Friday, January 08, 2016

मधेसमा एक जना पनि कोही काँग्रेसी बाँकी रहनु हुँदैन

मधेसको शत प्रतिशत काँग्रेसी ले पार्टी छोड्नु पर्छ। मधेसमा एक जना पनि कोही काँग्रेसी बाँकी रहनु हुँदैन। सबैले आ आफ्नो पद र सदस्यता परित्याग गर। परित्याग गर, र कि त राजनीति बाट सन्यास लेउ, कि त कुनै मधेसी पार्टी ज्वाइन गर, कि त आफ्नै पार्टी खोल, तराई काँग्रेस। 

५० जना मधेसी शहीद भएको, देशलाई १५ बिलियन डॉलर घाटा लागेको --- यो सबको कारक तत्व नै काँग्रेस पार्टी हो। राणा को जी हजुरी गर्ने ले राणा शासन सँग लडन मिल्छ? राजाको हजुरी गर्ने ले राजा शासन सँग लडन मिल्छ? २०४६ देखि चल्दै आएको काँग्रेस शासन अन्तय गर्ने बेला आइसक्यो। बहुदल र लोकतंत्र ले मधेसी लाई नपुग्ने। मधेसी लाई चाहिने संघीयता र समावेशीता, त्यो त भनेको भनेकै छ त काँग्रेस ले, एक दिन्न, दुई दिन्न, तीन दिन्न। 

काँग्रेसी पनि आंदोलन मा आइसक्यो भनेको के? काँग्रेसी आंदोलन मा आउनु कसरी संभव छ? यो आंदोलन नै काँग्रेस का विरुद्ध हो।  यो आंदोलन नै मधेस बाट काँग्रेस लाई सफाचट गर्न का लागि हुँदैछ। काँग्रेसी पनि आंदोलन मा आइसक्यो भनेको के? जला दो चार तारे झंडे को। बहुत भारी पड़ गया कंधे पर। 


No comments: