Tuesday, January 05, 2016

In The News (6)

नाकाबन्दीले सरकार अप्ठ्यारोमा परेको प्रधानमन्त्रीको दुखेसो
देश बचाउन नसके पार्टीको अस्तित्व सकिन्छ : भट्टराई
सीमाकंन टुंगो नलागेसम्म आन्दोलन रोकिन्न : यादव
उपेन्द्र यादवले प्रदेश सीमाकंनको टुंगो नलागेसम्म आन्दोलन नरोकिने वताएका छन्। पर्साको वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेर आफूहरुलाई झुक्याउन खाजेको आरोप समेत लगाए । उनले सरकारले तराईमा जारी समस्या सम्बोधन गर्ने तर्फ ध्यान नदिएको बताए। ......

‘जबरजस्ती जारी गरिएको संविधान कार्यन्यवन नहुँदै जबरजस्ती संविधान संसोधन पनि गर्न लागेका छन्,’यादवलले भने, ‘त्यस्तो संविधानलाई मृत घोषित गरे पनि हुन्छ।’

...... उनले सरकारमा भएका दलहरु माफियाले दिएको कमिशनमा रमाएको आरोपसमेत लगाए। उनले शीर्ष स्तरबाट सामाधान नभएको मुद्दा कार्यदल बनाएर सामाधन हुन्छ भन्नेमा आफूहरु विश्वस्त हुन नसकिने बताए।


सदभावना पार्टीको बृहत एकिकरणका लागी दिल्लीमा गृहकार्य
टुक्रा टुक्रामा विभाजित रहेको तराइ मधेशको पुरानो पार्टी सदभावनाका सवै पक्षहरुको विचको एकिकरणका लागी दिल्लीमा गृहकार्यहरु थालिएको छ । .... तर दिल्ली स्थित उच्च स्रोतहरुका अनुसार टुक्रा टुक्रामा विभाजित भएर कमजोर देखिएका मधेशी पार्टीहरुलाई भारतीय पक्षले वारम्वर एकताबद्ध हुन आग्रह गर्दै आएका थिए । ...... हाल पनि सदभावना पार्टीहरु मात्रै पांच ओटा अस्तीत्वमा छन । महतो नेतृत्वको सदभावना पार्टी, झा नेतृत्वको नेपाल सदभावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराइ मधेश सदभावना पार्टी, विकास तिवार िनेतृत्वको गजेन्द्रवादी सदभावना पार्टी र श्यामसुन्दर गुप्ताको छोरोको नाममा नेपाल सदभावना पार्टी युनाइटेड अस्तीत्वमा छन । .....

मंसीरको तेस्रो हप्ता मात्रै आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमणमा जादा उच्च भारतीय अधिकारीहरुले मधेशी पाटीृहरुको विचको एकिकरणमा जोड दिएका थिए ।

महतो गएको शुक्रवार उपचारका लागी दिल्ली पुगे पछि अर्का सदभावना पार्टीका अध्यक्ष अनिल झालाई विशेष रुपमा दिल्ली वोलाइएको छ । गृहजिल्ला रौतहटमा रहेका उनी त्यही वाट शनिवार दिल्ली तर्फ लागेका थिए । कतिपय उच्चस्रोतका अनुसार राजेन्द्र महतो नेतृत्वको सदभावना, अनिल झा नेतृत्व सहितको अन्य सवै सदभावना व्यानर भएको पार्टीहरुलाई दिल्लीको गृहकार्यमा चाडै एकिकरण गराउने वातावरणको निर्माण गर्न थालिएको छ । दिल्ली निकटस्त केहि स्रोत भन्छन विस्तारै ससना सहित अन्य मधेशी पार्टीहरु विच एकिकरणको खाका बनाउन लागीएको छ । हाल सम्मको बुझाईमा मधेशमा वढीमा दुई देखि तीन ओटा सम्म मात्रै पार्टीहरु वलियो ढंग रहेमा यसले काठमाडौमा वलियो उपस्थिती जनाउन सकिन्छ भन्ने आकंलन छ । पहिलो प्रयास दुई ओटामात्रै छ, स्रोत भन्छन, उपेन्द्र यादव र अर्को महन्थ ठाकुर नेतृत्वमा वाकी सवै गोलवन्द हुने । हाल महतो ले सदभावनाका सवैलाई समेटेर पछि तमलोपा संग महतोको विशेष कार्यकारी भुमिकामा एकिरणको प्रयास गराउने गुरुयोजना छ । दुई ओटामा सवै नअटने वातावरण आएमा वढीमा तीन ओटा सम्म मात्रै राख्ने योजना भइरहेको वुझिएको छ । ...... दोस्रो प्रतिनिधी सभाको अन्ततिर फेरी आउदा आउदै त्रिपाठी सहित उक्त समुह सिंहसंग पार्टी एकिकरण गरेर सदभावना मै फर्केको देखिन्छ र तेस्रो प्रतिनिधी सभाको निर्वाचनमा सदभावना पार्टीले फेरी ५ ओटा हाथ पार्यो । तेस्रो प्रतिनिधी सभामा राम्रै सिट हाथ पारे पनि सदभावना पार्टी त्याहा लागातार आरालो लागेको देखिन्छ । ०५८ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले कदमको केही महिना नबित्दै गजेन्द्र नारायण सिंहको निधन हुन गयो । ०५८ माघ १० गते सिंहको निधन पश्चात तत्कालिन अवस्थामा बद्री मंडल राजाको कदमको स्वागत गरे भने भरत विमल यादवहरु सात दलीय आन्दोलनमा होमिए ।
मधेशी मोर्चा द्धारा छुटै कार्यदलको घोषणा । कार्यदलप्रति सदभावनाको एक्यवद्धता । अगामी रणनितीको आन्तरिक तयारीमा मोर्चा ।
त्रिपाठीले आन्दोलनको पुर्ववत कुनै पनि कार्यक्रममा हेरफेर नभएको भन्दै थप विरोधका कार्यक्रमहरु मोर्चा एक दुई दिनमै सार्वजनिक गर्ने तयारीमा जुटेको बताए । मोर्चा संवादवाट कहिल्यै पनि भागेका छैन, त्यसैले हामीले आफनो तर्फवाट यो छुटै कार्यदल बनाएका छौ तर यसको अर्थ यो होईन कि हामी आन्दोलनवाट पछि हटेका छौ । पत्रकारहरुको जिज्ञासामा त्रिपाठीले मोर्चाको नाकाकेन्द्रित धर्ना र आमहडताल जस्ता पुर्ववत कार्यक्रममा कुनै परिवर्तन नभएको बताउदै केन्द्रिय स्तरमा थप विरोधका कार्यक्रमहरु चाडौ सार्वजनिक गर्ने तयारीमा मोर्चा रहेको प्रष्टाए । ...... पछिल्लो समयमा सदभावना अध्यक्ष महतो माथी प्रहरी आक्रमण भए पछि मोर्चा भित्र विभिन्न तहमा विवादहरु देखिएका थिए । यद्यपी मोर्चा कुनै पनि हालतमा नछाडने सदभावना पाटीृले प्रष्ट पारिसकेका छन । ...... मोर्चाका नेताहरु भन्छन, प्रमुख दलहरुआन्दोलनको पांच महिना हुनै लाग्दा पनि सम्बोधनका लागी तयार नरहेको र आलटार गरीरहेको बताउछन । मुद्धामा कुरा नै हुदैन अनि आज यो त भोली त्यो भनेर समय काटीरहेको देखिन्छ । तर संवादवाट पुरै टाढिए अन्तराष्टिय जतहमा गलत सन्देश जाने भन्दै आफनो तर्फवाट छुटै कार्यदल बनाएको घोषणा गरेका छन ।
जब मनिष सुमनले महन्थ ठाकुर र उपेन्द्र यादव माथी औला उठाए......
बैठकका सुरुमा फोरम नेपालको अध्यक्ष यपेन्द्र यादवले वोल्ने मौका पाए । उपेन्द्र आफनो भनाई अस्पतालमा उपचारार्थ राजेन्द्र महतोको आलोचना वार सुरु गरे । उनले भने, राजेन्द्र महतोजी आफनै कारण आफु पनि समस्यामा पर्नु हुन्छ अनि मोर्चालाई पनि बदनाम गराउनु हुन्छ । यादवले महतो किन र कुन कार्यक्रम अन्र्तगत विराटनगर नाकामा धर्ना दिन ग एभनेर प्रतिप्रश्न समेत गरे ? मोर्चामा त्यस्तो कुनै सल्लाह नै हुदै अनि वाहा आफनै तालले हिडनु हुन्छ, यादवको तर्क थियो । यादवलेमहतोको उपस्थितीमा आमसभा आयोजना गरिएको जानकारी आफुले पाएकाृ तर उहा त्याहा नगइकन नाकामा किन धर्ना दिन जानु भयो त्यो बुझिनसक्नु भएको भन्दै आलोचना गरे । यादव पछि तमसपाका नेता राम नरेश रायको पालो आएको थियो । तमसपाका नेता रायले पनि सदभावना अध्यक्ष महतोको आलोचनामै आफना कुराहरु टुग्याए । रायले फोरम नेपालका अध्यक्ष यादवकै भनाई लाई हो मा हो भन्दै आफना कुराहरु राखे । ........ हाम्रो मोर्चाको एक जना शिर्ष नेता प्रहरीको कुटाइ वाट नराम्ररी धाइते भएको २४ घण्टा नाघि सकेको छ, अहिले सम्म क कसले फोन गरेर उहाको स्वास्थ वारेमा बुझनु भएको छ ? उनले औला तेर्साउदा तमलोपा अध्इष महन्थ ठाकुर फोरम नेपालका अध्यक्ष यादवलाई प्रश्न गर्नु भयो ? ठाकुरजी तपाइले अहिले सम्म फोन गर्नु भएको छ, उपेन्द्रजी तपाईले ? ....... तपाईले अस्ती ३ गते पत्रकार सम्मेलनमा आफुहरु अब मधेश झर्ने र वार्ता पनि मधेशमै गर्ने उदघोष गर्नु भएको थियो, त्यसको भोली पल्टै देखि काठमाडौ फेरी वार्ताहरु सहभागी हुनु हुन्छ, के यो नै हो मोर्चा निती ? सुमनले उपेन्द्र यादवको प्रसंग निकाल्दै महतोले कुन कार्यक्रम अन्र्तगत विरागनटर नाकामा धर्ना दिन पुगे भन्ने प्रसंग कोटयाउदै भने, तपाईहरुले मोर्चाको बैठक गरे आन्दोलनका सवै कार्यक्रमहरु गप सशक्क्त बनाउने निर्णय गनू हुन्छ अनि महतोजी कुन कार्यक्रम अन्र्तगत त्याहा गयो भनेर प्रश्न गर्ने ? ....... त्यसपछि तमलोपा अध्यक्ष ठाकुरले पनि सुमनले उठाएका कुराहरु जायज भएको भन्दै वातावरण मिलाउने तिर लागे । ...... महतोको व्लड प्रेसर र सुगरमा दिन प्रति दिन थप वढदै जादा उनलाई दिल्लीलगिएको हो । प्रहरीको आक्रमणमा उनको टाउको र खुटामा चोट लागेका थिए । विराटनगरमा उनको उपचार राम्ररी सम्भव नदेखिए पनि उनलाई धरान लगिएको थियो । तर धरानमा पनि उनले स्वास्थ्य अवस्था समान्य रुपमा नफर्के पछि उनलाई आज दिउसो दिल्ली लगिएको सदभावना पार्टीले जनाएको छ । आजै उनलाई हेलिकप्टर चार्टर गरेर धरान वाट काठमाडौ ल्याइएको थियो । दिउसो काठमाडौ वाट उनी विमान मार्फत दिल्ली गएका हुन ।
मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।
मुख्य गरी विरगंज, कलैया, गौर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर लगायतका सहरहरुमा निकालिएको लाठीजुलुसमा आम मधेशीहरुको उलेख्य सहभागीता रहेको देखिएका छन । .... लाल भन्छन, चिसोका कारण नाका धर्नामा मानिसहरु ठुला संख्यामा बस्न नसकिरहेको अवस्थामा त्यस वारेमा विभिन्न ढृष्टिकोणले समिकक्षहरु भइरहेको छ । यद्यपी अहिले उक्त कार्यक्रम फिर्ता लिने कुनै योजना छैन । वरु हामी अरुविरोधका कार्यक्रमहरु भन्दा नाका केन्द्रित कार्यक्रम लाई नै कसरी सशक्क्र बनाउने वारेमा छलफल गरिरहेकाछौ, लाल भन्छन । सदभावना महासचिव सुमनका अनुसार मोर्चाको तीन ओटा सुरु देखिको विरोध कार्यक्रमहरुमा तत्कालै कुनै परिवर्तन हुने सम्भावना छैन । सुमन भन्छन, मोर्चाको आन्दोलनको सुरु देखि नै घोषाण गरिएको आमहडताल तथा नाका केन्द्रित धर्ना र कर नतिरेर सरकारलाई असहयोग गर्ने कार्यक्रम तत्कालै परिर्वतन हुदैन । ...... पछिल्लो तीन दिन यता जनकपुरमा प्रहरीहरु तथा प्रहरी चौकीहरुमाथी व्यापक पेटेल बमहरु प्रहार हुन थालेका थिए भने प्रहरीले आन्दोलनकारीहरुलाई समाती समाती व्यापक वल प्रयोग गरेर कुटपिट गरिरहेका थिए । आन्दोलनकारीहरु पछि हटन संकेत नदेखिए पछि स्थानिउ प्रशासनले आज पिहा आन्दोलनकारी अगुवा युवाहरु संग बैठक गरेर स्थिती नियन्त्रणमा ल्याइ दिन आग्रह गरेका थिए । ...... प्रर्दशनकारीहरु जानकी मन्दिरसंगै रहेको जानकी प्रहरी चौकीलाई केन्द्रमा राखेर विगत तीन दिन देखि प्रर्दशनहरु गर्दै आएका थिए ।

No comments: