In The News (23)

मधेस आन्दोलनका घाइतेलाई सरकारले दिएन उपचार खर्च
सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसी मोर्चाका कार्यकर्ताको उपचा खर्च ब्यहोर्ने निर्णय गरेपनि अहिलेसम्म रकम दिएको छैन। .... आन्दोलनमा घाइते कार्यकर्तालाई काठमाडौंमा उपचार गराउँदा करिब ५० लाख रुपैयाँ खर्च भइसकेको आन्दोलनकारीले बताएका छन्। त्यसको विवरण गृह मन्त्रालयमा समेत पुगेको छ।
मधेसका ८ जिल्ला भ्रमणमा हामीले जे देख्यौं
गृह जिल्ला झापामा रहेर मैले टेलिफोनमा सम्पर्क गर्दा नेपाली कांग्रेसका मधेसी साथीहरूको घरमा संविधानको स्वागतमा मैनवत्ति बलेको थिएन। र संविधान जलाउन टायर बालेको आन्दोलनमा पनि उनीहरू थिएनन्। .... किन जल्यो मधेस? किन त्यहाँ आन्दोलन उठ्यो? किन कांग्रेस, एमाले, एमाओवादी मधेसमा डिफेन्सिभ भए? किन चुनाव हारेका राजेन्द्र महतोहरू एकाएक मधेसका नायक बने? वीरगञ्जमा किन ढालियो गिरिजाप्रसाद कोइरालाको सालिक? किन जले कांग्रेस, एमालेका पार्टी कार्यालयहरू? किन दिए ५० भन्दा बढी नागरिकले साहदत? ..... भोलिपल्ट रौतहटको छलफल पनि उस्तै गरमागरम भयो। त्यहाँ साथीले सोध्नुभयो, चार महिना बितिसक्यो, तर, किन काठमाडौंबाट हाम्रो कुरा बुझ्न अहिलेसम्म पार्टीका नेता कोही आउनुभएन? ..... सर्लाहीको छलफल झण्डै ६ घण्टा चल्यो। साथीहरूले भन्नुभयो, ‘यो जिल्लाले राजेन्द्र महतोलाई सांसद हुन पनि योग्य देखेन। मधेसी जनताले उनलाई चुनावमा हराएर पठाएका थिए। तर हाम्रा नेताहरूको अदुरदर्शिताको कारण आज उनी एउटा क्षेत्रको सांसदमात्रै नभएर पुरै मधेसको मसीहा दावा गर्ने वातावरण पाएका छन्।’ ..... साथीहरूको मत थियो, ‘यदि दुई बुँदे संशोधन त्यो संशोधनका रूपमा नभई सुरूमै संविधानमा समाहित गरेर ल्याएको भए मधेसमा आन्दोलन यसरी उठ्ने नै थिएन। ..... पर्सा बुझ्न पथलैया होइन वीरगन्ज पुग्नुपर्छ, महोत्तरी बुझ्न बर्दिवास होइन जलेश्वर पुग्नुपर्छ। धनुषा बुझ्न ढल्केवर होइन धनुषाधाम पुग्नुपर्छ। त्यसैले हामी बर्दीवासमा कार्यक्रम गर्न सहमत भएनौं। ..... बर्दिबासभन्दा ४२ किलोमिटर दक्षिण महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालय महेश्वरप्रसाद सिंह स्मृति भवनमा हामीले कार्यक्रम गर्‍यौं। ..... ‘हाम्रो पार्टीले मधेसमा सबैभन्दा बढी सिट जित्यो र ठूलो दल भयो। ठूलो दल भएकै हैसियतले संविधान निर्माणमा नेतृत्व गर्‍यो। तर संविधान बनाइरहँदा राजेन्द्र महतो या महन्त ठाकुरको कुरा नसुन्नु त एउटा कुरा। तर

कांग्रेसका मधेसी सांसदहरुकै कुरा समेत किन सुनिएन?’

...... हजुरबुबा र नाती दुबै जो कांग्रेसका कार्यकर्ता थिए, हाम्रो पार्टीका साथीहरूले उनीहरुलाई हाम्रो भनेर लासको छेउमा जानसक्ने अथवा पार्टीको झण्डा ओडाउन सक्ने वातावरण समेत थिएन। बरू एकातिर कांग्रेसका दुई कार्यकर्ता मधेसमा आन्दोलनकारीहरूको बिचमा जल्दै थिए। अर्कोतर्फ जलेश्वरस्थित कांग्रेस पार्टी कार्यालय तोडफोडको सिकार बन्दै थियो। .....

‘मधेसमा कांग्रेसी भएर जय नेपाल भन्दै जान सान मिलिरहेको छैन र काठमाडौंमा जाँदा मधेसी भएर सम्मान मिलिरहेको छैन। हामी कहाँ जाने?

.... ‘पार्टी अफिस त पुरै जलाएर खरानी बनाइएको छ। कार्यक्रम कि कुनै होटलमा राखौं?’ .....

धनुषामा कांग्रेसको करिब १८ हजार क्रियाशिल सदस्य मात्रै छन्। ७ वटा मध्ये पाँचवटा क्षेत्रबाट गत निर्वाचनमा कांग्रेसका उम्मेद्‌वार विजयी भएका थिए। समानुपातिक र प्रत्यक्ष गरी करिब १५ जना सांसदमात्रै धनुषाबाट छन्। तर मधेस आन्देालन सुरू भएपछि पार्टी कार्यालयसम्म खरानी भएको दृश्य धनुषामा हामीले देख्नुपर्‍यो।

...... जनकपुरका पूर्वमेयर बजरगंप्रसाद साहले भन्नु भयो, ‘जलेको यो पार्टी कार्यालय हेर्नुहोस्, र बुझ्नुहोस्, असोज ३ को संविधानप्रति यहाँको नागरिकको धारणा यही हो।’ ....... भ्रमण टोलीका सदस्य देवराज चालिसेले भन्नुभयो, ‘मेरो पोखरा या अरूको काठमाडौंमा बसेर मधेस बुझ्न नसकिने रहेछ।’ ...... ‘मधेसको मुद्दा मुद्दामात्रै रहिरहेको थियो भने यसलाई सम्बोधन गर्न सहज हुन्थ्यो। तर यो मुद्दाले अब सेन्टिमेन्टको रूप लिइरहेको छ। जसका कारण हामी पछि पर्दैछौं र त्यो सेन्टीमेन्टलाई बोक्नेहरू अघि आउदैछन्।’ ..... समग्रतामा आम कांग्रेसजनको धारणा हामीले के पायौं भने, ‘आन्दोलनलाई यथाशिघ्र सम्बोधन गरेर समाधानमा पुग्नु नै देश, कांग्रेस र मधेसको हितमा छ।’ ...... खासगरी संविधान जारी गर्न केहीदिन पर्खिएको भए या पछि ल्याइएको दुईबुँदे संशोधन सुरूमा संविधानमै ल्याइएको भए, सीमांकन गर्दा चुरे र कोशीसहितको प्रदेश नम्बर दुई बनाएको भए सायद ५० नागरिकको अमूल्य जीवन गुम्ने थिएन। ..... मधेस पछाडि परेको छ त पहाड पनि कुनै स्वीट्जरल्याण्ड बनेको छैन। जब कतारबाट बाकसमा बेरिएर कुनै युवकको लास नेपाल आउँछ, त त्यो पहाडीको पनि हुन्छ र मधेसीको पनि।
घुँडा नटेक्ने सरकार र खुट्टा नटेक्ने तस्करी धन्दा
३० वर्ष लामो पंचायतका बखत स्वतन्त्रताको कुरा गर्नेजति अराष्ट्रिय तत्वमा बदलिए। उनीहरुले जे मागे नि भारतले भनेको जे गर्न खोजे पनि बोल्न हुँदैन, माग्न हुँदैन देश भारतले खान्छ भनियो। र, आफ्नो शासन लम्ब्याइयो। ...... यो क्रम २०३६ सालमा बहुदल माग्नेदेखि २०४६ सालमा आन्दोलन गर्नेसम्म, २०५२ सालमा जनयुद्ध गर्नेदेखि २०६२÷६३ मा संघीयता र गणतन्त्र माग्नेसम्म यही आरोपमा प्रताडित भए। आखिर त्यस्तो त केही भएन।...... २०७२ साल असोज ३ गते संविधान जारी गर्ने कि मधेस र थारुको आवाजको सम्वोधन गर्दै उनीहरुका पनि स्वामित्व स्थापित गरी जारी गर्ने? कि बहुमतको बलमा गर्ने? विभाजित हुँदा बहुमतको बलमा

सेना परिचालन गरेर भए पनि संविधान जारी गर्ने निष्कर्षले जित्यो।

....... कुनै बेला महाकाली सन्धीमा देश विभाजित भयो। एमाले भन्ने पार्टी पनि विभाजित भयो। सोका लागि भारतले अरबौं रुपैयाँ खर्चेको चर्चा निकै थियो। त्यसबेला खाने मध्येका आज प्रधानमन्त्री हुनुहुन्छ। तर वहाँ त घुँडा नटेक्ने राष्ट्रवादी मात्रै होइन पृथ्वीनारायण सरह नै भइसक्नुभयो रे भन्ने पनि कुरा आउँछ। कुरा बुझी नसक्नु छ। ...... प्रधानमन्त्री हुनासाथ भारत जाने प्रचलन रहेकोमा हालका प्रधानमन्त्रीले भन्नुभयो, कहाँ लेखेको छ भारत पहिला जान पर्छ भन्ने? तर चीन होइन, भारत नै पहिला जाने तयारी गरिसक्नु भयो। ..... सरकारले नै भन्यो, १ नं. व्यापारीले धम्की दिए। धन्न २ नं. व्यापारीले कालोबजारबाट भए पनि तेल ल्याए। र, आपूर्ति मात्रै गरेनन् सत्ताधारीका २ नं. अर्थतन्त्र पनि बलियो बनाइदिएकाले धन्यवाद पनि प्राप्त गरे। ......

३५ वर्षमा मुलुकको अर्थतन्त्र पहिलो पटक ऋणात्मक हुँदैछ भन्ने समाचार आए। सरकारलाई यसले छोएन। किनकि यसले सरकारलाई के फरक पार्छ र? ६÷६ जना उपप्रधानमन्त्री बनाउँदा त दुई हजार जाबोको फरक पर्ने हो भनेर सरकार हावामा उडाइदिन्छ। ग्यासको हाहाकार छ। प्रधानमन्त्री पाइपमा ग्यास ल्याइदिन्छु भन्छन्। दिनमा १८ घण्टा लोडसेडिङ हुँदैछ। प्रधानमन्त्री एकै वर्षमा लोडसेडिङ मुक्त गर्छु भन्छन्। जब कि राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको कुनै पनि अवस्थामा बजेट अभाव हुन नदिने घोषणा गरिएको थियो। तर पचहत्तर प्रतिशत काम सकिएर नि ती आयोजनाको काम ठप्प छ। सरकारलाई वास्ता छैन।

..... ठीक यसैगरी आजभोलि घुँडा टेक्दैनौँ भन्नेहरु राष्ट्रवादी भएर होइन रहेछ। तस्करीधन्दा बन्द हुने चिन्ताले रहेछ। सबैभन्दा बढी सरकारका मन्त्रीले भन्दारहेछन्। गच्छेअनुसार तस्करीको भागशान्ति पाउने भएकाले भन्दा रहेछन् भन्ने कुरा तिनका प्रवृत्ति विश्लेषण गर्दा थाहा पाइयो। ......

अब सरकारको राष्ट्रवादको मुकुण्डो तस्करीधन्दामा गएर राम्ररी उजागर भएको छ। सरकार तिम्रो यो धन्दा धेरै दिन चल्दैन। चल्न पनि हुँदैन।

म किन मधेसी बन्न सकिनँ?
मेरो हजुरवुवा राणाकालको अन्त्यतिर सल्यानबाट तराई झर्नुभएको। त्यसपछि मेरो वुवाहुँदै म सम्म आईपुग्दा वसाइसराईपछिको तेस्रो पुस्तामा छौं हामी। मेरो अधिकांश वाल्यकाल छिमेकका छोटु, पप्पु र ललनसँग बित्यो। जसको कारण ममा हिन्दी, अवधी, थारु र नेपाली भाषा मिश्रीत लवजको विकास भयो। ...... अर्कोतर्फ भारतबाट नेपाल उक्लिएका अगिंकृतहरू पहिलो पुस्तामै पक्का मधेसी बनेर मधेस आन्दोलनको नेतृत्व मधेस आन्दोलनले उठाएका केही माग जायज छन् र तिनीहरुको सम्बोधन हुनुपर्छ।

मैले देखेको छु आफूसँगै खेल्ने तिनै छोटु, पप्पु र ललन हेपिएको र अवसरबाट वन्चित भएको।

...... जसरी पहाडले (काठमाडौं बाहेक) तराईबाट उक्लिएका चुरेटा दाई ( चुराको व्यापार गर्ने ), देशी वावु लगायतलाई आफ्नो समुदायको हिस्सा बनाएको छ त्यसरी नै पहाडबाट झरेकाले पनि मधेसबाट समान व्यवहार पाउनुपर्छ। मधेसका कतिपय स्थानमा समान व्यवहार नगरिएको पनि होइन। ..... म अध्ययनरत अस्ट्रेलियामा पनि धेरै नेपालीले अंगिकृत नागरिकता लिएका छन्। तर, उनीहरु उक्त देशप्रति शत प्रतिशत बफादार देखिदैनन्। घरमा नेपाली झण्डा र मुखमा नेपाली राष्ट्रिय गान झुण्डिएका उनीहरुमा नेपालप्रतिको स्नेह देखेको मैले कसरी विश्वास गर्न सक्छु ,अंगिकृतहरु पक्का मधेसी हुन् भनेर। त्यसो त भारतका विभिन्न भागमा छरिएर बसेका नेपाली भाषी भारतीय नागरिक मनैदेखि उक्त देशको हुन नसकेको पनि सत्य हो। ..... विदेशमा जस्तै नेपालमा पनि मापदण्ड बलियो बनाउँदै कम्तिमा अस्थायी र स्थायी बसोबासलाई आधार मानेर पहिलो र दोस्रो दर्जाको अंगिकृत नागरिकता प्रदान गर्नेगरी कानुन बनाउनु पर्दछ। जसले समग्र मधेसलाई भविष्यमा अंगिकृतकरण हुनबाट जोगाउन सकोस्।

प्रत्यूष वन्तइतिहास र मिडियाका ज्ञाताबलभद्र नालापानीपछि सिख सेनामा भर्ती भएको र त्यही सेनाका लागि लड्ने क्रममा उनको मृ...

Posted by ESamata on Thursday, January 14, 2016

सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो र नेपाल मामलाका जानकार प्रो एसडी मुनि बिच नेपाल भारत सम्बन्ध, नेपालको नयाँ सम्बिधान र मधेश आन्दोलन बारे भेंटघाटमा छलफल।

Posted by सदभावना पार्टी on Friday, January 15, 2016

मधेसी मोर्चा से मधेसी जनता निराश है और आक्रोश । अब मधेस का नेतृत्व कौन करेगा जो मधेस को सम्पूर्ण अधिकार दिलवासके ?

Posted by Mahesh Yadav Adhikari on Friday, January 15, 2016

Nepal's top physician Dr Sundar Mani Dixit doubts Oli's mental condition

Posted by Vijay Kant Karna on Friday, January 15, 2016

मधेसका ५४ शहीदसँग ५६ मन्त्रालयसँग साट्नेले माफी माग्नुपर्छ

Posted by Rajesh Ahiraj on Friday, January 15, 2016


हीनभावको महामारी
खाटा बसिसकेको घाउलाई कोट्याएर बल्झाउने, त्यसमा नुनचुक दलेर परपीडक प्रवृत्ति दर्शाउने क्रम गणतन्त्र घोषणापश्चात् केही कम भएको जस्तो लागे पनि पूर्णतः रोकिएको छैन। ..... पृथ्वी जयन्ती मनाएर वर्षैपिच्छे विजित समुदायहरूको खिसी गर्ने कामलाई अरू जे भनिए पनि राष्ट्रिय एकता दिवस कदापि मान्न सकिँदैन। यति कुरा त सहज बुद्धि भएको जोसुकैले बुझ्नुपर्ने हो। अनि किन पटकपटक उही विवाद सार्वजनिक वृत्तमा उछाल्ने गरिन्छ? सम्भवतः गोर्खालीमूलका सांस्कृतिक सम्भ्रान्त राजा पृथ्वीको प्रेत जगाएर देशको दुर्दशाको आफ्नो जिम्मेवारीबाट मुक्त हुन चाहन्छन्। उनको सम्झनामा आफ्नो सम्मान खोज्ने गर्छन्। .....

दक्षिण एसियाको सबभन्दा पुरानो भनिने राज्यका सञ्चालकहरू देश भने संसारमै दरिद्री रहिरहनुपर्ने अवस्थाका लागि पक्कै पनि जिम्मेवार छन्। विरूदावली परम्पराका इतिहासकारहरूले जेजस्ता वीरगाथा सृजना गरेका भए तापनि यथार्थ के हो भने, तथाकथित 'दिव्योपदेश' कुनै किसिमले पनि 'दिव्य' छैन। एउटा विजेताले ठूलो दुःखले 'आर्जेको मुलुक' आफ्ना शाखासन्तानको निरन्तर नियन्त्रणमा राख्नका लागि लेख्न लगाएको सैनिक शासनको हातेपुस्तिका मात्र हो त्यो दस्तावेज।

...... कुरा कीर्तिपुरको मात्र होइन। धोका ललितपुरका प्रधानहरूलाई पनि दिइएको थियो। ज्यान जोगाउन भक्तपुर राजपरिवारका मल्लहरू थर फेरेर प्रधानांग बनेका थिए। कान्तिपुरका सैनिक अधिकारी एवं योद्धा परिवारहरूको नामनिशान इतिहासवाट मेटियो। वैश्य नेवारहरूले मात्र आफ्नो अस्तित्व जोगाउन सके। ..... सिंगै चारकोसे झाडीमा स्वतन्त्र विचरण गर्ने थारूलाई कमाराकमारी बनाउने प्रचलन पनि गोर्खालीहरूले नै संस्थागत गरेका हुन्। बिसे नगर्चीका शाखासन्तान त्यसै बौलाउनुपर्ने स्थितिमा पुगेका होइनन्। बिहार वा बंगालका नवावहरूलाई सांकेतिक नजराना चढाएर लगभग स्वायत्त शासन चलाउने गरेका तराई–मधेसका जमिनदारलाई समेत कि रैति बनाउने वा सम्पत्ति जफत गरेर लखेट्ने काम पनि गोर्खालीहरूले गरेकै हुन्। ..... गोर्खालीहरूको इस्टदेव बाँकी नेपालीका लागि पनि आराध्य नै हुनुपर्छ भन्ने त छैन। ...... जंगबहादुर कुँवरका पत्नीहरूले गुठी राखेकाले बर्सेनि उनको क्रियाकर्म हुन्छ। राजा पृथ्वीको विजय अभियानले गर्दा उल्लेख्य हैसियत बनाउन सफल सम्भ्रान्तहरूको जमात पनि ठूलै छ। तिनलाई धुमधामका साथ आफ्ना पुर्खाहरूको अन्नदाताको जयन्ती वा श्राध्द मनाउने पूर्ण स्वतन्त्रता छ। सर्वश्री लक्ष्मणसिंह खड्का, मोदनाथ प्रश्रित, कमल थापा, रूक्मांगद कटवाल, सीपी मैनाली एवं भरत बस्नेतजस्ता स्वनामधन्य गोर्खाली राष्ट्रवादका अनुयायीहरूले त्यस स्वतन्त्रताको निर्बाध उपयोग पनि गर्दै आएका छन्। त्यस्तो कर्मको सम्मान गरिनुपर्छ। तर, पृथ्वी जयन्तीलाई एकता त के, अरू कुनै पनि राष्ट्रिय दिवसको संज्ञा दिनु बहुसंख्यक नेपालीको पीडाको खुल्ला अपमान हो। .....

मानव सभ्यताको इतिहासमा राष्ट्रिय स्वाधीनताको परम्परा उसै पनि खासै पुरानो छैन। परिवार, समुदाय, कबिला, धर्म, राजा र साम्राज्यका लागि लड्दै आएका योद्धाहरूलाई राष्ट्रको पहिचान सिकाइएको युरोपमा पनि इस्वीको सत्रौँ शताब्दीताका मात्रै हो।

...... राजा पृथ्वीका लडाकाहरू विजित क्षेत्रमा पाइने लुट र जग्गाको लोभका साथै निमकको सोझो नगरे पाप ठहरिने वा सजायको भागी भइने डरले गर्दा लड्ने गर्थे। गोर्खाली लडाकाहरूको साम्राज्यलाई आधुनिक अर्थमा राज्यको मान्यता दिएको सुगौली सन्धिले (सन् १८१४–१६)मात्रै हो। इस्ट इन्डिया कम्पनीको आवासीय राजप्रतिनिधिलाई काठमाडौँमा राख्नैपर्ने शर्तका कारण नेपालको स्वाधीनता केही संकुचित गरिएको भए पनि नेपालका राजाको स्वायत्तता सुगौली सन्धिले सुनिश्चित गरेको हो। ..... जंगबहादुरले सन् १८५७ ताका सिपाही विद्रोह दबाउन इस्ट इन्डिया कम्पनीप्रति दर्शाएको बफादारीका कारण नेपालको स्वाधीनताका साथै भूभाग पनि केही विस्तारित भयो। चन्द्र शमशेरले बेलायतको चाकरी गरेर सन् १९२३ को नेपाल–बेलायत सन्धिमार्फत् राजप्रतिनधि तहको अधिनस्थ सम्बन्धलाई उपराजदूत (एनब्वाई) स्तरको आश्रित मेलजोलमा रूपान्तरित गर्न सफल भए। प्रथम विश्वयुद्धले गर्दा त्यस्तो उन्नति सम्भव भएको भए पनि नेपाल–बेलायत सम्बन्ध भारतको स्वतन्त्रताकालसम्म पनि मूलतः सेवक–स्वामीकै थियो भन्ने कुरा स्वीकार्न गाह्रो मान्नु पर्दैन। नेपाल उपनिवेश नभएर बेलायतका तावेदारहरूले स्वामीभक्त भएर सञ्चालन गरेको आश्रित राज्य थियो।

अंग्रेजहरूको सेवा गरेवापत् बकसमा पाएको नेपालको स्वतन्त्रतालाई पूर्णता दिएको सन् १९५० को नेपाल–भारत मैत्री तथा शान्ति सन्धिले हो।

..... अहिलेको युगमा निरपेक्ष स्वाधीनता उसै पनि सम्भव छैन। ..... नेपाल–बेलायत सम्बन्ध सेवक–स्वामीजस्तो भएकाले काठमाडौँका शासकहरूले बेलामौकामा घुर्कीलाई पनि सार्वभौमिकताकै रूपमा अर्थ्याउन पाउँथे। नेपाललाई स्वतन्त्र छाडेर बेलायतलाई बित्ने कुरो केही थिएन, बरु खर्च जोगिन्थ्यो। सन् १९५० को सन्धिले भने नेपालको स्वतन्त्रता सुनिश्चित गर्नुसँगै दायित्वको पनि सृजना गरेको छ। दायित्व पूरा नगर्ने, तर सन्धिले प्रत्याभूत गरेका सुविधाहरूलाई अधिकारका रूपमा अर्थ्याउने प्रवृत्तिका कारण नेपाल–बेलायत सम्बन्ध भारतको स्वतन्त्रतापश्चात् असमञ्जसपूर्ण बन्न गएको हुनुपर्छ।

घुर्कीको भरमा बराबरीको सम्बन्ध चल्न सम्भव पनि हुँदैन।

....... सन् १९६० दशकको सुरूताकासम्म 'जब अमेरिका मेहरवान, तो गधा पहलवान' भन्ने उक्ति पाकिस्तानका सैनिक शासकहरूका लागि प्रयोग हुने गर्थ्यो। राजा महेन्द्रको 'मण्डल' राजनीति शीतयुद्धताकाको त्यस्तै भूराजनीतिक शक्ति सन्तुलनको परिणति थियो। ....... राजा महेन्द्रले तयार पार्न लगाएको एकल जातीय आन्तरिक राष्ट्रवाद एवं सेवक–स्वामी अन्तर्राष्ट्रिय सम्बन्धको प्रारूपका जराहरू गोर्खाली सम्भ्रान्त मनोवृत्तिभित्र यति गहिरा छन् कि त्यसले नेपाल र नेपालीलाई सितिमिति पिरोल्न छाड्ने छाँटकाँट छैन। कथंकदाचित गोर्खाली सम्भ्रान्तको बर्चस्व कमजोर भयो भने यो देश भुटान, सिक्किम, फिजी, अफगानिस्तान, रूवान्डा वा अरू नै केहीजस्तो हुन्छ भन्ने भयदोहन गर्दै गोरखा भुइँचालोको छेको पारेर गोर्खाली संविधान भन्न मिल्ने मूल कानुन 'अति तीव्र गल्ली' प्रक्रियाद्वारा जारी गरिएको हो। देश त जे हुनु छ, त्यो हुन्छ नै। देशवासीको भविष्यलाई भने भड्खालोमा पुर्यालएको यही 'मामम' हीनग्रन्थीले हो। आत्मविश्वाशको अभावबाट जन्मिएको दम्भ अन्ततः अभिशाप ठहरिन्छ। ........ भारतीय सल्लाहको निरन्तर बेवास्ता पनि कम दयनीय तर्कमा आधारित छैन। मालिक–अमेरिका र अन्य पश्चिमा शक्ति गुहार्ने, अर्को छिमेकी (चीन) तिर ढोका खोल्ने वा आफ्नो फोहोर आँगनमा छर्केर महामारी फैलाउने (राज्य संरक्षित तस्करी)जस्ता कामहरू खुलेआम गरेर 'मामम' सत्ताले नेपाल–भारत सम्बन्धलाई जेजस्तो आयाम दिन सक्थ्यो, त्यो दिइरहेकै छ। देशको दिगोपन भने दिनानुदिन कमजोर हुँदै गइरहेको छ। ......

राष्ट्रिय खर्चमै भए पनि एकपटकका लागि राजा महेन्द्रको अन्त्येष्टि विधिविधानपूर्वक गर्न जरूरी छ।

Comments