Tuesday, February 16, 2016

यो फेज २ मा मधेसी मोर्चाको रोल

मधेस आंदोलन को यो फेज २ मा मधेसी मोर्चाको रोल आफ्नो तर्फ बाट सकेसम्म सकारात्मक हुनुपर्छ। सकेसम्म फेज ३ मा जान नपर्ने गरी हाम्रो तर्फ बाट प्रत्येक गर्यौं। आखिर केही नलागेर हार खाएर मात्र हामी फेज ३ मा आइपुगेका छौं भन्ने हुनुपर्छ र ईमान्दारी का साथ नै हुनुपर्छ। देखावटी होइन।

मधेसी मोर्चाको एउटा सराहनीय पक्ष के छ भन्दा कुनै पनि हालतमा दुई कुरा नछोड्ने।
यो स्पष्ट अडान कमजोरी होइन। नैतिक बलवान ले मात्र यस्तो किसिमको अडान लिन सक्छ। 

अहिले फेज २ भनेको वार्ता को फेज हो। आफ्नो तर्फ बाट कुनै किसिमको कसर बाँकी राख्नु हुँदैन। सत्ता पक्ष ले जे गरे पनि, जति सुकै छलकपट गरे जस्तो लागे पनि आफ्नो तर्फ बाट मोर्चा ले वार्ता सफल गराउने प्रयास नै गर्नु पर्छ। त्यो भनेको एक तरफ़ा घुर्की लाउँदै बस्ने भनेको होइन। 


वार्ताको फोर्मुला यो हो। 


  1. Keep strong, if possible. यो भनेको फेज ३ का लागि तयारी गर्दै गर भनेको। हप्तामा ६ दिन आर्थिक गतिविधि, एक दिन संगठन विस्तार। 
  2. In any case, keep cool. अर्को पक्षले जे बोले पनि आफ्नो पक्ष बाट आदरपूर्वक भाषा बोल्ने। घुर्की को भाषा नबोल्ने। 
  3. Have unlimited patience. केही समय लाग्छ। दिने। 
  4. Never corner an opponent, and always assist him to save his face. संविधान संसोधन गर्न चाहिने अंक गणित मा एमाले पनि चाहिने भएकोले सरकार ढालने भाषा नबोल्ने। अरुले बोल्छन् भने बोलून, मोर्चा ले किन बोल्ने? बरु ११ बुँदे सम्बोधन गरौं, संविधान संसोधन गरौं र त्यस पछि ओली कै नेतृत्व मा राष्ट्रिय सरकार बनाऊँ, काँग्रेस पनि मधेसी मोर्चा पनि भएको, सबैले मिलेर नै क्रेडिट लिएर जाऊँ जनतामा भन्ने भाषा सही भाषा हो। उसै पनि यो आंदोलन यो अथवा त्यो पार्टी लाई चुनाव जिताउन भएको होइन। चुनाव जहिले पनि भविष्यमुखी हुन्छ। All elections are about the future. दोस्रो विश्व युद्ध मा ब्रिटेन लाई जिताएको चर्चिल  युद्ध पछिको चुनाव हारेको। ११ बुँदे सम्बोधन भयो भने बरु मधेसी पार्टी हरु गायब सखाप हुने डर हुन्छ। एजेंडा के बाँकी रहन्छ त? ११ बुँदे सम्बोधन भए पछि सबै पार्टी ले आर्थिक क्रांति को एजेंडा मा होड़बाजी गर्नु पर्ने हुन्छ। 
  5. Put yourself in his shoes -- so as to see things through his eyes. मधेसी मोर्चा के चाहन्छ, त्यो मधेसी मोर्चा लाई थाहा छ। तर अर्को पक्ष के चाहन्छ त्यो मधेसी मोर्चा लाई थाहा छ? के चाहन्छ? उसले चाहेको अनुसार चल्नु पर्छ भन्ने छैन तर उसले के चाहेको छ त्यो बुझ्नु जरुरी छ। बुझेको प्रत्याभूति दिन जरुरी छ। अर्को पक्ष चाहन्छ गल्ती ले पनि देश नटुटोस। जुन कि आफैमा एउटा prejudiced thought हो। मधेसी नेपालको नागरिक नै होइन, यो देश उसको हुँदै होइन भनी सोच्ने पहरिया ले मात्र देश नटुटोस भन्ने सोच्न सक्छ। तैपनि उसले त्यो चाहेको बुझेको अनुभूति दिन सक्नुपर्यो। अर्को उसले चाहेको छ ११ बुँदे सम्बोधन गरेकै कारण ले मधेसमा उसको पत्ता साफ नहोस्। रोजीरोटी का सवाल छ। त्यहाँ सबै ले क्रेडिट लिने गरी अगाडि बढ्न सकिन्छ। त्यो भनेको राष्ट्रिय सरकार हो। उसले चाहेको त्यही दुई मुख्य कुरा हो जस्तो लाग्छ। 
  6. Avoid self-righteousness like the devil --- nothing is so self-blinding. आफु र आफ्नो कुरा सही लाग्नु स्वाभाविक हो। अर्को पक्ष लाई मधेसी ले घृणा गर्ने प्राणी का रुपमा मात्र चित्रित गर्ने प्रयास पुर्ण रुपले सही होइन। The reality has many dimensions, all of which have to be explored. आत्म समीक्षा पनि गर्नु पर्छ। जनता को मा गएर हाम्रो समीक्षा गर्दिनुस् भन -- भटाभट गर्दिन्छ। 
यो त भयो शैली को कुरा। वार्ता मा जानु भनेकै केही लचक हुन्छु भन्नु हो। भने पछि अहिले मीडियाबाजी कम र आतंरिक गृह कार्य बढ़ी गर्ने समय हो। आफ्नो तरफ बाट कति सम्म लचक हुन सकिन्छ र कहाँ बाट पर लचक हुन सकिँदैन त्यो ठम्याउने समय हो। तर गोप्य राख्नु पर्छ। मीडियाबाजी गर्नु हुँदैन। मीडियाबाजी गर्यो भने वार्ता मा प्रगति हुँदैन। Posturing मात्र हुन्छ। नेता को इगो को लागि राम्रो हो। तर जनता लाई बेफ़ाइदा हुन्छ। 

कार्य दल को बाटो सबैभन्दा राम्रो बाटो हो। 




No comments: