Soon



म अरुजस्तो कुरा फेर्दिन ! हिजोअस्ति जे भनेथेँ आज ’नि त्यै भन्छु... ‘एक दुइदिनमा निकास निस्कन्छ !’

के पढ्दैछन् अोबामा र जिनपिङ ?
जेम्स साल्टरको उपन्यास ‘अल द्याट इज’, एन्थोनी डोयरको यसै वर्ष पुलिट्जर पुरस्कार जित्न सफल पुस्तक ‘अल द लाइट वी क्याननट सी’, एलिजावेथ कोल्बर्टको ‘द सिक्स्थ एक्स्टिंसन’, झुम्पा लहिरीको ‘दो लोल्यान्ड’, टा नेहिसी कोट्सको ‘बिटविन द वर्ल्ड एन्ड मी’, रोन चेर्नोको ‘वासिङ्टन : अ लाइफ’ ..... लहिरीको ‘द लोल्यान्ड’ भारतीय–अमेरिकी आप्रावासी समुदायमाथि लेखिएको उपन्यास हो । .... पूर्व वाणिज्य–पत्रकार चेर्नोको ‘वासिङ्टन अ लाइफ’ अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको जीवनी हो । सन् २०११ मा पुलित्जर पुरस्कार जितेको यस पुस्तकलाई धेरैले अमेरिकाको पहिलो नेताबारे लेखिएको सबैभन्दा गतिलो कृति ठान्छन् । .... गत वर्ष पनि ओबामाले वासिङ्टनको एक पुस्तक पसल छिरेर राजनीतिलगायतका १७ वटा पुस्तक किनेका थिए । त्यतिबेला उनले इवान ओस्नोजको ‘एज अफ एम्बिसन : चेजिङ फचुँ, ट्रुथ एन्ड फेथ इन द न्यू चाइना’, अतुल गवान्डेको ‘बिइङ मोर्टल : मेडिसिन एन्ड ह्वाट म्याटर्स इन दी इन्ड’ लगायत बाल उपन्यासहरू किनेका थिए । ओबामाले एकपटक क्यालिफोर्नियाको अक्सिडेन्टल कलेजमा आफूले ‘टन्स अफ बुक्स’ पढेको बताएका थिए । त्यहाँ उनले ‘मोरल म्यान एन्ड इमोरल सोसाइटी’ पुस्तकको प्रशंसा गर्दै यसका लेखक रेनहोल्ड नैबुर आफ्नो प्रिय दार्शनिकमध्ये एक भएको बताएका थिए । ओबामाले एकपटक अर्नेस्ट हेमिङवेको ‘हुम् द बेला टोल्स्’ ले आफूलाई निकै प्रेरणा दिएको बताएका थिए । ..... सन् २००८ मा मोन्टाना बिमानस्थलमा फरिद जाकरियाको ‘द पोस्ट–अमेरिकन वर्ल्ड’ पुस्तक बोकिरहेको अवस्थामा ओबामाको तस्बिर प्रकाशित भएका थिए । ‘टेलिग्राफ’ का अनुसार अमेरिकी राष्ट्रपति ओबामाले पछिल्ला वर्षमा पढेका पुस्तकहरूमा ‘रिचार्ड प्रिन्सको ‘लुस लाइफ’, पिटर एस टम्सनको ‘फिलोसपी एन्ड लिटरेचर’, टेलर ब्रान्चको ‘पार्टिङ द वाटर’, डोरिस केन्र्स गुडविनको ‘टिम अफ राइवल्स’, डोरिस लेसिङको ‘द गोल्डेन नोटबुक’, डेरेक वाल्कोटको ‘कलेक्टेड पोइम्स’, अब्राहम वर्घेसेको ‘कटिङ फर स्टोन’, डेभिड ग्रसम्यानको ‘टु दि इन्ड अफ द ल्यान्ड’, गोर्डन गोल्डस्टेइनको ‘लेसन्स इन डिजास्टर’, एडमन्ड मोरिसका ‘द राइज अफ थियोडर रुजवेल्ट’ छन् । ..... यस्तै, ‘डेबिड मकुल्लोको ‘जोन याडम्स’, राल्फ इलिसनको ‘इनभिजिवल म्यान’ टोनी मोरिसनको ‘सङ अफ सोलोमोन’, हर्मन मेल्विल्लेको ‘मोबी डिक’, केन्ट हरूफको ‘प्लेनसङ’, जर्ज पेलेक्यानोसको ‘द वे होम’, टमस एल फ्रिडम्यानको ‘हट, फ्ल्याट एन्ड क्राउडेड : वी निड अ ग्रिन रिभोलुसन– एन्ड हाउ इट क्यान रिन्यू अमेरिका’, डेव इगर्सको ‘ह्वाट इज द ह्वाट’, जोसेफ ओनिलको ‘नेदरल्यान्ड’, जेफ्री डी. साच्सको ‘कमन वेल्थ : इकोनोमिक्स फर अ क्राउडेड प्लानेट’, फ्रेड काप्लनको ‘लिंकन: द बायोग्राफी अफ अ राइटर’, जोनाथन अल्टेको ‘डिफाइनिङ मोमेन्ट : एफडीआरर्स हन्ड्रेड डेज एन्ड ट्राइम्फ अफ होप’, ‘ज्याँ इडवार्ड स्मिथको ‘एफडीआर’, स्टिव कोलको ‘घोस्ट वार्स : द सिक्रेट हिस्ट्री अफ द सीआईए, अफगानिस्तान, एन्ड बिन लादेन, फ्रम द सोभियत इन्भासन टु सेप्टेम्बर १०, २००१’, ल्यारी बार्टेल्सको ‘अनइक्वायल डेमोक्रेसी : द पोलिटिकल इकोनोमी अफ द न्यू गिल्डेड एज’ पनि उनले पछिल्ला वर्षमा पढेका पुस्तक हुन् । ...... चिनियाँ राष्ट्रपति सि जिनपिङ पनि पुस्तक प्रेमीका रुपमा चिनिन्छन् । उनले अमेरिका भ्रमणका क्रममा दिएको एक मन्तव्यमा केही अमेरिकी साहित्यकारहरूको नाम लिएका थिए । तिनमा मार्क ट्विन, एचडी थोरेउ, वाल्ट ह्विटम्यान, ज्याक लन्डन र विशेषगरी हेमिङवे थिए । उनले आफू लिंकन, वासिङ्टन र रुजबेल्टद्वारा समेत प्रभावित भएको बताएका थिए । सन् २०१४ को हिउँदे ओलम्पिकका क्रममा सोचीमा दिएको एक अन्तर्वार्तामा पनि सिले थुप्रै रुसी साहित्यकारको नाम लिएका थिए । तिनमा किर्लोव, पुस्किन, गोगोल, लेर्मोन्टोव, तुर्गेनेव, दोस्तोएव्स्की, नेक्रासोव, चेर्निसेव्स्की, टोल्सटोय, चेखोब र सोलोखोब थिए । ....... त्यस्तै फ्रान्स जाँदा पनि उनले भोल्तेयर, रुसो, सात्र्रलगातयका साहित्यकारबारे बोलेका थिए । जर्मनीमा पनि उनले गोथे, कान्ट हेगेललगायप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए । ‘अध्ययन मेरो जीवन शैली बनेको छ,’ सोचीमा रसियन टीभीसँग अन्तर्वार्ता दिने क्रममा सिले भनेका छन् । सी हेमिङवेको ‘द वल्ड म्यान एन्ड सी’ बाट निकै प्रभावित छन् । यतिसम्म कि, उनी आफ्नो पहिलो क्युबा भ्रमणका क्रममा हेमिङवेले उक्त उपन्यास लेखेको स्थानको समेत भ्रमण गरेका थिए । ..... दोस्रो भ्रमणमा उनी त्यो बार गए, जहाँ हेमिङवे बारम्बार गइरहन्थे । र, त्यहाँ सिले हेमिङवेको मन पर्ने पेय पनि अर्डर गरे । जुन पुदिना र बरफ राखिएको रम थियो । सीलाई मन पर्ने अन्य पुस्तकहरूमा स्टेन्डलको उपन्यास ‘द रेड एन्ड द ब्ल्याक’, टोल्स्टोयको ‘वार एन्ड पिस’, पुस्किनका प्रेम कविता, लेर्मोन्टोवको ‘अ हिरो अफ आवर टाइम’, भिक्टर ह्युगोको ‘लेस मिजरेबलस्’ र ‘नाइन्टी थ्री’ हुन् ।
माधव नेपालकाे भारतलाई प्रश्न- विहारीलाई सेनामा लिन नसक्नेले नेपाललाई पाठ सिकाउने ?
‘५० लाख दिने भनेर दर्जनौंलाई मर्न उक्साइयो’
एमाले नेता माधवकुमार आफ्नै बिहारबाट सेना लिन नसक्ने भारतले नेपाललाई यही विषयमा पाठ सिकाउन खोजेको आरोप लगाएका छन् । सिमरामा सोमबार पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेसमा दुई/चार जनाले नयाँ संविधानबारे भ्रम फैलाएको भन्दै यसको पछि नलाग्न पनि आग्रह गरे । .....

‘के भारतमा पञ्जाबी मात्र सेनामा लायक हुन्, विहारी हुन सक्दैनन् ? विभेद आफैं गर्ने र अरुलाई पाठ सिकाउने ?'

...... ‘नेपालको मधेसमा मधेसीको बसोबास पाँच हजार बर्ष पुरानो इतिहास छ, त्यसैले

मधेसी आदिवासी हुन् ।

विहारी भन्नेसित हामी प्रतिवाद गर्न तयार छौं ।’ ...... ‘५१ लाख दिन्छौं, तर तिनै नेताले आफ्ना सन्तान आन्दोलनमा पठाउन् त ?’ ..... कार्यक्रममा एमालेका बारा/पर्साका सांसद, पूर्वमन्त्री तथा नेताहरु सहभागी थिए ।


Comments