Saturday, February 06, 2016

दिल्ली भ्रमण अगाडि नै ओली ले मधेस आंदोलन लाई सम्बोधन किन नगर्ने?

नाकाबंदी मधेस आंदोलनले फिर्ता लिए पछि ओली को दिल्ली भ्रमणको मार्ग प्रशस्त भएको छ। अहिले मधेस आन्दोलनको फेज १ समाप्त भएर फेज २ मा पुगेको छ। फेज २ भनेको प्रमुख रुपले वार्ताको फेज हो। यस फेजमा सत्ता पक्षले बड़प्पन देखाउने फेज हो। ओली र प्रचंड ले बड़प्पन देखाउने फेज हो। यो मधेस आंदोलन न सकिएको हो, न थाकेको हो, न पराजित भएको हो। लोकतंत्र मा त आंदोलन सम्बोधन गर्ने काम गरिन्छ। जनताले बोल्ने बिभिन्न तरिका हुन्छन्। नेताको काम हो सुन्ने।

यो दोस्रो फेज lull before the storm नबनोस्। सन २००६ को क्रांति का सहयात्री ले मिलेर समाधान खोज्नुपर्छ। मधेस आंदोलनले नाकाबंदी फिर्ता लियो। त्यसै गरी अब बड़प्पन देखाउने पालो ओली र प्रचंड को।

दिल्ली भ्रमण अगाडि नै ओली ले मधेस आंदोलन लाई सम्बोधन किन नगर्ने?


No comments: