मातृका र मधेसी महागठबंधन

वर्गीय विभेद म बुझ्छु। थर्ड वर्ल्ड जसलाई भनिन्छ। म समाजवादी होइन। समाजवाद त दर्शन हो। त्यस अर्थमा मैले आफुलाई कतै पूँजीवादी पनि भनेको छैन। पूँजीवाद भनेको के? त्यो आफैमा परिवर्तन भइराखेको व्याख्या हो। म लोकतंत्र र मार्केट मा विश्वास गर्छु। गाउँ को हाट बजार मार्केट हो। लोकतंत्र र मार्केट भनेको अस्त्र: कलम जस्तो, तरवार जस्तो, कम्प्यूटर जस्तो, फ़ोन जस्तो।

बहुदल र लोकतंत्र र मानव अधिकार मानिसके पछि त राजनीतिक दल ले कार्यक्रम को कुरा मात्र गर्न मिल्छ। म सत्ता मा आए आगामी पाँच वर्ष यो गर्छु भनेर कार्यक्रम दिने हो। आखिर प्रत्येक पार्टी ले खेल्ने बजेट उही हो। भने पछि त्यसै बजेट को परिधि मा रहेर कार्यक्रम ल्याउनु पर्यो। त्यो पार्टी ले १०० स्कुल खोल्छु भनेको छ, म २०० स्कुल खोल्छु भन्नु पर्यो।

म समाजवादी नभएको नै म मा गरीब जनताको जीवनस्तर उकास्ने तीव्र चाहना भएर हो। नेपालमा समाजवादी भने पछि नारा जुलुस, तर्क वितर्क, वाद विवाद, पार्टी फोड़फाड़, आफ्नो सम्पुर्ण समय र शक्ति त्यस्ता क्रियाकलाप मा खर्च गर्ने, भरे जनताको जीवनस्तर उकास्ने काम चाहिँ नगर्ने। अनि वाक्कलाग्दो।

वर्गीय विभेद छ। कसले छैन भन्न सक्छ? गरीबी हुनु भनेकै वर्गीय विभेद हुनु हो। वर्गीय विभेद नभएको देशमा, समाजमा गरीबी बाँकी रहने हुँदैन। नेपालको अहिलेको अवस्थामा नै सबैले खान पाउने गर्न सकिन्छ। मान्छे भोको छ भने कोही त्यो वर्गीय विभेद हो।

तर अहिले त ११ बुँदे जुन छ त्यो जमीन्दार हरुको एजेंडा हो त? चार जना मध्ये जमीन्दार मैले एक जना देखेको छैन। पृष्ठभूमि को कुरा गर्ने हो भने। लेनिन धनी परिवारमा जन्मेको। पृष्ठभूमि भन्दा मुद्दा महत्वपुर्ण कुरा हो। र यो ११ बुँदे वर्गीय विभेद विरुद्ध को हो। धनी धनी लाई मात्र चाहिने त्यो ११ वटा मध्ये कुन चाहिँ हो? एउटा पनि छैन।

तर तराई मा एउटा कम्युनिष्ट पार्टी चाहिँ चाहिएको। तराई वाम दल भने भो। तराई कम्निष्ट पार्टी भने भो। तराई बाट एमाले लाई उखेलेर फ़ालन सक्ने।

होइन भने हृदयेश समाजवादी, उपेन्द्र कम्निष्ट, राजेंद्र मात्र हो विशुद्ध गजेन्द्रवादी। उसको काँग्रेस कम्निष्ट कहिले रहेन। बरु सोच्नु पर्ने कुरा छ, मातृका र उपेन्द्र दुबै माओवादी पनि र यादव पनि। अनि पार्टी चाहिँ किन दुई वटा?

बाहुन भए पनि मुद्दा को आधारमा बाबुराम लाई मधेसी मोर्चाले पत्याएको। मातृका माओवादी को पछि पछि लागेको त्यही बाबुरामको मधेसी मुद्दा का लेख हरु पढेर। भने पछि बाबुराम मधेसी मोर्चा सँग मिल्न चाहने, एकाकार हुन चाहने, मातृका ले नसक्ने त्यस्तो के पर्यो?

एकताको महत्व बुझ्न नसक्नु पनि वर्गीय चेतना, जातीय चेतना, राजनीतिक चेतना को कमी नै हो।

मातृका ले पनि पहिलो कदम मोर्चाबंदी, दोस्रो कदम पार्टी एकीकरण, तेस्रो कदम ठोस कार्यक्रम मा जानुपर्छ। गरीब लाई चाहिने भनेको ठोस कार्यक्रम। शिक्षा, स्वास्थ्य, रोजगार। सहूलियत दर मा लोन। माइक्रो क्रेडिट।

मोदी ले दिएको तर न सुशील न ओली ले छोएको एक बिलियन डॉलर लाई मात्र मुद्दा बनाउन सके काँग्रेस र एमाले लाई राप्रपा बनाई दिन सकिन्छ। तर त्यसका लागि गर्नु पर्ने गृह कार्य भनेको मोर्चाबंदी र पार्टी एकीकरण नै हो।

एक बिलियन डॉलर ले नेपालको प्रत्येक गरीब को जीवन लाई छुन सकिन्छ। किन नछोएको? हो, त्यो हो वर्गीय विभेद।

मधेसमा बढ़ी मा तीन पार्टी का लागि ठाउँ छ। तीन पार्टी एक मोर्चा। गरीब को भलो चाहेको हो भने मातृका ले कि उपेन्द्र कि बाबुराम सँग पार्टी एकीकरण गर्ने।

मोदी चायवाला। उसले वर्गीय विभेद बुझ्छ।



सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, सुलभता 


Comments