Sunday, January 24, 2016

Nepal News (46)



विचारशून्‍य, गतिशून्‍य कांग्रेस
डेमोक्र्याट पार्टीको सन् २००० मा भएको राष्ट्रिय सम्मेलनमा सहभागीसमेत थिएनन्, बाराक ओबामा। इलनोई राज्यको राज्य विधानसभा सदस्य उनी लस एन्जलसमा हलबाहिरका ठूल्ठूला स्क्रिनमा सम्मेलनको प्रत्यक्ष प्रसारण हेरेर फर्किएका थिए। ....... स्क्रिनमा सम्मेलन हेरेर फर्किएको आठ वर्षमा (सन् २००८) मा उनी संसारको सर्वशक्तिमान राष्ट्रपति बनिसकेका थिए। २००४ मा डेमेक्र्याटबाट राष्ट्रपति पदका उम्मेदवार जोन केरीलाई कसैले इलनोई राज्यमा राम्रो बोल्ने डेमोक्र्याट ठिटो छ भनेर सिफारिस गर्दा केरीले हेरौंला भनेका थिए। ....... कांग्रेसमा नयाँका लागि ढोका बन्द गरेर, पुरानाले बाहिर जाने ढोकामा भोटेताल्चा ठोकेका रहेछन्।' ...... ताजा अनुहारका लागि छेकबार लगाइएको छ, त्यसैगरी छिरेकाहरू कहिले ननिस्कने प्रवृत्ति छ ..... ‘यहा“ पार्टी हार्छ नेताले हार्दैन ......... अरू काम नपाएपछि जिल्ला राजनीतिमा लाग्ने प्रवृत्ति छ। पार्टीमा समय बिताउँदै गएपछि त्यसैको लाभांश खोजिँदो रहेछ ..... कांग्रेस पार्टी हैन, पाटी भयो ..... लथालिंग छ, व्यावसायिक रूपले व्यवस्थित छैन । प्रणाली, पद्धति केही छैन । -..... हरेक मुद्दामा, मन्थन÷बहस हुनप¥यो । ‘जटिल मुद्दाको छिनोफानो मतदानमार्फत गरेको याद छैन' ...... उम्मेदवारी घोषणा गर्नेका नीति÷कार्यक्रम के त ...... विधान बाधक छ, भने खारेज गरी नयाँ विधान ल्याउनपर्‍यो। ...... गएको संविधानसभा चुनावमा जितेका मात्र हैन, प्रतिस्पर्धामा आएका समेत अधिकांशले एक करोड रुपैया“को हाराहारीमा खर्च गरेका छन्। यसरी चुनाव लड्न परेपछि पैसा संकलन र उठाउने काम त्यसरी नै गर्नुपर्‍यो। ......त्यही भएर

चुनाव जितेपछि मन्त्री बन्ने ध्याउन्न हुन्छ, मन्त्री बनेपछि सोहोर्ने ध्याउन्न । यसैले मन्त्री बन्ने निश्चित भएकाले पनि बढी पैसा कमाउने मन्त्रालय छान्न खोज्छन् ।...... मन्त्री बन्न नपाएकाले सांसद विकास कोषमा बजेट बढाउन माग गर्छन्। आकर्षक पदका लागि व्यक्ति बोकेर नेताकहा“ लविङ गर्न पुग्छन् । संसदीय समितिमा बसेर दलाली गर्छन्।

......... कांग्रेसकै महाधिवेशनमा यसअघि तीन करोड रुपैयाँ खर्च भएको थियो । यसपालि ६ करोड रुपैया“ खर्च हुने अनुमान छ । तर, त्यो पैसा कहा“बाट आयो भन्ने न अघि पारदर्शी गरिएको थियो, न अब गरिनेछ। ...... गएको महाधिवेशनमा पार्टीले तत्कालीन स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माकै भागमा एक करोड रुपैयाँ परेको थियो । उनले उच्चपदस्थ कर्मचारीसँग सल्लाह गरे। .... सबै स्थानीय विकास अधिकारीस“ग सम्बद्ध जिल्लामा विनियोजित बजेटअनुसार पैसा संकलन गर्ने निक्र्योल निकालियो, र संकलन गरियो । आखिर, एलडीओले दिएको पैसा त राज्यकोषकै हो ......

कांग्रेस विचारले ड्राइभ गरेको पार्टी हो, अहिले विचार शून्य छ । कांग्रेसको नेतृत्व विचार दिन असक्षम छ, सबैलाई थाहा छ ।

...... २०४८ सालको निर्वाचित सरकारले सार्वजनिक संस्थान निजीकरण गर्‍यो, तर त्यो कुरा चुनाव घोषणापत्रमा थिएन । ‘निजीकरणको गोल निर्धारित थिएन । त्यत्रो दीर्घकालीन प्रभाव पर्ने कुरा त घोषणापत्रमा नआई कसरी सुरु गरियो ...... सरकारमा गएपछि यस्तो निर्णय गर्न पहिला पार्टीमै पर्याप्त बहस, अनुसन्धान हुनपर्छ । ‘कांग्रेसले पार्टीको प्रस्तावना, घोषणापत्र परिवर्तन नगरी कार्यक्रम परिवर्तन गरिदियो’ ........

कम्युनिस्टसँग मिलेमतोमा संविधानमा अन्टसन्ट लेखेको छ

...... गुट छ, गुटका नेताहरू निवासवाट गुटको सम्पर्क कार्यालय सञ्चालन गर्छन्। ...... कांग्रेसको वेबसाइट हेरौं, दयनीय छ । समाजमा वेबसाइड छ्याप्छ्याप्ती भएपछि चाहिने रहेछ भनेर औपचारिकताका लागि वेबसाइट बनाइएको छ । न पर्याप्त सूचना छ, न अपडेट। सोसल मिडियामा उपस्थिति उस्तै छ।
रंगेलीमा ३ जना मारिएपछि प्रधानमन्त्री ओलीलाई ओबामा सरकारको ‘कडा चेतावनी’
एकपक्षीय रुपमा अत्याधिक बल प्रयोग नगर्न आग्रह
विहीबार मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाप्रति संयुक्त राज्य अमेरिकाले चाँसो व्यक्त गरेको छ ।......शनिबार विहान अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले नेपालमा जारी राजनीतिक संकटबारे चासो व्यक्त गरेका हुन् ।......उपराज्यमन्त्री ब्लिंकेनले प्रधानमन्त्री ओलीलाई सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समस्या समाधान गर्ने दिशातर्फ ठोस कदम चाल्न अनुरोध गरेको अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।......अगाडि भनिएको छ- ‘हामी सबै पक्ष मिलेर सम्झौताको माध्यमबाट राजनीतिक समस्या सुल्झाउन र एकपक्षीय कदम नचाल्न नेपाललाई सुझाव दिन चाहन्छौं ।’......फोनवार्तामा उपराज्यमन्त्री ब्लिंकेनले तराई मधेसको आन्दोलनलाई नियन्त्रण गर्ने प्रयासमा अत्याधिक बल प्रयोग नगर्न ओलीलाई सचेत गराए । स्मरण रहोस् अमेरिका मानवअधिकारको वकालत गर्ने प्रमुख देश हो । मानवअधिकारवादीको रिपोर्टपछि उसले यस्तो सन्देश ओलीलाई सुनाएको बताइएको छ ।


नयाँ शक्तिको उपल्लो ठाउँमा पाँच मधेशी र थारु दुई/रामकुमार शर्मालाई फेरि लोप्पा
३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद .... नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा मधेशका पाँचजना र थरुहटका दुईजना गरी तराईमधेशबाट सातजना ..... डा.जीतेन्द्र महासेठ, डा.प्रवीण मिश्र, डा.रामकेवल साह, रामचन्द्र झा, ब्रजकिशोर यादव, डा.सुरेन्द्र चौधरी र नाथुप्रसाद चौधरी छन् । ....... नयाँ शक्तिमा समावेश गरिएकाहरुमध्ये पूर्वमन्त्री एवं राजनीतिक जीवनका अधिकांश समय नेकपा एमालेमा रहेर पछिल्लो दिनमा एकीकृत नेकपा माओवादीमा सामेल भएका मधेशका दिग्गज नेता रामचन्द्र झाबाहेक सबै गैरराजनीतिक पृष्ठभूमिका छन् । ..... नेपाल सरकारका पूर्व प्रशासक डा.प्रवीण मिश्र स्वास्थ्य मन्त्रालयमा करिब पाँच वर्ष सचिवका रुपमा काम गरेर सेवा निवृत्त भएका हुन् । २००७ सालको क्रान्तिमा अतुल्य योगदान पुर्याएको महोत्तरी पिपराको मिश्र खलकका डा. मिश्र राजनीतिज्ञ भद्रकाली मिश्रका भतिजो हुन् । ...... नेपाल सरकारका पूर्व सचिव नाथुप्रसाद चौधरी सप्तरीका बासिन्दा भए पनि भक्तपुरमा बसोबास गर्दैआएका छन् । उनी जागिर जीवनको उत्तराद्र्धमा कृषि सचिव भएका थिए । ......

अन्तरिम परिषदको मौजूदा संरचना भने खसआर्य, जनजाति र मधेशी क्लस्टरको दृष्टिले सन्तुलित भएको पाइएको छ ।

No comments: