Saturday, January 16, 2016

अहिले सहमति र संसोधन, दुई महिनामा सीमांकन परिमार्जन र चैतमा प्रदेस र स्थानीय चुनाव

मोटामोटी एक मधेस दो प्रदेस मा नै जाने भए पनि तुरुन्तै नगयेर दुई महिना पछि गए साढ़े तीन पहाड़ी दल हारे जस्तो नहुने हुन्छ। हामीले घुँडा टेकेको होइन, सबै जना सहमति मा नै त्यहाँ पुगेको हो भने जस्तो हुन्छ। ठीकै छ।

अहिले सहमति र संसोधन, दुई महिनामा सीमांकन परिमार्जन र चैतमा प्रदेस र स्थानीय चुनाव ------- देशमा चुनाव हुनु अत्यंत जरुरी भएको छ। विशेष गरी स्थानीय चुनाव। फेरि प्रदेस सभा बेगर संविधान कार्यान्वयन पनि नहुने। दुई ढाई वर्ष मा चुनाव हुन्छ भने जनताको मुड पनि नाप्न पाइने हुन्छ। होइन भने जसले पनि जनता आफु सँग नै भएको क्लेम गरिरहने हुन्छ।

सीमांकन बाहेक १० बुंदा मा कुरा मिलेको समाचार आएको छ। सीमांकन मा पनि लगभग कुरा मिलेको भनिँदैछ। राम्रो हो। आखिर लोकतंत्र भनेकै एकले अर्को लाई पूरै सिध्याउन नसक्ने सिस्टम हो। एकले अर्काको कुरा मन लागे पनि नलागे पनि सुननै पर्ने सिस्टम। Can't live with you, can't live without you.




No comments: