Thursday, January 21, 2016

Nepal News (33)

रंगेलीमा मोर्चा-प्रहरी झडपमा ३ जनाको मृत्यु, दर्जन बढी घाइते (भिडियाे)
कसरी भयो झडप ?
विराटनगर बजार क्षेत्रमा समेत प्रदर्शन सुरु
यता मोर्चाले युवा संघका कार्यकर्ताहरू सदभावनाका केन्दि्रय सदस्य दिलिप धाडेवा र प्रबक्ता सन्तोष मेहतामाथि साघातिक आक्रमण गरेको आरोप लगाएको छ ..... झण्डै दुई घण्टासम्म चलेको झडप र फाइरिङका कारण स्थानीय वासिन्दा त्रसित बनेका छन् । स्थिति असामान्य भएपछि जिल्ला प्रहरी कार्यालयबाट एसपी तारणीप्रसाद लम्सालको नेतृत्वमा थप बल रंगेली पठाइएको छ । .....

'अहिले कार्यक्रम गर्दा स्थिती बिग्रन सक्छ भनेर राजनैतिक दल र स्थानिय पशसासनले एमालेलाई सुझाव दिएका थियौ' एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले भने 'एमालेले जवरजस्ती गर्न खोज्दा निन्दनिय घटना भएको हो यसको जिम्मेवारी एमालेले लिनुपर्छ ।'..... बिहिवार रंगेली, डायनिया र विराटनगरमा सरकार अधिनस्थ प्रहरी र एमाले निकट युवा संघले नाङो नाच देखाएको मधेशी मोर्चाले आरोप लगाएको छ । 'सरकारी दमनको पराकाष्ठा नाघिएको छ' सदभावना अध्यक्ष राजेन्द्र महतोले फोनमा भने 'सरकार अधिनस्थ प्रहरी र सरकारी संरक्षणमा युवा संघले नाङो नाच देखाए ।'

......... संघका अध्यक्ष राजिव पहारी ..... पहारीले भने 'हामी हातमा दही जमाएर बस्दैनौ सशक्त प्रतिरोध गर्नेछौ ।'
सरकार वार्ता विथोल्दैः उपेन्द्र
रंगेली घटनाको भर्त्सना
मोर्चाको बिरोधका बावजूद संवेदनशील स्थानमा एमाले सम्वद्ध भातृ संगठनले कार्यक्रम आयोजना गरी

जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने प्रयत्न गरेको

यादवले आरोप लगाएका छन् । ..... वार्ता र संवादमार्फत संविधान संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा सरकार आन्दोलनकारीमाथि चरम दमन गरी वार्ता विथोल्न लगेको आशंका यादवले व्यक्त गरेका छन् । उनले जनता भिडाउने र आन्दोलनकारीमाथिको दमन तत्काल बन्द गरी सार्थक वार्ताका लागि गम्भीर हुन आह्वान समेत गरेका छन् ।




मोर्चासँगको बालुवाटार बैठक विफलः प्रवचन सुन्ने काम मात्रै भयोः उपेन्द्र
‘बैठकमा चिया विस्कुट खाईयो, चियासँग तीन दलको प्रवचन मात्रै सुन्ने काम भयो’, यादवले भने, ‘चार महिनादेखि बैठकमा जे कुरा हुन्थ्यो आज पनि त्यही भयो ।’ .... चार महिनायता चाहि बैठकमा के कुरा हुन्थ्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सीमांकनको विषयलाई तीनमहिनाभित्र टुंग्याउने, त्यसका लागि राजनीतिक संयन्त्र बनाउने, छलफल गरौं …. त्यस्तै कुरा हुन्थ्यो जुन आज पनि जारी छ ।’ ..... वार्ता विफल भएसँगै मधेसी मोर्चासँग सहमति जुटाएर संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारी प्रयास विफल भएको छ ।
पहिला संशोधन विधेयक पास, त्यसपछि मधेसी मोर्चासँग सहमतिः तीन दल
समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणबारेको

उक्त विधेयकमा विभिन्न २५ ओटा संशोधन परेको र त्यसमा कुनै न कुनै उसको पक्षमा भएको हुने सक्ने

र त्यसलाई समर्थन गर्न सक्ने तिन दलको भनाई छ । .... एमाओअवादी नेता नारायणकाजी श्रेष्ठ .. श्रेष्ठले मोर्चाले भनेझैं प्याकेजमै सहमति पनि गर्न सकिने बताए । ..... एमाले नेता भीम रावलले भने मोर्चाले कार्यदलको बैठकबाट गरेको २ प्रदेश माग पूरा हुन नसक्ने बताए ।
बिल गेट्सको नजरमा सफल हुन पढ्नै पर्ने १० पुस्तक
मधेस आन्दोलनको कारण आर्थिक क्रियाकलापले गति लिन सकेन
आन्दोलनका कारण चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म पाच महिनाको अवधीमा आर्थिक क्रियाकलाप गति लिन नकसकेको बताए । ...... चालु आर्थिक बर्षको मंसिर सम्म ५ महिनाको अवधिमा ११ दशमलव ६ प्रतिशतले मूल्य वृद्धी भएको उनले जानकारी दिए । तर वीरगन्ज बाहेक अन्य नाकाबाट केहि साता यता आयात सहज हुदै गएकाले आर्थिक क्रियाकलापमा सकरात्मक संकेत देखिएको उनले बताए । .....

पाच महिनाको अवधीमा १८ अर्ब ३५ करोड रुपैया मात्रको पेट्रोलियम पदार्थ आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको उक्त पाच महिनाको अवधीमा भने ४९ अर्ब ८८ करोड मुल्यको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

..... आन्दोलनका कारण पाच महिनाको अवधीमा वीरगन्ज भन्सार नाकाबाट हुने व्यपार ६७ प्रतिशतले घटेको छ । यस्तै अन्य प्रमुख नाकाहरु विराटनगर भन्सारबाट ११.५ , भैरहवा भन्सारबाट २.७ र नेपालगंज भन्सार नाकाबाट २.५ प्रतिशतले व्यपार घटेको थापाले जानकारी दिए । .......... नेपाल राष्ट्रिय बैंकसंग हाल दुइ सय सात अर्ब भारु संचिती रहेको बताउदै थापाले चार अर्ब ३१ करोड भारु नगद मौज्दात रहेको पनि जानकारी दिए । ...... क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.२ , पहाडमा १२.४ , हिमालमा १०.३ र तराई मधेसमा १०.२ प्रतिशतले मुल्य वृद्धि भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको पाच महिनाको अवधीमा सात प्रतिशतले मात्र मुल्यबृद्धि भएको थियो । ....... पाच महिनामा दलहन तथा गेडागुडीको मूल्य ४८.९ प्रतिशतले र घीउ तथा खाने तेलको मुल्य ४२.३ प्रतिशतले बढेको थापाले बताए । यस्तै मशाला,फलफुल, लत्ताकपडा इत्यादि वस्तुमा पनि दोहोरो अंकको मूल्यवृद्धी भएको पनि उनले जानकारी दिए । आन्दोलन शुरु भए यता पाच महिनाको अवधिमा अन्र्तराष्ट्रिय व्यापारमा निर्यात २९ प्रतिशत र आयात ३२ प्रतिशले घटेर ऋणात्मक भएको उनले बताए ।
महिला बनेको प्रमाणित गर्न स्तनमा कलम च्याप्ने इन्टरनेटमा नयाँ ट्रेन्ड
चीनियाँ सामाजिक सञ्जालमा अहिले यस्ता फोटोहरु दशौँ लाख पटक शेयर भएका छन् । यसमा लेखिएको छ , पास द च्यालेन्ज टु प्रुभ यू आर अ ट्यू ओमन । यो भाइरल ट्रेन्डलाई महिलाहरुले आफ्नो शरीर प्रदर्शन गर्ने राम्रो मौकाका रुपमा समेत लिएका छन् ।
झडपमा तीन जनाको मृत्यु भएपछि मोरङका सिडियोले भने, ‘प्रहरीमाथि घरेलु हतियार प्रहार गरियो’
३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । ..... युवा संघको कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिएको थियो । तर, ओली सभामा आएनन् । एमाले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु आएका थिए । ...... बुधबारदेखि नै रंगेली तनावग्रस्त थियो । मोर्चाले युवा संघको कार्यक्रम बिथोल्ने उद्देश्यले मंगलबारदेखि नै रंगेली बजार बन्द गराएको थियो । प्रहरीको गोली लागी घाइते भएका चारजनाको गम्भीर अवस्थामा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोरङको डाइनियामा दुईवटा गाडीमा पनि मोर्चाका कार्यकर्ताले आगजनी गरेको जनाइएको छ । .... युवा संघको कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आउने कार्यक्रम तय भएको थियो । ओली आउने थाहा पाएलगत्तै मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । जब मोर्चाको कार्यक्रम हुने सुरसार चल्दै थियो आन्दोलनकारीहरु कार्यक्रम विथाल्न अघि बढिहाले । सोहि क्रममा प्रहरीले हस्पक्षेप गरेपछि झडप भएको थियो । कार्यक्रम स्थल र घटनास्थल नजिकै रहेको छ । ..... झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको थियो । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको समेत छ ।

No comments: