In The News (9)

मधेसी मोर्चाअघि कमल थापा किन गए भारतीय दूतावास ?
रेले मधेसमा जारी आन्दोलनका कारण भारत सरकारको नेपालमा मात्र नभएर भारतमै विरोध शुरु भएको कुरा मोर्चाका नेताहरुलाई बताएका थिए । स्रोतका अनुसार राजदूत रेले मधेसी जनताको माग सम्बोधन गराउन सहयोगी भूमिका खेले पनि अहिले आएर भारत सरकारको चौतर्फी विरोध शुरु भएकोमा चिन्ता व्यक्त गरेका थिए । ..... ‘मधेस आन्दोलनको विषयमा भारतभित्रै पनि सरकारको आलोचना शुरु भएको छ । अब तपाईंहरु भारत गएर त्यहाँका नेता, बुद्धिजिवी तथा शीर्ष नेतृत्वलाई मधेस आन्दोलनबारे बुझाउनुहोस्,’ रेको भनाई उद्धृत गर्दै दूतावास स्रोतले भन्यो । मोर्चाका शीर्ष चार नेता आइतबार नयाँ दिल्ली जाने तय भइसकेको छ ।
अन्तर्विचार : अहिलेको सीमांकनलाई छोए देशैभरि आगो बल्छ
मेरो विचारमा हिजो पञ्चायत कालमा मधेसबाट आमहिसाबले सम्बन्धित ठाउँका जमिनदार, ठालुहरू नै जनप्रतिनिधित्वको नाममा आउँथे । चुनाव भनेको कसलाई जिताउने भन्ने हुन्थ्यो, त्यो जितेर आउँथे । त्यहाँका आम सर्वसाधारणको राजनीतिक पहुँच थिएन । त्यसमाथि मधेका महिला, दलितको प्रतिनिधित्व त शून्य थियो । ....... मधेसमा लामो समयदेखि माथिल्लो जात, वर्ग अझ भनौँ जमिनदारहरूले शासन गरिरहेको अवस्था थियो । पश्चिमी मधेसमा कमैया राख्ने, पूर्वतिर हली–गोठाला राख्ने गरिन्थ्यो । ..... मेरो बुझाइमा पछिल्ला मधेस आन्दोलनको उद्देश्य मधेसमाथि कुन वर्ग र जातिको वर्चस्वलाई कायम राख्ने भन्ने नै हो । मधेसका सर्वसाधारण, तल्लो वर्ग, कथित दलितले यो कुरा बुझेका छैनन् । र, मधेसी मोर्चाका नेताले मधेसी आमजनतामाथि एक प्रकारको सेन्टिमेन्टल ब्ल्याकमेल गरिरहेका छन् । ..... यो सीमांकनलगायत जति पनि माग भनिएका छन्, यी सबै देखाउने कुरा हुन् । भित्री कुरा तराई मधेसमा कुन जाति, कुन वर्गको वर्चस्व कायम गर्ने भन्ने नै हो । ...... भारत एउटा पुँजीवादी मुलुक हो, अर्को देशमा श्रमजीवी मानिसहरू सत्तामा आएको उसलाई त्यति खुसी लाग्दैन । किनभने, श्रमजीवीहरूसँग स्वाभिमान हुन्छ, देशभक्ति हुन्छ । यस्ता मानिससँग डिलिङ गरेर धेरै कुरा लिन सकिँदैन भन्ने भारतले बुझेको छ र मधेसमा उच्च जाति र वर्गका शक्तिलाई उचालिरहेको छ । ..... मधेसमा जुन आन्दोलन भइरहेको वा भड्किरहेको अवस्था छ, यो वस्तुगतभन्दा बढी भावनात्मक छ । वस्तुगत कुरामा वैज्ञानिकता हुन्छ । तर्क–वितर्क, खण्डन–मण्डन हुन्छ । तर, अहिलेको मधेस आन्दोलनका मागमा कुनै तर्क, तथ्य छैनन् । यो आन्दोलन वस्तुगत धरातलबाट भएको छैन । जे छन्, यी अधिकांश मनोवैज्ञानिक र भावनात्मक छन् । .....

आजको मधेस आन्दोलन मधेसी मोर्चाका नेताले आममधेसी जनतामाथि गरेको सेन्टिमेन्टल ब्ल्याकमेलिङ हो ।

..... समग्र नेपाललाई हेर्दा गरिबी बढी मधेसमा छ । जुत्ता–चप्पल लगाउन नसक्नेको, आफ्ना बालबालिकालाई स्कुल पठाउन नसक्नेको, भूमिहीन, गतिलो आवास नभएर राति राम्रोसँग निदाउन नसक्नेहरूको संख्या ठूलो छ । नजिकैको धारा, इनारबाट पानी लिन नपाउने दलित पनि मधेसमा छन् ..... आज मधेसका पिछडिएको समुदायले एमाले, माओवादीका नेतालाई आफ्नो नेता नठानिरहेको अवस्था छ । त्यसैले उनीहरू बाइमिस्टेक हाम्रो नेता त उपेन्द्र यादव पो हुन् कि, राजेन्द्र महतो हुन् कि, महन्थ ठाकुरलगायत पो हुन् कि भनिरहेका छन् । जो वर्षौंसम्म सत्तामा हालिमुहाली गरे, व्यक्तिगत हिसाबले सत्तालाई लुछ्नु लुछे, यो देशको भ्रष्ट नेताको सूची खोज्ने हो भने अधिकांश मधेसबाट प्रतिनिधित्व गर्ने, जो पटक–पटक मन्त्री भए, जसले कांग्रेस छोडे, उनीहरूकै नाम अघिल्लो पंक्तिमा आउला । .....

तराई मधेसमा भूमिसुधारको कार्यक्रम लागू गर्नै दिइँदैनथ्यो । उनीहरू कसरी मधेसीका प्रतिनिधि भए ? तराईमा छोरी बेच्ने ज्वाइँ किन्ने प्रथा छ । ज्वाइँ अलि पढे–लेखेको भेटियो भने अहिले पनि २०–३० लाख हालेर ज्वाइँ किनिन्छ र छोरी बेचिन्छ । यो छोरी बेच्ने प्रथा बेठीक हो भनेर यी मधेसकेन्द्रित दलका नेता कहिल्यै बोल्दैनन् । मधेसमा यति ठूलो छुवाछुत छ, पहाडमा पनि छ, धेरै घटिसक्यो तर यो छुवाछुत गलत हो भनेर उनीहरू बोल्दैनन् । मधेसका महिलालाई बोक्सीका नाममा मलमूत्र खुवाइन्छ, दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छ, त्यसका विरुद्ध उनीहरू बोल्दैनन् । त्यहाँका गरिबका छोरीछोरीको शिक्षाका लागि उनीहरू बोल्दैनन् । यिनीहरू कसरी मधेसका नेता भए ?

....... मधेसका ती आमजनतालाई हामीले सलाम गर्नुपर्छ, जसले सिमाना बसेर दैनिकजसो भारतीय सुरक्षाकर्मीहरूको उत्पीडन भोगेका छन्, उनीहरूको जग्गा–जमिन हडपिएको छ, घर–पसल तोडफोड भएको छ, कतिपयका छोरीचेली पनि बलात्कृत हुनुपरेको छ, उत्पीडन भोगेर पनि सिमानाको वर्षौं वर्षदेखि रक्षा गरिरहेका छन् । ...... नेपालका ६२ ठाउँमा भारतले सीमा मिचेको छ, ती सबै ठाउँमा तराई मधेसका सर्वसाधारण त्यसबाट प्रताडीत छन् । आज नेकपा एमालेको आँखाबाट हामीले हेर्दा तराई मधेस एउटा छैन । माथि आइसक्यो कि एउटा ठालुहरू, तथाकथित अभिजातहरू, ऐश–आराम गर्नेहरूको मधेस छ, अर्को साँझ–बिहान हातमुख जोर्न नसक्ने गरिब, दलित र उत्पीडितहरूको मधेस छ । .......

इनार छोएको नाममा, सिनो नउठाएको नाममा गाउँ निकाला गर्ने मधेस पनि छ

...... हिजो कर्मचारीतन्त्रमा बाहुन–क्षेत्री अथवा माथिल्लो जाति भन्नेहरूको जुन वर्चस्व थियो । त्यो वर्चस्व क्रमशः अब हट्दै जान्छ, हटिराखेको पनि छ ...... भारतीय सरकारलाई मेरो प्रश्न छ– भारतीय सेनामा नेपाली युवा भर्ती गर्दा भारतीय सरकार किन मधेसी युवालाई लैजाँदैन ? उसले पनि त पहाडका जनजाति, क्षेत्री–ठकुरी खोज्दै हिँडेको छ । नेपालका मधेसी जनताप्रति त्यति अगाध विश्वास थियो त, आफ्नो सेनामा पनि लैजानुपथ्र्यो । अब नेपालको सेना–प्रहरीमा कुनै पनि जातिको निम्ति बन्देज छैन, खुला छ । ..... हामी मधेसी आमदिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छौँ, तपाईंहरूलाई विभेद, दमन गर्ने केन्द्र होइन अहिलेको काठमाडौं । हिजो थियो, अब हुँदैन । किनभने, काठमाडौंको शक्ति संघीय प्रणालीमार्फत तपाईंहरूको घरआँगनमा पुगेको छ । अब काठमाडौंसँग मिलेर प्रगति गर्ने हो । मधेसी नेताहरू भन्न लगाउँछन्— गर्व से कहो हम मधेसी छि । तर, हामी भन्न लगाउँछौँ— गर्व से कहो हम नेपाली छि, त्यसपछि मधेसी छि । ...... आजको राज्यले शोषण, दमन, विभेद गर्दैन । कानुनका दृष्टिले विभेद गर्दैन । आजको राज्यले मानवअधिकार, प्रेस स्वतन्त्रतालाई रक्षा गर्छ । आजको यस्तो लोकतान्त्रिक राज्यविरुद्ध जब लडिन्छ, त्यसलाई समर्थन गर्नु एउटा लोकतान्त्रिक राज्यको नैतिकता होइन । त्यसो हो भने त आईएसआईएसको गतिविधिलाई किन समर्थन नगर्ने त ? धार्मिक स्वतन्त्रता भएन, दमन भयो, आईएसआईएसका पनि अनेक तर्क छन् । उसले आक्रमण गर्छ, हत्या गर्छ, बन्धक बनाउँछ, समर्थन गर्ने ? त्यसकारण यहाँ छुट्याउनुपर्छ । ......

मधेसी मोर्चाको अहिलेको मागको वस्तुगत आधार नै छैन, यो खालि साइकोलजिकल ब्ल्याकमेलिङ हो । मान्नुस् कि यी माग साइकोलजिकल ब्ल्याकमेलिङ होइनन्, साँच्चै माग हुन् । यी मागमध्ये के चाहिँ संविधानमा छैन त ? आजको संविधानका धारामा मधेसलाई हेपिएको, ठगिएको, पहाडको तुलनामा मधेसलाई विरोध गरेको के के धारा छन् त ? यदि त्यस्तो विभेद गरेका धारा छन् भने हामी सच्याउन तयार छौँ । तर, मलाई विश्वास छ, कुनै पनि धाराले विभेद गरेको छैन ।

........ हामीले नागरिकतामा एकदमै खुला नीति लियौँ, मलाई त के डर छ भने यसले १५–२० वर्षपछि मधेसमा कहीँ नेपाली मधेसीभन्दा गैरनेपाली मधेसीको बाहुल्य नहोस् । अझ मैले बुझेको यो हो, भोलि १५–२० वर्षपछि नेपालको मधेस नेपालमा बस्ने कि स्वतन्त्र हुने ? जनमत संग्रहका लागि आज तयारी भइरहेको छ । हिजो श्रीलंकामा त्यही गरियो, तमिल क्षेत्र स्वतन्त्र हुने कि श्रीलंकामा बस्ने भनेर कति वर्ष लडाइयो । ६० हजारभन्दा बढी मानिस मरे, त्यो औचित्यहीन आन्दोलन थियो । ..... मधेसी मोर्चाले उठाएका मागका सम्बन्धमा उहाँहरू र हामीबीच नमिलेको कुरा सीमांकन मात्रै हो । अरु उहाँहरूले मधेसमा तथाकथित लोकप्रियता हासिल गर्न उठाएका कुरा हुन् । जस्तो, उहाँहरू भन्नुहुन्छ, नेपालमा एउटा राष्ट्रियता हुनुहुँदैन, बहुराष्ट्रियता हुनुपर्छ । उहाँहरूको ११ बुँदे मागको अन्तिम बुँदामा बहुराष्ट्रियता हुनुपर्छ भनिएको छ । यो मधेसमा लोकप्रिय हुन र भारतलाई भक्ति देखाउन भनिएको हो । ......

कसरी हुन्छ नेपालमा बहुराष्ट्रियता ? नेपाल कतिवटा देश मिलेर बनेको देश हो र ?

...... सामाजिक हिसाबले भारत हामीभन्दा बढी विविधतायुक्त देश छ । हामीसँग एक सय २५ जाति छन्, त्यहाँ पाँच सय छन् । ....... अर्को माग छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने । म उहाँहरूलाई प्रश्न गर्छु, तपाईंहरू मनाङ, मुस्ताङ, कर्णाली अथवा नेपालका पहाडी जिल्ला जहाँ जनसंख्या कम छ, त्यहाँ प्रतिनिधित्व समाप्त गर्न खोज्दै हुनुहुन्छ ? यसो हो भने, तपाईंहरूसँग कुरा मिल्दैन । उहाँहरूले भनेअनुसार निर्वाचन क्षेत्र बनाउने हो भने कर्णालीमा एक वा दुई निर्वाचन क्षेत्र हुन्छ । कर्णालीमा दुई क्षेत्र भए पनि त्यहाँको सांसदले आफ्नो निर्वाचन क्षेत्र घुम्न एक वर्ष लाग्छ । ......

मधेसमा साइकलमा एक घन्टामा घुमिसक्ने निर्वाचन क्षेत्र बनाउने, पहाडमा एक वर्ष लगाएर घुम्नुपर्ने निर्वाचन क्षेत्र बनाउने ?

....... हामीले भनेका छौँ, एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये यदि सहमतिमा आउने हो भने ७५ वटा जिल्लालाई एक–एक जिल्ला मानेर बाँकी निर्वाचन क्षेत्र जनसंख्याको आधारमा बनाउँ । यो भनेकै छौँ, यसमा नमिल्नुपर्ने कुरा के छ ! ....... एमाले र कांग्रेस पहिलेदेखि यो स्पष्ट भन्दै आएका हुन्— नेपालको भौगोलिक विविधताका हिसाबले हिमाल, पहाड, तराई मिलाएर प्रदेश बनाउनुपर्छ । ..... लोकतन्त्रमा फरक सैद्धान्तिक मत राख्न पाइन्छ । तर, यसको निष्कर्षको पनि विधि हुन्छ, लोकतन्त्रमा । विधि के भने कि त आमसहमतिबाट मध्यबिन्दुमा जानुपर्यो, कि त जनमत संग्रहमा जानुपर्यो । ...... मध्यबिन्दुमा जाने कोसिस त सीमांकन बनाउँदै भएको छ । जो कि दुई नम्बर प्रदेश तराईका आठ जिल्लाको छ । एक प्रदेश एक मधेसकै माग उठेकाले यसरी सम्बोधन गरिएको हो । ...... एमालेको तर्फबाटै म भन्छु– झापा, मोरङ, सुनसरी कुनै पनि हालतमा दुई नम्बर प्रदेशमा जाँदैन र जान दिँदैनौँ, त्यहाँका जनताको भावना नै यही छ ....... त्यहाँ जनमत संग्रह गरौँ । कैलाली, कञ्चनपुरमा जनमत संग्रह गरौँ । आवश्यक पर्यो भने देशभरि नै जनमत संग्रह गरौँ । प्रदेशहरू हिमाल, पहाड, मधेस मिसाएर बनाउने कि मधेसमा अगल र पहाडमा अलग बनाउने भनी दुई क्लजमा जनमत संग्रह गरौँ । आखिर लोकतन्त्रमा निर्णय गर्ने विधि त यही हो । बल र हिंसाले निर्णय हुँदैन ।
सम्भवतः मोर्चाले राजनीतिक सहमतिमा सही गर्ने छैन, तर नाकाबन्दी खुल्नेछ
बालुवाटारमा तीन प्रमुख दलले नेपाली कांग्रेसको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेका छन्। राजनीतिक संयन्त्रमार्फत् तीन महिनाभित्र सीमांकनको विषय हल गर्ने निर्णय गर्दै मोर्चालाई आन्दोलन फिर्ता लिन आग्रहसमेत गरेका छन्। .....

‘मधेसी जनताले मान्ने छैनन्, हामीले सही गरे पनि आन्दोलन रोकिने छैन,’

एक मधेसी नेताले सेतोपाटीसँग भने। ...... जुन शक्तिले काठमाडौंसँग सम्झौता गर्छ, त्यसलाई अरूले धोकेबाज र गद्दार घोषणा गर्ने प्रचुर सम्भावना छ। .... मोर्चा नेताहरूको सीमांकन अहिल्यै टुंगो लगाउने चाहनाविपरीत ‘राजनीतिक कोर्स’ अघि बढेको छ। मोर्चाले भारतलाई र भारतले मोर्चालाई आ–आफ्ना अप्ठ्यारा बुझाउने र अगाडिको रोडम्यापमा सहमति गराउने कोसिस गर्नेछन्। .... संसदले संविधान संशोधन पारित गरेपछि आन्दोलन फिर्ता लिएर सीमांकनको विषय हल गर्न मोर्चा नेताहरू संयन्त्रमा सहभागी हुनपर्छ भन्ने तीन दलको माग छ। दिल्लीसँग भएको समझदारी पनि त्यही हो। .... मोर्चा नेताहरू भने अहिल्यै आन्दोलन फिर्ता लिने पक्षमा छैनन्। उनीहरूले त्यो कुरामा दिल्लीलाई सहमत गराउन प्रयास गर्ने छन्। तीन दलले अघि बढाएको संशोधनको दायरा फराकिलो बनाउनुपर्ने पनि मोर्चाको माग छ। त्यो अडानमा पनि दिल्लीलाई सहमत गराएर तीन दललाई दबाब दिन चाहन्छन् मोर्चा नेताहरू। ...... संसदमा अहिले दर्ता भएको संशोधन प्रस्तावको भाषा संशोधन गरेर दायरा फराकिलो पार्ने र नागरिकताको प्रावधानमा पनि संशोधन गर्नुपर्ने उनीहरूको माग छ। मुख्य तीन दल नागरिकताको विषयमा देखिएका ‘अस्पष्टता’ मात्र प्रस्ट पार्ने पक्षमा छन्। अर्थात्, बिवाह गरेर आउने विदेशी महिलाले प्रचलित कानुनअनुसार नागरिकता पाउने कुरा स्पष्टसँग संविधानमा लेख्न उनीहरू तयार छन्। अंगिकृत तथा जन्मसिद्धले राज्यका प्रमुख पदमा पुग्न अहिलेको संविधानले लागाएको छेकबार हटाउने पक्षमा भने उनीहरू छैनन्। अंगिकृतको सवालमा संशोधन नगरे पनि जन्मसिद्धलाई भने त्यो अधिकारबाट वञ्चित गर्न नहुने मोर्चाको माग छ। ...... संसदले संविधान संशोधन पारित गरेपछि मोर्चाले सम्भवतः आन्दोलनको स्वरूप परिवर्तन गर्छ। नाकाकेन्द्रित आन्दोलन फिर्ता लिन्छ। त्यसपछि आफैंलाई घाँडो हुँदै गएको नाकाबन्दी भारतले पनि फिर्ता लिनेछ। .....

मोर्चाले भने त्यसपछि पनि ‘मधेसले चाहेअनुसार’ को सीमांकन संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राख्नेछ।

तपाई सहमत हुन सक्नुहुन्छ, तपाई असहमत हुन सक्नुहुन्छ तर मधेसी राजनीतिलाई नजरअन्दाज गरेर नेपालको राजनीति सहजरुपमा अगाडी बढ...

Posted by Tula Narayan Shah on Friday, December 4, 2015

Ghar ko stithi esto tanab cha

Posted by Rameshwar Ray Yadav on Thursday, December 3, 2015

After 54 days of Nepal visit, I came back to New York yesterday. Besides of the huge scarcity of gas, petrol, diesel and...

Posted by Bansha Lal Moktan Tamang on Friday, December 4, 2015

It is very much possible that addressing the Madheshi movement to forge principles of equality, liberty and justice will...

Posted by Sarita Giri on Thursday, December 3, 2015

ओलीद्वारा राधिका देवी कथबनियाँको हत्याहत्यारा सरकार ओलीको दमनले हिजो नवलपुर सर्लाहीमा हरिपुर निवासी, ४७ बर्ष उमेरकी राधिका देवी कथबनियाँ शहिद हुनुभएको छ भने दुई दर्जन आन्दोलनकारीलाई गोली लागेको छ।

Posted by Upendra Mahato on Thursday, December 3, 2015

नेपालक स्थितिक बारेमे भारतक विदेशमन्त्री सुषमा स्वराज कहलनि -सम्माननीय अध्यक्ष,१. “नेपालको अवस्थातथाभारत–नेपाल सम्बन्ध...

Posted by Brikhesh Chandra Lal on Friday, December 4, 2015

नेपालक स्थितिक बारेमे भारतक विदेशमन्त्री सुषमा स्वराज कहलनि -सम्माननीय अध्यक्ष,१. “नेपालको अवस्थातथाभारत–नेपाल सम्बन्ध...

Posted by Brikhesh Chandra Lal on Friday, December 4, 2015

Comments