In The News (25)



आन्दोलन ‘साबोटेज’ गर्न मात्र वार्ताको नाटक गर्ने भुल सरकारले नगरोस्
मधेसीमाथि सदियौंदेखि कायम रहेको विभेद यो लोकतान्त्रिक संविधानमा पनि कायम रहेकाले जनता आन्दोलित भएको हो । ..... सरकारले पनि वार्ताबाट सहमति होस् भनी चाहेका छन् भने, मधेसी जनताले पनि आफूहरूले उठाएको मागलाई वार्ताबाट चाँडो सम्बोधन गरोस् भनी चाहेका छन् । अर्थात् वार्तालाई सफल गर्ने दायित्व दुवै पक्षको काँधमा छ । ..... वार्ता नगरी समाधान हुँदैन भने कुरा दुवै पक्षलाई थाह छ । आन्दोलन सुरु भएको अवस्था हेर्नुहुन्छ भने मधेसवादी दलले हामी कसैसँग वार्ता गर्दैनौँ । सडकबाट नै हामी आफ्नो अधिकार लिन्छौँ भनेका थिए । सरकारले पनि हामीले अधिकतम सहमतिका आधारमा संविधान जारी गरेका छौं । विश्वकै उत्कृष्ट संविधान बनाएका छौँ । अब केको वार्ता हामी वार्ता गर्दैनौँ भनी मधेस आन्दोलनप्रति दमनमा उत्रेका थिए । यी दुवै अतिवादी सोच हो । दुवै पक्षले यथार्थ भन्दा भावनाको कुरा गर्यो । ...... आन्दोलनले गर्दा सरकारलाई पनि धौ–धौ पर्यो । मुलुकको आर्थिक अवस्था समाप्त भयो । धराशयी भयो । ग्यास छैन, बिजुली छैन, पानी छैन, धेरै दिनदेखि विद्यालयहरू बन्द छ । कलकारखानाहरू बन्द छ । सरकारी तथा निजी कार्यालय बन्द छन् । यसले सरकारलाई असर गरेपछि मात्र वार्ताका लागि तयार भएको छ । समस्या छ भने कुरा सरकारले बल्ल बुझेको छ । ग्राउन्ड रियालिटीमा सरकार झरेर मधेसवादी दलसँग वार्ताका लागि तयार भएको छ । ...... वार्ताको नाममा आन्दोलनलाई समाप्त गर्ने रणनीति सरकारले लिएजस्तो देखिन्छ । वार्ताको नाममा एक दुइटा संशोधन गर्ने र त्यसैको नाममा आन्दोलन समाप्त पार्ने रणनीतिको आधारमा सरकारले वार्ता गरिरहेको छ, जो सरकारका लागि ठूलो भुल हुनेछ । ....... अहिले आएर वार्ताको नाममा एउटा कार्यदल गठन गरेको छ, त्यसमा ल्यांगरिङ भइरहेको छ । कार्यदलमा पनि मधेसी दललाई अल्झाउने काम मात्र भइरहेको छ । कहिले महेश आचार्यको ठाउँमा प्रकाशमान सिंह, कहिले भीम रावलको ठाउँमा अग्नि खरेल, कहिले कृष्णबहादुर महराको ठाउँमा शक्ति बस्नेत आइदिनुहुन्छ ।

एउटा बैठकमा एक ढंगबाट कुरा अगाडि बढेको हुन्छ । अर्को बैठकमा अर्को कुनै व्यक्ति आइदिँदा फेरि अर्को ढंगको कुरा हुन्छ । र, यसबाट के बुझिन्छ भने सरकारले वार्तालाई रणनीतिको रूपमा मात्र प्रयोग गरेको छ ।

...... जुन ढंगबाट आन्दोलनले उचाई लियो, त्यो ढंगबाट मधेसी मोर्चाले प्रतिपक्षिसँग अर्थात् सरकारसँग डिलिङ गर्न सकेन । यो यथार्थ हो । हामीले यसलाई अझै कन्सुलेड गरेर कुरा गर्ने हो भने मधेसी मोर्चाले आन्दोलन र वार्तालाई अझै तकनिकीका साथ सघन ढंगले अगाडि बढाएको भए आज वार्ता र आन्दोलनको यो अवस्था हुने थिएन । मधेसी मोर्चाले आफ्ना कुरा विभिन्न सेक्टरको माध्यमबाट डिल गराउन सक्नुपथ्र्यो । तर, त्यसमा चुकेकै हो । यो हाम्रो मुद्दा हो । यो यो विषयमा सहमति गर भनी सुरुमै स्पष्ट ढंगबाट कुरा आउनुपथ्र्यो । तर, त्यसमा पनि मोर्चा चुकेकै हो । संविधान घोषणा भएपछि मधेसीले अधिकार पाएन भन्दै मधेसवादी दलले आन्दोलन सुरु गर्यो । सोचेको भन्दा आन्दोलनले उचाइ लियो । तर, धेरै दिनसम्म मधेसी मोर्चाको यो माग हो र यसमा हामी सहमति गर्न चाहन्छौँ भन्ने आउन सकिरहेको थिएन ।

लगभग दुई अढाई महिनापछि मात्र मधेसी मोर्चाले ११ बुँदे माग प्रस्तुत गर्यो ।

....... मधेसी मोर्चाले जसरी भारतलाई आफ्ना एजेन्डा र मुद्दाबारे बुझाउन सकेन, नाकाबन्दीबारे बुझाउन सकेन, त्यसरी नै अन्य देश तथा डोनर एजेन्सीलाई बुझाउन सकेन । मधेसमा यो समस्या छ, यी–यी कारणले हामी असहयोग आन्दोलन सुरु गरेका छौं, यो–यो कारणले नाका अवरोध गरेका छौँ । यसमा तपाईंहरूको पनि सहयोग र समर्थन चाहिन्छ भनेको भए आन्दोलनलाई थप सहयोग पुग्ने थियो । तर, मोर्चाले त्यस्तो गर्न सकेन । ..... सीमांकन, समानुपातिक समावेशी, नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, न्यायालयलगायत विषय रहेका छन् । त्यसमा मुख्य–मुख्य विवाद सीमांकनमा देखिएको छ । सत्ता तथा प्रतिपक्षी दलले सीमांकनलाई तीन महिनाभित्र राजनीतिक संयन्त्र वा आयोग बनाएर टुंग्याउन भनिरहेका छन् । तर, त्यसको विश्वासिलो आधार पेस गरेको छैन ।

सीमांकनको विवाद तीन महिनामा टुंगिन्छ भने तीन दलको प्रस्तावको विश्वासिलो आधार के ? यदि तीन महिनामा त्यसलाई टुंग्याउन सकिएन भने के हुन्छ, आदि विषयको आधार चाहियो भनी मधेसी मोर्चाले माग गरेको छ ।

......... यसअघि आठबुँदे सम्झौता पनि भएको हो । त्यसलाई अन्तरिम संविधानले पनि मान्यता दिएका हो । तर, सरकारले त्यसलाई कार्यान्वयन गराउन नमानेपछि मधेसी मोर्चा आन्दोलित भएको हो । भोलि पनि त्यही दिन नआओस् भनी मधेसी मोर्चा सचेत भएको देखिन्छ । किनभने, यसअघि सरकारले मधेसी मोर्चासँग विश्वासघात गरेको छ । ...... सरकारले संसदमा दुईटा संशोधन प्रस्ताव पेस गरेको छ । त्यसमा २५ वटाभन्दा बढी संशोधन परेका छन् । त्यसमा कांग्रेस र एमाओवादीले पनि संशोधन राखेको छ । अब यहीँनेर विवादास्पद कुरा देखिएको छ । एकातिर त्यही दलहरूले संशोधन प्रस्ताव संसदमा पनि पेस गर्ने र अर्कोतिर पछि त्यसैमा आफ्नो संशोधन पनि राख्ने, यस्तो नाटक किन ? अर्को कुरा, विश्वकै सबभन्दा उत्कृष्ट संविधान भन्ने यी दलहरूले संविधान कार्यान्वयन हुन नपाउँदै संविधान संशोधन गर्न किन अघि बढे । संविधानमा यो कुराको कमी छ भने कुरा यदि उहाँहरूले बुझ्नुभएको छ भने संविधान निर्माणकै समयमा किन राखेन त । ...... अहिले पनि आफ्नै संशोधन विधेयकमा कांग्रेसले दुइटा सशोधन दर्ता गराएको छ । अब कुन संशोधन प्रस्ताव पास गराउन खोजेको हो स्पष्ट छैन । सरकारले चलाखी गरिरहेको प्रस्ट बुझ्न सकिन्छ । ......

एमाओवादीले आफूहरूले संविधानमा यो कुरा राख्न चाहेका थियौैँ । तर, कांग्रेस र एमालेले नमानेर यस्तो भएको भन्थे भने कांग्रेसले आफूहरूले संविधान तपाईंहरूले चाहेकोजस्तो संविधान संशोधन गर्न चाहेको तर एमालेले नमानेको भन्थे । त्यस्तै, एमाले पनि आफूहरू सरकारमा रहेको केही गर्न खोज्दा प्रतिपक्षी दलले साथ नदिएको भन्थे । यसरी केही दिन त उहाँहरूले एक–अर्कालाई आरोप–प्रत्यारोप लगाएर नै समय बर्बाद गर्नुभयो ।

...... त्यसपछि पनि मधेसवादी दल कन्भिन्स नभएपछि झन्डै आन्दोलनको अढाई महिनापछि उहाँहरूले तपाईंहरूको माग के हो, तपाईंहरू के चाहनुभएको छ भनी सोध्न थाल्नुभयो । बैठकमा जाने नेताहरू मौखिक रूपमा मधेसको समस्या र मधेसको मागबारे जानकारी गराउनुभएको थियो । तर, ती मागप्रति कुनै वास्ता नगरी अर्कै–अर्कै कुरा गरेर समय खेर फाल्नुहुन्थ्यो । पछि गएर सरकारी वार्ता टोलीले मधेसको माग के हो लिखित रूपमा नै दिनुस् भनेपछि मंसिर १५ गते मधेसी मोर्चाका नेताहरूले आफ्नो ११ बुँदे माग प्रस्तुत गरेका थिए । ...... औपचारिक रुपमा ११ बुँदे माग प्रस्तुत भइसक्दा पनि तीन दलका नेताहरू मुसो–बिरालोको खेल खेल्न छाड्नुभएको थिएन । कहिले भारतलाई चारबुँदे प्रस्ताव पठाएर सहमति गराइदिनुस् भन्नुहुन्थ्यो भने कहिले कांग्रेसले बोलाएर आफूहरूले पेस गरेको संशोधन विधेयक पास गर्नमा सहयोग गर्नुस् तपाईंहरूले चाहेको सबै विषयमा हामी सहमति जनाइदिन्छौं भन्थ्यो । अर्थात् मधेसी मोर्चाका नेतालाई घुमाउने डुलाउने काम केही दिन राम्रैसँग भयो । तर, तीन दलका नेताहरूले मधेसी मोर्चाका नेताहरूलाई जति खेलाउने प्रयास गरे पनि उहाँहरू टसमस हुनुभएन । ११ बुँदामा छलफल नभए आफूहरू कुनै विषयमा छलफल नगर्ने अडान लिँदै आउनुभयो ......... मधेस आन्दोलन किन यति लामो गयो भनी प्रश्न विभिन्न ठाउँबाट उठिरहेको छ । यसका विभिन्न कारण भए पनि प्रमुख कारण एमाले पार्टी नै हो । एमालेका नेता खासगरी प्रधानमन्त्री केपी शर्मा ओली स्वयं र सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मधेसीलाई पटक–पटक होँच्याउने काम गर्नुभएको छ । कहिले उहाँहरूले मधेस प्रदेशलाई धोती प्रदेश भन्नुभएको छ भने, कहिले मानव सांग्लोलाई मखीसांग्लो भन्नुभएको छ । मधेसीलाई युपी–बिहार जाउ पनि भनिएको छ । यसले गर्दा मधेसी जनता झनै आक्रोशित भएका छन् । अर्थात् एमाले पार्टीले आन्दोलन साम्य पार्नु कता हो कता, उल्टै उत्तेजित पार्ने काम गरेको छ । .......

आन्दोलनकारीले शारीरिक रूपमा विश्राम लिए पनि मनोवैज्ञानिक रुपमा लिएका छैनन् । जुनसुकै बेला पनि आन्दोलन उठ्न सक्छ । मानसिक रुपमा आन्दोलनका लागि तयार भएर बसिरहेका जनता जुनबेला पनि जुरुक्क उठ्न सक्छन् ।

...... मधेसी मोर्चाभित्रका दलहरूमै असन्तुष्टि रहेको कुरा बाहिर आइरहेका छन् । तर, जुन रुपमा सञ्चारमाध्यममा यी कुरालाई उचालिएको छ, त्यस्तो अवस्था भने होइन । पक्कै पनि मधेसी मोर्चामा चार दल छन् । सबैको एजेन्डा एउटै भए पनि काम गर्ने शैली फरक छ । सबै कुरामा सबैको चित्त बुझ्नुपर्छ भन्ने छैन । राजनीतिमा सहमति असहमति भइरहने कुरा हो । तर मोर्चाकै कारण आन्दोलनकारी असन्तुष्ट रहेको, त्यसको कारणले आन्दोलन कमजोर भएको कुरा बिल्कुल गलत हो ।


राजनीतिक संयन्त्र बनाउन मोर्चा सकारात्मक : स्पष्ट कार्यविधि माग
बैठकमा मधेसी मोर्चाले राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकार स्पष्ट पार्न माग गरेका थिए ..... अन्तरिम संविधान अनुसार नागरिकताको प्रावधान नयाँ संविधानमा राख्नुपर्नेमा बैठकमा जोड दिएका थिए । ...... अन्तरिम संविधानमा वंशज र जन्मको आधारमा नागरिकता प्राप्त गरेका देशको प्रमुख पदमा बस्न पाउने प्रावधान रहेको छ भने नयाँ संविधानमा वंशजको आधारमा नागरिकता पाएकाहरुले मात्र देशको प्रमुख पदमा बस्न पाउने प्रावधान छ । स्मरण रहोस्, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको वंशजको आधारमा नभएर जन्मको आधारमा नागरिकता रहेको छ ।
मोर्चाका मागबारे माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय

मोर्चाको ११ बुँदे मागमध्ये अधिकांश विषय सहमतिमा पुगिसके पनि

मुख्य प्रदेश सीमाङ्कनको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा दल छलफलमै छन् । ..... आगामी ५ गते बस्ने व्यवस्थापिका–संसदको बैठक अघिनै सहमति गर्ने गरी छलफल अघि बढेको बताइएको छ । ..... रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सहमतिमा ल्याई उनीहरुको समेत हस्ताक्षरमा आगामी ५ गतेको संसदको बैठकमा संशोधन गरिने उल्लेख गरे । ...... मोर्चाका मागलाई आइतबारसम्म सहमति खोज्नका लागि तीन दल एकमत भएको र सहमतिको मस्यौदालाई कसरी मिलाउने, प्रदेश सीमाङ्कनको विषयलाई कसरी लेख्ने, राजनीतिक समितिको कार्यविधि कस्तो हुने भन्नेबारे छलफल चलिरहेको बताए । .....

पौडेलले मोर्चाका मागलाई संविधानको अनुसूचीमा राख्न पनि आफूहरुको कुनै आपत्ति नभएको

..... कार्यदलले जुन ढङ्गले मधेसी मोर्चासँग छलफल गरिरहेको छ, त्यसको रिपोर्ट सुनियो, त्यो सकारात्मक पाइयो । भोलिसम्म एउटा टुङ्गोमा पुग्ने गरी गहिरो छलफल भइरहेको छ, सकेसम्म ५ गते अघि नै सहमति खोज्ने निर्णय भएको छ ।
मुलुकले चाँडै निकास पाउँछ भन्नेमा मलाई विश्वास छैन : पूर्वउपराष्ट्रपति झा
पूर्वउपराष्ट्रपति परमानन्द झाले आउँदो माघ ५ गतेसम्ममा पनि मुलुकले निकास पाउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन् । ..... सुवास नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाइएकाले हतारमा संविधान घोषणा गरिएको भन्न नमिल्ने तर्क गरे । उनले भने– “संविधानसभाबाट संविधान घोषणा नभएको भए आन्दोलनकारीका मागको सम्बोधन गर्ने आधार नै हुने थिएन तर अहिले त्यही संविधान सङ्कट समाधानको आधार भएको छ, यही नै संविधान बन्नुको सबैभन्दा राम्रो पक्ष हो ।” ..... उपप्रधानमन्त्री सिपी मैनालीले संविधान जारी गर्न ढिला गरेको भए, संविधानका अन्तरवस्तुमा दलकाबीचमा भएको सहमति कुनै पनि बेला भङ्ग हुने खतरा रहेको बताए । उनले संविधान ठीक समयमा जारी भएको र यसबाट उत्पन्न समस्याको समाधान हुँदैजाने दाबी गरे । ..... आयोजक दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जेपी गुप्तालगायतले बोलेका थिए ।
अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गरेको उपप्रधानमन्त्री रावलको आरोप
उनले संसारको कुनै पनि मुलुकमा सेना र सुरक्षा निकायमा समावेशीको नाउँमा सामूहिक रुपमा भर्ना नभएको अवस्थामा यस्ता अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गर्ने कार्य गरेको टिप्पणी गरे । ...... सोही अवसरमा उनले संविधानका साथै पार्टीको सङ्गठनको सम्बन्धमा जानकारी गराउनका लागि

मोरङको नौवटै संसदीय क्षेत्रमा पठाइएका कार्यकर्ताको टोलीलाई झोला हस्तान्तरण गरे ।

पूराना नेताले अब सक्दैनन, कांग्रेसलाई म हाँक्छु : नेत्री कोइराला
युवाको नेतृत्व गर्दै आफू कांँग्रेस सभापतिका लागि इच्छुक भएको बताए । उनले भन्नुभयो, ‘पूराना नेताले अब सक्दैनन, मैले विश्व बुझेकी छु, कांग्रेसलाई हाँक्नसक्छु ।’ नेत्री कोइरालाले आफू युवाको नेता भएको बताउँदै कांँग्रेसलाई आधुनिक तरिकाले चलाउनसक्ने दाबी गरिन् ।
मधेसी नेताको दिल्ली दौड : महतोपछि ठाकुर बिरामी ?
दिल्लीमै रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फर्किन लाग्दा भोली तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दिल्ली जान लागेका हुन् ।

Comments