Wednesday, January 13, 2016

एक मधेस दो प्रदेस का विपक्षी गच्छेदार




एक मधेस दो प्रदेस का विपक्षी विजय गच्छेदार हुन, त्यसै कारण त सत्ता मा टाँसिएर बसेका छन केपी ओली सँग। कुरा मिल्नु त पर्यो। झापा, मोरंग, सुनसरी का जुन बाहुन क्षेत्री ले मधेसी त अछुत, हामी तिनी सँग एउटै राज्य मा बस्दैनौं भन्दैछन्, तिनैको केंद्र सरकार मा हुनुपर्ने ३०% छ ९०% भएर न संघीयता मा जानु परेको हो। केंद्र मा हाम्रो मात्र हुन्छ मधेसी को हुँदैन, मधेसी ले पाउँदैन भन्ने हरु संघीयता मा पनि पाउने हामीले नै हो, मधेसी ले पाउनु हुँदैन भन्ने छ। त्यो पुरानो बानी। चल्दैन। राणा शासन जस्तै गरी ढल्छ। एउटा थियो वेदानन्द झा। मधेसी को नाम भजाउदै मधेसी लाई बेच्दै सत्ता मा पुगेको। गच्छेदार त्यही हो। अनुहार र थर ले कोही थारु हुँदैन। थारु हुने भनेको राजनीतिक चेतनाले हो। थारु समुदाय लाई बेच्दै पद पड्काउने मान्छे हाम्रा विजयजी।

गणतंत्र को निर्णय मा ज्ञानेंद्र को विचार सोधपुछ गरिएको हो? होइन? हो त्यसै नै संघीय सीमांकन मा झापा, मोरंग, सुनसरी का बाहुन क्षेत्री सँग सोधपुछ हुँदैन। र आरक्षण मार्फ़त तिनको केंद्र सरकार मा पनि परसेंटेज घट्छ। एक मधेस दो प्रदेस सबभन्दा बढ़ी चाहिएको झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर मा। ती जिल्ला का मधेसी को दैनिक जीवन मा अहिले नरहेको डिग्निटी स्थापित जो गर्नु छ।

मधेसमा सरकारी कामकाजको भाषा नेपाली हुने दिन गए। हिंदी हुन्छ अब। नेपाली पनि हुन्छ तर प्रमुख भाषा हिंदी हुन्छ अब। दिन लाई जबरजस्ती रात भन्ने उल्लु हुन। मधेस लाई मधेस होइन भन्ने के हुन? Mercenary मान्छे विजयजी को मुख बाट यस्ता कुरा सुनिने छैन।

No comments: