Thursday, February 11, 2016

मधेसी मोर्चा मा सात दल

मधेसी मोर्चा मा सात दल पुग्नु सार्है राम्रो हो। अब त्यसलाई घटाएर तीन दल बनाउन सकिन्छ कि भन्ने प्रयास गर्नु पर्छ। शरद सिंह उपाध्यक्ष हुने गरी फेरि फोरम मा किन नफर्किने? गणतंत्र यादव किन फरक बस्नुपर्ने? अनिल झा र राजेंद्र महतो ले पार्टी एकीकरण किन नगर्ने? महेंद्र यादव को तमलोपा के तमलोपा? सात दल लाई तीन दल बनाउनु पर्छ।

शरद जी थर ले पहाड़ी तर राजनीतिक मुद्दा ले मधेसी। अनुहार पनि कालो। मधेसका ४०% पहाड़ी लाई तान्न सक्ने। खेलाड़ी हो। अति कुशल। बाप सांसद, बेटा सवा सांसद।

गुप्ता ले पनि आफ्नो अभियान को संगठन लाई एउटा पार्टी सँग एकीकरण गरे भै हाल्यो नि। यादव सँग कुरा मिल्दैन भने महतो सँग मिलाउ। बौद्धिक मान्छे। लेख हरु लेख्ने नेता। बाल ठाकरे जस्तो। ठाकरे ले पनि सामना पत्रिका मा लेखेको लेखै।

सीके राउत त केजरीवाल हो। कसै सँग एकीकरण गर्दैन।

अझ संघीय गठबंधन का जुन चार जनजाति दल छन ती दलले उपेन्द्र यादव को फोरम सँग पार्टी एकीकरण किन नगर्ने? तिनले एकीकरण गरेको खण्डमा मधेसी मोर्चाको नाम नै फेर्नु पर्ने हुन्छ। संघीय मोर्चा भन्नु पर्ने हुन्छ।

यानि कि ११ दल लाई तीन दल मा ल्याउनु पर्ने छ। तीन दल मा ल्याउने, नाम फेर्ने र एक पद एक उम्मेदवार मा जाने।

अनि त्यस संघीय मोर्चा मा नया शक्ति लाई पनि ल्याउनु पर्छ। मधेसी मधेसी मात्र भनेर हुँदैन। त्यो सद्भावना को २५ वर्ष को "संघर्ष" ले देखायो। ११ बुँदे पुरा भए पछि जनताको मा ज्याला मागन पुग्ने हो भने मधेसी मोर्चा को त्यही हाल हुन्छ जुन २०१४ मा नितीश को भयो। ११ बुँदे पुरा भए पछि १००% फोकस आर्थिक क्रांति हो।  नया शक्ति ले जस्तो राम्रो गृह कार्य कसैले गरेको छैन। मधेसी मोर्चा लाई संघीयता समावेशीता संस्थागत गर्नुछ भने नया शक्ति सँग मोर्चाबंदी गर्नु पर्छ।

बाबुराम तास बुझ्ने लाई एक्का हो।



No comments: