Saturday, January 30, 2016

Nepal News (58)



नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल
नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताए । उनले भने–‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’ नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली कांग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरे ।
आन्दोलनमा समर्थन जुटाउन बिहार जाँदै राजेन्द्र महतो
महतोले माघ १७ गते बिहारको मुजफफरपुरमा आयोजना हुने मधेस आन्दोलन समबन्धी कार्यक्रममा सहभागी हुने उनी निकटस्थस्रोतले जानकारी दिएको छ । बिहारमा सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहको अध्यक्षतामा हुने कार्यक्रममा महतो सहभागी हुने कार्यक्रम छ । भारतीय नेता सिंह पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारतीय बजारहरूमा मधेस आन्दोलनवारे सभा गर्दै आएका छन् । ..... मोरङको रंगेलीमा गत माघ ७ गते ३ जनाको ज्यान जाने गरि भएको हिंसात्मक झडपको भोलीपल्ट सिंहले विराटनगरसँग सीमा जोडिएको जोगवनी बजारमा सभा गरेका थिए । उक्त सभामा मधेसी मोर्चाका स्थानिय नेताहरूले सहभागिता जनाएका थिए । मुजफ्फरपुरमा आयोजना हुने कार्यक्रममा सिमावर्ती बिहारका जिल्लाहरूका सांसद र विधायकहरूलाई समेत आमन्त्रण गरिएको छ । ..... यस्तै महतोले मुजफ्फरपुरवाट बिहारको राजधानी पटना जाने र त्यहाँ माघ १८ गते मुख्यमन्त्री नितिसकुमार र राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र भारतीय जनता पार्टीका नेताहरुलाई भेटने कार्यक्रम रहेको ती सहयोगीले जानकारी दिए ।
उपेन्द्र यादव र राजेन्द्र महतोबीच व्यक्तित्व टकराव
मधेसी मोर्चाभित्र दुई धार
उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गरिरहेका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतो ‘मधेसी महागठबन्धन’ को । ..... दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा यादवले राजनीतिक प्रतिवेदनमै मधेस–पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने प्रस्ताव गरे । अघिल्लो वर्ष निर्मित संघीय गठबन्धनमा यसअघि नै चार मधेसी र पाँच पहाडी जनजाति पार्टी आबद्ध छन् । ..... यादवद्वारा प्रस्तावित गठबन्धनमा मधेसी मोर्चाका चार दलसहित पहाड केन्द्रित लिम्बुवान पार्टी, भर्खरै नयाँ शक्तिमा आबद्ध नेपा: राष्ट्रिय पार्टी, पासाङ शेर्पाको सामाजिक लोकतान्त्रिक पार्टी, परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलगायत छन् । ..... मोर्चा आबद्ध दलहरूले संघीय गठबन्धनमै अरू शक्तिलाई समेट्न सकिने अडानविपरीत महतोले छुट्टै महागठबन्धन बनाउने प्रस्ताव गरेका हुन् । ..... महागठबन्धनमा गुप्तासहित शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसमेत समेट्ने महतोको योजना छ । यी तीन साना दलले गुप्ताको संस्थासँग मिलेर भर्खरै संघीय समावेशी मधेसी गठबन्धन निर्माण गरेका छन् ।..... मधेस आन्दोलन सुरु हुँदाको समय यसप्रति आलोचनात्मक दृष्टि राख्ने गुप्तासँग महतोले सहकार्य प्रस्ताव अघि बढाएकामा मोर्चा आबद्ध दलहरू उनीसित रुष्ट छन् । भर्खरै बिहारमा सम्पन्न चुनावमा लालुप्रसाद यादव र नितीशकुमारले भारतीय जनता पार्टी हराउन चर्चामा ल्याएको महागठबन्धनकै सिको गर्दै महतोले आगामी चुनावसम्म लक्षित गर्ने गरी यस्तो प्रस्ताव गरेको मोर्चा उच्च स्रोतले बतायो । महतो–गुप्ता पक्षले भने ‘नेपाली–हिन्दीको एकै खालको देवनागरी लिपि र भाषाशैली हुने भएकाले शब्द मिल्नु अनौठो नभएको’ भन्दै बचाउ गरेको छ । ...... महतोले प्रस्ताव गरेको महागठबन्धनलाई फोरम अध्यक्ष यादवले सीधै अस्वीकार गर्ने गरेको मोर्चा स्रोत बताउँछ । आन्दोलन गलत दिशामा लैजाने, कालान्तरमा दिशाहीन बनाउने डिजाइनअन्तर्गत महागठबन्धन प्रस्ताव गरिएको यादवको बुझाइ छ । ‘त्यो वास्तवमा महागठबन्धन होइन, गठबन्धन मात्रै हो, लोकतन्त्रमा सबैलाई आ–आफ्नो दल, मोर्चा, गठबन्धन बनाउने छुट छ,’ यादवले टेलिफोनमा भने,

‘जेपी गुप्ताजीको कुनै पार्टी छैन, केका आधारमा सहकार्य गर्ने ? व्यक्तिसँग सहकार्य गर्ने कुरा भएन ।’

........ ‘१ सय ६४ दिन आन्दोलन भइसक्दा पनि राज्यले समग्रतामा हाम्रा मुद्दा सम्बोधन गर्न चाहेन,’ महतोले गुप्तालाई प्रस्ताव गरे, ‘त्यसैले मोर्चा, गठबन्धन, थरुहटलगायत पहिचानवादीको महागठबन्धन बनाउनुपर्‍यो ।’ ....... ‘अब मोर्चा र गठबन्धनका अलग–अलग आन्दोलनको ठाउँमा एकै प्रकारको कार्यक्रम आउँछ ।’ ......... यादवकै प्रस्तावलाई बिस्तार गरेर महागठबन्धन बनाउन साना मधेसी दल तयार छन् । तर उनीहरूका तीन सर्त छन्– पहिलो, मधेस आन्दोलनका सबै पक्षले उठाएका मागहरू हेरेर संश्लेषित रूपमा एउटै मागपत्रको निर्माण गर्नुपर्ने । दोस्रो, आन्दोलनका फरक–फरक कार्यक्रमका ठाउँमा भावी कार्यक्रम एउटै खालको आउनुपर्ने । तेस्रो, अहिलेजस्तो एउटाले सरकारसँग वार्ता गरेपछि अरू मोर्चा र गठबन्धनले बाध्य भएर त्यसैलाई पछ्याउने अवस्था अन्त्य हुनुपर्ने । ‘मधेसी मोर्चाले वार्ता गर्ने, अरूले निष्कर्ष सुनेर बस्नुपर्ने अवस्थाको अन्त्य चाहेका छौं,’ गठबन्धनका अर्का नेताले भने, ‘अब एउटै वार्ता टोली निर्माण हुनुपर्छ ।’ ...... उता महतो आफूबाट फुटेर गएका नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झालगायतलाई महागठबन्धनमा स्पेस दिन चाहँदैनन् । दुई नेताबीच व्यक्तित्व टकरावको व्यवस्थापन गर्न मोर्चालाई हम्मे परेको छ । ‘यादव र महतोजी मोर्चामा केही कुरा राख्नुपर्‍यो भने महन्थजीलाई राख्नुहुन्छ, अनि छलफल हुन्छ,’ मोर्चाका एक उच्च नेताले भने, ‘दुई नेताबीच टक्कर छ भन्ने कुरा मधेसमा एक–एकलाई थाहा छ ।’ ........ बौद्धिक पृष्ठभूमिका यादवसँग पहिलो मधेस आन्दोलनको लिगेसी छ । मधेसको पुरानो पार्टी सद्भावनाका नेता महतो मधेसमा गुमेको वर्चस्व फर्काउने धुनमा छन् । एकताका मोर्चामै रहेका, तर काठमाडौंमा चार ठूला दलबीच १६ बुँदे सहमतिसँगै बाहिरिएर गएका साना दलका नेताहरू यादव र महतोबीचको असमझदारीबाट फाइदा उठाउने धुनमा छन् । प्रस्तावित महागठबन्धनमार्फत महतो यादवलाई किनारामा धकेल्न चाहन्छन्, संघीय गठबन्धनमार्फत यादव महतोलाई साइजमा राख्न चाहन्छन् । आन्दोलनकै बीच दुवै नेता मधेसमा आफ्नो दलको संगठन विस्तारलाई तीव्र रूपमा अघि बढाइरहेका छन् । आन्दोलन पार लगाउनुपर्ने बेला दलीय संकीर्णता देखाएको भन्दै तमलोपा र तमसपाका नेताले दुवै नेताको आलोचना गर्ने गरेका छन् । ..... यादव नेपाल–भारत सीमानाका धर्नाले तस्करीतन्त्र संस्थागत हुँदा मोर्चाकै बदनामी भएको भन्दै राजधानी, सदरमुकाम केन्द्रित कार्यक्रम चर्काउनुपर्ने बताइरहेका छन् । महतो भने सीमानाकामै बस्नुपर्ने अड्डीमा छन् । संसद्मा यादवसँग १५ सिट छ, महतोसँग ५ ...... हाल संघीय गठबन्धनमै रहेको मधेसी मोर्चासँग संसद्मा ३४ सांसद छन्, महागठबन्धनका लागि आतुर संघीय समावेशी गठबन्धनसँग भने ५ सांसद । ....... सद्भावना महासचिव मनीषकुमार सुमनले भने, ‘मधेसमा अहिले पनि साझा आन्दोलन छ । त्यसैलाई महतोजीले महागठबन्धनमार्फत संगठित रूप मात्रै दिन खोज्नुभएको हो ।’
नाकाबन्दीबारे अब समीक्षा हुन्छः ठाकुर
‘तर, १८ गतेपछि नाका खुल्ने कुरा मनगढन्ते’
संविधान संशोधनपछि मोर्चासित संवाद टुट्यो
अब सिमांकन टुंगो नलगाउँदासम्म औपचारिक अवतरण नहुने नभएकाले वार्ता अझै आवश्यक परिरहेको छ ।
सीमामा काँडेतार लगाऊ: युवा संघ अध्यक्ष



कार्यगत एकताको गृहकार्यमा मधेसी दलहरु
मधेसका मुद्दामा फरक-फरक मोर्चा बनाएर आन्दोलनरत मधेस केन्द्रित दलहबीच कार्यगत एकता गरेर जाने विषयमा चरणवद्ध छलफल सुरु भएको छ । पछिल्ला दिनहरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच महागठबन्धन बनाउने विषयमा गृहकार्य भइरहेको हो ।
ठाकुर दिल्लीवाट फर्के पश्चात मोर्चाको आन्तरिक छलफल तीव्र
मोर्चाले आफनो ११ बुदे मागको वारेमा सहमतीय प्याकेज नभए सम्म नाका केन्द्रित धर्नाहरु पनि नरोक्ने बताउदै आएका छन । आज विहानै मात्रै नाकामा धर्नाकारी नभएको मौकामा विरजंज रक्सौल नाकामा ५ ओटा मालवाहक टकहरु भित्रिएका थिए । मोर्चा सम्बद्ध स्थानिय स्रोतका अनुसार त्यसमा स्थानिय कर्मचारीहरुको खैलनवैलाका कारण शुक्रवार विहानको घटना हुन गएको हो । मोर्चाका स्थानिय स्रोत भन्छन, पहिलो गल्ती हाम्रो आफनै भएकाले हामीले अरु कुरालाई उठाएका छैनौ तर नाका केन्द्रित धर्ना सुरु भए संगै प्राय जसो विहान मानिसहरु केहि घण्टाका लागी हाथमुख धुनका लागी जाने चलन थियो, तर कहिल्यै पनि त्यसतो भएको थिएन । मोर्चा स्थानिय स्रोत आज विहानको घटना दुवै तिरको स्थानिय भंसार कर्मचारीहरु विचको पैसाको चलखेल भएको दावी गर्छ । शुक्रवार विहान ५ ओटा टक नाकावाट भित्रिए लगतै मधेशी आन्दोलनकारीहरु नाकामा फेरी धर्ना दिदै प्रर्दशनहरु गरेका थिए ।
महन्थ ठाकुर समकक्ष महागठवन्धनको औपचारिक प्रस्ताव
पछिल्लो समयमा मौसम प्रतिकुलताका कारण आन्दोलत अली शिथिल भएको वेला फेरी दुवै पक्षहरु विच एकताको प्रसंग जोडतोडका साथ उठेका छन । पछिल्लो मोर्चाको बैठकले फेरी

लिखित रुपमै

आन्दोलतरत सवै पक्षहरु विच एकता वारेमा निर्णय गरेका थिए । मोर्चाको दोस्रो तहका नेताहरुको उक्त बैठकले मोर्चाको अगामी शिर्ष तहको बैठकवाट यसको कार्यन्वयन गर्ने समेत जनाएका थिए ।
बिहार–युपीमा मधेस बहस
यूपीको सीमाबाट सुरु भएको मधेस आन्दोलनलाईै ऊर्जा प्रदान गर्ने कार्यक्रम अहिले नेपाल–भारत सीमावर्ती बिहारका सहरमा सञ्चालन भइरहेको छ । यो कार्यक्रममा बिहार सहरका नागरिक, यहाँका सत्ताधारी दलका नेता, मधेसी मोर्चाका स्थानीय नेता, कार्यकर्ता र मधेस मुद्दा बोकेर आन्दोलनमा लागेका अन्य नेताको सहभागीता रहने गरेको छ ।

मधेस आन्दोलनको मजबुती प्रदान करने हेतु’ नारा दिएर

भारत–नेपाल सद्भाव समिति र भारत–नेपालमैत्री संवाद यात्रा नै गठन भएको छ । सिमापारि ।
राष्ट्रपतिले भनिन्– हतारमै संघीयतामा जाँदा समस्या
सीमांकन लगायतका विषयमा मधेस केन्द्रित दलहरुले महिनौदेखि आन्दोलन गरिरहेका बेला संघीयताका बारेमा आफू असन्तुष्ट रहेको संकेत गर्दै भण्डारीले संघीयताको विषयमा समग्र राष्ट्रिय परिवेशको अध्ययन र आवश्यकता हेर्ने काममा कमीकमजोरी भएको बताइन् ।

Here Dipendra Jha has argued how the recent amendments in the constitution are futile to address Madheshi agendas and why movement is necessary for another amendments.....

Posted by Tula Narayan Shah on Saturday, January 30, 2016


यो अभियानका अगुवा भारतीय राष्ट्रिया जनता दलका नेता मंगनीलाल मण्डल, रघुवंश प्रसाद सिंह, देवेन्द्र यादव र पप्पु यादव छन्। यी भारतीय नेताको सीमावर्ती ५४ ठाउँमा जागरणसभा गर्ने कार्यक्रम छ। यो कार्यक्रम सम्पन्न भएपछि मधेसकेन्द्रित दलका प्रमुख नेतालाई सहभागी गराएर बिहारको राजधानी पटनामा कार्यक्रम गर्ने योजना छ। ....... पटनामा कार्यक्रम सम्पन्न गरेपछि राजधानी दिल्लीमा गएर भारत सरकारसमक्ष मधेसको माग सम्बोधन गराउन नेपाल सरकारलाई पहल गर्न दबाब सिर्जना गर्ने योजना छ। ५४ स्थानको कार्यक्रममा भारतीय नागरिकको मधेस आन्दोलनप्रति उभारले भारत सरकारलाई दबाब दिन वजन बढ्ने योजनाअनुरूप यो जागरणसभा आयोजना भएको बताइएको छ। ..... जागरण अभियान गरिरहेका भारतीय नेताहरू मधेसकेन्द्रित दल र मधेसको पहिचान आन्दोलनमा लागेका दललाई गोलबद्ध हुनसमेत अग्रह गरेको तराई–मधेस सद्भावना पार्टीका नेता साहले बताए। आन्दोलनरत मधेसकेन्द्रित दल एक ढिक्का भएर गठबन्धन नबनाए शक्ति विभाजनले राज्यलाई धक्का दिन शक्ति कम पर्ने भारतीय नेताहरूको बुझाइ छ।

No comments: