Sunday, December 27, 2015

In The News (56)



सशस्त्रका तीन पूर्वप्रहरी प्रमुख अख्तियारको छानबिनमा
वली, बस्नेत र श्रेष्ठ १० करोड धरौटीमा छुटे
एक जनाबाहेक लोकतन्त्र बहालीपछि सशस्त्र प्रहरीको नेतृत्व गरेका सबै प्रमुख भ्रष्टाचारको छानबिनमा
१४ दिनका लागि सशस्त्र प्रहरी प्रमुख बनेका किशोर रानाबाहेक लोकतन्त्र बहालीपछिका सबै सशस्त्र प्रहरी प्रमुख भ्रष्टाचार अभियोगमा परेका हुन् । सशस्त्र प्रहरीको कामु प्रमुखमा एक साताअघि दुर्जकुमार राई नियुक्त भएका छन् । ..... सशस्त्रका तीन पूर्वप्रमुखहरूमाथिको छानबिनका आधार पनि ढुवानी र त्यस शीर्षकमा तयार नक्कली बिल नै हो । ..... उनको कार्यकालमा करिब एक करोडको हाराहारीमा नक्कली बिल बनेको हुन सक्ने आशंका छ । ओलीपछि सशस्त्र प्रहरी बलको प्रमुख बनेका सनतकै पालमा सबैभन्दा बढी अनियमितता भएको भेटिएको छ । उनको पालामा पेस भएको करिब

७ करोडभन्दा बढीको नक्कली बिल

भेटिएको अख्तियार टोलीले बिगो अझै बढ्न सक्ने बताएको छ । ...... बस्नेतको कार्यकालमा पेस भएका कतिपय नक्कली बिलहरू बागबजारको सामान्य छापाखानामा तयार गरेर पेस भएको समेत भेटिएको छ । ‘केन्द्रबाट किनेर युनिटमा सामान ढुवानी गरेको भनी बिल पेस भएको छ,’ स्रोतले भन्यो, ‘युनिटमा गएर हेर्दा त्यसको कुनै नामनिसाना भेटिएको छैन ।’
दुई मन्त्रालय थप्दा तीन अर्ब व्ययभार



कांग्रेस नेतृत्व कोइराला परिवारमै !
‘मैले जसरी तिमीलाई कार्यवाहक सभापति दिएर नेतृत्वमा ल्याएँ, त्यसैगरी सुजातालाई कार्यवाहक दिएर मात्रै तिमीले छाड्नू’ जीवनको अन्तिम क्षणतिर गिरिजाप्रसाद कोइरालाले सुशीललाई भनेका थिए ।..... संस्थापन पक्षका कतिपय नेताहरू कोइराला परिवारको सबभन्दा कमजोर नेतृत्व नै सुशीलकै कार्यकाललाई ठान्छन् र भन्छन्, ‘अब परम्परागत शैलीबाट पार्टी चल्दैन, त्यसैले सुशीलको समय अब समाप्त भयो ।’ ..... पाँच वर्षसम्म केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, महत्त्वपूर्ण कार्यसम्पादन समिति नबनाई विधानमै व्यवस्था नभएको पदाधिकारी बैठक संस्थागत गरेको, भ्रातृसंस्था विघटन गरी अधिवेशन गर्न नसकेको, पार्टीका ४२ विभाग क्रियाशील बनाउन नसकेको जस्ता आरोप कोइरालामाथि लागिरहेका छन् । तर, कोइराला परिवारमै नेतृत्व ल्याउन चाहने समूहले यी आरोपको खण्डन गर्छन् ।...... दोस्रो संविधानसभामा कांग्रेसलाई ठूलो पार्टी बनाएको र सुशीलकै नेतृत्वमा संविधान जारी भएको घटनालाई उनीहरू ऐतिहासिक भन्छन् । ...... गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउने चाहना राखेका थिए । उनले पार्टीभित्रका वरिष्ठहरू पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए ..... ‘सुशीलमा सुजाताप्रति भन्दा बीपी–पुत्र शशांकप्रति बढी लगाव र प्रेम छ । उनी सुजातालाई होइन, शशांकलाई कार्यवाहक दिएर नेतृत्वमा स्थापित गर्न चाहन्छन् ।’ ..... महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुनरसिंह केसीहरूमा आफूहरूभन्दा अघि शशांक नेतृत्वमा आउने भय छ ..... आफ्नो स्वार्थविपरीत सुझाव दिनेलाई सुशीलले टाढा राख्न थालेका छन् .....

सुशील पार्टी नेतृत्व कोइराला परिवारमै राख्नका लागि जस्तो जोखिम पनि मोल्न तयार छन् ।

........ ‘रामचन्द्र दाइलाई वेटिङ प्रधानमन्त्री र कार्यवाहक सभापति दिने गरी मिलाउन सकिने ठाउँ छ ।’ ........ स्थापनाकालमा बीपीले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यवाहक सभापति भएका थिए । त्यसपछि सुवर्णशमशेर जबरा र कृष्णप्रसाद भट्टराईको कार्यकालबाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । ...... देउवा कोइराला परिवारबाट आफ्नो नेतृत्वमा पार्टीको बागडोर ल्याउन १३ औं महाधिवेशनलाई अन्तिम लडाइँ मान्दै तयारीमा जुटेका छन् ..... पौडेलको राजनीतिक ‘स्कुलिङ’ कृष्णप्रसाद भट्टराईको हो । देउवाको ‘स्कुलिङ’ गिरिजाप्रसादको हो । पछिल्लो कालखण्डमा पौडेल गिरिजाप्रसादतिर भए । देउवा कृष्णप्रसादतिर । गिरिजाप्रसादले ०५७ मा भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएपछि शेरबहादुर भट्टराईको विरासत थाम्न पुगे । ...... तीन जनापछि नेतृत्वका लागि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि अग्रपंक्तिमा छन् । ..... देउवा पक्षमा रहेका निधि महेन्द्रनारायण निधिको विरासतबाट राजनीतिमा उदाएका हुन् । उनको दाबी पनि महामन्त्रीमै देखिन्छ । ......

गिरिजाप्रसादपछि तीन नेताले जेनतेन चलाए । यी पछिको पुस्ता झनै अयोग्य देखियो ।

....... दोस्रो पुस्ताका नेताहरूमा लडेरभन्दा पदाधिकारीबाट पदोन्नति हुँदै नेतृत्वमा पुग्ने चाहना बढी देखिन्छ । नेतृत्वका लागि सभापति उठ्ने चर्चा पदाधिकारीमा पदोन्नतिका लागि बार्गेनिङ ‘टुल्स’ बन्ने गरेको छ । ...... पार्टीमा कृष्णप्रसाद र गिरिजाप्रसादको दबदबा छँदै शेरबहादुरले ५१ वर्षकै उमेरमा आफ्नो पुस्तमा नेतृत्व स्थान्तरण गर्ने आँट देखाएका थिए । ..... त्यतिको आँट पनि दोस्रो पुस्ताका नेताहरूले देखाउन नसकेको


जनकपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप, १० सेल अश्रुग्यास प्रहार
भैंसीलाई ज्ञापन पत्र बुझाइयो
आन्दोलनकारीले आज जनकपुरमा जान लागेका वैद्य माओवादीका नेता देव गुरुङलाई जनकपुर प्रवेशमा रोक लगाउने भन्दै आन्दोलन चर्काएका हुन् ..... यस्तै संघीय समावेशी मधेसी गठबन्धले आज जनकपुरमै भैंसी जुलस निकालेको छ । जनकचोकबाट सुरु भएको उक्त र्‍याली जनक चोकमै आएर सम्पन्न भएको थियो । ...... गठबन्धनले भैंसीलाई सरकारको प्रतिकको रुपमा व्याख्या गर्दै अहिलेको सरकार भैसी जस्तो भएको बताएको छ । 'भैंसी र सरकार एउटै हो । भनेको कुरा नबुझ्ने, आन्दोलनको स्वर नसुन्ने सरकार भैसी जस्तै हो,' एक आन्दोलनकारीले भने । ......उनीहरुले भैंसीलाई नै आफ्ना ९ सुत्रीय मागपत्र समेत बुझाएका छन् । ....... वीरगन्जमा पनि मधेसी गठबन्धनले भैंसी जुलुस निकालेको छ ।
‘मधेसको माग सम्बोधन गर्न अधिक लचकता आवश्यक’
प्रधानमन्त्री–दाहाल भेट
ओलीले आइतबारै फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायसँग पनि कुराकानी गरेका छन् ।


महतोमाथि भएको प्रहरी दमनको मोर्चाद्वारा विरोध
मोर्चाले कैलाली, बाँके, धनुषा, सर्लाही, रौतहट, मोरङ, पर्सा लगायत विभिन्न जिल्लाहरुमा सरकारले राज्य आतंक फैलाई जातीय नरसंहार, हिंसा, हत्या, धरपकड र झूठा मुद्दा लगाएको बताएको छ ।


महतोमाथि भएको आक्रमणको विरोधमा सप्तरीको विभिन्न ठाउँमा प्रदर्शन, बजार पनि बन्द



संविधान कार्यान्वयनमा राष्ट्रिय एकताको विकल्प छैन : दाहाल
संक्रमणकाल सैद्धान्तिक रूपमा लम्बिएको देखिए पनि टुंगिएकै हो । संविधानसभाबाट संविधान बनिसकेपछि १२ बुँदे समझदारीको मूल ‘मिसन’ पूरा भएको छ । त्यसैले संविधान बन्नुअघिको र बनिसकेपछिको स्थितिलाई एउटै ढंगले बुझ्नु हुँदैन । ...... यी संविधान घोषणापछि देखापरेका समस्या हुन् । संविधान संशोधन गरेपछि तिनको समाधान हुन्छ । त्यस अर्थमा संक्रमणकाल अब समाप्त भएको छ । ...... मानिसहरूको बीचमा यो एउटा तर्क आउने गरेको छ– केही समय रोकेर भएपनि सबैलाई समेटिनुपथ्र्यो भन्ने कुरा । हामी आठ वर्ष रोकिएकै हो । .... पहिलो सभाबाट किन संविधान बनेन भन्नेमा मलाई लाग्छ– एकथरी शक्ति र तत्त्वलाई सभाबाट कुनै हालतमा संविधान बनाउन नदिनु थियो । अहिले पनि ती तत्वको चाहना नेपालमा सभाबाट संविधान नबनोस् भन्ने नै थियो । यदि कसैले यो ऐतिहासिक तथ्य, यो तीतो यथार्थ बुझीबुझी पनि संविधानसभाको प्रक्रिया रोक्नु भनेको यो देशलाई दुर्घटना र झन् ठूलो शून्यतामा लैजानु मात्रै हुन्थ्यो । मलाई गहिरो गरी यो विश्वास छ । ........

मैले बडो नजिकबाट हेरेको छु– कुन शक्तिले संविधान बिलकुल बन्न दिन नचाहेको हो ।

त्यही चित्र फेरि दोहोरिएको आफ्नो आँखा अगाडि छयाङ्गै देखिसकेपछि (संविधानसभा) केही दिन रोक्ने भन्ने तर्क मानिसको आँखामा छारो हाल्नका लागि त हुन सक्छ, तर मेरो बुझाइ, अनुभव र ऐतिहासिक सत्य के हो भने त्यसरी जाँदा संविधान बन्दैनथ्यो । ..... हाम्रो मिसन र १२ बुँदे सहमतिको ‘क्रक्स अफ् द म्याटर’ भनेको त संविधानसभाबाट संविधान बनाउने भन्ने थियो । त्यो असफल भएको भए यो सम्पूर्ण राजनीतिक परिवर्तनको प्रक्रिया असफल हुन्थ्यो । देश झन् ठूलो द्वन्द्व र अन्धकारतिर जान्थ्यो । अहिले देश बचेको छ । अब तराई–मधेसमा जुन आन्दोलनको स्थिति छ, संविधान संशोधनबाट सजिलै समाधान गर्न सकिन्छ । तर संविधान बनाउन रोकेर मधेसको सम्बोधन गर्न खोजेको भए कुनै हालतमा पनि सम्भव हुँदैनथ्यो । ...... मैले छिट्टै समाधान हुने देखिरहेको छु । ..... सीमांकन मुख्य विषय बनेर आएको छ । त्यसमा पनि हाम्रो दलको तर्फबाट त मेरो कुरा अहिल्यै परिमार्जन गरेर टुंग्याऊँ भन्ने छ । तर एमाओवादी एक्लैले भनेर हुने स्थिति छैन, संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि कांग्रेस, एमाले, एमाओवादी कम्तीमा मिल्नैपर्छ ।....... कांग्रेसले राष्ट्रपति लिओस्, एमालेले प्रधानमन्त्री पाउने कुरा भएकै थियो । बरु हामीलाई केही चाहिएन, तर संविधान बनाउन र कार्यान्वयन गर्न राष्ट्रिय एकता आवश्यक छ भन्नेमा हामी थियौं । ...... अब संशोधन गर्नुपर्ने, कार्यान्वयनका लागि आवश्यक सयौं ऐन बनाउनुपर्ने छ । पुराना ऐन बदल्नुपर्ने छ । .....

तर उहाँहरूले जसरी (पुन:निर्माण) प्राधिकरण विधेयक पारित गराउन घुमाउरो तरिकाले सहयोग पुर्‍याउनुभयो, संशोधनको भाषा उहाँहरूकै सहमतिमा परिमार्जन भयो भने उहाँहरूले फेरि त्यसरी नै अघि बढ्न दिनुहुन्छ भन्ने मलाई लाग्छ ।

..... मोर्चाले आन्दोलन रोक्यौं नभने पनि आन्दोलनको रूपमा ठूलो परिवर्तन आउने सम्भावना म देख्छु । त्यसो गर्दा जनताका दैनिक क्रियाकलापमा बाधा पर्दैन । अब सभा, कोणसभा गर्ने त उहाँहरूको चुनावसम्मै चलिरहला । तर मोर्चाका नेताहरूको भित्र के देखिन्छ भने यत्तिकैमा सम्झौता गरे चुनावमा समर्थन नमिल्ला । त्यसैले ‘आन्दोलन जारी छ, जारी छ’ भन्दै चुनावसम्म जाने रणनीति मोर्चाको भएको बुझिन्छ । त्यसैले कम्तीमा आन्दोलनको स्वरूप बदलियो, सबै नाका खुले भने आन्दोलन जारी छ भन्ने मोर्चाको भाषालाई सामान्य रूपमा नै लिनुपर्छ । किनभने त्यसले जनतालाई उति अप्ठेरो हुँदैन । ......

दुई दर्जनभन्दा बढी वार्ता भइसके ।

...... नेपालमा अहिलेसम्म इतिहासमै नबनेको अग्रगामी, समावेशी, समानुपातिक, संघीयतासहितको गणतन्त्रात्मक संविधान बनेको छ । यो पहिलो संविधान हो यस्तो । ..... ‘पर्सेप्सन’ भन्ने कुरा ठूलो रहेछ । हामीले केही पाइएन भन्ने धारणा त्यहाँ परेको छ । यो धारणा गएको गयै गर्‍यो । त्यसले गर्दा जनतालाई वास्तविकता के हो भनी बोध गराउनु पनि अब चुनौतीजस्तै देखिएको छ । यो संविधानमा यति छ, यति छैन भनी मधेसका जनताले थाहा पाउँदा यो स्तरको आन्दोलन हुँदैनथ्यो भन्ने लाग्छ ....... यो किन यति ठूलो ‘स्केल’ मा भयो भन्ने कुरा जनताले बुझेका छन् । बरु विद्वान्हरूलाई बुझ्न गाह्रोजस्तो देखिएको होला, ठूल्ठूला पत्रकारलाई बुझ्न गाह्रो पनि देखिएको होला (हाँसो), तर जनताले बुझेका छन् । म भन्छु– संविधान रोक्न जुन शक्ति र प्रवृत्तिले जबरजस्ती बल, प्रयत्न गरेको थियो, हामीले मानेनौं । त्यसैले यो समस्या यति लम्बिएको हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् । ...... जुन बेला हामीले यी मुद्दा उठायौं, पहाड–मधेस, साम्प्रदायिक कुरा कहीँ आएन । बाहुनक्षत्री र जनजाति भन्ने पनि आएन । सबैको बीचमा बलियो राष्ट्रिय एकताको भावना आयो । जब यी मुद्दालाई विभिन्न रूपमा दलाल पुँजीपतिहरूले, नोकरशाहले हाम्रो हातबाट खोसेर लैजान थाले, उनीहरूको हातमा गइसकेपछि यो देशै के हुने हो भन्ने खालको धारणा बन्न गयो । ...... हामी जसलाई यथास्थितिवादी पार्टी भन्छौं, भलै हामी त्यस्ता कैयौंसँग सरकारमा सँगै छौं, त्यस्ता पार्टी र प्रतिपक्षमा रहेका समेतहरू यथास्थितिवादी नै हुन् । उहाँहरूले मधेसका जनताको समस्याको चुरो कि त बुझ्नुभएको छैन, कि त बुझ्न चाहनुभएको छैन .....

त्यहाँ स्वतन्त्र मधेस भन्ने टाइपका अलगाववादी तत्त्व पनि छन् । मधेसी जनताको हित, अधिकारका बाधक तिनीहरू हुन् । हेर्दा मात्रै बडो मधेसको पक्षमा देखिएका हुन् । वास्तवमा ती अतिवादी र आत्मघाती हुन् ।

..... सुगौली सन्धि अघिपछिको सम्बन्ध, अंग्रेज बस्दा र जाँदाको सम्बन्ध, २००७, ०१७ र ०४६ सालअघि र पछिको सम्बन्ध, अनि अहिले संविधान बन्नुअघि र पछिको सम्बन्ध– सबैका आ–आफ्नै विशेषता र मौलिकता छन् । .....

अहिलेकै समस्याबारे भन्दा– भारतले आधिकारिक रूपमा नाकाबन्दी गरेको स्वीकार गरेको छैन । तर आम जनता, नेपाल सरकार र हामी राजनीतिक दलहरूलाई भारतले अघोषित भन्दाभन्दै नाकाबन्दी नै लगाएकै हो भन्ने परेको छ ।

..... अत्यधिक बहुमतले संविधान नै पारित भइसकेको थियो, केवल घोषणा गर्न बाँकी थियो । त्यस्तो बेलामा भारत सरकारको तर्फबाट प्रतिनिधिहरू आएर ‘रोक’ भनेर जसरी भने, समस्याको चुरो त्यहींनेर छ । यसलाई के मानसिकता भनेर बुझ्ने ? ‘रोक, रोकेनौ भने परिणाम राम्रो हुँदैन’ भन्ने मानसिकता के हो ? यो धेरै महत्त्वपूर्ण छ । ..... केही दिनभित्रै सहज हुने वातावरण बन्छ भनेरै म लागिरहेको छु ....... हालै केन्द्रीय समिति बैठकमा एकजना जिम्मेवार कमरेडले भन्नुभयो,

‘यदि वैद्यजी विभाजित नभएको भए नेपालमा संविधान बन्दैनथ्यो । बाबुरामले नछाडेको भए पार्टी बन्दैनथ्यो ।’

बाबुरामजीको कामै पार्टीभित्र कचिंगल पैदा गर्ने, जहिल्यै एउटा–एउटा समस्या ल्याएर अप्ठेरो पार्ने हो भन्ने उहाँको भनाइ थियो । ..... मलाई त लाग्छ– वैद्यजी फेरि एकतामा आउनुपर्छ, बाबुरामजी फर्कनुपर्छ । झन्डै ३० वर्षदेखि एउटै कमिटीमा बसेका साथी जाँदा कहिलेकाहीं बडो नमीठो लाग्छ । बडो मार्मिक पनि लाग्छ । तर परिवर्तनको प्रक्रिया भनेको बडो निर्मम हुँदो रहेछ । त्यसलाई स्विकार्नुपर्ने रहेछ । विकल्प हुँदो रहेनछ । ..... संविधान बनाउने बेला अन्तिममा जुनजुन शक्तिले रोक भने, त्यसपछि भने उहाँ पनि रोक्नेमा जानुभयो । अनि घोषणा हुनेबित्तिकै पार्टी परित्याग गर्नुभयो । त्यसकारण भन्छन् नि– ‘थिङ्स आर नट् ह्वाट दे सिम् ।’
कुन बलिउड स्टारको पारिश्रमिक कति ?
महतोको स्वास्थ्यमा सुधार

No comments: