Sunday, January 31, 2016

नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु

मधेसी मोर्चा लाई नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर साढ़े तीन पहाड़ी दल लाई ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु सब एक एक गरी बेईमान हुन। एमाले र काँग्रेस ले नमानेर मात्र भन्ने प्रचंड को हिंट आफैमा बेईमानी हो। माओवादी ले ११ बुँदे हामी मान्छौं भनेर कतै भनेको मलाई थाहा छैन। एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भन्ने हरुको नियत शंकास्पद छ। अन्याय सह भनेको हो। विरोध नगर, अन्याय सह, दोस्रो दर्जाको नागरिक हुनमा नै चित्त बुझाउ भनेको हो। त्यस्तो भन्ने हरुका विरुद्ध नै त यो आंदोलन हो। आंदोलन जसका विरुद्ध गरिएको हो, ती प्रतिपक्षी हुन भने ती प्रतिपक्षी हुन। ती शत्रु हुन भने शत्रु हुन। हाम्रो पक्ष एउटै हो भन्ने चालबाजी का साथ एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भनेर वकालत गर्ने हरु नाकाबंदी फिर्ता के ले गर्छ भन्ने थाहा नभए जस्तो गर्छन। नाकाबंदी त दुई मिनट मा समाप्त हुन्छ। ११ बुँदे पुरा त गर। अहिले प्रमुख समस्या नै एकोहोरो किसिमले नाकाबंदी फिर्ता गर भन्ने हरु हुन। प्रचंड एमाले को बी टीम नै हुन। पार्टी एकाकार भइसकेको अवस्था छ वैचारिक किसिमले। माओवादी लाई एमाले ले क्वाप्प निलिसक्यो।


No comments: