Thursday, January 21, 2016

वार्ता का कस्तुरी मृग: प्रचंड



वार्ता बाट समाधान खोज्नु हुन्न भन्ने होइन। जस्तो सुकै कड़ा आंदोलन गरे पनि अन्त्य मा वार्ता नै हुन्छ। २०४६ मा त्यही भयो। सन २००६ अप्रिल मा त्यही भयो। अहिले पक्ष विपक्ष दुबै सन २००६ का सहयात्री भएका कारणले होला जरुरत से ज्यादा आशा गरे जस्तो देखिन्छ मधेसी मोर्चा ले। मानि हाल्छ भन्ने छ। तर मानेको छैन।

प्रचंड ले त्यति बेला को मधेसी मोर्चा लाई बड़ो नाटकीय ढंगले फालेर यो उपिया संविधान ल्याए। प्रचंड ले उपिया भने बाबुराम ले उट। त्यसरी नै नाटकीय ढंगले ओली लाई एक धक्का दिने हो भने निकास निस्कन सक्छ। तर प्रचंड ले त्यो प्रयास गरे जस्तो देखिएन।

वार्ता का कस्तुरी मृग: प्रचंड। शक्ति को बैलेंस आफ्नो हात मा छ अहिलेको अवस्था मा। वार्ता को गाँठों फुकाउने ईमान्दारी नदेखाए जस्तो लाग्छ मलाई त। ओली को एजेंडा ओली को मात्र नभएर अब आएर प्रचंड को आफ्नो एजेंडा नै भैसक्यो जस्तो लाग्छ। होइन भने खोइ त दिएको झट्का?

झट्का दिनु मैं प्रचंड लाई राजनीतिक फाइदा पनि छ। अहिले माओवादी एमाले को बी टीम जस्तो इमेज छ। त्यस इमेज ले पार्टी झन झन खुम्चिने हुन्छ। एकतरफा नाकाबंदी खोल्नुस् भन्ने सुझाव का साथ पेश भएका प्रचंड ले आफुले दिन सक्ने झट्का ओली लाई नदिएर देशलाई १००% नाकाबंदी तर्फ लान लागेका छन। त्यो किन? त्यो कसका लागि?

एक मधेस दो प्रदेस देश छुट्याउन का लागि हो कि बहिष्करण मा परेका मधेसी र जनजाति को सशक्तिकरण का लागि हो? देश १००% नाकाबंदी मा जान्छ भने त्यसको प्रमुख दोष प्रचंड लाई जानेछ। किनभने वार्ता को चाभी प्रचंड को हात मा छ। अंक गणित त्यस प्रकारको छ। ओली लाई देश होइन सत्ता प्यारो। प्रचंड ले सत्ता डगमग नपारे सम्म ओली ले सुन्दैन।

झण्डै झण्डै सफल भइसकेको कार्यदल को वार्ता। एक्कासी के भयो? महेश आचार्य को कुरा पनि पॉजिटिव आइसकेको थियो। एमाले लाई सबैले मिलेर एक्लो पार्ने हो भने तु समाधान निस्कन्छ।

सीमांकन का लागि सही फोर्मुला: अहिले एउटा, १० वर्ष पछि अर्को

मधेस-पहाड छुट्याउने चलखेल सफल हुन दिन्न: प्रधानमन्त्री अोली
ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन्। ..... ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने बताएका हुन्। ..... उनले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे। ..... देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए। प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए। ...... देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए।
प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो
कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट
बैठकमा एमाले उपाध्यक्ष भीम रावलले बोलिरहेका थिए, प्रधानमन्त्री ओलीले म केही कुरा भन्छु भन्दै बीचमा हस्तक्षेप गरे । जब ओली बोल्न थाले वैठकको माहौल एकाएक विग्रियो । ...... एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सुरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिए । उनले संविधान संशोधन विधेयक आफूहरुको सहमति विना नै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पेश गरेको र त्यही कारण अहिले गाईजात्रा भएको टिप्पणी गरे । ..... त्यसपछि उनले यो संशोधन पारित भएपछि आन्दोलन रोकिन्छ भन्दै मधेसी मोर्चाका नेताहरुलाई प्रश्न गरे । उनले तीन दलबीच संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित गर्ने सहमति भइसकेको दाबी गरे ।

आन्दोलन रोकिँदैन भने समानुपातिक समावेशी कसलाई मतलव छ भन्दै प्रधानमन्त्री जङ्गएिपछि वार्ताको वातावरण विग्रिएको एक नेताले बताए ।

......... बैठकको आहृवानकर्ता प्रधानमन्त्री ओली आफैं आक्रामक रुपमा प्रस्तुत भएपछि मधेसी मोर्चाका नेताहरु रिसाए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले हामी चिया खान मात्र आएका होइनौं भन्दै प्रतिवाद गरे । ...... मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री ओलीको प्रस्तुतीलाई लिएर कांग्रेस र एमाओवादी रुष्ट बनेका छन् ।...... बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधनसँग मधेसी मोर्चालाई अनावश्यक रुपमा नजोड्न आग्रह गरे ।

प्याकेजमा सहमति भए मात्र मोर्चासँग सहमति हुन्छ भन्ने आफूलाई थाहा रहेको भन्दै उनले छलफल जारी राख्नु पर्नेमा जोड दिए ।

....... एमाओवादीले समानुपातिक समावेशी आफूलाई मतलव भएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिएको छ । साथै ओलीले भनेजस्तो संविधान संशोधन विधेयक यथास्थितिमा पास गर्ने कुनै सहमति नभएको माओवादीले बैठकमा प्रष्ट पारेको स्रोतले बताएको छ । ....... कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पनि ओलीको प्रस्तुतीको विरोध गरे । विगतका कुुरालाई कोट्याएर वार्ताको वातावरण विगारेर के गर्न खोजेको भन्दै उनीहरुले प्रश्न गरे । ....... वार्ता भाँडिएपछि मधेसी मोर्चाका नेता एवं फोरम अध्यक्ष उपेन्द्र यादवले यो सरकारबाट निकास असम्भव रहेको बताए ।...... यादवले भने-आउने वित्तिकै चिया खाइयो । त्यसपछि प्रवचन सुनियो । उडेर हिँडिँदैछ ।’ उनले अघि भने-जहाँ चार महिना अघि सुरु भयो, त्यही छ । .....

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसी मोर्चाका नेताहरु बाहिरिएपछि बसेको प्रमुख दलहरुको बैठकले मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने र प्याकेजमा सहमतिको प्रयास जारी राख्ने प्रमुख दलहरुको निर्णय भएको जानकारी दिए ।

...... मधेसी मोर्चाले तराई मधेसको दुई प्रदेशको सीमांकन परिमार्जन गर्ने विकल्प पनि ल्याएको उनले बताए ।

No comments: