Tuesday, January 12, 2016

The Art Of Negotiating A Final Deal






के हुदै छन कार्यदलमा ?
कतिपय भित्रियाहरुका अनुसार काग्रेसले पेश गरेको संशोधन प्रस्ताव मोर्चाको सहमतीमा अघि वढाउदै सिमाकंनका लागी कार्यदल बनाएर अघि वढने अन्तिम कसरतमा दुवै पक्ष अघि वढन खोजेको देखिन्छ । सिमाकंनका लागी बनाइने भनिएको समितीको वैद्यता मोर्चाले खोज्दै त्यसको टिओआर प्रष्ट रुपमा बनाउन माग गरेका छन । कार्यदल सदस्य तथा तमलोपा नेता हृदेश त्रिपाठी भन्छन, हामीले उक्त समितीले काम गर्ने वारेको विश्वसिनयता खोजीरहेका छौ । त्रिपाठी भन्छन, हामीले आफनो तर्फवाट त्यसका लागी प्रस्ताव गरिसकेका छौ । उनी भन्छन, हामी आन्दोलनकारीहरुले विश्वासको वातावरण मात्रै खाजेका छौ, त्यो उहाहरुले गर्नु पर्ने हुन्छ । त्रिपाठीका अनुसार प्रमुख दलहरुको कार्यदलले पर्सी गम्भिरतापुर्वक गृहकार्यका साथ आएको खण्डमा सहमती फ्रेमबर्क अगाडी वढने सम्भावना छ । मोर्चाले सिमाकंनका लागी बन्ने समितीको टिओआरका लागी के प्रस्ताव गरेको छ भन्ने कुरा अहिले गोप्य राखिएको छ । त्रिपाठी भन्छन, अहिले भन्दा पक्ष वा विपक्षमा मत वाझिने भएकाले हामी दुवै पक्षले त्यसमा गोप्य नै राख्ने समझदारी गरेका छौ । मोर्चावृतमा रहेको चर्चा अनुसार मोर्चाले समितीको टिओआरमा राज्यपुर्नसंरचना समिती वा आयोगले सिफरिस गरेको अनुसार मधेशमा दुइ प्रदेशको सुनिश्चितता अथवा हाल विवादित देखिएको झापा, मोरड, सुनसरीको तल्लो भाग दुइ नम्बर प्रदेशमा र पश्चिमको कैलालीको थरुहट भाग ५ नम्बर प्रदेशमा गाभ्ने उल्लेख गर्न माग गरेका छन । तमलोपा नेता तथा कार्यदल सदस्य त्रिपाठीले आफुहरुले सिमांकनका लागी बन्ने समितीले भोली गर्ने कामको विश्वासिलो आधार प्रमुख दलहरुवाट खोजेको उल्लेख गरे । त्रिपाठी भन्छन, यो वा त्यो भन्ने कुरा अहिले नै नभनौ । ......... काग्रेसले हाल पेश गरेको संशोधन विद्येयकमा थप संशोधन गर्दै अर्को पनि एउटा संविद्यान संशोधन मोर्चाको सहमती अनुसार बनाउनु पर्ने भएकाले त्यसको आन्तरिक गृहकार्यमा कार्यदल काम गरीरहेको छ । कार्यदल सदस्यहरु विचमा हाल आन्तरिक रुपमा भइरहेको गृहकार्यवारे वाहिर सार्वजनिक नगर्ने आन्तरिक सहमती छन । काग्रसको संशोधन प्रस्तावमा समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र मात्रै भएकाले कार्यदलले एउटा थप संशोधन प्रस्ताव तयार पार्दै छन, जसले नागरिकता देखि सिमाकंनको लागी बन्ने समिती सहित अन्य पनि केहि कुराहरुलाई समेटिने छन । ...... पछिल्लो चरणमा भइरहेको कार्यदल स्तरमा वैठकहरुलाई लिएर मोर्चा भित्र सहमती हुन लागेको भनेर गाइगुइ चल्न थालेको देखिन्छ ।

No comments: