Friday, January 22, 2016

Nepal News (40)

रंगेली घटनाको बिरोधमा.....बाराको कलैयामा बिरोध प्रदर्शन

Posted by सदभावना पार्टी on Thursday, January 21, 2016

मधेसी माथी भएरहेको अन्याय को भागी पुरै नेपाली हुन्छ । यस को पाप सारा नेपाली लाई लाग्छ । मधेसिको श्राप बात नेपाल को नाश हुन्छ ।

Posted by Mahesh Yadav Adhikari on Friday, January 22, 2016

रंगेलीमा मारिएकाको छातीमै गोली लागेको छ । घाइतेको पनि गोली कम्मरमुनी छैन ।

Posted by Narayan Wagle on Friday, January 22, 2016


रंगेली रणसंग्राममा मैलें जे देखेँ
बुधबार विहानदेखि रंगेलीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन चर्किरहेको घटनाले मेरो ध्यान खिचिरहेको थियो । मधेसवादी दलको बर्चश्व रहेको उक्त क्षेत्रमा एकैदिन मोर्चाको बिरोधसभा र अर्कापट्टि एमाले निकट युवा संघले आयोजना गर्ने तराई मधेस संवाद तथा जागरण कार्यक्रम थिए । .......पुगनपुग तीन सय मिटर क्षेत्रमा यी दुई कार्यक्रम कुनै घटनाको सूचक हुन् भन्ने मलाई लागिसकेको थियो । अप्रिय स्थिति हुनसक्छ भनेर म स्थलगत रिपोर्टिङका लागि रंगेली जाने सोच बनाउँदै थिएँ । चिसोसँगै सिमसिम पानी परिरहेको अवस्थामा यो पूर्वानुमानले म केहीबेर सोचनीय बनेँ । ..... भोलिपल्ट बिहीबार विहान साढे ९ कट्दै थियो । ....... ‘पानी परिरहेको छ, अलि पछि जाँदा नि हुन्छ नि,’ घरबाट निस्किने बेलामा आमा भन्दै हुनुहुन्थ्यो । आमाको कुरालाई पर्वाह नगरी म आफ्नो योजनामा एकाग्र भएँ । ....... कटहरी पुग्दा त्यहाँ आन्दोलनकारी नै देखिन्थे । नयाँ बजार पुग्यौं उस्तै । कर्सियामा पनि । प्रेस लेखेको गाडी भएकाले पनि हुनसक्छ आन्दोलनकारीले हामीलाई रोकेनन् । हामी ११ बजे रंगेली पुग्यौं । ...... इलाका प्रहरी कार्यालय अगाडि युवा संघको आमसभास्थलमा केही युथफोर्सका फेटाधारी युवाहरू देखिन्थे । हामी त्यो कार्यक्रमभन्दा मोर्चाको गतिविधि के कस्तो छ रहेछ स्थलगत बुझ्न आतुर थियौं । .....थानाबाट हामी उत्तरतिर लाग्यौं । दुई सयमिटर पैदल उत्तर हिँडेपछि सशस्त्र र जनपथ प्रहरीको दुई टोली ढालडण्डासहित पोजिसनमा थियो । अगाडि मोर्चासम्बद्ध कार्यकर्ता सरकारबिरुद्ध बाँसका काँचा लाठीसहित नाराबाजी गरिरहेका थिए । ....... प्रहरीको दुई टोली छिचोलेर हामी आन्दोलनकारीको भीडमा पुग्यौं ।

संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्द कादिरलगायत नेतासहित मोर्चा नेता कार्यकर्ताले हामीलाई बडो सहजतापूर्वक स्वागत गरेर आफ्नै भीडमा पु¥याए ।

........ र अघिल्लो दिनको घटनाबारे सविस्तार जानकारी दिन थाले । अनि युवा संघको कार्यक्रमले यहाँ स्थिति बिगार्नेतर्फ उनीहरू गम्भीर देखिन्थे । ......‘जनता स्वस्फूर्त तरिकाले जम्मा भइरहेका छौं, भरसक हामी संयमता अपनाउँछौं,’ यादव भन्दैथिए, ‘तर राज्यको जबरजस्ती देखिन्छ यहाँ ।’ ......कालीमन्दिर पूर्वपट्टि सडकमा टायर बलिरहेको थियो । मन्दिर परिसरमा मोर्चा नेता कार्यकर्ताको ठूलो समूह थियो । ........‘एकातिर वार्ता टोली भंग भएको बखत हामी आन्दोलनमा छौं, जनता आक्रोशित भइरहेका छन्, यहीबेला यहाँ प्रधानमन्त्रीसहित एमालेले कार्यक्रम गर्दा स्थिति भड्किन सक्छ भनेर कार्यक्रम नगर्नूस् भन्यौं,’ यादव भन्दैथिए, ‘तर शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज ग¥यो, त्यसपछि त झन् जनता भड्केका छन् ।’ .......... मोर्चा कार्यकर्ता प्रहरी हटोस् र हामी जुलुससहित जान पाउँ भन्दै प्रदर्शन गरिरहेका थिए । तर प्रहरीले सम्भव हुन दिइरहेको थिएन । ......केहीबेर हेरिरह्यौं । मोर्चा सम्बद्ध कार्यकर्ताको उपस्थिति छिनपछि छिनमा बाक्लिन थालेको थियो । त्यो भीडमा कसैकसैले भाला बोकेको पनि मैले देखें । महिलाहरू उत्तेजित बन्दै प्रहरी घेरासम्म आउने कोसिस गरिरहेका थिए । ...... लम्साल भन्दैथिए, ‘यो भीड यतैतिर होस्, उताको कार्यक्रमतिर जान नपाओस् हामी दुबै कार्यक्रम फरक–फरक ठाउँमा शान्तिपूर्ण सम्पन्न हुन् भन्ने चाहन्छौं ।’ ......हामी एमालेको कार्यक्रमस्थलतर्फ फेरि फर्कियौं । कार्यकर्ताको उपस्थिति केही बाक्लो बन्दैथियो । तर कार्यक्रम सुरू हुन लागिरहेको थियो । केहीबेर हामी यताउता घुमिरह्यौं ।

बजार पुरै बन्द थियो, चिसा र पान पसलसम्म खुलेको थिएन ।

....... एमाले मञ्चमा जब नेताहरू आइपुगे, आसनग्रहणको कार्यक्रम सुरू भयो । १ नम्बर क्षेत्रबाट आउने नेताकार्यकर्ता बाटोमा रोकिएको, ठाउँ–ठाउँमा अबरोध भएको भन्दै उद्घोषक र नेताहरू मोर्चाको आन्दोलनमाथि आलोचनात्मक टिकाटिप्पणी गरिरहेका थिए । ...... त्यसपछि एउटा सांगीतिक गीत प्रस्तुत भइरहेको समयमा अचानक बन्दुक पड्केको आवाज आयो । ......पत्रकार किरण न्यौपाने, सशांक पौडेल, कमल रिमाल लगायत हामी एकैसाथ उठेर मञ्चको पश्चिमतिर दौडियौं । ......दुई सय मिटर पश्चिमतिर रंगेली अस्पताल । अघिल्तिर खेतका आलीआलीमा प्रहरी देखिन्थे । प्रहरीको दौडादौड थियो । क्षणभरमै टियर ग्यास र हवाई फायर चालीस राउण्डभन्दा बढी पड्कियो । वायुमण्डल बन्दुक पड्किँदा निस्केको धूवाँमय देखिन्थ्यो । त्यता गोली चलेको पूर्वपट्टि कालीमन्दिर छेऊमा पनि पड्किरहेको थियो । ......

एकातिर एमालेको भाषणभुषण, अर्कातिर गोली चलिरहेको छ ।

...... हामीलाई एमालेको कार्यक्रमभन्दा गोली चलेको घटना महत्वपूर्ण बन्यो । प्रहरीको पछिपछि हामी रंगेली अस्पतालको बाटोतर्फ दौडियौं । त्यहाँ तीन सयभन्दा बढी आन्दोलनकारीको भीड एमाले मञ्चतिर आउन खोजेको रहेछ । .....हात–हातमा भाला, खुकुरी, लाठी । .....‘एक जना बृद्धाको मृत्यु भइसक्यो रे यार,’ पत्रकार न्यौपानेले सुनाए । ....... केही लाठी, भाला, खुकुरी बाटोमा भेटिए । भागाभाग हुँदा आन्दोलनकारीका चप्पल छरपस्ट थिए । ........ झन्डै एक घन्टाको बीचमा एमालेको कार्यक्रमस्थल खाली भइसकेको थियो । ......त्यही गोली चलेको स्थानमा केही मिनेट बस्दाबस्दै पाहुना लाग्न आएकी द्रौपतीदेवी चौधरीको मृत्यु पुष्टि भएको कुरा मोर्चाको तर्फबाट आयो ...... हामी गाडी चढेकामात्र थियौं, डायनियाँमा पनि झडप भो भन्ने खबर आयो । एकैछिनमा शिवु माझीको मृत्यु भएको खबर आयो । ..... हामी विराटनगर आइपुग्यौं । यहाँ आइपुग्नेवित्तिकै फेरि अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको खबर आयो । उनी थिए, महादेव ऋषिदेव । ..... सरसर्ती हेर्दा रंगेली रणसंग्राम घटनामा तीन पक्ष जिम्मेवार देखिन्छन् । प्रधानमन्त्रीको दल एमाले, मोर्चा र प्रहरी । मधेसमा जारी आन्दोलन र विभिन्न घटनाले आज समाज विभाजित छ । राजनीतिक पार्टीबाट अलग भइसकेको अवस्थामा राष्ट्रपति विद्या भण्डारी जनकपुर जाँदा जे घटना भयो, त्यसले आज समाज जातीय हिसाब विभाजित छ यस्तो अवस्थामा कुनै कार्यक्रममा हिँडडुल गर्दा सचेतता अपनाउन सक्नुपर्छ भन्ने स्पष्ट संकेत दिन्छ । ......

रंगेलीमा स्थिति भड्किन सक्नेतर्फ सबै राजनीतिक पार्टीको निष्कर्ष थियो । प्रशासनसहितको सर्वदलीय बैठकमा मोर्चासम्बद्ध दल र अन्य राजनीतिक पार्टीले एमालेलाई त्यहाँ कार्यक्रम नगर्न सुझाइसकेका थिए ।

...... तर अन्तिम समयसम्म प्रधानमन्त्री केपी ओली आउने प्रचार गरियो । एकातिर मोर्चासँग वार्ता भंग भएको बेला मोर्चाको वर्चश्व रहेको, जनता भड्किकेको स्थानमा प्रधानमन्त्री आफैं आउने हल्लाले पनि थप उत्तेजना फैलाएको देखिन्छ ।

जनता उत्तेजित भएको, स्थिति भड्किएको ठाउँमा जोरजबरजस्तीपूर्वक एमालेले कार्यक्रम गर्न खोज्यो, त्यसको परिणाम कहिल्यै केही नभएको रंगेली बिहीबार रणसंग्राम बन्यो ।

........ ताकिताकि छातीमा, टाउकोमा गोली हानेको मोर्चाले बताउने गरेको छ । रंगेली र डायनियाँमा मारिएका व्यक्तिको छातीमै गोली लागेको छ । घाइतेको पनि गोली कम्मरमुनी छैन । एसएलआर राइफलको गोली प्रयोग भएको देखिन्छ । ......

पाँच महिनादेखि तराई आन्दोलित छ । नेपालको एउटा ठूलो जनसंख्याले नयाँ संविधानलाई स्वागत गर्न सकेको छैन, मान्दिन भनिरहेको छ । त्यसको राजनीतिक समाधान खोज्नेतर्फ प्रमुख सत्तापक्ष जिम्मेवार देखिनु आवश्यक छ ।

..... रंगेली घटनाले एमालेलाई के फाइदा भो ? उसले आफ्नै कार्यक्रम पनि राम्रोसँग सम्पन्न गर्न पाएन । बरु यो घटनाले मोर्चा–सत्तापक्षबीच जुन उत्कर्षमा चलिरहेको वार्ता र संवाद थियो त्यसलाई धेरै पर धकेल्ने काम गरेको छ । रंगेली घटनामा निर्दोष मान्छे पनि मारिएका छन् । रंगेली घटनासँग प्रत्यक्ष प्रमुख सत्तापक्ष जोडिएको छ ।

हे राम ! खुकुरी प्रयोग गरि काटिएको हाथ! यो खुकुरी प्रयोग गर्ने को हो ? केपी का सन्तान हरु को नाश गर्नुपर्छ .

Posted by Mahesh Yadav Adhikari on Friday, January 22, 2016

मोरंगमा सरकारी र एमालेको आतंक र हत्याको बिरोधमा बिहानै देखी रूपन्देहीमा प्रदर्शन

Posted by सदभावना पार्टी on Friday, January 22, 2016

No comments: