Friday, January 22, 2016

Nepal News (37)

मोरडको रंगेलीमा दोहोरो हिंसात्मक झडप । अवस्था तनावपुर्ण ।
विहिवार दिउसो भएको प्रहरी संगको झडपमा साझ सम्ममा तीन जना प्रर्दशाकारीहरुको मृत्यु भइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन । मधेशी मोर्चाले प्रहरीको गोली वाट धाइते भएका अन्य तीन जनाको अवस्था अत्यन्तै नाजुक रहेको जनाएको छ । मोर्चाले जनाए अनुसार प्रहरीको गोली लागी अन्य ८ जना पनि गम्भिर धाइते भएका छन भन्ने जम्मा धाइतेको संख्या ३५ जना भन्दा वढी रहेको मोर्चाको दावी छ । धाइतेहरुको उपचार विराटनगर स्थित विभिन्न अस्पतालहरुमा भईरहेको छ । ......

अघिल्लो हप्ता मात्रै जनकपुरमा पनि युवा संघले यहि नै कार्यक्रम गर्न खोजेका थिए तर आन्दोलनकारीहरुको विरोधका कारण त्याहा कार्यक्रम गर्न सकेका थिएन ।

...... मोरडका रंगेली मधेशी वाहुल्य क्षेत्र हुन ...... युवा संघ तर्फको बसमा गरिएको आगजनी र आक्रमणमा कम्तीमा पनि दुई जनाको मृत्य भएको दावी मोर्चाको छ । स्थानिय अधिकारीहरुले अहिले सम्म त्यस वारेमा मुख खालेका छैन । खाली यती भनेका छन, दुइ तर्फा भिडन्तको अवस्था भए पछि हामी गोली चलाउन बाध्य भएका हौ , अन्यथा त्याहा मोर्चा र युवा संघ दुवै तर्फ ठुलो क्षती हुने अवस्था थियो । ...... विराटनगरमा मधेशी आन्दोलनकारीहरुको मृत्यूको अवर फैलिए सगै तराई मधेशको अन्य जिल्लाहरुमा समेत विहिवार साझ देखि नै प्रर्दशनहरु त्यसको विरुद्धमा हुन थालेका छन । पछिल्लो समयमा शान्तीपुर्ण आन्दोलन पनि खुकुलो बन्दै गएको तराई मधेशमा यस घटना लगतै तनावको वातावरणहरु देखिन थालेका छन । ..... रंगेली घटना लगतै मोर्चाका नेताहरुले सरकारी पक्षलाइ वार्ता चलीरहेको वेला यसरी घटना हुदा वार्ता प्रति गम्भिर असर पुग्ने चेतावनी दिएका छन ।

No comments: