मधेसी मोर्चा को संरचना र नेतृत्व

मधेस आंदोलन त्यो फेज मा पुगिसक्यो कि अब नेतृत्व मा अस्पष्टता रहिरहन गार्हो भैसक्यो। मधेसी मोर्चा को संरचना र नेतृत्व बारे निर्णय हरु लिनुपर्ने छ। आपसी आतंरिक प्राइवेट छलफल का आधारमा निर्णय हरु गर्नुपर्ने हुन्छ।

मोर्चाको सदस्यता 

चार पार्टी ले शुरू गरेको आंदोलन। त्यति बेला त सानो मधेसी मोर्चा विजय गच्छेदार सँग थियो। बाबुराम संविधान लेख्न व्यस्त थिए। मधेसी मोर्चा का चार पार्टी चार पार्टी मैं किन अहिले सीमित रहन चाहन्छन् त्यो कुरा म बुझ्छु। सदस्यता को ढोका खोल्ने हो भने फेरि कसलाई लिने कसलाई नलिने मा विवाद हुन पुग्यो र कचिंगल भयो भने त्यसले आंदोलन लाई डिस्टर्ब मात्र गर्छ। तर सानो मधेसी मोर्चा ले कार्यक्रम हरु गरेकै छ। एजेंडा मिलेकै छ।

मोर्चाको नेतृत्व

यसले बड़ा समस्या गरेको छ। औपचारिक रुपले कोही एक जना लाई नेता अथवा संयोजक बनाइएको छैन। चार जनाको सामुहिक नेतृत्व जस्तो देखिन्छ। रोडमैप बारे सामुहिक छलफल र निर्णय नै गर्नु पर्छ तर एक जना संयोजक अगाडि सार्न सके प्रभावकारिता बढ्छ मोर्चाको। त्यो एक जना नसारे आंदोलन को लक्ष्य घूमीफिरि उही संविधान संसोधन मा पुग्छ। यानि कि विपक्षी को सदाशय नै लक्ष्य हुन जान्छ। तर मोर्चा को स्पष्ट नेतृत्व छ भने सरकार र संविधान ढालन सकिन्छ।

सबैभन्दा उत्तम 

सबैभन्दा राम्रो बाटो त त्यो हुँदो हो जहाँ चार पार्टी को एकीकरण हुन्छ। र सानो मधेसी मोर्चा का घटक पार्टी हरुलाई पनि एकीकरण मा ल्याइन्छ। जनताले अंतिम आहुति दिने, नेताले जाबो पार्टी एकीकरण गर्न नसक्ने? मधेसी पार्टी हरु बीच पनि सैद्धांतिक मतभिन्नता देखिन्छ। को वामपंथी र को लोकतान्त्रिक भने जस्तो। त्यस्तो हो भने किन मधेसी पार्टी खोलेको? काँग्रेस एमाले छोडेर किन आएको? छोडेर आएको हो मधेस को लागि भने एउटै पार्टी किन नखोल्ने? मोर्चा मात्र होइन बृहत् संघीय गठबंधन का जनजाति पार्टी हरु पनि एक गरेको राम्रो हो। त्यसका लागि सैद्धांतिक गृहकार्य त गर्नु पर्यो। संघीयता आफैमा सिद्धांत हो। समावेशीता आफैमा सिद्धांत हो।

पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
पाँच स: सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, सुलभता।
पाँच E:  E for Education, E for Entrepreneurship, E for Energy.


Comments