Sunday, January 24, 2016

Nepal News (45)

आज १४वां "गजेन्द्र पुण्य तिथि", मघेशवाद के पथ प़दशॉक स्व. गजेन्द्र ना. सिंह को सत् सत् नमन........

Posted by Manish Suman on Saturday, January 23, 2016

आज श्रद्धेय गजेन्द्र नारायण सिंहको १५ औं पूण्य तिथी हो । म संचार मंत्री भएको बेला उहांको सम्झनामा हुलाक टिकट जारी गरेको थिए । तमरा अभियान र मेरो तर्फबाट उहां प्रति हार्दीक श्रद्धा सुमन व्यक्त गर्दछु ।

Posted by Jay Prakash Ananda on Saturday, January 23, 2016

Gajendra Babu k 15wi punya tithi k awasar par unhe satsat naman aur hardik sraddhanjali arpit karte hue unke dwara...

Posted by Anil Kumar Jha on Saturday, January 23, 2016

Saw several dozens of oil and gas tankers parked on the side of the road on the way to Kathmandu from Mugling , ...

Posted by Simón Dhungana on Saturday, January 23, 2016

ग्यास डिलर बहिनीले साँझ ७ बजे फ‍ोन गरेर पैसा र सिलिन्डर जम्मा गरेको पुर्जी सहित तुरुन्तै अाउन भन्नू भयो। घर बस्तैको लुगा...

Posted by Subodh Raj Pyakurel on Friday, January 22, 2016


रङ्गेली घटनाको वास्तविकता यस्तो छ
तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी निकै प्रखर, तार्किक र ज्ञानी व्यक्तित्व मानिनुहुन्छ नेपालको राजनीतिमा । मधेश आन्दोलनका मागहरुलाई निर्भिकताका साथ पस्किने बानीले गर्दा मधेशी जनतामा उहाँ खासै लोकप्रिय हुनुहुन्छ भने गैरमधेशी समुदायका लागि एउटा त्रास पनि । ....... हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीजीले मोर्चालगायत काँग्रेस र एमाओवादीलगायत राप्रपा नेपाल, फोरम लोकतान्त्रिकका नेताहरुलाई बोलाएर वालुवाटारमा बैठक गर्दै हुनुहुन्थ्यो ठिक त्यही बेला उहाँका पार्टीका भातृसंगठन र सरकारका सुरक्षाकर्मीहरुले रङ्गेली र डायनियाँमा गोली बर्साउँदै थिए । विराटनगर र यी ठाउँहरुमा पनि खुकुरीहरु प्रहार भएका छन् । ...... हामीलाई पहिले नै सूचना थियो कि वर्तमान सरकारले तराईमधेश थरुहट आन्दोलनलाई आफ्नो उद्देश्यबाट विमुख गराउन साम्प्रादायिक रुप दिन विभिन्न प्रपञ्च गर्दैछ । र, यसै प्रपञ्चतहत बिहीबार मोरङग जिल्लाको रङगेली, डायनियाँ र विराटनगरका घटनालाई लिएका छौं । ...... स्थानीय प्रशासनले आन्दोलनकारीको तर्फबाट घरेलु हतियार प्रयोग भएको दाबी गर्दैछ । म चुनौतिका साथ भन्न चाहन्छु यदि आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरेका हुन् भने त्यसबाट घाइते कतिजना प्रहरी वा युवा संघका कार्यकर्ता छन् ? तर आन्दोलनकारीहरुलाई गोली लागेको र सहादतसमेत भइसकेको तपाई हामी प्रत्यक्षतः थाहा छ । खुकुरी प्रहारबाट पनि अनगन्ति आन्दोलनकारीहरु घाइते भएका छन् । घरेलु हतियारको प्रयोग भएको कुरालाई घाइतेहरुको प्रकृतिलाई हेर्दा प्रष्ट हुन्छ । सादा पोशाकमा रहेका प्रहरीहरु र युवा संघका कार्यकर्ताहरुबाट यस्तो काम भएको हो । ...... जब जब वार्ता र संवाद एउटा स्वरुप ग्रहण थाल्छ, त्यसबेला नै राज्यको तर्फबाट गोली प्रहार गरी दमन गरेर या त हत्या गरिन्छ या निर्मम दमनको साहारा लिने गरिन्छ ।

कहीँ न कहीँ तीन राजनीतिक दल कांग्रेस, एमाले, माओवादीले बिहीबारको घटनाप्रति जुन चिन्ता प्रकट गर्नुपर्ने हो त्यसको अभावले गर्दा हामीलाई शङ्का छ कि उहाँहरु वार्ता र संवादमार्फत तराई मधेश थरुहट आन्दोलनलाई सम्बोधन गर्न तयार हुनुहुन्न ।

................. जति हत्याहरु गरिएका छन् अधिकांश कि त टाउकोमा कि त छातीमा गोली लागेको अवस्था छ । यो आन्दोलनकारीलाई भन्दा पनि थारु र मधेशीलाई मार्ने एउटा जातीय नरसंहारको रुपमा र राज्यआतङ्कको निकृष्ट रुपको रुपमा हामीले लिएका छौं । ...... संवादद्वारा सरकार र सरकारमा रहेका दलहरुले आन्दोलनलाई सम्बोधन गर्न चाहन्छन् भने यसप्रकारका घृणित क्रियाकलाप अबिलम्ब बन्द गर्न र न्यायिक छानबिन आयोग तुरुन्त गठन गर्न आग्रह पनि गर्दछौं । ....... हामी खसआर्य समुदायका जनतालाई पनि आग्रह गर्न चाहन्छौं । सरकार सम्प्रदायिक दङ्गा गराएर आफ्नो गुमिसकेको साखलाई फर्काउन चाहन्छ । आफ्नो निष्क्रियतालाई अकर्मण्यतालाई छोप्न चाहन्छ । त्यसकारणले खसआर्य समुदायका जनतालाई पनि सचेत भएर यस षड्यन्त्रमा नफस्न पनि हामी आग्रह गर्दछौ । .......

चौतर्फी असफल हँुदैगएको सरकार र यसका दलहरुले अब अत्यन्त घृणित विषाक्त साम्प्रदायिकताको साहारा लिन खोजिरहेका छन् ।

यसबाट हाम्रो पहाड, मधेश र थरुहटका सबै नेपालीहरुलाई सचेत भएर सरकारको या सरकारी दलहरुद्वारा सिर्जित यसप्रकारका साम्प्रदायिकता फैलाउने गतिविधिको प्रतिकार गर्नु पर्दछ .......

प्रधानमन्त्री जुन ढङ्गले बिहीबार वालुवाटारमा प्रस्तुत हुनु भयो त्यसले वार्ताप्रति प्रधानमन्त्री स्वयंम गम्भीर हुनुहुन्न भन्ने निष्कर्ष मोर्चाका साथीहरु मात्र होइनन् कि नेपाली कांग्रेस र एमाओवादीका साथीहरु पनि वा प्रतिनिधि जो पनि नेताहरु त्यहाँ हुनुहुन्थ्यो उहाँहरु सबैको त्यही अन्तिम निष्कर्ष के थियो भने प्रधानमन्त्रीले आफैँ पनि वार्ता र सम्वादको पक्षमा हुनुहुन्न ।

मोरङ, रङ्गेली र डायनियाँ विराटनगरमा जुन घटना भयो, वार्तालाई झन भाड्नका लागि गरिएको प्रयत्न हो भन्ने हाम्रो बुझाइ भयो । जुन पक्षबाट वार्तालाई भाड्न प्रयत्न भएको छ ,त्यो पक्षले वार्ता चाहँदै चाहँदैन । ....... आपूर्ति समस्या देखाएर जुन अपूर्ण संस्थागत कालोबजारी भइरहेको छ त्यसबाट लाभ लिने समूहहरुले बिहीबारको घटनाबाट उत्साहित छन् र सरकारबाट उनीहरुको पक्षपोषण गरिएको छ । सरकार आफैँ पनि, सरकारमा रहेका दलहरु पनि वार्ता र संवाद यस मानेमा पनि चाहेका छैनन् कि जहाँ आन्दोलन हाम्रो लागि जीवन मरणको विषय छ त्यहाँ उहाँहरुका लागि कमाई खाने भाँडो भएको छ । ....... सामान्यीकरणतर्फ गइरहेको तराई मधेशलाई पुनः जटिलतातर्फ मुठभेडतर्फ बिहीबारको घटनाले धकेल्न प्रेरित गरेको छ । संविधान संशोधन गर्नेबारे मोर्चाको तर्फबाट कुनै प्रस्ताव छैन । सरकारको प्रस्ताव हो । संशोधन पनि मोर्चाले दिएको छैन । ..... हामीहरु विदावारी भएर नै हिँडेका हौं । यहाँहरुलाई भ्रम नपरोस कि हामी बहिष्कार गरेर हिँडेका होइनौं । उहाँहरुका बीचमा जब तिक्तता बढ्न थाल्यो । हामीलाई उहाँहरुको तिक्तताको साक्षी बस्न मनले मानेन अनि हामी जान्छौं तपाईहरु आफ्नो झगडा आफैँ गर्नुस भनेर हिँड्यौं । पछि जे हुन्छ खबर गर्नुहोला भनेर हामी हिँडेका थियौं । ....... प्रधानमन्त्रीलाई थाहा रहेनछ कि दलले संशोधन दिँदैन । सांसदले दिने हो । तर उहाँले भन्नुभयो दलले संशोधन होइन केही सांसदहरुले दिनुभएको छ त्यसमा हाम्रो सल्लाह भएको छैन । यसकारण मूलरुपले जुन प्रस्ताव आएको छ त्यसमा नेकपा एमाले मात्रै प्रतिबद्ध छ

एउटै मधेश आन्दोलनले सबैको पोल खोल्यो । आदर्श बघार्नेहरु साम्प्रदायिक त छँदैछन्, खाने थालमै छेर्ने पनि छन् । मालिकहरुलाई चेत भया !

Posted by Brikhesh Chandra Lal on Saturday, January 23, 2016

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा के नेताओं ने बर्बर दमन के बिरोध में राष्ट्रिय मानवाधिकार आयोग को प्रभावकारी बनने की तर...

Posted by Brikhesh Chandra Lal on Sunday, January 24, 2016

The state has been targeting mostly the simple n non -political people on the margin of the protest areas to kill...

Posted by Sarita Giri on Friday, January 22, 2016

अमेरिकी डिपुटी सेक्रेटरी ब्लींकेन ने प्रधानमन्त्री ओली को फोन कर नेपाल में राजनैतिक समाधान के दिशा में ठोस कदम उठाने को ...

Posted by Brikhesh Chandra Lal on Friday, January 22, 2016

युवा संघको चुनौतीलाई स्वीकार गर्दै हाम्रा राष्ट्रीय अध्यक्ष मोरंगको रंगेलीमा शहीद परिवारलाई भेट्न जांदै, एमालेको युवा संघले अध्यक्ष महतोलाई मोरंगमा प्रवेश निषेधको घोषणा गरेको थियो।

Posted by सदभावना पार्टी on Saturday, January 23, 2016

No comments: