Wednesday, December 30, 2015

In The News (68)

तीन दल–मोर्चा : गफ हुन्छ संवाद हुँदैन
•तीन दल भन्छन् : मोर्चाले संविधान संशोधनमा सघाउनुपर्छ •मोर्चाका नेता भन्छन् : पहिले ११ बुँदेको जवाफ चाहिन्छ
दिल्ली भ्रमणबाट फर्केलगत्तै पुस ३ मा सरकारी वार्ता टोली संयोजक कमल थापा नेतृत्वको टोलीले मोर्चा टोलीलाई तीनबुँदे प्रस्ताव थमाउन एकैछिन भेट्यो, तर दोहोरो संवाद भएन । ...... बरु यसबीचमा प्रधानमन्त्री केपी ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मैथिली भाषामै गफ गरे, टेलिफोनमा । ‘उही त हो, नाका खोल्नुपर्‍यो, संविधान संशोधन विधेयक पारित गराउन दिनुपर्‍यो भन्नुभयो,’ प्रधानमन्त्रीको मैथिली आग्रहलाई उल्था गर्दै ठाकुरले सुनाए । ..... साउन ३१ यता आन्दोलन घोषणा गरेको मधेसी मोर्चासँग अघिल्लो सुशील कोइराला सरकार र अहिलेको सरकारले २ दर्जनभन्दा बढी वार्ता गरिसके पनि मोर्चाले मधेसमा दुई प्रदेश बटमलाइन मान्दै आएको सीमांकन हेरफेरमा गएर संवाद अवरुद्ध हुने गरेको छ । ..... असोज अन्तिम साता सरकारबाट हटेको कांग्रेसले मोर्चासँग यसबीच छ पटक वार्ता गरिसक्यो । अधिकांश भेट कोइराला निवास महाराजगन्ज र केही भेट ठाकुरको सानोठिमीस्थित डेरामा हुने गरेका छन् । सत्तारुढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लाजिम्पाट निवास र माइतीघर मण्डलानजिकैको एक घरमा गरी कांग्रेसभन्दा बढीपटक भेट गरेको बताउँछन्, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव । .....

अरु दलको तुलनामा एमाले नेताहरुको भने कमै मात्रामा मोर्चासँग छुट्टै भेट हुने गरेको देखिन्छ । प्रधानमन्त्री ओलीले भेट र टेलिफोनमा संवाद गर्नेबाहेक अरु नेताले संवादमा चासो नदिएको मोर्चा नेताहरु बताउँछन् ।

..... ‘कांग्रेसको विधेयक हाम्रा लागि न हर्ष न बिस्मात् भएको छ, माग सम्बोधन हुदैन त्यो विधेयकले,’ मोर्चा नेता यादवले भने, ‘सीमांकनसहित प्याकेजमा सहमति नहुन्जेल संसदमा मोर्चाको अवरोध जारी रहन्छ । यस्तोमा सभामुखले ‘हुन्छ/ हुन्न’ भन्नुको कुनै अर्थ छैन ।’ ...... तमलोपा अध्यक्ष ठाकुरबाहेक मोर्चाका तीन दल अध्यक्ष काठमाडौं बाहिर छन् । तीमध्ये सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइते भएर धरानमा उपचाररत छन् । बुधबार भने प्रधानमन्त्री केपी ओली इटहरी, कांग्रेस सभापति कोइराला पोखरा र एमाओवादी अध्यक्ष दाहाल लुम्बिनी पुगे । ......

नाकाबन्दी फिर्ता लिने निर्णय हुन मोर्चाका चारै दलको सहमति हुनु अनिवार्य रहेकाले तत्काल त्यस्तो कुनै सम्भावना नरहेको बताउँछन्, तमसपा वरिष्ठ नेता यादव । ‘नाका धर्ना दिन जाँदा हाम्रा अध्यक्ष राजेन्द्र महतोमाथि आक्रमण भयो, यस्तोमा हामी कसरी पछाडि हट्न सक्छौं ?’ यादव प्रश्न गर्छन्, ‘झन् कडा कार्यक्रम अब आउँछ ।’

....... आन्दोलनको स्वरुप बदल्न भारतीय पक्षबाट ‘सुझाव आएको’ भन्दै मोर्चाले प्रतिकुल मौसम, मधेसमा धान काट्नु, गहुँ छर्ने र उखु मिलमा पुर्‍याउन सहज वातावरण हुनुपर्ने किसानहरुको आग्रहका कारण आन्दोलनको बारेमा पुनर्विचार गर्ने बताइरहेको छ । जनकपुरबाट कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘उहाँहरुले गर्ने भनेको वार्ता ‘नाटक’ मात्रै थियो । अहिले त्यो बन्द भएको छ ।’ यादवले आन्दोलनको स्वरुप भने बदल्ने संकेत गरे । तमसपाका अर्का नेता रामनरेश राय यादवले पनि संवाद रोकिएको पृष्ठभूमिमा आन्दोलनको स्वरुपबारे पुनर्विचार हुने बताए । ‘सरकारको मनमा यो आन्दोलन यत्तिकै तुहिएर जान्छ भन्ने होला, तर प्रतिकूल मौसमले साथ नदिएको मात्रै हो,’ तमसपा वरिष्ठ नेता यादवले भने, ‘माघ १५ देखि झन् कडा आन्दोलनमा जान्छौं ।’ ........

दाहाल आफूहरुसँग कुरा गर्दा ‘तपाईंहरुका यी सबै मुद्दा एमाओवादीकै हुन्, त्यसैले म पूरा गराउन लाग्छु’ भनेर आश्वासन दिन्छन्, तर गर्दैनन्

मोर्चा कार्यकर्ताले नयाँ शक्तिका नेतालाई बोल्न दिएनन
सर्लाही- मधेशी मोर्चाको सभामा बुधवार बावुराम भट्टराई सम्बद्ध नयाँ शक्तिका नेताले सम्बोधन गर्न खोजेपछि मोर्चा कार्याकर्ताले रोकेका छन् ।.... मोर्चाको बिरोध प्रदर्शनमा कहिल्यै सहभागी नभएको भन्दै कार्यकर्ताले तिव्र बिरोध गरेपछि कार्यक्रम बिथोलिएको थियो ।.... मोर्चाले अपरान्ह लाठि जुलुस निकालेपछि कृष्णमती विद्यालय परिसरमा आयोजित कोणसभामा नयाँ शक्तिका नेता रामरिझन यादव, रामचन्द्र झा र रामकुमार शर्मा उपस्थित थिए ।..... मोर्चाले माग पुरा गर्न दवावका लागि मलंगवामा अपरान्ह लाठि जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनमा ग्रामीण भेगवाट समेत कर्याकर्ता सहभागी थिए


१० दिनमा मुलुकले निकास पाउँछ: प्रधानमन्त्री
‘तराई–मधेसमा जारी आन्दोलन १० दिनभित्रमा नै रोकिन्छ ।’ आन्दोलनरत संयुक्त मधेसी मोर्चासंग औपचारिक र अनौपचारिक वार्ता जारी रहेको उनको भनाइ थियो । ‘हामी निरन्तर वार्तामा छौं, केही दिनमै समस्या समाधान हुन्छ,’ उनले भने, ‘१० दिनमा धर्ना–सर्ना सबै बन्द (मोर्चाले) गर्नुहुन्छ, सबै समस्या समाधान हुन्छन् ।’ ..... प्रदेशको सङ्ख्या जनताको चाहना अनुसार हुने बताउँदै प्रधानमन्त्रीले जनताको चाहना र आवश्यकता अनुसारनै नामाङ्कन र सिमाङ्कनको विवाद समेत टुङ्गो लाग्ने बताए । एक अर्को प्रसंगमा उनले सहमतिमै मन्त्रालय थपिएको बताउँदै मन्त्रालय थप्दा उत्साहपूर्ण काम थालनी भएको दाबी गरे । प्रधानमन्त्रीले मन्त्रालय थपेको विषयमा कसैले विरोध गर्दैमा केहि फरक नपर्ने उल्लेख गरे ।
गच्छदारको कार्यक्रम बिथोल्न खोज्दा झडप
९ जना घाइते, एक पक्राउ
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच इनरुवामा झडप भएको छ .... ‘जनताको संविधान जनताकै माझमा’ कार्यक्रमलाई सम्बोधन गर्न इनरुवाको टेम्पोस्टेण्डमा रहेको चाँदनी प्राविमा पुगेका गच्छदार


मोर्चा कार्यकर्ताको निशानामा माधव नेपालको घर
गौर नगरपालीका-३ स्थित एमाले नेता माधवकुमार नेपालको घरको मुख्य गेटमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले बुधबार फेरी तोडफोडको प्रयास गरेका छन् । लाठी जुलुसमा सहभागी मोर्चा समर्थकले नेपालको घरको गेटमा प्रहार गरेका हुन् । .... सविधानमा अपनत्व नभएको र सिमाकंनमा असन्तुष्ट जनाउदै आएका अघि सारेको मधेशको माग सम्बोधन नगरेको भन्दै मोर्चा समर्थकले पटक पटक नेपालको घरमा आक्रमणको प्रयास गरी रिस फेर्दै अाएको छ । ...... ३ साता अघि हातमा ढुंगा र रड बोकेका मोर्चा कार्यकर्ताले नेपालको घरमा आक्रमणको असफल प्रयास गरेका थिए । तर त्यहाँ तैनाथ सुरक्षाकर्मिले उनीहरुलाई लखेटेको थियो । मुख्य गेटमा रहेको फालमको गेटमा फलामे रड, भाटा, इट्टाले प्रहार गर्न लागे पछि सुरक्षाकर्मिले हस्तक्षेप गरेको हो । नेता नेपाल सविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका हुन् । .......

उनलाई निर्वाचनमा सहयोग गरेका एमालेका पूर्व जिल्ला नेता रेवन्त झाले मोर्चाको आन्दोलनको अगुवाई गर्दै आएका छन् ।

मधेस आन्दोलन र नाकाबन्दी चाँडै अन्त्य हुन्छः अध्यक्ष दाहाल



कांग्रेस र एमाले कार्यालयमा तोडफोडको प्रयासपछि कलैयामा तनाव
प्रहरीले चलायो हवाई फायर र अश्रु ग्यास
मधेसी मोर्चाले निकालेको लाठी जुलुसले कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न पुगेपछि यहाँको स्थिति तनावग्रस्त बनेको छ ...... मोर्चाले कलैयामा बुधवार बृहद् लठी जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा प्रदर्शन गरेका हुन् । मधेस आन्दोलनको माग तत्काल सम्बोधन .....

उनीहरु सबैले हातहातमा लठी, भट्टा र केहीले धारिलो हतियार खुकुरी, भला र लठीगडाँस बोकेका थिए ।

कलैयाको सिद्धेश्वर र श्री ३ श्री चन्द्र माविमा भेला भई देवकोटा चोक हुँदै अदालत रोडबाट बरियारपुर रोड हुँदै भरतचोकमा पुगेका थिए । भरत चोकबाट प्रदर्शनकारीहरु कलैया-वीरगन्ज सडकको भरतचोकदेखि बाल मन्दिरसम्म्ा प्रहरी र प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि मोर्चाले विरोधसभा गर्दै प्याकेजमा माग पुरा नगरे आन्दोलन जारी राख्ने बताएका छन् ।


मधेसको माग सडक सघर्षबाटै सम्बोधन हुन्छः यादव
उपेन्द्र यादवले मधेसले उठाएका मागहरुको सम्बोधन वार्ता बाट नभई, सडक संघर्षबाटै हुने बताएका छन् । ..... मोर्चाले बुधवार यहाँ आयोजन गरेको विशाल लाठी जुलुस पछि रामानन्द चौकमा आयोजित आम सभालाई सम्बोधन गर्दै यादवले भने-'सरकार वार्ता मार्फत मधेसी जनतालाई केही दिन चाहेका छैनन् । हालसम्मका सम्पूर्ण वार्ता उपलब्धिविहीन भएका छन् । मधेसीको अधिकार सडकबाटै प्राप्त हुने हो ।' ..... सरकार मोर्चालाई वार्ता छाडेर जाने वातावरण निर्माण गर्न लागेको आरोप लगाउँदै उनले आफूहरु वार्ता, संसद र सडक तीनै मोर्चाबाट संघर्ष जारी राख्ने बताए । उनले भने-'तर अबको संघर्ष-लडाई) नाका र राजमार्गमामात्र केन्दि्रत रहदैन ।

आन्दोलनकारीहरु सिंहदरवार सम्म घेराउ गर्न तयार हुनु पर्दछ ।'

...... आन्दोलनको राप तापबाट सरकार गली सकेको दावी गर्दै उनले तीन चार दिन भित्रै मधेसको माग सम्वोधन हुने दावी गरे-'सरकार जति दमन र षडयन्त्र गरे पनि, आन्दोलनको राप ताप तीन चार दिन भन्दा बढि थाम्न सक्दैन ।' ..... 'गृहमन्त्री भन्छन महतोजीलाई भारतीय एसएसवीले कुटपीट गरे । मधेसीलाई भारतीय देख्ने केपीका मन्त्रीहरु नेपाली पुलिसलाई भारतीय भन्न थाले कि क्या हो ?'


जलेश्वरमा लाठी जुलुस
लाठी जुलुसमा सहभागी हुन ग्रामिण भेगदेखिका कार्यकर्ता सदरमुकाम आएकाले ब्यापक सुरक्षा परिचालन गरिएको थियो । मोर्चाका स्थानिय नेतृत्वकेा प्रयासमा जुलुस शान्तिपूर्ण रहयो । ..... मोर्चाले विहानैदेखि जलेश्वर बन्द गराएकेा थियो ।

जुलुसका सहभागिले विराटनगरमा सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि भएको दूब्र्यवहारप्रति आक्रोस ब्यक्त गर्दै मधेशको माग पुरा गर्ने माग राखेका थिए ।

राजविराजमा लाठी जुलुस प्रदर्शन
मधेशी मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन
मोर्चाद्वारा सप्तरीमा मशाल जुलुस प्रदर्शन
गठबन्धनले गर्‍यो जनकपुरमा लाठी जुलुस
वीरगन्ज नाकामा व्यापारीले आन्दोलनकारीलाई लखेटे
वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई त्यहाँका व्यापारीले लखेटेका छन् । गए राति करिव ९ बजेतिर रक्सौलबाट नेपाल सामान ल्याउँदै गर्दा आन्दोलनकारीले व्यापारीलाई रोक्न खोजेपछि व्यापारीले लखेटेका हुन् । ...... रातिको समयमा आन्दोलनकारीको संख्या न्युन रहेको र व्यापारी धेरै भएकोले व्यापारीले आन्दोलनकारीलाई लखेट्न सफल भएका थिए । टाँगा, रिक्सा, ठेला लगायतमा साधनमा सामान ल्याइरहेका व्यापारीलाई आन्दोलनकारीले अवरोध गरेपछि केहीबेर तनाव भएको थियो । ..... अवरोधपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो। आन्दोलनकारीले नाकामा अवरोधका लागि तर्स्याएका बाँस पनि व्यापारी तथा भरियाले आगो लगाएका छन् । ..... व्यापारीहरुले सामान वीरगन्ज भन्सार कार्यालयमा राखेका छन् । उनीहरुले करिव ३ ट्रक सामान नेपाल भित्र्याउन सफल भए । अहिले वीरगन्ज नाका सामान्य छ ।..... सातादिन यता व्यापारीले रातिको मौका छोपेर भारतबाट नेपाल सामान ल्याइरहेका छन् ।


नेपालगन्ज नाकामा फेरि तनाव
मालबाहक गाडी भारतपट्टि रोकिए
औषधि र इन्धन निर्वाध भित्रँदै आएको पश्चिमको प्रमुख नेपालगन्ज-रुपैडिहा नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि पनि प्रदर्शन गर्न थालेपछि तनाव भएको छ ।...... मोर्चाले शनिबार बिहानदेखि नाकामा प्रदर्शन जारी राखेका छन् ।

मोर्चाको अवरोधका कारण पश्चिमको प्रमुख नाका ठप्प भएको हो ।

उनीहरु दशगजामा बसेर नाका अवरोध गरेका छन् । ..... अवरोधका कारण भारतीय कष्टम भइसकेका १ सय बढी मालबाहक गाडीहरु पारी रुपैडिहामा रोकिएका छन् । ..... मोर्चाका कार्यकर्ताहरुले शुक्रबारदेखि नाका अवरुद्व गर्न खोजेका थिए । तर, प्रहरीले हटाएको थियो । शनिबार बिहानै मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा जम्मा भएका छन् । ...... नेपालगन्ज नाका सहज भएपछि औषधि, इन्धन र मालबाहक गाडीहरु सहजरुपमा भित्रँदै आएको थियो । रुट परिवर्तन गरी मालबाहक गाडीहरु यो नाकाबाट नेपालगन्ज भित्रँदै आएका थिए ।
दस दिनदेखि खुलेको रुपैडियामा नाका फेरि अवरुद्ध, मोर्चाका ४ कार्यकर्ता पक्राउ
सशांकले भने 'कांग्रेस ३ समूहमा'
३ कित्तामा विभाजित शिर्ष नेता एक ठाउमा आउनु पर्छ ।' अहिलेको नयाँ नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिनु पर्ने उनको भनाई थियो ।
जनकपुरमा तेश्रो दिनपनि झडप
सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि शनिवार बिराटनगरमा आक्रमण भए यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको छ । गत तीन दिनदेखि जानकी प्रहरी चौकीमा निरन्तर झडप हुदै आएको छ । ..... बुधवार विहानैदेखि प्रदर्शनकारीहरु नगर क्षेत्रमा प्रदर्शन गरेका थिए । अपरान्ह रामानन्द चौकमा आयोजित विरोध सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संवोधन गर्दै गरेको वेला जानकी प्रहरी चौकीमा दुईतर्फी ढुंगामुढा भई रहेको थियो ।
'नाकाबन्दी हल गर्नुस'
सिमाङक मिलाउने कुरा प्राविधिक तथा राजनैतिक विषय भएकाले तत्कालै टुङग्याउन नसकिने उनले जिकिर गरे
राप्रपा नेपाल धनुषाका अध्यक्षसहित अधिकांश पदाधिकारी रामसपामा प्रवेश
राप्रपा नेपाल धनुषाका अध्यक्ष रितेशकुमार सिंहसहित अधिकांश जिल्ला पदाधिकारीहरु शरद्सिंह नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ..... राप्रपा नेपालका अध्यक्ष कमल थापा सरकारमा सहभागी भए लगतै पार्टी परित्याग गरी मधेस हकहित मोर्चा गठन गरी मधेस आन्दोलनमा उत्रेका सिंह बुधवार एक समारोह बीच रामसपामा प्रवेश गरेका हुन् । उनिसंगै झण्डै ५०जना नयाँ पार्टीको सदस्यता लिएका थिए । ..... अध्यक्ष भण्डारीले मधेसीहरुको मांग संवोधन नभए सम्म आन्दोलन जारी रहने बताए ।
नाकाबन्दी खोल्ने संवाद–सूत्र
असोज १ अर्थात् संविधान जारी हुनुभन्दा दुई दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा काठमाडौं आएका विदेश सचिव एस जयशंकर चिसो हृदय बोकेर जब फर्किए, भारतीय संस्थापनसँग पहुँच राख्ने एक विश्लेषकले आफ्ना निकटस्थलाई ‘तु. पेट्रोल जोहो गरिराख्न’ सुझाए ।..... ‘किन ?’.... ‘भारतले पेट्रोल रोक्दैछ ।’ ...... काठमाडौं ओर्लिएका जयशंकरले संविधान जसरी पनि रोक्नुपर्ने, नरोके जे पनि हुनसक्ने धम्की दिएपछि नेपाली राजनीतिक नेतृत्व ‘कुनै हालतमा पनि संविधान जारी गरिछाड्ने, बरु छिट्टै संशोधन गर्नुपरे गरौंला’ भन्ने निष्कर्षमा पुगेको थियो । ..... भारतले नाकाबन्दी थालेको दुई दिनपछि मात्रै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका धर्ना कस्ने औपचारिक निर्णय लिएको थियो । ..... गठबन्धनमा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टी बाहेकलाई छाड्ने हो भने अन्य दुई दल सद्भावना पार्टी र मधेसी फोरम गणतान्त्रिकको जिल्ला र स्थानीय तहमा खासै प्रभाव देखिन्न । ...... सरकारी प्रतिनिधिका रूपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संवाद गर्न गएका परराष्ट्रमन्त्री कमल थापाले मोर्चाको हात तल र सरकारको हात माथि पर्नेगरी दिल्लीसँग संवाद गरेको चर्चा मोर्चाभित्र घनिभूत भएको छ । चर्चामा आएका पछिल्ला चारबुँदे र तीनबुँदे प्रस्ताव यसैका दृष्टान्त हुन् । ...... ‘भारतले राणा शासनको अन्त्य हुने बेला आन्दोलनकारी कांग्रेसलाई पन्छाउँदै राजा त्रिभुवनसँग, पञ्चायतका बेला बीपी कोइरालालाई पन्छाउँदै महेन्द्रसँग, गणतन्त्र आउने बित्तिकै निर्वाचित ठूलो दल माओवादीलाई पन्छाउँदै संसदवादी दलहरूसँग जसरी सहकार्य गर्‍यो, उसैगरी यसपल्ट आन्दोलनकारी पक्षलाई पन्छाउँदै ठूला तीन दलसँग मिल्न गएको छ । ...... मोर्चाका एक उच्च नेताले खुलाए, ‘अब यस्तो प्रतिकूल परिस्थितिमा नाका खुलाउनुको विकल्प छैन । तर हामी आफ्नो लडाइँ आफैं लड्छौं । भारतबाट हामीलाई धोका भयो ।’......

उग्रराष्ट्रवादको आडमा कालोबजारी संस्थागत भइसक्दासम्म सरकारले औपचारिक रूपमा ‘नाकाबन्दी’ भन्नसकेको छैन ।

...... नाकाबन्दीको घोषणा मोर्चाले गरेको हो, तर यसमा भारतको सहयोग छ भन्ने कुरा अब कतै छुपेको विषय रहेन । तमलोपा अध्यक्ष महन्थ ठाकुरले यो पंक्तिकारसँग खुलासाकै शैलीमा सोमबार भने, ‘वास्तवमा नाकाबन्दी गर्ने हाम्रो कुनै उद्देश्य थिएन । जिल्ला सदरमुकाम र राजमार्गमा हुने प्रदर्शनमा प्रहरीले यति धेरै हिंसा गर्‍यो कि हामीसँग सुरक्षित बाटो अपनाउनुको विकल्पै थिएन । कार्यकर्ताहरू स्वस्फुर्त दसगजामा पुगे । पछि हामीलाई थाहा भयो, राति १० बजेपछि गाडीहरू नेपाल पठाउन थालिएको रहेछ । त्यो रोक्ने हुँदा आफैं नाकाबन्दी हुनगयो ।’ ...... उग्रराष्ट्रवादको आडमा राजनीति सोझ्याउने केही शासकहरूको शैलीबाट दिक्क सिंगो नयाँ पुस्ता उसैगरी एकसाथ भारत विरोधी भावना बोकेर हुर्किंदैछ । .....

नाकाबन्दी खोल्ने सबैभन्दा गाँठी सूत्र सरकार–विपक्षमा बाँडिएका ठूला तीन दलहरू–कांग्रेस, एमाले र एमाओवादीसँगै छ । यिनै दलले १६ बुँदे समझदारी गरे । त्यसैको बलमा संविधान जारी गरे । त्यसको पर्सिपल्टदेखि सुरु भई हालसम्म जारी दुई दर्जनभन्दा बढी वार्ताहरू मोर्चाले ‘ब्याटल क्राई’ मानेको सीमांकन हेरफेरमा गएर अल्झने गरेका छन् ।

...... संविधान जारी भएकै शैलीमा संसदमा मोर्चाको नाराबाजीबीच ‘पेलेर’ हुने संविधान संशोधनलाई मधेसी समुदायको ठूलो हिस्सा, जो आन्दोलनमा प्रत्यक्ष–परोक्ष जोडिन पुगेको छ, त्यसले स्वामित्व लिने सम्भावना छैन ।


जताततै मौलाउँदै कालोबजारी
कालोबजारी नियन्त्रण गर्ने वाणिज्य विभागअन्तर्गतको निकायमा बजार संरक्षण अधिकृत पद करिब दुई महिनादेखि रिक्त छ ...... नेवारले मनाउने योमरीपुन्हीलगायत चाडपर्व नजिकिँदा ग्यास, पेट्रोल, खाद्यान्न, लत्ताकपडाको मूल्य अत्यधिक वृद्धि भएको छ । बजारमा अहिले ग्यास प्रतिसिलिन्डर आठदेखि नौ हजार, पेट्रोल प्रतिलिटर साढे चार सयमा खुलेआम बिक्री भइरहेको छ । कालोबजारीका कारण चामलमा प्रतिबोरा दुई सय रुपैयाँ र कपडामा दुई सय प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ...... लगनखेल, कुमारीपाटी, जावलाखेल, पुल्चोक, मंगलबजार लगायत मुख्य व्यापारिक केन्द्रमा कालोबजारी भइरहेको छ । दैनिक जीवनमा बढी खपत हुने आलु, प्याज, लसुन, अदुवा, चामल, दाल, तेलको मूल्य आकासिएको छ । नाकाबन्दीअघि बजारमा एक सय ५० रुपैयाँमा पाइने रहरको दाल अहिले तीन सय पुगेको छ । ...... खाद्य तेल एक सय ४५ बाट तीन सय रुपैयाँ लिने गरिएको छ । चनामा प्रतिकिलो ५० भन्दा बढी, चामलमा एक सय ५० देखि दुई सय, तेलमा शतप्रतिशत र गोलभेडामा पाँच गुणासम्म मूल्यवृद्धि भएको छ । काँचो सुन प्रतितोला बजार मूल्यभन्दा तीन सय रुपैयाँ र चाँदीमा १० देखि १५ प्रतिशतसम्म बढी मूल्य लिने गरेको पाइएको छ ।


चिनियाँ नीति : ‘पर्ख र हेर’ मा
उसले सरकारको गतिविधिलाई विश्वास गर्न सकिरहेको छैन् । सँगै भारतीय नाकाबन्दीका कारण चीनप्रति आमतहमा आशा बढाएको थियो । त्यसमा चीनले जनताको भावनालाई ग्रहण गर्न सकेन भने नेपालले पनि यही निहुँमा सम्झौता गर्न जानेन् । ...... तिब्बती स्वतन्त्रतामा पश्चिमा शक्तिको आँखा गाडेका कारण चीन सतर्क छ । खम्पा विद्रोहको अन्त्यका लागि नेपालको भूमिका प्रति चिनियाँहरु आभारी छ । तर नेपाललाई पूर्ण विश्वास गर्न सकेको छैन् । पछिल्लो पटक नेपाली राजनीतिले फेरेको केल्टेमा चीन संलग्न त छैन, तर उसको प्रयास नेपालका कम्युनिष्टलाई एक पार्नेमा नहोला भन्न सकिदैन । ....... चिनियाँ पार्टी प्रमुख रहिसकेका आधुनिक चीनको उदारबादी नेता देङ सियाओ पिङ उपप्रधानमन्त्रीको रुपमा सन् १९७८ मा नेपाल आउँदा लगानी साझेदारी गर्न प्रस्ताव गरेका थिए । तर नेपालले स्वीकार नगरेपछि चीन लगानी गर्नेभन्दा सहयोगमा बढी केन्द्रित भएको हो । ..... चीनले नेपालमा उच्चस्तरीय भ्रमणको समेत आवश्यकता महसुस गरेन ।

अघिल्ला राष्ट्रपतिले नेपालको भ्रमण समेत गरेनन् ।

...... राजदरबारपछि चीनले नेपालमा सम्वन्धको स्थायी शक्ति भेटेको छैन । ..... कमल थापा ... तर, भ्रमणमा जनताले चासो देखाएको प्रत्यक्ष देखिने खालका काम भने हुन सकेनन् । ......

इन्धनको आपुर्ति, विप्पा, तथा पारबाहन सम्झौता राजनीतिक दलहरुको सहमति भएको भन्दै चीनलाई थापाले आश्वस्त पार्न प्रयास गरे । चीनले पत्याएन । अझै धेरै छलफल गर्न बाँकी भन्दै सम्वन्धित संयन्त्रलाई जिम्मा दिएको छ । यो चीनले तत्काल टार्ने काम गरेको हो भन्दा अत्युक्ति नहोला ।

....... चीनको मनोविज्ञान नबुझी गरिएको तयारीले यस्तो अवस्था आएको पूर्व राजदूत राजेश्वर आचार्यको बुझाइ छ । उनका शब्दमा,

‘यतिखेर अघि बढेको भनिएका धेरै विषय सन् २००० मा नै प्रक्रिया अघि बढेको हो

, तर नेपालले वेवास्ता गर्‍यो । दक्षिणतिर असहज हुँदामात्र अघि बढाएको विषय यता सहज हुने वित्तिकै नेपालले बिर्सने गरेको चिनिया बुझाई हुनसक्छ । त्यही कारण चीनको नेपालप्रति हेराई अझै पनि पर्ख र हेरमा नै अडेको देखिन्छ ।’ .......

चीन उनको ब्यक्तित्व र वाक पटुताबाट प्रभावित भएपनि चीन चिल्ला र मिठा कुरा भन्दा खस्रा र स्पष्ट लिखितममा विश्वास गर्ने मुलुक हो ।

चीनले उनको दल र वर्तमान सरकारलाई बुझेर नै निकै अघि बढेको र अन्तिम रुपमा रहेको सम्झौता नगरेको बुझ्न कठिन छैन् । ....... दक्षिणसँगको सम्वन्ध सुमधुर राख्न सुझाउदै आएको चीनले ०१६ मा तत्कालीन प्रधानमन्त्री

वीपी कोइरालालाई चिनीयाँ अध्यक्ष माओले भनेको नेपाल चीनसम्वन्धको पुस्तकमा पढ्न पाइन्छ, ‘हामी तपाईहरुको सहयोगी बन्न चाहन्छौं, तर भौगोलिक अवस्था यस्तो छ हामी चाहेर पनि तपाईहरुलाई केही गर्न सक्दैनौ । तसर्थ भारतसँग सक्दो मात्रामा सम्वन्ध राख्नुहोला । त्यसमा हाम्रो केही आपत्ति हुने छैन । हामी सहयोगी नै वन्नेछौ ।

........... यतिबेला पनि चीनले यही भनिरहेको छ, ‘त्रिपक्षीय सहकार्य वर्तमान आवश्यता हो भारतसँग सम्वन्ध नबिगार्नु ।’ ...... नेपालले चीनसँग पनि विश्वास जित्न सकेको छैन् । यसको मुख्य कारण हो दिर्घकालिन सोच भन्दा पनि साना तिना कुरामा अल्झिने नेतृत्व र प्राय पूर्णत: असफल परम्परावादी कर्मचारीतन्त्र । यतीबेला चीन उत्तरी सीमा जोडीएको नेपालका १५ जिल्लालाई अब्बल बनाउने चाहना बोकेको छ । उसले हरेक जिल्लामा नाका जोड्ने तयारी पनि थालेको छ । रसुवा जोड्ने केरुङसम्म रेल नै आउदै छ । विशेष प्रकारको रोडहरु भन्सार ब्यवस्थामा चीन लागि परेको छ, यता कुनै तयारी छैन । .......

पहिलो पटक अर्को मुलुकलाई इन्धन बिक्रि गर्न लागेको चीन

....... नेपाली टोलीले चीन तर्फबाट इन्धन ल्याउन सहज रहेको बताएको भएपनि चिनिया अध्ययनले असहज रहेको जानकारी दिएको ...... उक्त सहमतिलाई भेटपछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ मन्त्री यीले आठ बुदे समझदारीकै रुपमा प्रस्तुत गरे । ......

नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगरेको चीनले प्रधानमन्त्रीलाई स्वागत गर्न आतुरता देखाएर थापाप्रति कूटनीतिकरुपमा अविश्वास गरेको छ ।

...... उनको साथमा गएका कानुन मन्त्री अग्नी खरेल उनका ‘सुराकी’ झै देखिए । सरकार नेतृत्व गरेको दलले परराष्ट्रमन्त्रीलाई विश्वास नगरेर पठाएको अनुभव नेपालीले त स्वत गरे भने चीनको बुझाई पनि त्यही हुदा भित्री अविश्वासको कारण केही हुने काम पनि नभएको बुझ्न कठिन छैन । ........ नेपालमा लोकतन्त्र बहालीपछि उत्तरी क्षेत्रको विकासमा उनीहरु लागि परेका छन । तराईका जिल्लाहरुका पनि आफ्नो उपस्थिीत बढाइरहेको छ । पोखरामा कन्सुलेट कार्यालय खोल्न नपाएकोमा चीन दुखी छ । वीरगंजमा भारतले खोलेलगत्तै उसले पोखरा मागेको थियो । पोखरालाई चीनको विभिन्न शहरको भगिनी शहर समेत बनाएको छ । नेपालले गोन्जाओमा कन्सुलेट खोल्ने निर्णय गरिसक्दा पनि चीनले स्वीकृत दिएन । जुन पोखरा अस्वीकृतिको प्रतिक्रिया थियो । ......

२०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेइजिङ यात्रामा भएको व्यापार सम्झौतामा नेपाली भू–भाग लिपुलेकबारे नेपाललाई नसोधी चीन र भारतबीच सम्झौता भएपछि नेपाल दुवै मुलुकप्रति शसंकित छ । भारतसँग मात्र आशंका गरेको नेपाल चीनलाई पनि त्यही दृष्टिले हेर्न बाध्य भएको हो । भारतीय नाकाबन्दीपछि चीनसंग आशावादी बनेको जनता तातोपानी नाका चीनले सुचारु नगरेकोमा आक्रोशित छन् । आठ महिनासम्म ऐतिहासिक र सम्वन्धको प्रमुख नाका नखोल्नु भारतले वीरगंज नाका नखोले बराबरको भएको बुझाई जनताको छ ।

No comments: