Wednesday, February 17, 2016

उपेन्द्र यादवको नेतृत्व शैलीमा कमी कमजोरी छ

उपेन्द्र यादवको नेतृत्व शैलीमा कमी कमजोरी छ भन्दै फोरम पाँच पाँच पटक फुट्नु भनेको there is no smoke without a fire हो। केही न केही त छ त्यहाँ। उपेन्द्र को बानी के छ भन्दा एकोहोरो पारा ले हिड्ने। एकोहोरो पारा ले हिड्ने अनि एक कोस हिडे पछि पुलुक्क पछाडि फर्केर हेर्ने। पार्टी पछि पछि आएको छ कि छैन भनेर। अनि फेरि एकोहोरो पारा ले दुई कोस हिड्ने अनि पुलुक्क पछाडि फर्केर हेर्ने पार्टी पछि पछि आएको छ कि छैन भनेर। तरिका त्यो होइन। पार्टी का मुख्य १०-१२ जना सँग कदम कदम मा छलफल गर्दै हिड्नुपर्छ। त्यो उपेन्द्र लाई आउँदैन पनि र उ सिक्न पनि चाहदैन। त्यस कारण ले उसको बेस संकुचित रहिरहने हुन्छ।

फोरमका ४० नेताले पार्टी छाडे, रामसपा महासचिव र दुई सचिव निष्काशित
पार्टी नेतृत्वको कार्यशैली र रणनीति ठिक नभएको आरोप लगाए । .....अन्सारीले पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको, संघीयता पक्षधर दल नै असमावेशी चरित्रको रहेकाले पार्टी छाड्नुपरेको प्रष्टीकरण दिए । यद्यपि फोरमले भने पाँच दिनअघि नै अन्सारी र राजकुमार यादवलाई दलबाट निष्काशन गरेको घोषणा गरेको थियो । फागुन अन्तिम साता कार्यक्रम गरी पार्टी छाडेकाहरुको तर्फबाट नया घोषणा गरिने फोरम छाड्ने नेताहरुले जानकारी दिएका छन् ।












No comments: