Wednesday, February 10, 2016

उपेन्द्र यादव र सीके राउत को छायाँ


उपेन्द्र यादव यसरी राजेंद्र महतो र जेपी गुप्ता माथि जाइ लाग्नु को कारण ती दुई हुँदै होइन। कारण सीके राउत हो। उपेन्द्र लाई छ म मधेसमा नंबर वन छु। पहिलो पटक त्यो सही थियो तर त्यस पछि त्यो कुरा साँचो होइन। उपेन्द्र ले यादव को संख्या जोड्छन। जब कि उपेन्द्र यादव लाई सबै यादव ले मानेको अवस्था छैन। बिहारमा लालु को वरिपरि यादब गोलबंद भए जस्तो मधेसमा उपेन्द्र यादव को वरिपरि यादव हरु गोलबंद छैनन्। र राजेंद्र महतो, जेपी गुप्ता र सीके राउत तीन जना जन्मले महात्मा गांधी जस्तो वैश्य भए पनि सीके को अपील जात हुँदै होइन। सीके ले त मेल्टिंग पॉट मधेसी पहिचान समातेको हो।

सीके को संगठन को सदस्य संख्या एक लाख काटिसक्यो। त्यसलाई राजनीतिक पार्टी बनाउने हो भने सीके राउत को पार्टी अहिले मधेसमा नंबर एक पार्टी बन्छ।

मजेदार कुरा के छ भने काठमाण्डु को सत्ताधारी ले मधेसी मोर्चाको ११ बुँदे माने सीके को एजेंडा १० वर्ष का लागि हराउँछ। त्यस परिस्थितिमा कि त सीके को संगठन ले पार्टी बनेर चुनाव लड्नुपर्यो कि त त्यो विस्तारै ऑफसेआफ क्षय भएर जान्छ। तर अहिलेको अवस्था कायम रहने हो भने सीके को मधेस अलग देश को एजेंडा अहिले नै प्राप्त गर्न सकिन्छ कि भन्ने स्वराजी हरु लाई लागिरहन्छ। पहिला देश बनाउने अनि बल्ल पार्टी बनाउने जस्तो लाग्ने हुन्छ।

अर्थात सत्ताधारी र मधेसी मोर्चा को एक दुसरे की सख्त जरुरत है।

In the mean time, उपेन्द्र को rear view mirror मा देखिएको हात्ती --- त्यो सीके राउत हो।

No comments: