Friday, January 08, 2016

In The News (10)

[अन्तर्वार्ता] मधेस समस्या काठमाडौं र भारत दुवैको हो : राजेन्द्र महतो
हेर्नुस्— हाम्रो नेपालमा यदि कुनै काम गर्नु छैन भने आयोग, कार्यदल, समिति बनाइने गरेको छ । यही पुनरावृत्ति मधेस मामलामा पनि गर्न लागिएको हो कि भन्ने आशंका बढेको छ । हामीले मेचीदेखि महाकालीसम्म मधेस÷थरुहट दुई प्रदेशको कुरा गरेका हौं । ..... तर, वार्ताको टेबलमा ‘तत्काल प्रदेश दियो भने अर्को समूहको आन्दोलन सुरु हुन सक्छ नि’ भन्ने जवाफ दिएर प्रमुख ३ दल बसेका छन् । यो त भाग्ने कुरा हो, उम्कने कुरा हो । ‘यो गर्यो भने आकाश खस्छ, पाताल धसिन्छ’ भनेर बस्ने बेला होइन यो । ....... एमाले, माओवादी र कांग्रेस मिलेर संविधान बनाएका हुन् । यसकारण ‘असहमती’को बिउ रोप्ने तीनवटै दल हुन् । यसमा प्रतिपक्षमा बसेको छु भन्दैमा कांग्रेस उम्कन मिल्दैन ......

अनौठो के भने मधेस मामलाको कुरा आउनासाथ एमाले, माओवादी र कांग्रेस एउटै कित्तामा उभिएको मैंले पाएको छु, असहयोगी कित्ता

...... त्यसबेला जनयुद्धमा रहेको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन को पो सहमत थियो र ? के भारतले मानेको थियो र ? तर, गिरिजाप्रसादले ल्याउनुभएको हो । आज त्यही कांग्रेस पार्टी ‘अनिर्णयको बन्दी’ भएको छ । ...... काठमाडौंको केही मिडियाले मधेश आन्दोलन र मोर्चा गठबन्धन बारे बडो नकारात्मक खबर दिंदै आएका छन् । भ्रम फैलाउने र बुझ पचाउने काम एकदमैं बढी भएको छ । मिडियामा पनि ‘खसबादी’ र ‘नश्लीय’ वर्चस्व बढी छ । यही कार्यदल बनाउँदा मधेस मोर्चाका ४ पार्टी बसेर बैठक भएको थियो । हाम्रो पार्टीका महासचिव मनिषकुमार सुमन त्यस बैठकमा सहभागी थिए । बैठकमा उपस्थिती भएर सरकार तर्फबाट ३ सदस्यीय समिति भएकाले मधेस मोर्चाको पनि ३ सदस्यीय समिति बन्ने सहमति जुटेको हो । मधेसी मोर्चामा टुटफुट देख्न चाहनेले फैलाएको हल्लाका पछि तपाई पनि नलाग्नुहोस् । ...... वीराटनगर घटनामा ममाथि जानाजानी र नियतबस प्रहरीको दमन तथा कुटपिट भएकोमा सरकारले अहिलेसम्म एक शब्द पनि बोलेको छैन । न घटनाको न्यायिक छानविन भएको छ, न कतैबाट ‘सरी’ भनिएको छ । एउटा प्रहरी अधिकारी ‘नमस्कार नेताज्यू’ भन्दै सामुमा आएर कुटपिट गरेको अवस्थालाई ‘नियोजित’ नभनेर के भन्ने ? ......

शीर्षस्थ तहमा टुङ्ग्याउनुपर्ने कुरा नटुङ्गयाएर कार्यदल बनाउनाको मनसाय के हो ? मलाई के लाग्छ भने यो पनि समस्या तन्काइरहने अर्को उपाय हो । .. यो टाइम–पास राजनीति मात्रै हो कि भन्ने लागेको छ । शीर्षस्थ नेतृत्वले एउटा सैद्धान्तिक सहमति बनाएपछि र गाइडलाइन तय गरेपछि मात्रै कार्यदलको अर्थ रहन सक्छ ।

धेरै कुरा आगामी साता काठमाडौं फिरेर थाहा लाग्नेछ । ....... मोर्चाभित्र कसैको पनि व्यक्तिगत लडाई वा असन्तुष्टी छैन । कुनै गुनासो वा असमझदारी मैंले महसुस गरेको छैन । तर, यत्ति हो

आन्दोलन कसैले रोकेर रोकिन्न । माग पुरा नभैन्जेल यो जनताको आन्दोलन भैसकेको छ, रोकिनेवाला छैन ।

....... भारतले सुरुदेखि आजसम्मै सबैलाई मिलाएर जानु र अधिकतम सहमति जुटाउनु भनेकै छ । उसले आज आएर मधेस मामला ‘इग्नोर’ गरेजस्तो लाग्दैन । ..... नेपालमै शान्ति–स्थिरता चाहनेले झन् उसको सिमानामै अशान्ति भैरहेको अवस्था रुचाउला र ? यसकारण मधेस सरोकारमा भारतको बोली फेरिएको होइन, छैन । किनभने शान्ति र स्थिरताका लागि मधेसमा भएको आन्दोलनलाई सम्बोधन नगरेसम्म समस्या सामाधान हुन सक्दैन भन्ने भारतलाई राम्ररी थाहा छ, हामीलाई पनि थाहा छ । .... यो दुरी त्यसबेला हट्छ, जब मधेसको भावनालाई आत्मसात गरिन्छ । भूगोलको एकिकरणले मात्रै देश बन्दैन, भावनामा पनि एकीकरण जरुरी छ । राष्ट्रनिर्माणको प्रकृया भनेको यही हो । ...... काठमाडौंलाई ‘दिल्लीबिना काम पनि नचल्ने तर दिल्लीको उचित र जायज कुरा सुन्न पनि आनाकानी गर्ने’ मनोदशाले घेरेको छ । अहिले यही भैरहेको छ ।

दिनरात नेपाली नेताहरु दिल्ली दौडिएका दौडियै छन्, सबैजना कानेखुशी गर्नमैं व्यस्त छन् ।

फेरि दिल्लीले बोलेको कुरो पनि सुनिएको छैन । यो दुर्भाग्य हो । यसकारण काठमाडौंले आफ्नो सोचमा सुधार ल्याउनुपर्छ । दिल्लीसँग राम्रो सम्बन्ध चाहिन्छ तर, नेपाल भनेको काठमाडौं मात्रै होइन भन्ने कुरा दिल्लीले बुझिसक्दा पनि काठमाडौंले यही कुरा बुझ्न सकेको छैन । ....... मधेस मामलाबाट भारतले हात झिक्नु भनेको आफ्नै समस्याबाट हात झिक्नुजस्तै हो । ..... ‘भैहाल्छ, मिलिहाल्छ’को उधारो कुराले यसपटक आन्दोलन रोकिनेवाला छैन, बरु आन्दोलनको स्वरुप अझ कडा रुपमा बदलिन सक्छ । यसकारण

मधेश सवाल र आन्दोलन एजेन्डा छाडेर सहमतीमा आउने सम्भावनै छैन ।



प्रधानमन्त्रीको भाषण– ‘चुला–चुलामा ग्यासको पाइप फिट गरिदिन्छु'

‘अब सिलिण्डरको फेज समाप्त भयो, कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए,’

प्रधानमन्त्री ओलीले शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अलिकति समय दिनुहोस्, घरका चुला चुलामा ग्यासको पाइप फिट गरिदिन्छु ।’ ...... ओलीले काठमाडौंको फोहोरबाट पनि ग्यास निकाल्ने काम सुरु हुने बताए । हावाबाट विजुली निकाल्ने र एक बर्ष भित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजना रहेको र त्यअनुसार काम भइरहेको दाबी ओलीले गरे । तर

यस्ता काम गर्न खोल्दा विपक्षीहरु भने आत्तिएको प्रधानमन्त्री ओलीको कथन थियो ।

...... ‘यस्ता कुरा सुनेपछि केही केहीलाई तिरिमिरी झ्याँई भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले तातोपानीका कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल बनाएर तातोपानीकै स्वीमिङ पोखरी बनाउने भाषण गरिरहँदा कार्यक्रममा उपस्थित कार्यकर्तामाफ हाँसोको फोहोरा छुटेको थियो ।

..... ‘सरकारका लागि एउटा गोरेटो पनि छैन, भिरको बाटोबाट हिड्नुपरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर पनि तीब्रताका साथ सरकार कुदेको छ । ..... ‘हाम्रो ध्यान कतिजना उपप्रधानमन्त्री भए भन्ने छ, उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो, मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सांसद नभइकन मन्त्री हुन पाइँदैन, सांसदको भन्दा मन्त्रीको दुईहजार बढी तलब हुने त हो नि ।’ मन्त्रीमण्डल ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको भन्दै उनले हालै बेलायती पत्रिकाको उत्कृष्ट अर्थमन्त्रीको सूचीमा परेको नेता रामशरण महतसम्मलाई व्यंग कस्न भ्याए । ......

उनले सरकारमा ‘कति पार्टी, कति मन्त्री छन् भन्नेतिर होइन, प्रधानमन्त्रीको को छ’ भन्ने ख्याल गर्न आग्रह गरे ।

...... ‘९६ बर्षको सामाजिक जागरणमा लागेको एउटा व्यक्तिलाई उपचारमा एक लाख रुपैयाँ सहयोग गर्दा एउटा ३२ बर्षको ठिटो पत्रकारले अघिल्लो सरकार जस्तै पैसा बाँड्यो भनेर लेख्छन्,’ प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलाई भने भने, ‘तपाईंहरु यस्ता कुराका पछि नलाग्नुहोस्, हाम्रो उद्देश्य के हो त्यसलाई ध्यान दिनुहोस् ।’ ....... २०५१ सालमा एमालेको नौ महिने सरकार पनि लोकप्रिय काम गरेकै कारण विपक्षीहरुमा आतंक मच्चिएको उल्लेख गर्दै अहिलेको सरकारबाट पनि उनीहरु त्यसरी नै आतंकित भएको बताए ।
सुशीलको समर्थनमा सभापति उठ्छु : पौडेल
चाँडै उम्मेदवारी घोषणा गर्छु, यसपालि कसैलाई छाड्ने कुरा छैन
सिमांकनको विवादलाई फेरि पनि हतार गरे अर्को अन्दोलन हुने खतरा रहेको वताउँदै पाडेलले तीन महिनाका सक्ने गरि सहमति हुन लागेको बताए ।


जनकपुरमा मोर्चाले आन्दोलन सशक्त बनायो
बिहीबार मोर्चाका दुई नेताको मोटरसाईकलमा आगजनी गरिएपछि मोर्चा कार्यकर्ताले बिहानैदेखि उग्र पदर्शन गरेका छन् । ..... उनीहरुले स्कूल कलेज र औषधी वाहेकका सम्पूर्ण पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द गराएका छन् । यसअघि निर्विवाद रुपमा चल्दै आएको विद्युतीय रिक्सा संचालनमा समेत रोक लगाइएको छ । ..... ' आन्दोलन भाड्न काँग्रेस एमालेका घुसपैठियाहरुले मोटरसाइकल जलाएका हुन सक्छन् ।'


मोर्चा बैठक स्थगित, मोर्चा नेताहरुले राष्ट्रसंघ महासचिवका विशेष दूतलाई भेट्ने
मोर्चाका नेताहरुले आजै ४.१५ मा होटल द्वारिकाजमा संयुक्त राष्ट्रसंघका महासचिवका विशेष दूतका रुपमा आएका राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यानलाई भेट गर्ने भएका छन् ।
अवस्था बुझ्न आइपुगे राष्ट्रसंघ महासचिवका विशेष दूत
तराई–मधेस समस्याका चार आयाम
अन्त्यहीन बन्द–हडताल, भारतीय नाकाबन्दी र ५० जनाभन्दा बढीको ज्यान जानेगरी भएका हिंसाका कारण पाँच महिनायता तराई–मधेस आक्रान्त छ । पढाइ अवरुद्ध भएका कारण लाखौं विद्यार्थीको भविष्य जोखिममा छ । .. समयमा खेती लगाउन र उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नपाउँदा किसान पीडामा छन् । ..... दिनभरि मजदुरी गरेर साँझको छाक टार्नुपर्ने ५० हजार बढी श्रमिक बेरोजगार बनेको तथ्य सञ्चार माध्यममा आइरहेका छन् । सयौं उद्योग बन्द हुँदा मुलुकको समग्र अर्थतन्त्रमै धक्का लागेको छ । ..... यस स्थितिले तराई–मधेसका कम्तीमा ५ प्रतिशत थप नागरिकलाई सीमान्त गरिबीमा धकेलेको अनुमान छ । .... ‘सर्वहाराको मुक्ति’का नाममा भएको हिंसात्मक द्वन्द्वले मुलुकलाई पछि धकेल्दै थप ‘सर्वहाराकरण’ गरेजस्तै ‘मधेसी जनताको हित’मा भनिएको आन्दोलनले मधेसलाई झनै पछाडि धकेल्नु ठूलो विरोधाभास हो । ..... सामन्ती व्यवस्था आफैंमा विभेदकारी थियो र यसले महिलामाथि पितृसत्तात्मक, दलितमाथि छुवाछूतजन्य, जनजातिमाथि सांस्कृतिक विभेदकारी, गैर–हिन्दुहरूमाथि धार्मिक, श्रमजीवीहरूमाथि आर्थिक र कर्णाली लगायत दुर्गम क्षेत्रमाथि क्षेत्रीय उत्पीडन संस्थागत गर्‍यो । एक भाषा, एक भेष, एक संस्कृति र एक धर्मको बर्चस्वलाई बढावा दियो, ताकि यिनकै जगमा राजतन्त्रलाई सुदृढ गर्न सकियोस् । ..... महिलाका लागि राज्यका हरेक अङ्गमा एक तिहाइ सहभागिताको सुनिश्चितता ..... ‘पहिचानका पक्षधरलाई दुई तिहाइ बहुमत’ भन्ने नारासाथ निर्वाचनमा गएका तर दोस्रो संविधानसभामा पराजित भएका कतिपय दल या नेता मधेस आन्दोलनलाई शक्ति सञ्चयको भरेङ बनाउन चाहन्छन् । .....

पञ्चायतमा समेत मन्त्री बनेका, काङ्ग्रेसमा रहेर पटक–पटक सत्तासुख उपभोग गरेका र गणतन्त्रबाट सबभन्दा बढी लाभ उठाएका साथीहरूले आफूलाई ‘दोस्रो दर्जा’को व्यवहार गरियो भनेर ‘स्टन्ट’ गर्नु आफैंमा अर्थहीन छ ।

..... मधेसमाथिको कथित ‘आन्तरिक औपनिवेशीकरण’, ‘दुई राष्ट्रियता’को तर्क या ‘मधेस स्वतन्त्रता’को नारा पछाडि यस्तै अतिवादी सोचले काम गरिरहेका छन् । ..... आज पनि भुटानसँग भारतको सबैभन्दा राम्रो सम्बन्ध छ, म्यान्मारको जुन्टासँग कुनै खटपट छैन र कुनै बेला बङ्गलादेशमा सैनिक तानाशाही हुँदा पनि त्यहाँ ‘समावेशी संविधान’का लागि भारतीय नाकाबन्दी भएको यो पङ्क्तिकारलाई थाहा छैन .....

भारतको निश्चित राजनीतिक स्वार्थ र नेपालले आफ्नो सम्प्रभुता र आत्मनिर्णयको अधिकार प्रयोग गर्दै गरेको स्वतन्त्र फैसला नै उसको असन्तुष्टिको मुख्य कारण हो ।

.... आन्दोलनरत पक्षसँग रूपान्तरणको कुनै दृष्टिकोण र सामथ्र्य छैन । तराई–मधेसमा आन्तरिक विभेद र उत्पीडन चुनौतीपूर्ण छ । .....

मानव विकास प्रतिवेदन (२००९) का अनुसार जहाँ तराई–मधेसका बाहुन/क्षत्री र कायस्थहरूको मानव विकास सूचकाङ्क नेपालका सबै जातजातिभन्दा माथि अर्थात् ०.६२५ छ भने मधेसी दलितहरूको सबैभन्दा कम ०.३८३ र मुस्लिमको ०.४०१ छ । .... तराई–मधेसकै जनजातिको ०.४७० र अन्य जातको ०.४५० छ । यो विषमता पहाडका बाहुन/क्षत्रीहरूको मानव विकास सूचकाङ्कसँग अन्यको (जनजाति ०.५०७ र दलित ०.४४९) को तुलनामा निकै बढी हो ।

..... नेपाल जीवनस्तर मापन सर्वेक्षण (२०११) का अनुसार वार्षिक ८,४९८ रूपैयाँभन्दा कम कमाउने २० प्रतिशत गरिबहरूको समग्र अर्थतन्त्रमा ४.१ प्रतिशत हिस्सामात्र रहेको छ र वार्षिक १,१७,०६३ भन्दा बढी कमाउने २० प्रतिशतले ५६.२ र सबैभन्दा धनी १० प्रतिशतले ३९.५ प्रतिशत हिस्सा ओगटेका छन् । यो असमानता काठमाडौंपछि सबैभन्दा बढी तराई–मधेसमा छ । .....

सबैभन्दा धेरै भूमिहीन सुकुम्बासीहरू तराई–मधेसमा छन्

........ कमैया–कमलरी, हरूवा–चरुवा र बँधुवा श्रमजस्ता सामन्तवादको अवशेषहरूको समूल अन्त्य, भूमिसुधार र वास्तविक किसानहरूसम्म जमिनको पहुँच, कृषिको व्यवसायीकरण तथा कृषि–आश्रित निर्वाहमुखी श्रमलाई औद्योगिक श्रममा रूपान्तरण गरेर मात्रै यहाँको वास्तविक समस्याको समाधान गर्न सकिन्छ । तर मधेसी मोर्चाको कुनै बुँदामा पनि यी समस्याको चर्चासम्म छैन । .....

भौगोलिक सुगमता हुँदाहुँदै पनि मधेसका कतिपय जिल्लाहरूको वयस्क साक्षरता दर निकै कम छ । औसत राष्ट्रिय दर (५९.५७) को तुलनामा सप्तरी (४५.४४), सिराहा (३९.९६), धनुषा (४१.८९), महोत्तरी (३७.०४), सर्लाही (३८.००), रौतहट (३३.८९), बारा (४३.२५) र पर्सा (४८.६९) सबै पछाडि छन् । ...यो डोल्पा (४४.२२), जुम्ला (४४.४३) कालिकोट (४५.३०), मुगु (३९.२५), हुम्ला (३७.२२) र बाजुरा (४४.५२) जस्ता दुर्गम जिल्लाहरूभन्दा पनि कम हो ।

No comments: