Wednesday, December 30, 2015

In The News (70)

चिसोले सतायो काठमाडौमा, रूखा खोकी ज्वरोले अस्ति कान्तिपुर ईन्जिनियरीड क्याम्पसको कार्यक्रम देखि सुताईहाल्यो, हिजो र आज त उठ्नै सकिन ।

Posted by Ramkumari Jhakri on Wednesday, December 30, 2015

मधेसी थाकेका छैन । बरु झन आक्रोसित भएकाछन । पाच महिना देखिको आन्दोलन त्यसमा जादोको मौसम तर सहभागिता मा कुनै कमी छैन । जय मधेस !

Posted by Mahesh Yadav Adhikari on Wednesday, December 30, 2015

आन्दोलनरत मधेसी मोर्चाले आज झापाको विर्तामोडमा जुलुस प्रदर्शन गरेको छ । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नद...

Posted by सदभावना पार्टी on Wednesday, December 30, 2015

प्रगतिशील राष्ट्रवादको आदर्शले भन्छ, ओली सरकारले इतिहासमै नेपाली राष्ट्रवादलाई सबैभन्दा भ्रमित गरेको छ । यस्तो राष्ट्रवा...

Posted by Ramgyan Yadav on Wednesday, December 30, 2015

आन्दोलनमय मधेश....१५ पौष २०७२

Posted by Upendra Mahato on Wednesday, December 30, 2015

"Cold and hungry at the roof-of-the-world" - World Food Programme feature by Seetashma Thapa.

Posted by Kanak Mani Dixit on Wednesday, December 30, 2015

नेपालका राजनेताहरु पुटीनबाट धेरैकुरा शिक है ।

Posted by Birat Adhikari on Tuesday, December 29, 2015

यदी मधेसी मोर्चाको एजेन्दा सुनिएन्, पुरा गरिएन्, ति नेता हरुलाई असफल बनाउने कोसिश गरियो भन्ने मधेसी भन्दा बढी नोक्सानी मधेसमा बस्ने पहादी समुदायलाई हुन्छ ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 29, 2015


‘घोडा’ मात्र बन्ने कि ‘सरकार’ ?
सभापतिले अन्त्यमा गर्वसाथ भने, ‘सभापति हुँ, केही त बोल्नैपर्छ ।’ ....... उनले थप आधा घन्टा बोले, तर सुन्ने कोही थिएन । यस्तै छ, ओली सरकार । देशमा एउटा सरकार आवश्यक पर्ने हुँदा सरकार बन्यो । अहिले यस्तो लाग्छ, सरकार किन आवश्यक छ ? नत सरकार बनाउनेलाई थाहा छ, न स्वयं प्रधानमन्त्रीलाई । ....... सरकार भाषण गर्दो छ । काँचो भातको सकसमा छन्, जनता । भोका जनताको अँध्यारो मुलुकमा भाषणमात्र गर्ने सरकारको के काम ? यस्तै हो भने निश्चित छ, अब ओली सरकारमा कुनै आकर्षण रहेन । ....... ओली सरकार आधुनिक नेपालको ४७ औं सरकार हो । २००७ सालबाट हिसाब गर्दा ६५ वर्षमा ४७ वटा सरकार बने र ढले । ....... हाम्रो आर्थिक वृद्धिदर ३.५ प्रतिशतबाट तल झर्ने विज्ञहरू बताउँछन् । ...... निरन्तरको आन्दोलनले दुई हजारभन्दा धेरै उद्योगहरू बन्द हुँदैछन् । बितेका चार महिनामा यातायात, उद्योग र निर्माण क्षेत्रबाट ३ लाख कामदारहरू पाखा लागे । ......

‘मुख्य शब्द’मा हेर्दा ‘अन्धराष्ट्रवाद, कुशासन र कालोबजारी’ सरकारको पहिलो कमजोरी हो । बालुवाटारलाई लाग्ला– सरकार राष्ट्रवादको चट्टानी अडान राख्छ । भ्रम यहीं छ ।

....... प्रगतिशील राष्ट्रवादको आदर्शले भन्छ, ओली सरकारले इतिहासमै नेपाली राष्ट्रवादलाई सबैभन्दा भ्रमित गरेको छ । यस्तो राष्ट्रवाद हुन्छ, जसले नत छिमेकसँग सहकार्य गर्छ, न आफ्नै पौरखलाई बढाउँछ, नत विकल्प खोज्छ ? आन्तरिक एकतालाई कमजोर बनाउने अन्धराष्ट्रवाद हो यो । ......

यो सरकारी राष्ट्रवाद हो । सरकारी राष्ट्रवादले मन्त्रीहरूको कुर्सी जोगाउन त मद्दत गर्छ, तर देशलाई एकीकृत, स्वाधीन र समृद्ध बनाउँदैन ।

........ उता मधेसमा आन्दोलन छ, समाधान छैन । मूल्यवृद्धिले तेल, चामल, दात छुनै नसक्ने भयो । तरकारीको मूल्य तीन गुणा बढ्यो । सडकभरि तारपिनको तेल मिसाएको पेट्रोल बिक्री हुन्छ । अस्पतालमा औषधी छैन । भूकम्प पीडितको बेहाल छ । ...... सरकार भूकम्प पीडितहरूप्रति बेखबर भयो । दर्जनौं भूकम्प पीडितहरू चिसोले मरिसके । सुत्केरी, बालबालिका र वृद्धवृद्धासँग न्यायो लुगा छैन । नत सरकारले तत्काल सहयोग पुर्‍यायो, न दीर्घकालीन आवासको खाका नै बुन्यो ।

राहतमा भ्रष्टाचार तीव्र छ । गोदाममा चामल कुहिसके, तर पीडितहरू भोकै छन् ।

पुनर्निर्माण प्राधिकरणले कहिले काम सुरु गर्ला, थाहा छैन । न्यायो कपडा किन्न दिइने सरकारी १० हजार कहिले टहरोमा पुग्ला, थाहा छैन । ....... विज्ञहरू भन्छन्, संविधान कार्यान्वयन गर्न २०० भन्दा धेरै नयाँ कानुनहरू बनाउनुपर्छ । उत्ति नै संख्यामा पुराना कानुनको संशोधन आवश्यक पर्छ । ....... संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक फेरबदल गर्नुछ । स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गर्नुपर्ला । .......

संविधान कार्यान्वयन गर्न राजनीतिक सहमति चाहिन्छ । उच्चस्तरीय संविधान कार्यान्वयन आयोग बनाउनुपर्ला । तर सरकार छुचो बोल्छ, दम्भ देखाउँछ र सहमतिलाई अझ पर धकेल्छ ।

...... सानो केटाले कहिल्यै घोडा देखेको थिएन, नत उसले यसभन्दा अगाडि सरकार नै देखेको थियो । उसलाई लाग्यो, सरकार त्यही हो– कालो घोडा ।....... ओली सरकारलाई आग्रह छ– कृपया उखान हैन जवाफ देऊ । नेपाली बालबालिकाको आँखामा तिमी ‘घोडा’मात्र हुन चाहन्छौ कि ‘सरकार’ । अन्यथा नत तिमीलाई समयले पर्खिनेछ, न हामीलाई नै ।


राजेन्द्र महतो पर बर्बरता से लाठी बरसाई गई, अब बारी महन्थ और उपेन्द्र की : श्वेता दीप्ति
सद्भावना के अध्यक्ष राजेन्द्र महतो के ऊपर बर्बरता से किया गया दमन । सुनियोजित तरीके से उनपर लाठी बरसाई गई जिसे बकायदे सोशल मीडिया पर सबने देखा । निहत्थे नेता पर इस तरह लाठियाँ बरसाई जा रही थी मानो वो कोई पेशेवर अपराधी हों । आज महतो तो शायद कल महन्थ, यादव, गुप्ता या राउत की बारी भी आ सकती है, क्योंकि ये मधेश के नेता या मधेश की हित को सोचने वाले हैं । ..... जब मधेश या मधेशियों को गाली देने का वक्त आता है, तो एक समुदाय विशेष सबसे आगे होता है । यहाँ तक कि अगर मधेश की जनता या नेता शासन के दमन का शिकार होते हैं या मरते हैं तो इनके होठों पर संतुष्टि की मुस्कान आ जाती है और राष्ट्रवाद की इससे बड़ी पहचान भला क्या हो सकती है ? ...... एक ऐसा संविधान जिसने देश के एक हिस्से को तो रुलाया ही पूरे देश को अस्तव्यस्तता की कगार पर लाकर खड़ा कर दिया है । एक रक्तरंजित संविधान जिसकी रक्तपिपाशा अब तक बुझी नहीं है । ...... धृतराष्ट्र नेत्रविहीन था और साथ ही सत्ता तथा पुत्रमोह ने उसे मस्तिष्क से भी अंधा कर दिया था, जिसका परिणाम हुआ महाभारत । हम सब जानते हैं कि जीत, अधिकार की लड़ाई की हुई । सौ पर पाँच भारी पड़ गए । रावण का जब विनाश होना था तो, उसके पांडित्य ने भी उसे धोखा दे दिया और विद्वान रावण एक स्त्री मोह के कारण अपना सर्वस्व हार बैठा और उसका नाश हुआ ।




मधेसी मोर्चाद्धारा झापाको विर्तामोडमा प्रदर्शन
आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै त्यसको विरोधमा आज तराईका सबै जिल्लामा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा विर्तामोडमा पनि प्रदर्शन गरेको हो ।
मधेसी दलहरुसँग नेपाल सरकारले छिटोभन्दा छिटो सहमति गर्नुपर्ने: भारतिय राजदुत
Punishing Nepal
The Indian government's Nepal policy is shameful, dangerous and self-defeating.
Nepal’s constitution, by denying naturalised citizens access to the top positions of the republic, barred many Madhesis whose parents or grandparents came to Nepal from India from these posts. Also, the demarcation of provinces and constituencies has been done to keep the Madhesi population—which is half of Nepal’s total population—divided through administrative boundaries.

The present constitution seems to ring-fence the traditional control of the hill upper castes—the Bahun and Chhetri—over the Nepali state.

The Madhesi protest in the terai regions bordering India is a direct fallout of the inability of the main political parties of Nepal—the Communist Party of Nepal (Unified Marxist Leninist), the Nepali Congress and the Unified Communist Party of Nepal (Maoist)—to address these demands. ........ What, however, cannot be denied and is a cause of great concern is that there is now ample evidence to suggest that this blockade of Nepal is happening with the complicity of the Government of India. ..... It is inconceivable that the Madhesi groups have the stamina to sustain such a massive blockade over so many months without active and direct Indian support, both political as well as from its intelligence agencies. ...... The result of the ongoing blockade is that a major petroleum and fuel shortage has developed in Nepal which is having a deleterious impact on all parts of the country’s economy. There is now also a substantial dearth of medical supplies, and even books and stationery for education are in short supply. The reconstruction after the April earthquake, already mismanaged by a corrupt and incompetent administration, has come to a standstill. Through this blockade, it seems that India has got Nepal in a chokehold. .......

the unifying thread in the present government’s foreign policy and geostrategy is to crown itself the regional power in South Asia and the Indian Ocean, in a subsidiary alliance (in deeds, if not in words) with the United States. Browbeating Nepal into submission makes sense only within this framework of a nation aspiring to become the region’s boss.



अभी नै त कभी नै : मण्डलजीको नजरमा मधेस आन्दोलन
घरमा पाँच दाजुभाइ छ भने पुर्खाको सम्पति बराबर बाँड्ने कि एक भाइलाई धेरै अनि अर्कोलाई थोरै दिने ...... हाम्रो छोराछोरी जागिर पाउँदैन । कोटा हुनुपर्‍यो नि, मधेसीयालाई । समावेशी समानुपातिक हुनुपर्‍यो । ..... सरकारी नोकरीमा हाम्रो मधेसीयाको बच्चालाई कोटा हुनुपर्‍यो । जति हाम्रो जनसंख्या छ, त्यति ।

भाषा तपाईंहरू मिलाउनुस् । हामी पढेलेखेको छैन । पढेर के गर्ने, नोकरी नै पाउँदैन मधेसीहरूले ।

कोटा हुनुपर्‍यो । त्यही हो समावेशी समानुपातिक । ........ अहिले त चारै पाँच महिना भयो । तपाईंलाई थाहा छैन, अफरिकामा साढे पाँच वर्ष आन्दोलन चलेको थियो । जेल बस्नुपर्छ । अनि मात्रै अधिकार पाइन्छ । बाँचेर पनि के गर्ने, यो देशमा मधेसीयाको कुनै इज्जत छ ? मरले सरह त हो नि सर ? हेरिहाल्नुस् राजिन्दर महतोको हालत । विराटनगरमा पुलिसले कसरी पिटेको छ ? ...... अबको आन्दोलनमा हामी बुढापाकाहरू अगाडि रह्नुपर्छ । हामी मरे पनि खासै फरक पर्दैन । तर यसपटक वार कि पारको लडाइँ छ । अभी नै त कभी नै । ..... तपाईं दिपेन्दर झालाई चिन्नुहुन्न ? जेनीभा गएर तहल्का मचाईदियो उसले । जेनीभा धेरै टाढा छ, विदेशमा । धेरै देशका नेताहरूले मधेसबारे बुझे । उसको इन्टरभ्यूहरू १०५ मेगावाला रेडियोमा सुनेको छु । धेरै राम्रो कुराहरू गर्नुहुन्छ । रेडियो, टिभी सुनेपछि सबै कुरा थाहा भइहाल्छ नि । ....... शुरुमा हाथी छापमा भोट दिएको थिएँ, हेमबहादुर मल्ललाई । पछि घोडा छापमा भोट हालेँ, गिरि नेताजीलाई । त्यसपछि आनन्द ढुङ्गानालाई । यता आएर रामकृष्ण यादवलाई । गएको निर्वाचनमा रामचन्द्र माटसाबलाई । ......

तपाईं हिजोको समाचार सुन्नुभएन ? इन्डिया टाइममा काम गर्ने एकजना झाले भनेको ? यिनीहरू सब खोखला राष्ट्रवादको कुरा गर्छन् । त्यसमा मधेसीया कतै छैन । उसको कुरा पनि बेजोड रहन्छ । १०५ मेगामा आइरहन्छ ।

No comments: