Thursday, December 31, 2015

In The News (72)

फास्ट ट्रयाकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव
'मलार्इ दलहरुले सहमतिमा लिएनन्'
रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन् । अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ । ...... केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने ...... 'एकपटक गल्ती भएकै हो । अब महागल्ती नगरौं ।' ..... कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिदेखि असन्तुष्ट रहेका यादवले त्यसयताको संविधान संविधान निर्माणको प्रक्रियामा आफ्नो भूमिका नरहेको बताए । 'मलाई सहमतिमा नलिईकनै दुई पार्टीले सातबुँदे सहमति गरे । त्यसपछिको संविधान निर्माणको प्रक्रियामा म सिनमा छैन,' गुनासो पोख्दै यादवले भने, 'मलाई राजनीतिक दलले साथ दिएनन् ।' ...... आफूलाई मन नपर्दा नपर्दै पनि संविधान जारी गर्नु आफ्नो संवैधानिक कर्तव्य रहेको यादवले बताए ।.... 'नेकपा-माओवादी संविधानबाहिरै थियो । संविधान निर्माणको प्रक्रियामा रहेको मधेसी मोर्चा प्रदेशको सीमांकनको विषय लिएर बाहिरियो । उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्न मैले सुशील, प्रचण्ड, केपी र विजयलाई बोलाएर भनें । संविधान निर्माणको प्रमुख समितिमा रहेका सभापतिहरूलाई पनि बोलाएर भनें केही दिन समय लिएर समस्या हल गरौं,' यादवले भने, 'मैले १५, १० र ७ दिन कति हुन्छ समय दिउँ भनेर जोड दिए । तर, संविधानसभामा संविधान जारी गर्ने समय पारित गरेर मेरो चाहनामा ब्रेक लगाउने काम भयो ।' उनले मधेसको फोर्सलाई बाहिर राखेर संविधान जारी गर्नुपर्दा आफूलाई पीडाबोध भएको पनि बताए ।
दाहाल-ठाकुर भेटवार्ता
दाहालले मधेसी मोर्चालाई संसदमा विचाराधीन संविधान संशोधन प्रक्रियामा सहयोग गर्न आग्रह ..... दाहालले राजमार्ग र सीमा नाकामा मधेसी मोर्चाबाट भइरहेको अवरोध अन्त्य गर्नसमेत ठाकुरलाई आग्रह गरेको
संकट लामो समय नजाला : कोइराला
हामीले यस्तै विश्वास नलाग्ने परिस्थिति पार गर्दै आएका हौं । सेना समायोजन हुन्छ, हतियार व्यवस्थापन हुन्छ भन्दा धेरैले पत्याएनन् । त्यसबेला शिविरमा बसेका लडाकु छाडेर निस्कनेसम्मको घटना पनि भएकै हो । .... तर, सेना समायोजन भयो, हतियार व्यवस्थापन भयो । ....... चुनाव हुन्छ भन्दा साथीहरू पत्याउँदैनथे । मतदान हुने १५ दिनअघिसम्म पनि धेरैलाई विश्वास थिएन तर संविधानसभाको चुनाव भयो । ..... तराई–मधेसको आन्दोलनले अहिले सारा देशले दु:ख पाएको छ । यहीबेला भारतको पनि व्यवहार हामीले अपेक्षा गरेकोभन्दा फरक भइदियो । मलाई लाग्छ यो संकट अब लामो समय नजाला । छिट्टै समाधान हुन्छ । .......

हामीले उठाएको संशोधन प्रस्तावमा सबैको सहयोग भएको भए मधेसको मूल माग सम्बोधन हुने थियो ।

..... यो अवस्थामा हामीले संविधानमा केके छन् भनेर बुझाउन नसकेको जस्तो लाग्छ । आदिवासी–जनजाति साथीहरू आउनुहुन्छ, महिला, दलित आउनुहुन्छ, ज्ञापनपत्र दिनुहुन्छ र यस्तो भएन भने आन्दोलनमा जान्छौं भनेर मलाई नै पनि भन्नुहुन्छ । ...... त्यस्तै मधेसी साथीहरूको पनि कुरा हो ।

संविधान हेर्नुस्, सबैको अधिकार सुरक्षित गरिएको छ ।

यो अभ्यासमा जान समय लाग्छ । हतार हतारले यसमा केके छन् भनेर बुझिने होइन । ....... यसले जातजाति, भाषाभाषी सबैको अधिकार सुरक्षित गरेको छ ....... मधेसी साथीहरूसँग सुरुमै छलफल चलाउँ भन्दा पार्टीहरूले साथ नदिएकै हुन । अनि यो समस्या आयो । ...... देशका ४० लाख युवा बाहिर छन् । ..... जसले चलाए पनि सजिलो अवस्था होइन । ..... मैले चलाउँदा पनि साथीहरूले मन्त्री हुन इच्छा नगरेका होइनन् तर, अहिलेजस्तो मन्त्रालय फुटाएर सबैको भाग पुर्‍याउनुपर्ने परिस्थिति भएन । त्यस्तो मामिलामा अहिले प्रधानमन्त्रीले संयोजन गर्न नसकेजस्तो लागेको छ ।

No comments: