महंथ ठाकुर को रोल

मधेसी मोर्चा मा कोही नेता नै छैन। औपचारिक रुपले मोर्चाले कसैलाई नेता चुनेको मलाई थाहा छैन। एउटा गलती नै हो। एक जना न एक जना कोही अध्यक्ष चुनेको खंडमा मोर्चा बढ़ी प्रभावकारी रुपले चल्छ। व्यक्तिगत मेरो कोही पनि फेवरेट छैन। एक जना लाई अध्यक्ष चुन्ने अनि महत्वपुर्ण निर्णय हरु सबै सामुहिक छलफल र समन्वय का आधारमा मात्र गर्ने गरेको राम्रो हो।

तर अहिलेसम्म सामुहिक नेतृत्व मा चलेको छ। यानि कि चार जना बराबर को नेता। अचम्मै हो। यो यस्तो प्रवृति हो जसले चारै जना लाई पहरिया को पछि पछि कुद्ने बनाई दिन्छ। कुदछन पनि। यो एक किसिमको मानसिक दासता हो। जनताको राजनीतिक दासता समाप्त गर्न चाहने ले पहिला आफ्नो मानसिक दासता समाप्त गर्न सक्नुपर्छ।

एक जना औपचारिक अध्यक्ष नभए पछि आंदोलन सरकार ढालने उचाई सम्म लानै मिल्दैन।

सामुहिक नेतृत्व नराम्रो कुरा होइन। मोर्चा भित्र को कल्चर त सामुहिक नेतृत्व वाला नै हुनुपर्छ।

चार जना को सामुहिक नेतृत्व मा चलिआएको मधेसी मोर्चा मा तीन जना थपिए पछि अब सात जनाको सामुहिक नेतृत्व भयो। अध्यक्ष नभने पनि संयोजक चाहिँ एक जना घोषणा गरे राम्रो हो।

महंथ ठाकुर का कमी कमजोरी छन। वार्ता मा हृदयेश धेरै राम्रो। मोर्चा भित्र नंबर एक मा हृदयेश नै हो। तीन महिना वाला अस्त्र फाले विपक्षी ले। त्यसलाई नै हृदयेश ले अस्त्र बनाई दिए। कौशलता देखियो।

महंथ जी लाई ज्यादा दौड़धूप गर्न उम्र ले पनि दिँदैन।

महंथ जी व्यक्तित्व का हिसाबले प्रणव मुखर्जी, मनमोहन सिंह टाइप को मान्छे। हुन त मनमोहन भन्दा बढ़ी बोलक्कड हो। मनमोहन त चुप्पा दास। राजेंद्र महतो more of a street fighter.

फील्ड मा नंबर वन रोल रह्यो महतो को।

महंथ ठाकुर काँग्रेस मा सुशील कोइराला, राम वरण यादव, विमलेंद्र निधि यी सबैभन्दा सीनियर। विभेद को पीड़ा धेरै होला। सक्षम भएर पनि पदमा झण्डै झण्डै पुग्नु तर नपुग्नु को पीड़ा। महंथ ठाकुर का लागि बिभेद भनेको कुनै theoretical/hypothetical कुरा होइन।

एक जना कसैलाई औपचारिक रुपले संयोजक निर्वाचित गर्ने हो भने मोर्चाले भविष्य मा मोर्चा एक पद एक उम्मेदवार मा जान्छ कि भन्ने राम्रो सन्देश जान्थ्यो। जनतामा।

आंदोलन न तुहियो, न सकियो, न थाक्यो। मधेसी थाक्ने जात नै होइन। यो त apartheid विरुद्ध को आंदोलन हो। त्यस्तो आंदोलन को लक्ष्य हुन्छ, समय सीमा हुन सक्दैन। लक्ष्य भनेको विजय हो।




Comments