Sunday, January 24, 2016

Nepal News (44)

संविधान संशोधनसँगै मोर्चा दबाबमा
फोरमले ‘जारी आन्दोलनलाई काठमाडौंकेन्द्रित गर्ने र राष्ट्रिय स्वरुप दिने’ सांकेतिक निर्णय गरेको छ । ..... ठूला दलले संविधान गरेकै शैलीमा संशोधन पनि पेलेर गरेको उनको दावी छ ..... कार्यदल वार्ताहरुमा सहभागी तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधनले मोर्चाको माग सम्बोधन नगर्ने दाबी गर्दै आन्दोलनको स्वरुप बदल्ने सोच नरहेको टिप्पणी गरे । ‘हाम्रो मूख्य चासो मधेसमा दुई प्रदेश हुन्छ कि हुँदैन भन्ने हो, त्यो प्रत्याभूति नहुन्जेल नाका धर्ना लगायत आन्दोलनको स्वरुप बदल्ने कुनै त्यस्तो सोच छैन,’ त्रिपाठीले भने, ‘तर आन्दोलनको स्वरुपबारे भोलिको बैठकमा छलफल गर्छौं ।’.... सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले थपे, ‘प्याकेजमा सहमति नहुँदासम्म अहिले आन्दोलनको स्वरुप बदल्ने प्रश्नै आउँदैन । संशोधनलगायत सबै विषयबारे बैठकमा छलफल गरेपछि मात्रै भन्न सकिन्छ ।’
को–को हुन् बाबुरामका ३५ सारथी ?
उनले परित्याग गरेको एमाओवादीबाट भने दुई जनामात्रै परेका छन् । .... पत्रकार सम्मेलनमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी पनि उपस्थित थिए । एमालेबाट सांसद भइसकेका चौधरीले भने भट्टराईको विकास अवधारणाले आफूलाई प्रभावित बनाएको बताए । ‘बाबुरामजीको मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने अवधारणाले प्रभावित बनाएको छ,’ चौधरीले संक्षिप्त मन्तव्यमा भने, ‘तर यो नठान्नुस् कि म नयाँ शक्तिमा समाहित भएँ ।’


काठमाडौं केन्द्रित आन्दोलन चर्काउने फोरम नेपालको निर्णय
पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्दै आन्दोलन सशक्त बढाउने निर्णय ..... ‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ,’ बैठकपछि अध्यक्ष यादवले भने, ‘नयाँ संशोधनले मधेस आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’


मोर्चाको भोलिको बैठकले आन्दोलनको स्वरुपबारे तय गर्ने, महतोद्वारा महागठबन्धनको प्रस्ताव
‘पहिले संविधान बनाउँदा बेइमानी गरे, अहिले संशोधनमा पनि बेइमानी गरेका छन्,’ उनले भने । संविधान संशोधनलाई मधेस आन्दोलनलाई फँसाउने शब्दजालको संज्ञा दिँदै महतोले सिमांकनमा सहमति नहुँदासम्म आन्दोलन नरोकिने पनि बताए । ..... ‘काठमाडौंलाई थप दबाद दिन मधेसमा आन्दोलनरत सबैपक्षलाई मिलाएर महागठबन्धन बनाउँ भन्ने मैले प्रस्ताव गरेको छु,’ उनले भने । ...... मोरङको रंगेलीमा गत बिहीबार प्रहरीको गोलीले मारिएकाहरुको परिवारलाई भेट्न महतो मोरङ आएका हुन् । उनले शनिबार रंगेली, डायनिया र बरडंगा गई रंगेली घटनामा मृत्यु भएका द्रोपदीदेवी चौधरी, शिबु माझी र महादेब ऋषिदेवका परिवारलाई भेटेका थिए ।
संविधान संशोधनको भारतद्वारा स्वागत
‘हिजो नेपालको संसदले पास गरेको दुई संशोधन सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं’, विज्ञप्तीमा भनिएको छ,

‘हामीलाई विश्वास छ अन्य विषयहरु यसैगरी सम्बोधन गरिनेछ ।’

मधेस आन्दोलन र महत्वाकांक्षाको पोटरी
सम्पूर्ण नेपाली जनता अहिले संकटपूर्ण जीवन जिउन बाध्य छन् । नेपाली विश्वको जुनसुकै ठाउँमा भए पनि मनोवैज्ञानिक रूपमा पीडाबोध गरिराखेका छन् । एक समुदायको नेपाली अर्को समुदायको नेपालीलाई संसयपूर्ण एवं भयत्रासको दृष्टिकोणले हेर्न थालेका छन् । हरेक नेपाली आफू मात्रै राष्ट्रियता भएको वा बढी राष्ट्रप्रेम भएको सावित गर्नमा दिन बिताउन थालेको अवस्था छ । सम्पूर्ण नेपालीको जीवन भने अभाव, संकटपूर्ण महँगी तथा कालाबजारी, असुरक्षा, बेरोजगारीले आक्रान्त छ । देशको आर्थिक कारोबार ठप्प छ । विकासका परियोजना संकटमा छन् । नेपालको सम्पूर्ण राजनीतिक दल र राजनीतिक संघसंस्था, कर्मचारीतन्त्र र भ्रष्टाचारमा लिप्त सुरक्षा निकायप्रति आम जनताको वितृष्णा बढ्दै गएको छ । ......

संविधानसभाबाट संविधान बनिसकेपछि सम्पूर्ण नेपालीको जीवनस्तर उकासिने, नागरिक समानता हुने, राष्ट्रिय एकता बलियो हुने, राजनीतिक द्वन्द्व समाप्त हुने र देश विकासको बाटोमा लाग्ने आम नेपालीको बुझाइ थियो । यथार्थमा परिणाम ठीक विपरीत भयो ।

...... आन्दोलन नै हुँदैन, मधेसी नेताको साख समाप्त भइसकेको छ, आन्दोलन दबाएरै समाप्त हुन्छ, आन्दोलनले मात्र सबै समस्याको समाधान हुन्छ, भारतको सहयोगबेगर नै नेपाली स्वाभिमानी भएर बाँच्न सकिन्छ जस्ता सोचाइ गलत देखिए । .....

केपी ओलीले .. देशको अर्थतन्त्र माफिया र कालोबजारी गर्नेलाई सुम्पेका छन् ।

...... ३ दिनका लागि घोषणा भएको मधेस आन्दोलन ५ महिनासम्म लम्बिनुमा सरकार र तीन ठूला दल बढी जिम्मेवार देखिन्छन् । ..... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको करिब दुई महिनापूर्व सप्तरीमा भएको विस्तारित बैठकले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई वार्ताको वातावरण बनाउन र कूटनीतिक क्षेत्र हेर्न जिम्मेवारी दिइयो ।

म स्वयम् सप्तरीको बैठकमा थिएँ । मैले होटलमा महन्थ ठाकुरको मनोविज्ञान बुझ्ने कोसिस गर्दै थिएँ र के अनुभव गरेँ कि ठाकुर पश्चिमी मधेस भ्रमणमा जान खोज्नुभएको थियो । मैले उहाँलाई आग्रह गरेँ, ‘हजुर ७४ वर्षको उमेरमा ४ पटकभन्दा बढी मोटरसाइकलमा पूर्वदेखि पश्चिम मधेस भ्रमण गरिसक्नुभएको छ, अब हजुर काठमाडौं जानुपर्छ ।

....... विगतमा महन्थ ठाकुरको मनोविज्ञान पढ्ने कोसिस गर्दा म के देख्छु भने उहाँ आन्दोलन लामो भएको वा आन्दोलन फेरि गर्नुपर्ला जस्तो कुरासँग रत्तिभर पनि चिन्तित देखिनुहुन्न । बरु गम्भीर भएर यो अनवरत प्रक्रिया हो भन्नुहुन्छ


राजविराजमा संशोधनको प्रति जलाइयो

No comments: