बढाउन खस आर्य भन्दिने गरेको हो। होइन भने कहाँ को खस, कहाँको आर्य। खस भनेको बाहुन ले सबभन्दा ठगेको समुह मध्येको एउटा हो। अलि उदार भएर सोँच्नुपर्यो। कर्णाली को स्पेशल केस छ।

यो एउटा चाहिँ भयो भन्ने सिग्नलिंग गर्नु पर्ने छ। भयो भने मोर्चा केही लचक भयो भन्ने पर्छ। अनि १००% क्रेडिट मोर्चाले मात्र लिएन भन्ने पनि पर्छ। किनभने काँग्रेस लाई पीर छ। मधेसी मोर्चा जित्ने, काँग्रेस हारने किसिमले टुंगो लाग्ने हो भने त मधेसमा काँग्रेस को रोजीरोटी समाप्त भो। त्यो डर छ काँग्रेस लाई। सबै ले सामुहिक रुपले जित घोषणा गर्न मिलने गरी अगाडि बढेको राम्रो।

जनताले वोट दिँदा अब आगामी ५ वर्ष के गर्ने भन्ने मुद्दा मा वोट गर्ने हो। यो आंदोलन को चुनावी लक्ष्य छैन। यो संविधान संसोधनमा गएर टुंगिने आंदोलन हो।

भने पछि ११ मध्ये १ भयो पो कि?

अर्को जुन समानुपातिक समावेशी वाला छ त्यो के छ? मैले अध्ययन गरेको छैन। अध्ययन गरेर साध्य पनि छैन। को बस्छ धारा धारा पल्टाउँदै? बरु कानुन विदले के भन्छन? धीरेन्द्र झा? महन्थ ठाकुर? मिल्यो कि मिलेन? मिलेन भने कहाँ मिलेन? थाहा चाहियो।

मलाई लाग्छ यो बुंदा मा चाहिँ संविधानमा मात्र संसोधन गरेर पुग्दैन। लगे हाथ आरक्षण को कानुन पनि संसोधन गर्दिहाल्नु पर्ने छ। मधेसको फॉरवर्ड ब्लॉक ले मधेसी को नाम मा सबै आरक्षण आफुले लिने भन्ने चिसो परेको छ पहाड़मा। त्यसलाई address गर्नु पर्छ। अहिले नै। जब कि त्यो फॉवर्ड ब्लॉक अहिले नै आरक्षण नचाहिने अवस्थामा रहेछ, तथ्यांक ले देखाएको।

आरक्षण को कानुन सही परिमार्जन गरे क्लस्टर मा लफड़ा छैन धेरै। मधेसका दलित ले, मुसलमान, थारु ले छुट्टै क्लस्टर लिन्छन् भने लीउन। बरु दलित को एक्लो क्लस्टर भयो भने मधेसको दलित ठगिने डर। क्लस्टर भित्र पनि समुह हरु भन्नु पर्छ। त्यो त प्रत्येक क्लस्टर मा हो। आरक्षण को कानुन सम्म पुग्दा प्रत्येक क्लस्टर को सदस्य समुह हरु किटान गर्नु पर्ने हुन्छ। महिला भो। महिला मात्र भनेर छोड़ने हो भने त्यहाँ झन भीषण बाहुनवाद हुन्छ। महिला भित्र पनि समूह हरु भन्नु पर्ने हुन्छ।

अनि रह्यो बाँकी ९ वटा। अझ भनम ८ वटा। रेखांकन अहिले लाई थाती राख्ने। त्यो बाँकी सबै मिले पछि अन्त्यमा छुने।

दुई बुँदे संसोधन बाट मैले बुझिराखेको छु, काँग्रेस चाहन्छ सबैले क्रेडिट लिन मिल्ने गरी नै ११ बुँदे मा पुगौं। त्यो समस्या नै होइन।  द्वितीय विश्व युद्ध मा ब्रिटेन लाई भारी जितमा पुर्याउना साथ चर्चिल ले चुनाव हारेको। किनभने All Elections Are About The Future. अब जब चुनाव हुन्छ १००% आर्थिक क्रांति को मुद्दा मा हुन्छ। मधेसी दल ले ११ बुँदे टुंगो मा लगे पनि आर्थिक क्रांति को विज़न दिन नसके जनताले लोप्पा ख्वाउँछ। सबैले क्रेडिट लिने गरी नै बाँकी १० बुंदा पनि टैकल गरौं।

अर्को चुनाव जित्ने इच्छा छ भने मधेसी मोर्चाले बाबुराम को नया शक्ति सँग अलायन्स बनाउने। आर्थिक क्रांति को मुद्दा मा अहिले को अवस्थामा सबभन्दा बढ़ी गृह कार्य गरेकै बाबुरामले। तर त्यो फरक टॉपिक हो। यो आंदोलन र अर्को चुनावको खासै सम्बनध छैन। २०१४ मा बिहारमा नितीश ले ज्याला मागेको। जनताले लोप्पा ख्वायो कि ख्वायेन? चुनाव मा ज्याला माग्ने नै होइन।

4 Reasons To Share Credit With Your Team

मधेसी मोर्चा ११ बुँदे माग
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points

Comments