Thursday, January 21, 2016

के एउटै मधेसी पार्टी बन्न संभव छ?

सबै मधेसवादी दल मिलेर ठूलो शक्ति निर्माण गर्नुपर्छ -महामन्त्री सोनल
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेस अधिकारका लागि लडिरहेका सबै दल मिलेर एक ठूलो शक्ति निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । सिरहाको लहानमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसवादीहरुको एउटा बेग्ले शक्ति बने मधेसको मुक्ति सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “कहीँ संविधान कार्यान्वयन भएर निर्वाचन भयो भने मधेसवादी शक्ति मिल्नैपर्ने हुन्छ । त्यसैले अहिले नै एउटा शक्ति भएर अगाडि बढ्न जरुरी छ ।” उहाँले भन्नुभयो –

“अशोक राईको पार्टीसँग उपेन्द्र यादवले एकीकरण गर्दा जति सजिलो ढङ्गले भयो त्योभन्दा सजिलै मधेसवादी दलहरुको शक्ति बन्न सक्छ ।”

एक छुट्टै प्रसङ्गमा महामन्त्री सोनलले मधेसका २२ जिल्ला पुग्ने एक स्वतन्त्र र निष्पक्ष मिडियाको आवश्यकता रहेको बताउनुभयो । देशभर पुग्ने पत्रिका धेरै रहे पनि स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्ने गरेको उहाँको गुनासो थियो ।

No comments: