Thursday, December 03, 2015

In The News (7)

भारतको झन् कडा प्रश्न – नेपाल मित्रता चाहन्छ कि चाहँदैन ?
स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् । .... विदेशमन्त्री स्वराजको अभिव्यक्तिपछि सीमानाका सहज नहुने संकेत देखिएको छ । .... उपप्रधानमन्त्री थापाले मधेसकेन्द्रित दलहरूसँग भएका वार्ताको फेहरिस्त बताइसकेपछि मन्त्री स्वराजको अभिव्यक्ति आएको हो । नाका सुचारु हुन मधेसीसँग सहमति हुनुपर्ने र भारतसँग सम्बन्ध सहज पार्न भारतविरोधी गतिविधि निस्तेज पार्नुपर्ने स्वराजले स्पष्ट रूपमा भनेकी छिन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि मधेसीहरूलाई पनि मिलाएर सहमतिका आधारमा संविधान बनेको अवस्थामा मात्रै दिगो हुन्छ, यसमा तपाईंहरूले चासो दिनुभएन,’ स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब त्यो महसुस गरेर चाँडो सहमति गर्नुस्, समस्याको समाधान त्यही नै हो, अरू उपाय केही छैन ।’
इतिहास रच्दै मधेशी मोर्चा
पूर्व–पश्चिम राजमार्गमा हजारौंको संख्यामा जनसहभागिता गराई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले इतिहास रच्दैछ । यसअघि कुनै पनि मधेशवादी दल वा संगठनले पहाडी र मधेशीको मिक्स बसोबास भएको राजमार्ग क्षेत्रमा यस्तो कार्यक्रम गराउन सकेको थिएन । ..... विरोधसभामा सहभागि भएका बर्दिवासका राजेन्द्र कुमार सिंह(कोइरी)ले राजमार्ग आसपसमा मधेशीहरुको पकड गुम्दै गएको बताउँदै मोर्चाको कार्यक्रमले यस आसपासका मधेशीहरुमा हौसला बढेको बताए । ..... मोर्चाले बुधबार ढल्केबरमा गरेको विरोधसभामा १५ हजारदेखि २० हजार मधेशीको सहभागिता रहेको अनुमान गरिएको छ । कार्यक्रममा पहाडी समुदायका व्यक्तिहरुको पनि उलेख्य उपस्थिति रहेको थियो ।
सरकारले हदै पार गर्‍यो भने मधेसका युवाहरु हतियार उठाउँछन् : राजेन्द्र महतो
‘ओली सरकार उल्लुुहरुको सरकार हो’
महतोले भने, ‘आन्दोलनले देश तहसनहस भएको छ । तर यो उल्लुु सरकार आन्दोलनलाई आन्दोलन देख्दैन् ।’ उल्लुुले दिनमा नदेखेर राती मात्र देखेझै वर्तमान सरकार गरेको उनको टिप्पणी थियो । ...... उनले वार कि पारको लडाई लड्न अझ सशक्त आन्दोलन गर्ने तयारी थालेको पनि जानकारी दिए । उनले भने, ‘जुुन दिन मधेसका हरेक घरबाट जनता सडकमा आउँछ । त्यो दिन अधिकार निश्चित रुपमा पाउँछौं । त्यो दिन चाँडै आउँदैछ ।’


कांग्रेसले भन्यो, 'मधेसलाई सम्बोधन गर्न ढिलाइ गरे दुर्घटना'



काठमाडौंमा रहेका मधेशीलाई फिर्ता बोलाउँछौः महतो
“तीन दलले जारी गरेको संविधान मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति विरोधि छ । मोर्चाको मागबारे तीनदलको साझा धारणा नआउञ्जेल वार्ताको औचित्य छैन,” उनले भने, “वार्ताको नाममा ‘नौटङ्की’ भइरहेको छ । मोर्चाले राखेको ११ बुँदे माग पूरा गरे वार्ता नै गर्नु पर्दैन ।” ..... महतोले राजमार्गमा अवरोध र सीमामा नाकाबन्दी पूर्ण रुपमा अझै सफल नभएको भन्दै अगाडि भने, “जुन दिन राजमार्ग बन्द र नाकाबन्दी दुबै पूर्ण रुपमा सफल हुन्छ त्यो दिन आन्दोलन पनि सफल हुनेछ ।” ..... गत बैशाखमा गएको भूकम्पमा पहाडलाई मधेशी जनताले मलहमपट्टी लगाएको भन्दै महतोले त्यसको बदलामा मधेश आन्दोलनमा पहाडका जनताले सरकारलाई दबाब दिनुपर्ने माग गरेका थिए ।
कमल थापाको असफल दिल्ली दौडाहाः सुष्माले झपारिन्, मोदीले भेट्न मानेनन्
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको धार्मिक कुटनीति सहितको दिल्ली भ्रमण पनि असफल भएको छ । ...... नाकाबन्दी खुलाउन धार्मिक कुटनीतिको माध्यमबाट दवाव दिने कमल थापाले दिल्लीमा उल्टै झपाराइ भेटे । ..... विदेश मन्त्री सुष्मा स्वारजले नेपालका प्रधानमन्त्री देखि उपप्रधानमन्त्री सहितका अधिकारीहरुको बोली युद्धको बेला भन्दा पनि बढी भएको भन्दै कमल थापालाई कुटनीतिक मर्यादा स्मरण गराइन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले कमल थापालाई भेट्ने समय दिएनन् । ...... राष्ट्रसंघीय मानव अधिकार समितिमा भारत विरुद्ध आक्रामक प्रस्तुत भएका कमल थापालाई भारतीय अधिकारीहरुले राम्रैसँग पाठ सिकाएर पठाएको श्रोतले बताएको छ । भारत विरुद्ध उग्र कुरा गर्दैमा समाधान नहुने संन्देश दिल्लीले कमल थापालाई दिएको छ । .... प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलसँगको भेटपछि दिल्ली बसाइ लम्बाएका कमल थापा मोदी त्यसका लागि तयार नभएपछि काठमाडौं फर्किँदैछन् ।


मधेसी मोर्चा र भारतीय भिड्दा मितेरी पुल रणमैदान
बुधबार राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लठ्ठी र भाटा बोकेर आएका भारतीयहरुले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका थिए । ...... आन्दोलनकारीहरुले धर्नास्थलमा टाँगेको टेण्ट भत्काउनुका साथै भारतीयहरुले धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ अड्किएर बसेको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका थिए । .....यसअघि गत सोमबार बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीबीच विवाद भएको थियो । ..... गत सोमबार बिहान ६ बजेतिर धर्नामा बसेका आन्दोलनकारीहरु शौच गर्न गएका बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरुले आफ्नो गाडी भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीसँग विवाद भएको थियो । .... यसैबीच मितेरी पुलमा बिहीबार बिहान भारतीयहरुले आन्दोलनकारीमाथि आक्रमण गरेको विरोधमा मधेसी दलका कार्यकर्ताहरुले वीरगन्ज बजार बन्द गराएका छन् । ..... उनीहरुले नगरका विभिन्न चोकमा टायर बालेर प्रदर्शन पनि गरेका छन् । बजार बन्द गराउँदै हिडेका प्रदर्शनकारी गरिब नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


राजेन्द्र महतोको उर्दी : सत्ता पक्षका सांसदलाई घर घरमा छिरेर लात हान्दै निकाल अनी पुरै सहर घुमाउ
सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमाओवादी सांसद जहाँ भेटिन्छन् त्यहीं पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’ ..... ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तीघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोकाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’ ...... अभि नहि तो कभि नही महतोले भने अब हरेक घर घरबाट बुढा जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ अनी मात्र खोसीएको मधेसको भुमि र अधिकार फिर्ता हुन्छ । उन्ले १ घण्टा गरेको भाषणमा बाक्यै पिच्छे पहाडिया र मधेसिया भन्ने शब्द पटक पटक प्रयोग गरेको भनी आजको कान्तिुर दैनिकले खबर छापेको छ ।
मधेस आन्दोलनले झुकेर सम्झौता गर्न नहुने : नागरिक अगुवाहरु
कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले मधेस आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको बताए । उनले मधेस आन्दोलन पनि एक किसिमको नयाँ शक्ति भएको बताउँदै यो शक्तिले कुनै पनि हालतमा सभ्झौता नगर्न र नझुक्न आग्रह गरे ।
प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न
एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लाशको संज्ञा दिएका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेकोउनले बताए ...... उनले अब आफूले बनाउने नयाँ शक्ति आर्थिक एजेन्डामा केन्दि्रत हुने जानकारी पनि गराए । मुलुकको बिकास आर्थिक समृद्धि बिना हुनै नसक्ने उनको भनाइ थियो । त्यसैले नयाँ शक्तिको पहिलो प्राथमिकता मुलुकलाई तीब्ररुपमा आर्थिक समृद्धिको बाटोमा लैजाने र मुलुकको मुहार फेर्ने उनले प्रष्ट्याए ।
बाबुराम भट्टराईको नयाँ शक्तिले पारित ग-यो नौ बुँदे प्रस्ताव
नयाँ शक्ति निर्माणको लागि अभियान सुरु गरेका डा. बाबुराम भट्टराईले भारतीय नाकाबन्दीलाई बहाना बनाएर सरकारले तराई मधेसको आन्दोलनलाई बदनाम गर्न लागेको बताएका छन् । उनले नाकाबन्दीको बहानामा सत्ताधारीहरु मण्डले राष्ट्रवादको आवरणमा देशभित्र निरंकुशता लाद्ने आधार तयार गर्न लागेको आरोप लगाएका हुन् ।...... आफ्नो कुटनैतिक र राजनैतिक असफलतालाई ढाक–छोप गर्दै सत्तालाई लुट खसोटको साधन वनाउन तल्लिन वनेको बताउंदै भट्टराईले नया“ शक्ति अभियानले नाकावन्दीको विरोध र भत्र्सना गर्ने बताए । तर उनले भारतीय अघोषित नाकाबन्दी र मधेस आन्दोलनलाई एकै ठाउ“मा छासमिस गर्न कामलाई गतल भनेका छन् ।
‘काठमाडौं–मधेस सम्बन्ध टुट्न सक्छ’
१ सय ९ दिनको आन्दोलनपछि मात्र उनीहरुले मधेस मुलुकको लाइफलाइन हो भन्ने थाहा पाएका छन्
Kamal Thapa

No comments: