Saturday, February 06, 2016

वार्तामा बहादुरी कसलाई भनिन्छ?

वार्तामा बहादुरी कसलाई भनिन्छ? लोकतान्त्रिक परिवेशमा वार्तामा बहादुरी भनेको अर्को पक्ष लाई दुश्मन अथवा प्रतिद्वंदी ठान्ने लाई बहादुर भनिँदैन। अर्काको नाक भैं मा रगड़ने लाल बुझक्कड़ लाई बहादुर भनिँदैन। लोकतान्त्रिक परिवेशमा वार्तामा जित र हारको प्रयास नै हुँदैन। दुबै पक्ष को जित होस भन्ने प्रयास गरिन्छ।

देश एउटै, जनता एउटा। परिवेश एउटै, पृष्ठभूमि एउटा। अहिले पक्ष बिपक्ष नै भने पनि सबैले मिलेर नै देशमा राजतन्त्र उखेले। सबैले देशमा आर्थिक क्रांति चाहिन्छ भनेका छन। सबै शांतिपूर्ण लोकतंत्र चाहेका शक्ति हुन। भने पछि जित हार को भाषा बोल्नु हुँदैन। सबैको जित हुने किसिमले निकास निकाल्नुपर्छ। १००% नाकाबंदी को संभावना मिथ्या होइन। अहिले को चुनौती देश ले त्यो देख्न नपरोस् भन्ने हो।

वार्ता बाट निकास निकाल्न संभव छ। सबै पक्षले प्रयास गर्नु पर्छ।


No comments: