Sunday, December 27, 2015

In The News (58)



मधेस अलग राष्ट्र हो, सबै मापदण्ड पुगेको छः महन्थ ठाकुर
महन्थ ठाकुरले मधेस अलग राष्ट्र भएको दाबी गरेका छन् । एउटा देशमा विभिन्न राष्ट्र हुने भन्दै उनले नेपाल बहुराष्ट्रिय देश भएको बताए । .... ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ’ उनले भने- त्यसैले हामीले मधेस अलगै राष्ट्र छ ।’ ..... ‘एउटा देशमा विभिन्न राष्ट्र हुन सक्छ, हामीले नेपाललाई बहुराष्ट्रिय देश भन्दै आएका छौं ।’




लालु यादव नेतृत्वको आरजेडी उपाध्यक्ष सिंह भन्छन्: मधेस आन्दोलनलाई पूर्णरुपले सहयोग गर्छौं
महोत्तरीको मटिहानीसँग जोडिएको भारतीय बजार मधवापुरमा आयोजित नेपाल भारत मैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दैलालु प्रसाद यादव नेतृत्वको भारतीय राष्ट्रिय जनता दल (आरजेडी)का राष्ट्रिय उपाध्यक्ष एवं नेपाल भारत मैत्री यात्राका संयोजक डा.रघुवंश प्रसाद सिंहले मधेश आन्दोलनलाई सहयोग गर्न पुर्ण रुपले तयार रहेको बताएका हुन्। ..... नेता सिंहले नेपालको मधेशमा विगत ४ महिना बढीदेखि जारी आन्दोलनले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रलाई धराशायी बनाएको ठहर गर्दै दुवै देशका सरकारलाई दबाब दिने बताएका हुन्। .... उनले भारत र नेपालको सधैंभरि बेटीरोटीको सम्बन्ध रहको तर केही नेताहरुले जानीजानी तराई मधेशमा बस्ने लाखौँ भारतीय चेलीलाई नागरिकता र देशको संवैधानिक अंगबाट बञ्चित गरेर सम्बन्ध बिगार्न खोजेकोले चुप नबस्ने र हाम्रो आफ्नै चेलीबेटीका लागि पनि हामी दुवै देशको सरकारलाई चाँडो भन्दा चाँडो मधेश आन्दोलनलाई सम्बोधन गर्न बाध्य पार्ने बताए। .....

मधेसदेखि काठमाडौंसम्म पैदल मार्च गरेर नेपाल सरकारलाई मधेशीको माग पूरा गराउन यात्रा गर्ने बताए।

..... उनले नेपाल भारत सिमाको १८ सय किलो मिटर बङ्गालदेखि उत्तराखण्डसम्म मधेश आन्दोलनलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह समेत गरे। .... उनले केन्द्र सरकार, विपक्षी दलका नेता, विभिन्न प्रमुख दलका नेताहरु, बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका सरकारलाई जारी मधेश आन्दोलनलाई सहयोग गरी नेपालका मधेशी जनताको अधिकार सुनिश्चित गर्न आग्रह समेत गरे। पछिल्लो निर्वाचनपछि बिहारमा लालु प्रसाद यादवको आरजेडी र नितिस कुमारको जनता दल युनाइटेडको गठबन्धनले सरकार चलाइरहेको छ। नाकाबन्दी खुलाउन नितिशकुमार नेतृत्वको सरकारले भूमिका निर्वाह गर्ने अपेक्षा नेपालमा भइरहँदा बिहारको सत्तासाझेदार दलका एक प्रमुख नेता सिंहले यस्तो अभिव्यक्ति दिएका हुन्। ...... कार्यक्रममा नेपालका तर्फबाट पूर्व कृषि मन्त्री हरि नारायण यादव, पूर्व सूचना तथा संचार राज्यमन्त्री सुरिता साह र महोत्तरीबाट विभिन्न मधेशवादी दलका केन्द्रीय तथा जिल्ला स्तरीय दुई दर्जन भन्दा बढी नेताहरुको सहभागिता रहेको थियो।


को नेपाली ? [“गणतन्त्रको संघर्ष : नेपालको समकालीन इतिहास” पुस्तक अंश]
म काठमाडौंको मोडर्न इन्डियन स्कुलमा पढ्थें जहाँ मेरी आमा अङ्ग्रेजी पढाउनुहुन्थ्यो ...... कक्षाकोठा र बाहिर हामी धेरैजसो हिन्दी बोल्थ्यौं । हामीले पढ्ने धेरै विषयमा भारतसँग सम्बन्धित सामग्री हुन्थे भने हाम्रो कुराकानीमा पनि धेरैजसो भारत नै आउने गथ्र्यो । महात्मा गान्धी र पञ्चतन्त्र, द जङ्गल बुक र दूरदर्शनमा आउने महाभारत सिरियल । १५ अगस्ट नै स्वतन्त्रता दिवस भएर आउँथ्यो र नोभेम्बर १४ हाम्रा लागि बाल दिवस थियो । विद्यालयमा बिहान गाइने भजन प्रायः पुराना भारतीय भजन हुने गर्थे । कक्षाका धेरैजसो साथी मारवाडी र सिख समुदायका थिए । त्यसैकारण, नेपाली समुदायमा सुनिने थरभन्दा बढी म भारतीय मूलका जातिबारे जानकार भएँ । विद्यालय र घरको भाषिक र सांस्कृतिक वातावरण उस्तै भएकाले मलाई सहज भयो । ...... मेरा बाआमा एकआपसमा र मसँग अङ्ग्रेजी र हिन्दीमा कुराकानी गर्नुहुन्थ्यो । मेरो भाइसँग म मैथिलीमा बोल्थें । मेरो हजुरबुबा, जसलाई हामी टाटा भन्थ्यौं, हरेक साँझ हामीसँग खेल्दै उहाँ रेडियोमा नेपाली र हिन्दी समाचार सुन्नुहुन्थ्यो । खेलकुद भन्नु नै क्रिकेट थियो भने हरेक शनिबार दिउँसो टेलिभिजनमा हिन्दी सिनेमा हेरिन्थ्यो । पटनाबाट बुवा अर्थात फुपूहरु हरेक बर्खे बिदामा हामीकहाँ आउनुहुन्थ्यो भने हरेक डिसेम्बर अर्थात हिउँदे बिदामा हामी हाम्रा मौसीहरुलाई भेट्न दिल्ली जान्थ्यौं । कहिलेकाहीँ आठ घन्टा गाडी चढेर हामी आफन्त भेट्न राजविराजसम्म पुग्थ्यौं । दक्षिण नेपालमा पर्ने राजविराज हाम्रो घर भएको हामीलाई बताइएको थियो । ....... केही अस्वाभाविक क्षण पनि आए । हामी नयाँसडक जाँदा वा बाले हामीलाई कतै बाहिर खाना खान लैजाँदा, कसैले हिन्दी बोल्यो कि उसलाई चुप लाग्न भनिन्थ्यो । अरुका सामुन्ने हामीले आफूलाई सबभन्दा सहज लाग्ने भाषा बोल्नु र हामी आफू जस्तो छौं, त्यस्तै प्रस्तुत हुन खोज्नुमा केही समस्या छ भन्ने मेरो मस्तिष्कमा अमिट छाप बनेर रह्यो । ...... त्यस विद्यालयको पहिलो दिन नै मलाई अचम्भित बनाउन काफी भयो । हामी साझा मेसमा खाना खाँदै थियौं । मैले कक्षाकोठामा बिहानै देखेको, तर बोल्ने मौका नपाएका मेरा दुई सहपाठी मेरो अघिल्तिर प्लेट लिएर उभिए । एकजनाले मेरो ठेगाना सोध्यो । ..... मैले भनें— ‘काठमान्डु ।’ ..... उसले भन्यो— ‘झा पनि काठमान्डुको हुन्छ र ! यो त इन्डियन हो ।’ ...... अर्कोले तुरून्त जवाफ दियो— ‘एउटा अर्को धोती आइपुगेछ । अब माडेले साथी पाउने भयो । हाहा… !’ ..... म फिस्स हाँसें । मलाई धोती र माडे भन्ने शब्दको अर्थ थाहा थिएन । त्यसैले चुपचाप खाना खाइरहें ...... अरु साधारण मानिससँग अर्थात ‘खास नेपाली’सँग भेट्दा हामी छुट्टै हुनुका कारणले भाग्नुपर्ने कुरा आफैमा महत्वपूर्ण थियो । ...... मेरो खराब नेपाली लुकाउन सकिनँ । तर, अङ्ग्रेजी मात्रै बोल्न पाइने विद्यालयको कडा नियमले मलाई केही मात्रामा होलो नै बनाइदियो । बरारिया, अग्रवाल, मिश्रा, चौधरीजस्ता भारतीय सुनिने थर भएकाहरुसँग संगत बढाउन थालें । .....

हरेक दसैंमा हामी शाकाहारी बन्थ्यौं, उनीहरु मासु खाएर बस्थे ।

दसैंको अन्तमा आफूभन्दा ठूलाले टीका लाउनु क्यालेन्डरमा ठूलो घटनाका रुपमा अङ्कित रहन्थ्यो । हामीलाई त्यस्तो केही थाहा हुँदैनथ्यो । ..... काठमाडौंका विद्यालयभन्दा दिल्लीमा हुँदा नै बढ्ता घरमा भएको महसुस हुन्थ्यो । कारण, काठमाडौंका विद्यालयका कक्षा कोठाहरुमा मैले आफूलाई अरु सहपाठी जत्तिकै असली ‘नेपाली’ भएको नाटक गर्नुपर्थ्यो । ....... दिल्लीको सरदार पटेल विद्यालयमा मेरा सहपाठीले मसमक्ष राखेको पहिलो जिज्ञासा काठमाडौंका साथीहरुले गर्ने प्रश्नभन्दा धेरै फरक थिएन । उनीहरुले भने— ‘तिमी कसरी नेपाली भयौ ? नेपालीजस्तो त देखिँदैनौ ।’ अथवा ‘कि तिमी बहादुर हौ ? हाम्रो घरमा चौकिदार बस्ने एक जना नेपाली छन् ।’ ..... उता नेपालीजस्तो देखिनु भनेको थेप्चो नाक र अलिकति चिम्सा आँखा हुनु हो । ...... म त धेरै कुरामा सम्पन्न थिएँ । म उच्च मध्यम र उच्च जातीय परिवारमा जन्मेको थिएँ । ..... तर, ठ्याक्कै तिनै कारणले नेपालका लाखौं मानिस आफ्ना अधिकारबाट वञ्चित छन् भने राज्यका शक्तिमा उनीहरुको कुनै पहुँच छैन । संरचनागत विभेदका कारण धेरै सुविधाबाट वञ्चित भएर बाँच्नुपरेको त छँदैछ, आफू नेपाली भएको प्रमाण पेस गर्नु पनि उनीहरुको दिनचर्या बनेको छ । ..... म र ती मानिसहरु नेपालका मधेसी हौं ।

No comments: