Friday, January 08, 2016

उपेन्द्र यादव को समाजवाद मा गरीब का लागि ठाउँ छ कि छैन?

सन २००७ को मधेसी क्रांति १ को सम्पुर्ण जस लिन चाहने तर मधेसवाद त कुनै सिद्धांत नै होइन भन्ने, आफुलाई समाजवादी भन्न रुचाउने उपेन्द्र यादव ले एमाले का वर्गीय लांछना हरुको प्रतिवाद किन नगरेको? के यो मधेस आंदोलन जमीन्दार हरुको आंदोलन हो? के उपेन्द्र यादव जमीन्दार हो? जमीन्दार कुन चाहिं पर्यो? महन्थ पो हो कि? को पर्यो जमीन्दार? सारा देशलाई एउटै ठुलो कालोबाजार बनाइदिएको मान्छे ले जमीन्दार भन्दा किन तैं चुप मैं चुप? के यो मधेसका गरीब लाई गुमराह पार्न गरिएको आंदोलन हो? उपेन्द्र यादव को समाजवाद मा गरीब का लागि ठाउँ छ कि छैन? उपेन्द्र यादव ले एमाले को प्रतिकार किन नगरेको? एमाले भनेको मधेस संहार पार्टी। त्यसलाई बेनकाब गर्न नसक्ने कस्तो समाजवादी? भुमिहीन नागरिकता विहीन गरीब मधेसी को स्थायी शत्रु एमाले लाई बेनकाब गर्न कति पो गार्हो छ?




No comments: