Sunday, January 31, 2016

Nepal News (60)





बिहारको मुज्फरपुरमा मधेशी शिर्ष नेताको उपस्थितीमा कार्यक्रम
बिहारको तर्फ वाट सतारुढ गठवन्धनका एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह सहभागी थिए । मोर्चाका शिर्ष नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सहभागी थिए भने तमलोपाको तर्फवाट उक्त पार्टीका सासंद जगीलाल यादव थिए । ........ जारी मधेश आन्दोलनमा सिमापारीका नागरिकको भुमिका र बिहारका राजनितीक शक्तिहरुले गर्न सक्ने सहयोगको वारेमा पछिल्लो समयमा सिमामा रहेको भारतीय सहरहरुमा कार्यक्रमहरु तीव्र रुपमा हुदै आएका छन । पछिल्लो समयमा तराई मधेशको कसपलवस्तू देखि मोरड सम्मका्े क्षेत्रवाट सहभागी हुने गरी विभिन्न भारतीय सहरहरुमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन ।

बिहारको सतारुढ गठवन्धनका एक जना शिर्ष तथा प्रभावशाली नेता रघुवंश प्रसाद सिह उक्त सवै कार्यक्रमहरुमा सहभागी हुदै जारी मधेश आन्दोलनको पक्षमा बोल्दै आएका छन ।

....... मधेशमा आन्द्योलन चर्किए पश्चात सिंहकै उपस्थितीमा बिहारको पटनामा समेत दुई ओटा महत्वपुर्ण कार्यक्रमहरु यस अघि नै सम्पन्न भईसकेका छन । एउटा कार्यक्रम वौद्धिक जमातको उपस्थितीमा भएको थियो भने अर्को मधेशी नेताहरुकै उपस्थितीमा भएको थियो । भारतीय नेता रघुवंश प्रसाद सिंहले नेपालको मधेशीहरु माथी काठमाडौको सताले विभेद गरीरहेको भन्दै त्यसका लागी

१० औ लाख भारतीय विहारका नागरिकहरुलाई लिएर दिल्ली र काठमाडौमा धर्ना दिन जाने तयारीमा आफुहरु रहेको बताउदै आएका छन ।

........ मोर्चाका तीन ओटै शिर्ष नेताहरु पटना पुगेर त्याहाका उच्च राजनितीक तहमा भेटघाट समेत गर्ने बताइएको छ । त्यहावाट तीन ओटै शिर्ष नेताहरु काठमाडौ फर्किए पश्चात मात्रै यता मोर्चाको बैठक बस्ने बताइएको छ । ......

भारतीय नेता सिंहले पटक पटक नेपाल भारतको नाकाहरुमा मधेशीहरु सगै अव बिहारका भारतीय जनता पनि धर्नामा बस्ने बताउदै आएका छन । साथै उनले काठमाडौमा १० लाख नागरिकलाई लिएर नेपाल भारत मैत्रि जुलुस निकाल्दै मधेशीहरुको मुद्धा सम्बोधन नहुन्जेल सम्म धर्नामा बस्ने समेत बताउदै आएका छन ।

........... मोर्चाको आन्तरिक तयारी र सिमावर्ती क्षेत्रहरुमा भईरहेको विभिन्न अन्तक्रिया लगायतका कार्यक्रमहरुले फेरी आन्दोलन चर्कने सम्भावना देखिन्छ । आन्दोलनरत मोर्चाले समेत चिसो कम भए लगतै आन्दोलन पुन चर्काउने बताउदै आएका छन ।

No comments: