Wednesday, December 30, 2015

Strategy


Wednesday, December 30, 2015मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।http://www.dalannepal.com/2015/12/blog-post572.html?spref=fb&m=1
Posted by Brikhesh Chandra Lal on Wednesday, December 30, 2015


मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।
३ पुषमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको कार्यक्रम अनुसार आज मधेशका सवै जिल्लाहरुमा लाठी जुलुस निकालिएको छ । मोर्चाको आब्हानमा निकालिएको सवै जिल्लाहरुको लाठी जुलुसमा विशाल जनसहभागीता रहेका थिए । मुख्य गरी विरगंज, कलैया, गौर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर लगायतका सहरहरुमा निकालिएको लाठीजुलुसमा आम मधेशीहरुको उलेख्य सहभागीता रहेको देखिएका छन । गएको शनिवार विराठनगर जोगवनी नामामा धर्ना बस्न गएको वेला मोर्चाका एक जना शिर्ष नेता सदभावना अध्यक्ष राजेन्द्र महतो माथी प्रहरीले आक्रमण गरेपछि मधेशमा थप आक्रोश पैदा हुदै गएको देखिन्छ । महतो माथी भएको प्रहरी आक्रमणको विरुद्धमा मधेशका विभिन्न सहरहरुमा उग्र प्रर्दशनहरु समेत गरिएको छ । आजको लाठी जुलुसको क्रममा समेत कतिपय ठाउहरुमा उग्र प्रर्दशनहरु भएको देखिन्छ । पछिल्लो चरणमा मोर्चाले आज सम्म १५ पुष सम्मको केन्द्रिय तहको कार्यक्रमहरु घोषणा गरेका थिए । अवको दुई तीन दिन संघिय गठवन्धनको कार्यक्रमहरु रहेका कारण मोर्चाले १९ पुषमा अव मात्रै आफनो अगामी रणनीती सहितको थप केन्द्रिय स्तरको कार्यक्रमहरु सार्वजनिक गर्ने छन । स्थानिय स्तरमा मोर्चाले छुटै विभिन्न विरोधका कार्यक्रमहरु समेत गर्दै आएका छन । ........... गएको आइतवार सिंहदरवारमा बसेको मोर्चाको बैठकमा हाल आइरहेको नाका केन्द्रित सम्बन्धी धारणाहरु जस्तो कुनै चर्चा नभएको उक्त बैठकमा सहभागी तमलोपा उपाध्इक्ष बृषेश चन्द्र लाल बताउछन । लाल भन्छन,

उक्त बैठकमा नाकाबन्दीको न पनि कसैले उच्चारण गरेका थिएन ।

उक्त बैठकमा तमलोपाको तर्फवाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदेश त्रिपाठी र लाल संगै सुरेन्द्र झा थिए भने, फोरम नेपालको तर्फ वाट अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका नरसिंह चौधरी र मनिष सुमन तथा तमसपाका महेन्द्र यादव र राम नरेश राय उपस्थिती थिए । गएको आइतवारको उक्त बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले महतोको गतिविधीको आलोचना गरेका थिए भने सदभावनाका महासचिव सुमनले त्यसको प्रतिरोध । पछि त्रिपाठी र यादवकै सल्लाहमा सुमन जारी गरिएको प्रेस विज्ञप्ति वनाएर सार्वजनिक गर्दै उक्त बैठक सकिएको थियो । तमलोपा अध्यक्ष ठाकुर सहित अन्य नेताहरुले आफनो कुनै विचार समेत त्याहा नराखेको बैठकमा सहभागी नेताहरु बताउछन । ....... चिसोका कारण नाका धर्नामा मानिसहरु ठुला संख्यामा बस्न नसकिरहेको अवस्थामा त्यस वारेमा विभिन्न ढृष्टिकोणले समिकक्षहरु भइरहेको छ । यद्यपी अहिले उक्त कार्यक्रम फिर्ता लिने कुनै योजना छैन । वरु हामी अरुविरोधका कार्यक्रमहरु भन्दा नाका केन्द्रित कार्यक्रम लाई नै कसरी सशक्क्र बनाउने वारेमा छलफल गरिरहेकाछौ .......

मोर्चाको आन्दोलनको सुरु देखि नै घोषाण गरिएको आमहडताल तथा नाका केन्द्रित धर्ना र कर नतिरेर सरकारलाई असहयोग गर्ने कार्यक्रम तत्कालै परिर्वतन हुदैन ।

...... पछिल्लो तीन दिन यता जनकपुरमा प्रहरीहरु तथा प्रहरी चौकीहरुमाथी व्यापक पेटेल बमहरु प्रहार हुन थालेका थिए भने प्रहरीले आन्दोलनकारीहरुलाई समाती समाती व्यापक वल प्रयोग गरेर कुटपिट गरिरहेका थिए । आन्दोलनकारीहरु पछि हटन संकेत नदेखिए पछि स्थानिउ प्रशासनले आज पिहा आन्दोलनकारी अगुवा युवाहरु संग बैठक गरेर स्थिती नियन्त्रणमा ल्याइ दिन आग्रह गरेका थिए । बैठक पछि सवै पक्षले संयुक्त वक्तव्य निकालीसिथती साम्य पार्न सवै पष मिलेर सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त वैठक आज विहान भए पछि दिउसो वाट स्थिती शान्त भएको छ । प्रर्दशनकारीहरु जानकी मन्दिरसंगै रहेको जानकी प्रहरी चौकीलाई केन्द्रमा राखेर विगत तीन दिन देखि प्रर्दशनहरु गर्दै आएका थिए ।

No comments: