Wednesday, January 27, 2016

Nepal News (53)

विरगंज - रक्सौल नाका सुचारु नहुने ।
पछिल्लो दिनमा मोर्चा नरम भएको र विरगंज रक्सौल नाका वाट अली अली समान रातीको समयमा आउन थालेको भन्दै उक्त नाका आशिंक वा विस्तारै पुर्ण रुपमा सुचारु हुने खालको आकंलनहरु गरिदै आएका छन । तर मोर्चा उच्च स्रोतले बताए अनुसार हाल राती रातीको समयमा आइरहेको अली अली समान आउनु दिनु पछाडी पनि मोर्चाको आफनै रणनीतीले काम गरिरहेको छ । स्रोत भन्छन, पछिल्लो १० दिन यता तराई मधेशमा व्यापक शितलहरीले नागरिकहरु परेशान छन, यस्तो वेला त्याहा राती बस्न गाहे भएका कारण धर्ना स्थलमा धर्नाकारी कम भएको मौकामा अली अली समान राती राती आयो भन्ने त्यसले भारतीय पक्षलाइ काठमाडौका नेताहरु सामु आफनो कुरा राख्न सजिलो हुने र काठमाडौमा भनिदै आएको भारतको अघोषीत नाकाबन्दी छैन भन्ने पनि देखाउने दाउ मात्रै हो । इन्धन लगायतका कुनै पनि मालवाहक गाडीहरु विरगंज रक्सौल नाका वाट आएको छैन । पछिल्लो हप्ता देखि शितलहरी ह्वातै वढेपछि विरगंज रक्सौल नाकामा राती बस्न अत्यद्यिक गाहे छ, स्रोत भन्छन, जव सम्म यो शितलहर र अत्यद्यिक चिसोले राती बस्न गाहे हुन्छ, त्यती वेला सम्म राती राती अली अली समान ल्याउदैमा केहि हुदैन भन्ने हाम्रो वुझाई छ । .......

जव सम्म मोर्चाको ११ बुदे मागको वारेमा प्याकेज मै सहमती हुदैन तव सम्म विरगंज रक्सौल नाका सुचारु हुने कुनै पनि सम्भावना छैन ।

..... मोर्चा शितलहरी र चिसो कम भए लगतै फेरी आन्दोलन चर्काउने भन्दै आएका छन ।


मधेशी–थारुसहितको ‘महागठबन्धन’ निर्माण प्रक्रिया सुरु
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय समावेशी मधेशी गठबन्धन तथा

थरुहट–थारुवान संयुक्त संघर्ष समिति

लाई समेटेर महागठबन्धन निर्माणको प्रक्रिया सुरु भएको छ ।


मधेशी मोर्चाले मधेशी सामु आत्मसमर्पण गर्नु पर्छ : सुरेश मण्डल (अन्तर्वार्ता)
नेताहरुको व्यक्तिगत टकरावले एकअर्कालाई हेरिनसक्नुको अवस्था छ । .... एउटा अवधारणा वा आचार संहिता बनाएर चारवटै मोर्चालाई एकै ठाउँमा ल्याउनु पर्छ । जसका लागि मधेशी जनताले दबाब दिनु आवश्यक छ । ......

सबै विश्वस्त छन् कि सफलता मधेशीकै हुनेछ ।

..... मधेशी जनता त काठमाडौंमा बसेका मधेशी नेताहरुप्रति नै सशंकित छन् । मधेशी नेताले कहाँ सहमति गर्ला भन्ने शंका मधेशीमा छ । तर पनि निरन्तर आन्दोलन गर्दैछन् । ....

मधेशीहरुको तल्लो तहसम्म चेतनाको स्तर बृद्धि भएको छ । बच्चा–बच्चामा मधेशीपनाको विस्तार भएको छ । मधेशी भावनामा बृद्धि भएको छ । मधेशप्रति मधेशीको लगाव बढेको छ । धोती रैली र मानव साङ्लो जस्ता कार्यक्रमले मधेशीहरुलाई झनै हर्षित बनाएको छ ।

..... कोही मधेशमा मारिदा भारतमा रहेका तिनका मामा–माइजु रुन्छन्, फुपु–फुपाजु रुन्छन् । जसकारण दुबैतिर आन्दोलनको माहोल बन्छ । भारतले अहिलेको मधेश आन्दोलनलाई व्यवस्थापन गरेन भने त्यहीं मधेशी भारतको विरुद्ध जान सक्छन् । ..... अहिलेसम्म शान्तिपूर्ण प्रदर्शन हुँदैछ, त्यसमा पनि गोली खाएर । अहिले बन्दुक उठाउने आवाज उठ्दैछ । डा.सीके राउतको कुरा पनि उठ्दैछ । अहिले मधेशीहरु थोरै कुरा माग्दैछन् । भोलि नेपाली शासकले मधेशीलाई ठूलो कुरा दिनु पर्ने हुन्छ । ...... १) काँग्रेस–एमाले–एमाओवादीका कोटा धारी–अवसरवादी मधेशी २) मधेशवादी पार्टीका मेनस्ट्रिम मधेशी ३) छुट्टै मधेश देशको माग गर्ने ....... राज्यप्रतिको वितृष्णा र राज्यको दम्भले डा.राउतको समर्थक बढ्दैछ । .... मेरो धारणा के छ भने राज्य सामु आत्मसमर्पण गर्नुभन्दा मधेशी जनतामा गएर आत्मसमर्पण गर्नु पर्छ । राज्यका अगाडि मधेशी मोर्चाले आत्मसमपर्ण गरेर मधेशीलाई झनै समस्यामा पार्नेछ । त्यसैले मोर्चा असफल भए जनतामा आत्मसमर्पण गर्नुपर्छ । ..... मधेशका सबै शक्ति गोलबद्ध भएर छलफल गर्नु पर्यो ।


संशोधन मधेशीको पक्षमा छैन, आन्दोलन रोकिदैन : महतो
सीमांकनको मांग पूरा नभएसम्म कुनै हालतमा आन्दोलन नरोकिने .... ‘पहिले संविधान बनाउंदा बेइमानी पछि संविधान संशोधनमा पनि बेइमानी गरेका छन ।’ महतोले शब्दको जालमा मधेश आन्दोलनलाई मत्थर पार्ने षड्यंत्र गरिएको बताए । ...... महतोले सीमांकनलाई सहमतिको बटम लाईन बताउंदै मधेशमा दुई प्रदेशको लागि चांडैनै महागठबन्धन बनाई आन्दोलन नयां ढंगले अगाडि बढाउने बताए।

No comments: