Monday, December 28, 2015

In The News (61)

मोर्चाभित्र राजेन्द्र–उपेन्द्रको यस्तो छ टक्कर
पुस ५ गते रिर्पोटर्स क्लवमा भएको साक्षात्कार कार्यक्रममा मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘अहिलेको समस्या दुई अतिवादका कारण भएको हो । एउटा अति मधेशी विरोधी मानसिकता र अर्को अति पहाडी विरोधी मानसिकता भएका कारण समस्या बढेको हो ।’ ...... उनले अतिवादको कुरा उठाएपछि संवादाताहरुले प्रश्न तेर्साए, ‘एउटा अतिवादको नेतृत्व प्रधानमन्त्री केपी ओली र अर्कोको सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले गरेको हो ?’...... यादवले जवाफ दिए, ‘मैले कसैको नाम लिन चाहन्न, तपाईहरु आफै बुझ्नुस् ।’ ......... मोर्चाका नेताहरु दिल्ली भ्रमणबाट फर्केपछि आन्दोलन सेलाएको छ । आन्दोलनमा लागेका नेता तथा कार्यकर्ता निरास भएर घर फर्किन थालेका छन् । वीरगञ्ज नाकाबाहेक अन्य सबै नाकाबाट निर्वाध रुपमा तेललगायत अन्य समानहरु आउन थालेका छन् । ....... मंसिर २३ गते दिल्लीबाट फर्केका नेताहरुले पुस २ र ३ गते बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरेका थिए । पत्रकार सम्मेलन गरि घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु पनि जिल्लाहरुमा प्रभावकारी हुन सकेका छैन । ...... शनिवार मधेशका प्रत्येक जिल्ला सदरमुकाममा विरोधसभा कार्यक्रम थियो । तर मधेशी मोर्चाका नेता काठमाडौमा वार्ताका लागि अन्य पार्टीका नेताको घर–घरमा पुगेका थिए ...... दिल्लीबाट फर्केपछि मधेशी मोर्चाका नेताहरु मधेशमा कुनै पनि कार्यक्रम गरेका छैन । मधेशका कुनै पनि कार्यक्रममा सहभागि हुन गएको छैनन् । ...... उनीहरु दैनिक जस्तो प्रतिपक्षि दल तथा अन्य दलहरुसँग वार्तामा रहेका छन् । ....... यता तमलोपाका सबै वरिष्ठ नेता काठमाडौंम छन् । मोर्चाका एक नेताले भने, ‘महन्थ ठाकुरलाई वार्ता गर्नबाट फुर्सद छैन । तर उहाँका पार्टीका उपाध्यक्ष हृ्रदयश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी लागयतका वरिष्ठ नेताहरु सबै काठमाडौमै हुन्छन् । उहाँहरु वार्ताका नाममा विभिन्न दलका नेताहरुको घर घर जानुको साथै सञ्चारमाध्यममा अन्तरवार्ता दिनमै व्यस्त हुन्छ ।’ ..... आन्दोलन शुरु भएको एक हप्ता नपुग्दै मोर्चाका नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौ आएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आपत्ति जनाएका थिए । आन्दोलन छाडेर वार्ताका लागि काठमाडौ गयो भन्दै विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । महतोको प्रतिक्रियापछि अध्यक्ष यादव र ठाकुर निकै दुखी देखिएका थिए । ....... एक अर्काको टिका टिप्पणी गर्ने, घोचपेच गर्ने काम मधेशी मोर्चाका नेताहरुले गर्दै आएका छन् । मोर्चामा आवद्ध युवा संगठन, विद्यार्थी संगठनलगायतका भातृसंगठनका नेता–कार्यकर्ताले फेसबुक तथा लेख रचनाबाट खुलेर एकअर्का पार्टीको विरोध गर्न थालेका छन् । ....... मोर्चामा चारजना नेतामा नै त्यस प्रकारको मनमुटाव देखिएपनि खासगरि उपेन्द्र यादव र राजेन्द्र महतोबीचको मनमुटाव गहिरिएर गएको छ । ‘सार्वजनिक कार्यक्रममा एक अर्काको विरोध नगरेपनि पार्टीको आन्तरिक बैठकमा एक अर्काको कडा विरोध गरिरहेका हुन्छन् ।’ ...... ‘मधेशमा सांगठनिक रुपमा उपस्थिति देखाउनका लागि यी दुई नेताबीच टक्कर नै चलेको छ । पहिलो मधेश आन्दोलनबाट ‘मसिहा’ को पदवी पाएका उपेन्द्र यादव यसपटकको आन्दोलनमा त्यस्तो कुनै जस नपाउने ठाँउमा पुगेका छन् । बरु यसपटक उपेन्द्रको सट्टा राजेन्द्रको नै बढी चर्चा सुनिन्छ । राजेन्द्र महतो गल्ति गरुन या सही त्यो आफ्नै ठाउँमा छ तर आन्दोलनकारीको दुखसुखमा हरहमेशा साथ दिइरनु भएको छ ।’ ..... हुनत राजेन्द्र महतो पनि आन्दोलनको नाममा पार्टीको संगठन विस्तारमा लागेका छन् । उनले जहाँ जहाँ पुगेपनि पार्टी प्रवेश गराउने कार्यक्रम आयोजना गरेका हुनछन् । ‘राजेन्द्रले जताततै सदस्यता वितरण गरेर पार्टी प्रवेश गराउने काम गरेका छन, त्यसमा उपेन्द्रको कडा आपत्ति छ ।’ मोर्चाको बैठकमा सहभागि भइरहने एक नेताले रातोपाटीसँग भने, ‘उहाँले मोर्चाको बैठकमा नै राजेन्द्रको क्रियाक्रलापके विरोध गर्नुहुन्छ । आन्दोलन हो कि पार्टी निर्माण अभियान ? भनेर प्रश्न उठाउनुहुन्छ ।’ ....... तमलोपाका अध्यक्ष महन्थ ठाकुर मोर्चाको आन्तरिक बैठकमा सरकारको प्रस्तावप्रति सकारात्मक देखिएको छन् । ‘छलफल गरेर अगाडि बढ्नु पर्ने सुझाव उनको हुन्छ तर राजेन्द्र महतोको तर्फबाट सो पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कुनै पनि हालतमा यो अवस्थामा सहमति गर्नु हुँदैन भनि अडान लिन्छन् । त्यो अडान कर्णको नभएर राजेन्द्र महतोको हुन्छ ।’ मोर्चाका एक नेताले भने, ‘व्यक्तिगत रुपमा चाहिँ राजेन्द्रभन्दा कर्णको धारणा अलि नरम छ ।’ ....... सरकारको प्रस्तावमा उपेन्द्र यादव मध्यमार्गी अवस्थामा देखिएका छन् । मोर्चाका एक नेताले भने, ‘उपेन्द्र यादव लचिलो भएपनि उनी दाउको पर्खाईमा रहेका छन् । आफ्नो दल तथा संगठन अनुकुल हुने वित्तिकै जेलाई पनि समर्थन गरेर अगाडि बढ्ने दउामा छन् । उनी यो बेलमा सहमति गरेर सबैलाई जस दिने पक्षमा छैनन् ।’ ...... यता राजेन्द्र आफूले नै आन्दोलन गरेको र मधेशका जनता सबै आफ्नै पक्षमा रहेको मनोविज्ञानमा छन् । ‘उनी आन्दोलनको मसिहा बन्ने दाउमा छन् । यो आन्दोलनलाई जति लम्बाईए त्यति नै फाइदा हुने बुझेर राजेन्द्रले सहमतिको कुरा सुन्न नै मानेका छैनन् ।’ ......

मोर्चाभित्र विवाद छ भने कुरा कुनै पनि नेताले स्वीकार गर्दैनन् । ‘आन्दोलन एक मात्र एक लक्ष्य हो । चारैजनाको एउटै विचार भएर आन्दोलन अगाडि बढेको छ ।’ तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भन्छन् । ‘यदि कुनै प्रकारको विवाद भएको भए यति लामो आन्दोलन चल्ने थिएन ।’

..... ‘आन्दोलनको मुल एजेण्डा र मुद्दामा चारै अध्यक्षको एक मत छ’ उनले भने, ‘फरक–फरक स्कूलिङबाट मधेश आन्दोलनमा आएका कारण विचार विमर्श गर्दा केही कुरा बाँझ्न सक्छ, नमिल्न सक्छ तर विवादै भनेर केही पनि छैन ।’


गोयबल्सको संज्ञा दिँदै प्रचण्डलाई बाबुरामका ९ गम्भिर प्रश्न
बाहिर ‘माओवाद’ को नाउँ जमेर भित्र ‘खाओवाद’ को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभाव ..... गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्यो? आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद हो?अहिले पनि तपाइँ पुन: प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ? ....... ‘कागले आफ्नो नाम आफै काड्छ’ ..... त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन? हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ? तपाईं प्र म बन्नकोनिम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन? चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैन? ...... मार्क्सवाद-लेनिनवाद-माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई ‘जडसूत्रिय-अवसरवाद’ ( dogmato-opportunism) नभने के भन्ने? ......

‘नयाँ शक्ति अभियान’ यो फोहरको दलदलमा फसेको समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो

No comments: