Friday, January 29, 2016

Nepal News (56)





मधेशी माथि दमन बन्द गर : उप मुख्यमन्त्री तेजस्वी यादब
राष्ट्रिय जनता दलका प्रभाबशाली नेता एबंम विहारका उपमुख्यमन्त्री तेजस्वी यादबले ६ महिनादेखि जारी मधेश आन्दोलनमा सरकारले गरिरहेको दमनलाइ आफुले गंभीरतापुर्वक लिएको बताएको छ । ...... विहारको दरभंगामा आयोजित सभालाइ वुधबार सम्वोधनका लागी आएका उपमुख्यमन्त्री यादबले विहिबार साझ सप्तरी जागरण अनलाइनसित संक्षिप्त कुरा गर्दे सो कुरा बताएका हुन् । विहारसंग सिमाना जोडिएको तराई मधेशमा जारी आन्दोलनको प्रत्यक्ष मारमा भारतीय जनता समेत परेको बताउदै उपमुख्यमन्त्री यादबले बार्ताबाट समस्याको तत्काल सामाधान गर्न नेपाल सरकारलाइ आग्रह समेत गरेका छन् । ....... मधेश आन्दोलनमा हाम्रो सहयोग र सर्मथन रहेको बताउदै उपमुख्यमन्त्री यादबले मधेशी समुदामाथी भइरहेको विभेद बारे आफु अनभिज्ञ नरहेको प्रष्ट पारे । नेपालको मधेशी समुदायमाथी भइरहेको चरम दमन बारे संयूक्त राष्ट्र संघका महासचिवलाइ पनि अवगत भइसकेको र तिनका प्रतीनिधीले मधेश आन्दोलनको अनुगमन गरिरहेको समेत उनले बताए । ...... मधेशी समुदायले उठाएको माँग जायज भएको बताउदै राजद यूवा नेता समेत रहेका यादबले मधेशी जनताका साथ आफुहरुको सर्मथन रहेको र आवश्यक परे सहयोग गर्ने प्रतिब्धता ब्यक्त गरेका छन । स्मरणरहोस,केही दिन यता

राजदले मधेश आन्दोलनलाइ सहयोग गर्न पुर्वमन्त्री तथा बरिष्ट नेता रघुवंश प्रसाद सिंहलाइ सिमावर्ती क्षेत्रमा खटाइएको छ ।

सिके राउत दिल्लीमा, उच्च स्तरीय भेटघाटमा व्यस्त, अडानबाट पछि हटदै…
स्वतन्त्र मधेश गठबन्धन(Alliance for Independent Madhesh) का अध्यक्ष तथा पृथकतावादी आन्दोलनका एक अगुवा डा.सीके राउत दुइ सातादेखि भारत भ्रमणमा रहेका छन । अति नै गोप्य राखिएको भ्रमण दलमा वहाँका एक मात्र विश्वास पात्र (स्वकीय सचिव) सत्य नारायण खंग ‘ मधेशी’ मात्र सहभागी छन। ......

भारतको नयाँ दिल्लीमा राउतको भव्य स्वागत गरिएको छ ।

भाजपा नेतृत्वका सरकारका विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले स्वागत गरेको विषयलाइ लिएर यतिवेला भारतमा चर्को विरोध सुरु भएको छ । ...... छुटै मधेश देशको लागी सघर्षरत राउतको लामो भारत भ्रमणलाइ अर्थपुर्ण रुपमा हेरिदैछ । दिल्ली बसाइको क्रममा राउतले विदेश सचिव एस.जयशंकर, सुरक्षा सल्लाहकार अजय डोबल, विदेश मन्त्रालयका नेपाल डेक्स हेर्ने प्रमुख सह सचिव अभय ठाकुर, नेपाल मामिलाका जानकार भारतीय सेनाका अवकास प्राप्त जर्नेल असोक मेहतालाइ भेटघाट गरेका छन । ....... भारतका प्रधामन्त्री,विदेश मन्त्री, विपक्षी दलका नेता र भारतका विभिन्न राजनितिक दलका नेताहरुलाइ भेटघाट गर्ने कार्यक्रम छ । गृह जिल्ला सप्तरीबाट काठमान्डौं हुदै जेट एयरलाइन्स बाट

राउत दिल्लीको इन्द्रागान्धी विमानस्थलमा अवतरण गरेपछि उनको भव्य स्वागत गरिएको छ ।

....... नेपालबाट मधेस अलग गर्ने योजनामा लागेका राउतलाई दिल्लीले बोलाएर तराई मधेशमा तँपाइ जस्तो यूवा नेताको आवश्यकताको खाँचो रहेको भन्दै पुर्ववत अडान छाड्न भारतले निर्देशन दिएको हुनसक्ने अनुमान गरिएको छ । केहिदिन यता सरकारले ६ महिनादेखि जारी मधेश आन्दोलनमा चरम दमन गर्न थालेपछि सिके राउतको अभियान तर्फ सर्वसाधारणको क्रेज बढदै गएको देखिन्छ । हाल

१ लाख ३ हजार ५ सय १२ जना सक्रय सदस्य छन ।

बन्दुक र वार्ता एकसाथ सम्भव छैनः नेता हृदयेश त्रिपाठी
नवलपरासीको कठहवा गा.वि.स. गुणेपर्सेनी–३ निवासी ...... राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका त्रिपाठी वामपन्थी राजनीतिबाट प्रभावित भई बि.सं.२०३१ सालदेखि राजनीतिमा प्रवेश गरी हाल मधेशको राजनीतिमा सक्रिय रहँदैआएका छन् । ..... मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्रनारायण सिंहसँग रहेर निक्कै लामो अनुभव सङ्गालिसकेका उनी गजेन्द्रबाबुलाई आदर्शको रुपमा मान्दैआएका छन् । उनले

२ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासित र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन

बिताएका छन् । ....... स्पष्ट वक्ता एवम् कुशल राजनीतिक खेलाडिका रुपमा चिनिन्छन् ...... संशोधनप्रति मोर्चाको कुनै समर्थन छैन । तीनै महावैज्ञानिकहरुले जारी गरेको संविधान संशोधन उनीहरुकै लागि स्वीकार्य होला, हाम्रा लागि भने होइनन् । शब्दजालको खेल जस्तै हो यो संशोधन । छापामार शैलीबाट तीन दलले संविधान बनायो र बन्दुकको बलमा लागु गर्न खोज्यो । ठाउँ–ठाउँमा गल्ती र विभेदका शब्दहरु रचेर संविधान बनाईएको छ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको प्रस्ताव पारित भएको भए मधेशीहरुको हितमा हुन्थ्यो । तर, उनको प्रस्तावलाई बेवास्ता गरेर नेता मिनेन्द्र रिजालको प्रस्तावलाई पारित गरेकोले यो त्रुटिपूर्ण छ । ......... कर्णाली प्रदेशको माँग ६–७ दिनमै सम्बोधन भयो । तर, मधेश आन्दोलन साढे पाँच महिना जारी रहँदा करिब ५ दर्जन निहत्था मधेश जनतामाथि गोली वर्षाएर ज्यान लिँदा पनि राज्य पक्ष गम्भिर देखिएको छैन । यसले मधेशी जनतालाई राज्यले गरिरहेको चरित्र उदाङ्गो गरेको छ नेपालको शाषक जङ्गली शासकहरुले अहिले पनि मधेशी जनतालाई कर दाता र मतदाता मात्रै बुझेका छन् ।

०६२÷०६३ को आन्दोलन, प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र प्राप्तिको लडाइमा मधेशी जनताले बलिदानी दिएका छन् । तर, त्यही समुदायलाई खस शासकहरुले दास बनाएर राख्ने मनसाय राखेका छन्् ।

......आफैले मत दिएर जिताएका सभासद्हरुमाथि जनताको व्यापक आक्रोश र असन्तुष्टि छ । त्यही कारण संविधान जारी गरेपछि सहज रुपमा जनताको बीचमा जान सकेका छैनन् । ...... थारु–मधेशीको शान्तिपूर्ण आवाजलाई बन्दुक दबाउन पञ्चायती सरकारभन्दा पनि क्रुर वर्तमान सरकारले श्रृङ्खलावद्ध रुपमा नरसंहार गरेर आतङ्क मच्चाईरहेको छ ।... मधेशी, थारु, थारु, मुस्लिम आदीवासीलगायतका समुदायको अधिकार खोसिएको अवस्थामा दमनकारी मधेश विरोधी पार्टीहरुलाई निःषेध गर्नु स्वभाविक हो । ...... काँग्रेसमा रहँदा पनि पार्टी अध्यक्ष महन्थ ठाकुरले मधेशी राष्ट्रियताकै कारणले मधेशमाथि भेदभाव भएको कुरा उठाउनुभएको थियो । ......

कैलालीमा हज्जारौं थारुहरु पलायन भएका छन् । धेरै नेता जेलमा छन् । अझैं राज्य आतङ्को त्रास कायमै छ ।

...... संयुक्त राष्ट्र संघ, युरोपियन युनियनलगायतका अन्तर्राष्ट्रिय निकायले शान्तिपूर्ण मधेश आन्दोलन र राज्यको दमन विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । दोषीहरुलाई कानूनको कठघरामा उभ्याउने काम हामी गर्न पछि पर्दैनौं । ...... म मधेशको आन्दोलको सिपाही हुँ । अध्यक्ष वा कुनै पदकोलागि पार्टी फुटाउने काम गरेको छैन, गर्दिन पनि । मोर्चाको अब बस्ने बैठकमा जयप्रकाश प्रसाद गुप्ता, राजकिशोर यादवल, शरतसिंहगायतका शक्तिहरुसँग समेत सहकार्य गरेर महागठबन्धन बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नेछौं । ...... नेपालको हरेक परिवर्तनहरुमा भारतको समर्थन र सहयोग छ । ......... आन्दोलनमा हाम्रो बुहारी र भारतको छोरी मारिएको छ । भारतसँग रोटी–बेटीको सम्बन्ध छ । यो सम्बन्धलाई कसैले चाहेर पनि तोड्न सक्दैन । ...... मधेश कुनै शासक वर्गले आर्जित गरेको भू–भाग होइन । सुगौली सन्धीबाट मधेशको कञ्चनपुर, कैलाली, बाँके–बर्दीया छाडेर भेरी नदीदेखि कोशी नदीको भूमि नौ जना मधेशी जमिन्दारको प्रयासमा आएको हो । ब्रिटिस इण्डियाले भनेको थियो ‘जो जहाँ बस्न चाहन्छ स्वेच्छाले बसोस्’ सोही अनुसार कोही यता बसे र कोही उता गए । मधेश कुनै राजा महराजा वा सेनाले जितेको भू–भाग होइन भन्ने कुरा राज्यपक्षले पनि बुझ्नु जरुरी छ ।


प्रहरीको कुटाईका कारण नेता राजेन्द्र महतोले आंँखाको दृष्टि गुमाए
जोगबनी नाका अवरोधका क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बांयाँ आँखको ज्योति गुमाएका छन् । ...... प्रहरीको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बाँया आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको हो । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखाको दृष्टि गुमाएका छन् ।


अधिकांश स्थानमा काँग्रेसको अधिवेशन बिथोलियो, कतै बन्द कोठामा सम्पन्न, मोर्चाका एक दर्जन पक्राउ
मधेशी मोर्चा सप्तरीको अवरोधका कारण नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन अधिकांस स्थानहरुमा बिथोलिएको छ ..... मोर्चाले कांग्रेस, एमाले र एमाओवादीलाई जिल्लामा कुनै कार्यक्रम नगर्न चेतावनी दिएको थियो । गाउँ तथा नगर अधिवेशनहरु आयोजना गरिए पनि मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पुर्याएका थिए । कतिपय स्थानहरुमा भने पूर्व निर्धारित ठाउँहरु परिवर्तन गरी बन्द कोठाभित्रै हतार–हतारमा अधिवेसन सकिएको छ । ....... यता कांग्रेसको स्थानीय तहको अधिवेशनमा लामो समय अघि नै पार्टी परित्याग गरिसकेका तथा मृत्यु भईसकेका ब्यक्तिहरुको नाम नयाँ कृयाशिल मतदाता सुचीमा कायमै रहेको छ । वर्षौं अघि पार्टी परित्याग गरिसकेका तमलोपाका केन्द्रीय सदस्य रहेका जयप्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झा र मधेशी मोर्चा नगर समिति संयोजक उमेश साहसमेत गरी ७८ जनाको नाम अझै कायमै रहेको जनाईएको छ ।....

केन्द्रीय समितिले नै जिल्लाको पनि सदस्यता नविकरणको ब्यवस्था मिलाएका कारण पार्टी परित्याग गरिसकेका तथा मृत्यू भईसकेकाहरुको नाम समेत यथावतै रहन गएको पार्टीले जानकारी दिएको छ ।



‘कृष्ण सिटौला, भीम रावल र अग्नि खरेलले संविधान विकृत बनाए’
‘संवाद समितिमा कानून बनाएर गरिने छ भन्ने थिएन । तर पछि यी नेताहरुले सबै कुरा कानून भन्ने थपेर दलित आदिवासी जनजातिहरुलाई धोका दिएका हुन्’ उनको भनाई थियो। ...... ‘अहिलेपनि कयौँ कुराहरु अमूर्त राखेको छ । कानून बनाउन कति समय लाग्छ । केहि कुरामा बहस भए अदालतले संविधानमा समावेश छैन । कानून बनेको छैन भन्ने छ । यसरी जनतालाई ठग्ने काम संविधान सभाबाट नै भएको हो’ उनले भने । .... ‘बेइमानहरुले मेराबारेमा भ्रम फैलाए संविधानको विरोध ग¥यो भनेर । मैले राम्रा कुराको समर्थन र नराम्रा कुराको विरोध गरको हुँ । सबै कुरामा संविधान पूर्ण भएको भए यस्तो अवस्था आउदैन थियो’ उनको भनाई थियो ।

सि के राउतलाई भारत सरकारले भब्य स्वागत गरिरहेकाछन । मधेस राष्ट्र को अस्तित्व अरु देश ले स्विकार गर्दैछ ।

Posted by Mahesh Yadav Adhikari on Thursday, January 28, 2016

On 31st January 2016(17th of Magh), We, the Sanghiya Samawesi Madheshi Gathbandhan(SSMG)'s meeting is to sit in Birgunj...

Posted by Anil Kumar Jha on Friday, January 29, 2016

राजेन्द्र महतोको देब्रे आंखाको ज्योति गुमेको.....नेपाल सरकारको हत्या प्रयासबाट घाइते हुनुभएका सदभावना पार्टीका राष्ट्र...

Posted by Upendra Mahato on Friday, January 29, 2016

नेपालमा जातीय र क्षेत्रिय पहिचानको प्रश्नलाई सहज ढंगले पन्छाउन सकिन्न। पहिचान खालि जातीयतालाई र क्षेत्रीयतालाई औपचारिकता...

Posted by Luisang Waiba Tamang on Friday, January 29, 2016

Important piece by Navin Jha. There is often criticism that the movement lacks legitimacy because ruling party MPs...

Posted by Prashant Jha on Thursday, January 28, 2016

No comments: