मोर्चा

मधेस मामिला : महतोको ‘अपरिपक्व’ निर्णय, यादवको ‘असंवेदनशील’ अभिव्यक्ति
अबोध बच्चाजस्तै सद्भावना पार्टीले बीचबीचमा यस्ता गलत राजनीतिक निर्णयहरू गर्छन जो उनकै लागि प्रत्युत्पादक हुन्छ । दिमागभन्दा बढी दिलले सोचेर निर्णयहरू गर्दा यस्ता निर्णयहरूको शृंखला नै बनेको छ । ...... केपी ओलीले ‘समथर भू–भाग जति सबै चाहियो भने मधेसलाई पनि युपी, बिहारमा गाभ्ने ?’ भनेर राजेन्द्र महतोलाई होच्याएपछि उनको विरुद्ध उत्रेको सद्भावना पार्टीले उनको माफी माग्ने कार्यबाट सुरु गरेको गलत निर्णय तथा अडानको शृंखला अद्यावधि जारी छ । त्यस शृंखलामा संविधानसभाबाट राजीनामा दिएको घोषणा गर्नु, फेरि सभामा फर्किनु, मधेसले अधिकार नपाउँदासम्म काठमाडौं नफर्किने उद्घोष गर्नु, विराटनगर बोर्डर घेराउ गर्न त्यहाँ जानु अनि त्यसपछि मोर्चासँग असन्तुष्ट भई छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्नु सद्भावना पार्टीका अपरिपक्व निर्णयहरू समावेश भएको छ । .......

अहिले सरकारले माफी नमाग्दासम्म वार्तामा नबस्ने निर्णय पनि त्यही शृंखलाको पछिल्लो कडी हो । आफूलाई ठूलो क्रान्तिकारी प्रमाणित गर्न उनले गर्ने यस्ता क्रियाकलापले समग्र आन्दोलनलाई रणनीतिक रूपमा कमजोर बनाएको छ ।

...... हुन त उपेन्द्र यादव तथा महन्थ ठाकुरले पनि आन्दोलनलाई भन्दा काठमाडौं बसाईलाई बढी महत्त्व दिने गर्दछन् । विराटनगर नाका जाम गर्ने अभिभारा यादवको थियो, भने सुनौली नाकाको जिम्मा ठाकुरलाई । उनीहरूले आ–आफूले पाएको नाकामा कडाई गरेको भए काठमाडौंलाई गलाउन अझ सजिलो हुन्थ्यो । तर, उनीहरू अधिकांश केन्द्रीय सदस्य एवं ठूला नेतासहित काठमाडौंमै बसिरहेका छन् र अन्तहीन संवादको शृंखलामा नित्य नयाँ अध्याय थप्दै छन् । यस्तो अवस्थामा महतोको उनीहरूमाथिको रिस स्वाभाविक हो ।

सडकबाटै समस्याको समाधान हुने विश्वास राख्ने महतो संवादरूपी नाटकबाट आजित भएका छन् ।

....... समूहमा बस्दा चित्त बुझेका र नबुझेका थुप्रै विषय वा प्रसंगहरू हुन सक्छ । ती कुराको चर्चा र निराकरण आन्तरिक बैठकमा हुनुपर्ने हो । आन्दोलनका बेला मोर्चाभित्रका यस्ता विवाद बाहिर आए त्यसले आन्दोलन कमजोर गर्नुबाहेक अरु केही गर्दैन .......

यादव ठाकुर तथा महेन्द्र रायले महतो कुटिएपछि उनलाई भेट्नसम्म नजानु

, यादवले ‘सस्तो लोकप्रियता’का लागि महतोले नाटक गरेको आरोप लगाउनु निश्चय नै उनीहरूको अदूरदर्शिता हो ...... महतो सदभावना संस्थापक स्व. गजेन्द्र नारायण सिंहको विरासत आफूले हाँकिरहेकाले मधेस आन्दोलनको बीज बिन्दु आफू नै भएको आत्मश्लाघामा बाँच्छन् । यता उपेन्द्र यादव भने मधेसको अधिकारको हकमा राज्यलाई प्रथमपटक झुकाउने प्रथम मधेस आन्दोलनको नेतृत्व आफूले गरेको आत्मरतिमा रामाउँछन् । .......

महतोले यादव धोकाले नेता भएको विश्लेषण गर्छन् भने, यादवले हराइसकेको मधेसवादलाई पुनः स्थापित गरी महतो सहितलाई काँधमा बोकी वैतरणी पार गराएको विश्लेषण गर्छन् । दुवै एक अर्काको अस्तित्व मधेसमा स्वीकार गर्न चाहँदैन ।

....... मधेस आन्दोलनमा महन्थ ठाकुरको प्रवेशलाई अहिले पनि शंकाकै दृष्टिकोणले हेर्ने एउटा ठूलो जमात मधेसमा छँदै छ । उनीहरू अहिले पनि ठाकुरलाई कांग्रेसको ‘एजेन्ट’ कै रूपमा हेर्ने गर्छन् । ..... उनको काम गराइको प्रक्रिया सुस्त छ र उनको पार्टी ‘रिटायर्ड इन्टेलेक्चुअल’हरूको क्लबभन्दा बढी देखिँदैन .... उनको पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरू पनि सडकभन्दा सञ्चारमा बढी देखिन रुचाउँछन् । ...... उपेन्द्र यादव विद्वान नेता हुन् । मधेस, तथा मधेस आन्दोलनबारे उनका अध्ययन स्तुत्व छन् । तर, उनी व्यक्तिवादी हुन् । सहयात्रीलाई कसरी समेटेर अघि बढ्ने सम्बन्धमा उनी पटकपटक चुक्ने गरेका छन्, यही कारण उनको पार्टी आधा दर्जनभन्दा बढीपटक चोइटिएर समग्र मधेस आन्दोलन नै कमजोर भएको हो । अहिले पनि मोर्चाभित्र अन्य दलको प्रवेशको मुख्य बाधक उनै हुन् भन्ने पनि सुनिन्छ । उनी एक्लै हिँड्नेमा विश्वास राख्छन् । ........ यादव र मुसलमानको मतले जित्दै अर्थात ‘माइ कम्बाइनेसन’ को बलमा मधेसमा राज गर्ने उनको ‘लालु फर्मुला’ वर्तमान परिप्रेक्ष्यमा सफल हुने देखिन्न ।

आममधेसी मधेसमा एउटै वा नभए बढीमा दुईवटा मधेसी दलहरू मात्र हेर्न चाहन्छ ।

....... महतो पनि उपेन्द्र यादवकै जस्तै पचकुनियाँ (सुरी, तेली, कलवारलगायत पाँच जातिको समूह) तथा अन्य जातहरूको संयोजन बनाउने प्रयास सुरु गरे ।

ठाकुर सुरुदेखि नै ब्राह्मण तथा अन्य ‘ठूला’ जातहरूको अगुवाई गर्दै आएका छन् ।

ठाकुरको बारेमा एउटा भनाई छ, ‘ठाकुरको निकट आउन अन्य कुनै योग्यता चाहिँदैन ब्राह्मण भए पुग्छ । ........

रायसहित चारवटै दलको एकीकरण भए मधेसबाट जातिवादको राजनीति समाप्त हुने थियो, तर अफसोच निकट भविष्यमा त्यो सम्भावना देखिँदैन ।

...... यादव दिल्लीभन्दा बेईजिङको निकट हुन खोज्छ भने महतो र ठाकुर दिल्लीको नजिकका पात्र बन्न आफ्ना सम्पूर्ण श्रम खर्चन्छन् । ठाकुर चीनसँग औपचारिक सम्बन्धमा सीमित हुन चाहन्छ भने महतो चीनसँग कुनै पनि प्रकारको सम्बन्धको पक्षमा छैनन् । यादव माओवादीसँग मिलेर जाने पक्षमा हुन्छन्, ठाकुर कांग्रेससँग सति जान खोज्छन् भने महतो यी दुवैको विरुद्ध स्वतन्त्र अस्तित्वको पक्षमा हुन्छन् । महतोको पछिल्ला कदमहरू पनि उनको स्वतन्त्र अस्तित्वको खोजीमा गरिएका निर्णयहरू हुन् । ........

आन्दोलन पाँचौँ महिनामा पुग्नु मधेसी नेताको एकताको कमीकै उपज हो ।

.... मधेसमा अस्तित्वमा रहेका दुईवटै मोर्चा, थारु, आदिवासी जनजातिको बृहत एकता भयो भने आन्दोलन सफल हुनुको साथै सम्पूर्ण नेपालमा परिवर्तनकारी शक्तिको अधिपत्य स्थापित गर्न सकिन्छ ।

Comments