Tuesday, December 29, 2015

In The News (63)



जनकपुरमा आज पनि झडप, ४५ प्रहरीसहित १ सय जना घाइते
आन्दोलनरत लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा सुरक्षाकर्मीबीच मंगलबार पनि

जनकपुरमा दिनभरि झडप भएको छ ।

जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, सुरक्षाकर्मीहरुले पनि लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहार गरेका थिए । दुबै तर्फका गरी झण्डै एक सयजना घाइते भएका छन् । ...... सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको हो । सोमबार पनि जानकी प्रहरी चौकी वरिपरि दिनभरि प्रदर्शन भएको थियो । ..... आन्दोलनकारीले दिनभरिमा २१ थान पेट्रोल बम प्रहार गरेको दावी प्रजिअ पराजुलीको छ । यसै गरी सुरक्षाकर्मीहरुले २१ राउण्ड अश्रुग्यासको गोला प्रहार गरेको उनले जानकारी दिए । ..... सद्भावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले आन्दोलनकारी माथि चरम दमन गरिएको आरोप लगाए । सुरक्षाकर्मीको ढुंगामुढा, लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहारबाट ५० भन्दा अधिक प्रदर्शनकारी घाइते भएको नेता सिंहले जानकारी दिए ।


सर्लाहीमा एमाले नेताको हत्या
एमाले जिल्ला कमिटी सदस्य ६० वर्षीय रामनरेश रायको मंगलबार बिहान हत्या भएको छ । 'मर्निङ वाक' मा निस्केका हेमपुर ७ का रायमाथि बिहान ६ बजे घरदेखि करिब डेढ किलोमिटर टाढा सुनसान बाटोमा आक्रमण भएको थियो । उनको टाउको र मुखमा धारिलो हतियार प्रहार भएको छ । हतियार प्रयोग गर्नुअघि खोर्सानीको धुलो मुखमा फ्यालिएको प्रहरीले जनायो । हत्यामा एकभन्दा बढी व्यक्ति संलग्न भएको अनुमान प्रहरीको छ । ...... 'दैनिक मर्निङ वाक जाने बाटो ढुकेर हत्या गरिएको छ,' उनले भने, 'हतियार प्रयोग गर्नुअघि खुर्सानीको धुलो फ्याकिनु योजनाबद्ध हत्या हो ।' ..... एमाले जिल्ला अध्यक्ष रेवती पन्तले हत्याको कारण राजनीतिकभन्दा पनि व्यक्तिगत रिसईवी नै भएको हुन सक्ने अनुमान गरे । ..... राय हेमपुरका गाविसका पूर्व अध्यक्ष र जिविस सदस्य हुन् ।


अब मोर्चासित सार्थक वार्ता : सञ्चार मन्त्री
उनले मधेसमा उत्पन्न समस्या सामान्य भएकोले छिट्टै समाधान हुने दावी गरे । ..... ‘तराईमा जारी आन्दोलन, भारतको अघोषित नाकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट यो सरकारको निम्ति अत्यान्तै सानो चुनौति हो ।’ .... मन्त्री राईले आन्दोलनरत मधेसवादी दलसित सरकारले

अब सार्थक र निर्णायक वार्ताको निम्ति मिति, समय तोकिने बताए ।



महन्थले भने, ‘हो, पुस १९ गते आन्दोलनका कार्यक्रम परिवर्तन गर्दैछौं’
अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने बताए । उनले राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे । ‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्‍यो नि,’ उनको भनाइ थियो ।
नारावाजीका बीच संसदमा संविधान संशोधन विधेयकमा छलफल
अर्को बैठक बिहीबार
सत्तारुढ दल राष्ट्रिय जनमोर्चा पार्टीका सभासद मिनाले पुनले जनसंख्याका हिसाबले क्षेत्र निर्धारण गर्न नहुने भनिन् । उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउँदा मुलुक सिक्किम हुने धारणा राखिन् । .... मोर्चा सांसदहरुको नाराबाजीका बीच हिजो सोमबारदेखि विधेयकमाथि छलफल सुरु भएको हो । ..... विधेयकले समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्थामा संशोधन प्रस्ताव गरेको छ। सामाजिक न्यायको हकअन्तर्गतको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा प्रतिनिधित्वको हक हुने र प्रत्येक जिल्लामा कम्तीमा एक क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्तावित संशोधनले समेत मधेस केन्द्रित दलहरू सन्तुष्ट छैनन्।
मोर्चाद्वारा एमाले कार्यकर्तामाथि दुर्व्यवहार
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले एमाले निकट युवा संघका जिल्ला सदस्यमाथि सोमवार साँझ दुव्र्यवहार गर्दै आक्रमण प्रयास गरेका छन् । कलैया ७ का ३१ वर्षीय पुरुषोत्तम साह कलैयास्थित भरत चोकमा चिया खाँदै गर्दा प्रदर्शनमा उत्रेका १५/२० जना मोर्चाका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका हुन् ।..... 'यो आन्दोलन विरोधी एमाले कार्यकर्ता हो भन्दै ममाथि हातपात गर्दै आक्रमण प्रयास गर्दै दुव्र्यवहार गरे,' साहले भने 'उनीहरुले हातपात गरेपछि हात-खुट्टालगायत शरीरको विभिन्न्ा भागमा चोट लागेको छ ।' औषधि उपचारपछि उनको अवस्था समान्य छ । उनीहरुबाट जोगिन भाग्न खोज्दा कालोमोसोसमेत दल्न प्रयास गरेको पीडित साहले बताए ।


कार्यकर्ता उतार्न नसकेकाे भन्दै मोर्चाका नेताबीच विवाद
सद्भावना जिल्ला नेताहरूले तराई मधेस लोकतान्त्रिक पार्टीले आन्दोलनमा कार्यकर्ता नल्याएको आरोप लगाएपछि विवाद बढेको हो। तराई मधेसको समस्या समाधानतर्फ सरकार गम्भीर नभएको भन्दै मोर्चाले नेपालगन्ज–रुपैडिहा नाकामा फेरि अवरोध गरेको थियो। ..... विवादले आन्दोलन मथ्थर भएपछि मोर्चाको संयुक्त बैठक बसेको छ। उक्त बैठकमा मोर्चा जिल्ला नेताहरूले आआफ्ना कमजोरी सच्याउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आन्दोलनमा बढीभन्दा बढी कसरी उतार्ने भन्नेबारे छलफल भएको छ। आन्दोलनमा बढी कार्यकर्ता उतार्न गाउँमा छलफल र सभा गर्ने कार्यक्रम गर्ने सहमति भएको छ। ..... ‘मोर्चा बैठकपछि फेरि आन्दोलनलाई सशक्त बनाउने निर्णय भएको छ। एक/दुई दिनको तयारीपछि आन्दोलनलाई सशक्त बनाउँछौं,’ उनले भने, ‘बाहिर हल्ला भएजस्तो विवाद छैन। ...... आन्दोलनमा सहभागिता बढाउन गाउँमा बैठक र छलफल चलाउने निर्णय भएको छ।’ मोर्चाले शनिबार नेपालगन्ज–रुपैडिहा नाकामा अवरोध गरेको थियो। त्यसयता कार्यकर्ता नआएपछि उक्त नाका फेरि सहज बनिसकेको छ। ..... इन्धन र दैनिक उपभोग्य वस्तु नेपाल भित्रिने क्रम जारी रहेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ।

साइकलको बिज्ञापन गरेर देश चलाउने सोच छ कि क्या हो ? Drama.....

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 29, 2015

No comments: