In The News (55)

बहस: महेन्द्रको स्थायी उपहार- धोती
महेन्द्रले मधेसीसहित सबै समुदायका कुलीनलाई पञ्चायतमा स्थान दिएका थिए
महेन्द्रले सत्ता हातमा लिएपछि पक्राउ छलेर भारत पुग्न सफल नेपाली काङ्ग्रेसका विद्रोही नेताहरुलाई भारतले सहयोग गर्‍यो । भारतले अराष्ट्रिय तत्वहरुलाई प्रयोग गरेर आफूलाई कमजोर बनाउँदै सत्ताबाट हटाउने प्रयत्न गरिरहेको हरदम अनुभूत गरिरहन्थे महेन्द्र भनेर उनका वरपर रहने मानिसहरु सम्झन्छन् । पञ्चायत शासनभरि नेपाली काङ्ग्रेसका नेता र समर्थकलाई राज्यले अराष्ट्रिय तत्व (अत) भन्यो । ....... राजा महेन्द्र पूरै चीनतिर नलहसिए पनि उनलाई चिढ्याउनु भारतका लागि ठूलो खतरा हुन्थ्यो । त्यही खतरा न्यूनीकरण गर्न भारतले निर्वासनमा रहेका नेपाली प्रजातन्त्रवादी अभियन्तालाई सहयोग गर्न छोड्यो । काङ्ग्रेसको एक तप्का जो भारतलाई आधार बनाएर नेपाली राज्यविरूद्ध हतियारबद्ध विद्रोह गर्न चाहन्थ्यो, उनीहरुको योजना तुहियो । ...... तराई नेपाली काङ्ग्रेसको बलियो पकड भएको क्षेत्र थियो र पहिले पनि लोकतान्त्रिक सङ्घर्षको रणमैदान बनेको ठाउँ तराई नै थियो । प्रजातान्त्रिक अभियन्ता र कार्यकर्ताले आफ्नै तजबिजले वा भारतको इसारामा शासन सत्तालाई अस्थिर बनाउन सक्छन् भन्नेमा ‘शाही राष्ट्रवादी’हरु भयग्रस्त थिए । कूलगत्तै सञ्चालन गरिएको छोटो सशस्त्र विद्रोह तराईमै भएकाले पनि तराईलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा शासकहरु विश्वस्त थिए । ..... कुलीन शासकहरुको मधेसीहरुमाथि कुनै विश्वास नभएकाले पनि तराईमा निगरानी बढाइयो । पहाडेहरुभन्दा अलग आफ्नो सांस्कृतिक पहिचान र भाषा कायम राखेका मधेसीहरु कुलीनहरुका लागि भारतीय मूलका मानिस थिए जो भारतबाट बसाइसराइ गरेर नेपाल पसेका थिए ।उनीहरुको राष्ट्रप्रतिको बफादारीमाथि शङ्का गरिन्थ्यो । मधेस भारतको स्वाभाविक प्रभाव क्षेत्र भएकाले नेपाली सत्तालाई कमजोर बनाउन र ‘मुलुक नै टुक्र्याउन’ पनि यो क्षेत्रलाई भारतले प्रयोग गर्न सक्ने दरबारको शङ्का थियो । ...... सम्भवतः नेपालको आधुनिक इतिहासका सबभन्दा धूर्त राजनीतिक खेलाडी थिए महेन्द्र । उनले राजतन्त्र नै राष्ट्रिय एकताको प्रतीक भएको कथानक तयार पारे । शाहवंशको गौरवशाली इतिहास, साझा भाषा नेपाली, साझा धर्म हिन्दु, र साझा भेषदौरासुरूवालले नै देशलाई एकताको सूत्रमा बाँधेर राख्ने उनको राष्ट्रियतासम्बन्धी कथानकको मजबुन थियो ।

‘असली नेपाली’को यो परिभाषामा बाहुन र क्षेत्री समुदायका मानिस मात्र अटाउन सक्थे ।

..... राष्ट्रिय एकतामा खलल पुर्‍याउन सक्नेमा उनले भारतलाई नै बढी शङ्काको घेरामा राखेका थिए भने भारतीय मूलका मानिसले नेपाललाई खर्लप्पै निल्न सक्ने भनेर पनि असुरक्षित महसुस गरेका थिए । उनको यो डर नै राष्ट्रियताको कथानकमा पनि देख्न सकिन्छ । नेपालमा नागरिकताको प्रमाणपत्र लिन भारतीयभन्दा फरक देखिनुपर्ने सर्त राख्ने उनको निर्णयमा पनि त्यही डर देख्न सकिन्छ ।अरु सबै रङ्गका राष्ट्रवाद जस्तै महेन्द्रीय राष्ट्रवाद आधारभूत रुपमा असमावेशी थियो । राज्य औपचारिक र विधानतः हिन्दु भएकाले मुस्लिम दोस्रो दर्जाका नागरिक थिए । हिन्दु धर्म र त्यसले सिर्जना गर्ने विभेदलाई राज्यले नै औपचारिक मान्यता दिएपछि त्यही धर्मले सिर्जना गरेका विभेदका कारण दलनमा परेका दलितको उत्थान हुन सक्ने कुनै सम्भावना थिएन । ......

थारु, मगर, तामाङ, गुरूङ, नेवार, लिम्बु, राई, र अन्य सबै आदिवासी जनजाति राज्यको मूलधारमा थिएनन् किनभने उनीहरु न हिन्दु थिए, न नेपाली भाषा नै बोल्थे । ... मधेसी पनि असली नेपाली थिएनन् किनभने उनीहरु नेपाली भाषा बोल्दैनथे, धोती लगाउन छाडेका थिएनन्, राजतन्त्रलाई समर्थन गर्लान् भनेर विश्वास गर्न सकिने आधार थिएन, सीमापारिका मान्छेसँग सम्बन्ध भएकाले र सांस्कृतिकसमानता भएकाले उनीहरुमा ‘भारतीय गुण’ बढी थियो ।

...... शाही सत्तालाई नै दिगो बनाउने हेतु लागू गरिएको शिक्षा प्रणालीमा राष्ट्रियताको यही परिभाषा लादिएको थियो ..... पृथ्वीनारायण शाहले गरेको एकीकरणलाई धेरै आदिवासीले सैनिक कारबाही गरेर हडपेका हुन् भन्ने गरेको तथ्यलाई लुकाइयो । साथै, सन् १८१६ को एङ्लो-नेपाल युद्धताका स्वेच्छाचारी ढङ्गलेसीमाङ्कन गर्दा तराई नेपालको भूभाग बनेको तथ्यलाई पनि कहीँ उल्लेख गरिएन । ....... विद्यार्थीहरुलाई सन् १८१६ को युद्धमा नेपाललाई कसरी बेइज्जत गरियो भनेर बताइएन । राणा शासकहरु कसरी ब्रिटिसका सेवक बनेका थिए भन्ने तथ्य उजागर गरिएन । जनजाति समुदायबाट लगिएका ‘गोर्खाली लाहुरे’लाई कसरी उपनिवेशवादी सेनाका लागि कुनै सम्मान नभएको भाडाका सैनिक बनाइयो भन्ने पनि कतै लेखिएन । आफ्ना ब्रिटिस स्वामीको रक्षा गर्न नेपाली शासकले १८५७ को सिपाही विद्रोह दबाउन कस्तो भूमिका खेले भन्ने पनि कुनै पाठ्यसामग्रीमा लेखिएन । ....... एउटा मधेसी विद्यार्थीले कक्षा कोठामा उसलाई पढाइने कुनै पनि विषयमा आफूलाई पाउँदैनथ्यो । न शिक्षणका लागि प्रयोग हुने भाषा उसको थियो, न बढाइचढाइ बखान गरिने ऐतिहासिक व्यक्तित्व नै उसको समुदायका थिए, न पहाडे सांस्कृतिक अभ्यास नै उसका थिए । तर, यो सिङ्गोप्रक्रिया उसलाई उसैको आफ्नोपनबाट अलग गराएर, उसैको जरा काटेर, शिक्षामार्फत ‘बढ्ता नेपाली’ वा ‘असली नेपाली’ बनाउने (दुश्) प्रयत्न थियो । ......

त्यसपछि विभेदपूर्ण नागरिकतासम्बन्धी विधेयक ल्याइयो । नेपाली बाबुआमाबाट जन्मेको सन्तान प्रमाणित गर्न त्यस्ता आवश्यकता उल्लेख गरियो जो तराईवासीले जुटाउन लगभग असम्भव हुन्छ । नेपाली भाषा बोल्न जान्नुपर्ने सीमा तोकियो ताकि तराईमा बसोबास गर्ने गैर नेपालीभाषीले सहजै नागरिकताको प्रमाणपत्र लिन नसकून् ।

...... नागरिकताको प्रमाण नहुनु भनेको जग्गाजमिन खरिद गर्न नपाउनु हो । राज्यले दिने सुविधा उपभोग गर्न नपाउनु हो, र राजनीतिमा संलग्न हुन नपाउनु हो । यसरी नागरिकता लिन सबै तराईवासीलाई हम्मे बनाएपछि उनीहरु यी सबै कुराबाट वञ्चित हुने भए । अर्थात अनागरिक हुने भए । जीवनयापन गर्नका लागि उनीहरुसँग अरु कुनै उपाय थिएन । त्यसैले जे भन्यो, त्यो मान्नुपर्ने उनीहरुको बाध्यता थियो । तर, सँगसँगै भारतका दार्जिलिङ, सिक्किम, साथै भुटानबाट आउने नेपालीभाषीलाई भने सहजै नागरिकता दिएर नेपालका पहाड र तराईमा बसोबास गर्न लगाइयो । ...... सन् १९५० देखि खासगरी जङ्गल फाँडिएपछि र औलो उन्मूलन भएपछि मानिस पहाडबाट तराई झर्ने क्रम सुरू भयो । पहाड विकट भएकाले र तराईमा जीवन सहज हुन्छ भन्ने बुझिएकाले यो बसाइसराइ एक हिसाबले स्वाभाविक नै थियो । तर, यसलाई महेन्द्रले योजनाबद्ध ढङ्गले द्रूत बनाए । उनले राज्यको तहबाट नीति नै बनाएर पहाडबाट मधेस बसाइसराइ गर्ने प्रक्रियालाईबढावा दिए । मधेसमा पहाडे जनसङ्ख्या बढी भयो भने स्थानीय राजनीति र अर्थव्यवस्था पहाडेको हातमा हुन्छ भन्ने विश्वासका साथ सो प्रक्रिया अघि बढाइएको थियो ।

उन्नाइसौं र बीसौं शताब्दीमा राणाहरुले आफ्ना भाइ भारदार र कर्मचारीलाई तराईका हजारौं बिगाहा जमिन बाँडेका थिए ।

जग्गा पाउने भाग्यमानी सबै पहाडे नै थिए । गलत भूमिसुधार ऐन र त्यसलाई तौलीतौली लागू गरेर महेन्द्रले पनि भर्खरै पहाडबाट बसाइ सरेका पहाडेलाई जग्गा बाँडे र विद्रोह गर्न सक्ने सम्भावना भएका मधेसी जमिनदारलाई पनि जग्गा थपिदिए । ...... भारत र मधेसीप्रतिको उनको अविश्वास पूर्वपश्चिम राजमार्ग बनाउने उनको योजनाबाट पनि छर्लङ्ग हुन्छ । नेपाल-भारतको सीमाबाट लगभग एक माइल दुरीमा तराईका साना सहर जोड्ने एउटा पुरानो हुलाकी मार्ग थियो । त्यही हुलाकी मार्गलाई ठूलो बनाउनुसाटो नेपाल-भारत सीमाभन्दा धेरैमाइल पर राजमार्ग बनाउने योजना गरियो । यसो गर्दा ठूलो क्षेत्रफलमा हुने जङ्गल फँडानी र त्यसको असरलाई पनि बेवास्ता गरियो । सीमाछेउका मधेसी जनसङ्ख्या बढी भएको क्षेत्रबाट राजमार्ग बनाउँदा भारतलाई नेपालमाथि हैकम जमाउन सजिलो हुन्छ भन्ने नै अघोषित डर थियो । ...... यो नयाँ राजमार्गका छेउछाउमा गरिब पहाडे परिवारको बसोबास गराइयो जहाँ साना सहर र सामान्य आर्थिक गतिविधि सुरू भए । सिरहाको लहान, धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, रौतहटको चन्द्रनिगाहपुर जस्ता ठाउँमाउल्लेख्य मात्रामा पहाडेहरु बसोबास गर्न थाले । त्यसैले यी ठाउँका महत्व पनि बढे र सँगै वैकल्पिक राजनीतिक केन्द्र पनि बन्दै गए । ...... सबै अञ्चल र तराईका जिल्ला पनि पहाडे कर्मचारीले नै चलाएका थिए । यी कर्मचारीले मधेसीलाई सधैं बाहिरिया ठाने । ......

महेन्द्रले मधेसीसहित सबै समुदायका कुलीनलाई पञ्चायती व्यवस्थामा केही स्थान दिएका थिए । राजतन्त्रको वैधता र प्रभुत्वलाई स्विकार्ने र असली नेपाली हुन तयार झा, मिश्रा, वा चौधरी जो भए पनि स्थानीय शक्ति संरचनामा उसको ठाउँ सुरक्षित हुन्थ्यो । साथै, उसको बोलीलाई कानुन मानिन्थ्यो र उसको जमिनदारी पनि कायम रहन्थ्यो । उसलाई राष्ट्रिय पञ्चायतको सदस्यता दिइन्थ्यो वा सरकारी कर्मचारी बनाइन्थ्यो र राज्य नियन्त्रित अर्थ व्यवस्थाबाट लाभ उठाउन सक्ने स्थान दिइन्थ्यो ।

.......... मधेसीसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने व्यापक खाका त स्पष्ट नै थियो । नागरिकताबाट वञ्चित गर र त्यससँगै जोडिएर आउने अधिकार नदेऊ । सङ्गठित प्रोपागान्डामार्फत गैरमधेसीको मस्तिष्कमा उनीहरुको राष्ट्रियताप्रतिको बफादारीमाथि शङ्का भर । उनीहरुले आफ्नो ठान्ने भूमिमा पराई भनेर उनीहरुको आत्मसम्मानलाई ध्वस्त पार । उनीहरुको राजनीतिक अधिकार सीमित होस् भन्ने निर्दिष्ट गर । उनीहरु बाहुल्य क्षेत्रमा पहाडे मूलका कर्मचारीको हातमा सबै अधिकार देऊ । उनीहरुलाई प्रतिनिधित्व नदिई उनीहरुकै स्रोतको दोहन गर । स्थानीय उच्च जातका मधेसी कुलीनलाई आफ्नो मुट्ठीमा राख वा खरिद गर वा दबाब दिएर शान्ति सुव्यवस्था कायम गर्दै सामन्ती संरक्षकको भरमा चल्ने अर्थव्यवस्था जारी राख । र, ‘राष्ट्रिय अखण्डता’माथि आक्रमण गर्न तम्तयार ‘विदेशी हात’को रणनीति औंल्याऊ । ......

यति गर्दा एउटा मधेसीको चित्र तयार हुन्छ । त्यस्तो गरिब मधेसी गाउँलेको चित्र तयार हुन्छ जो टाढाको जिल्ला सदरमुकाममा रहेको सरकारी कार्यालयमा हात जोर्दै पुगेको हुन्छ । र, उसमाथि शासन गर्न पठाइएको उसको भाषा नबुझ्ने पहाडे अधिकृतसँग गमीगमी नेपाली भाषामा वाक्य कथेर नेपाली हुनुको प्रमाण अर्थात नागरिकता पाउन बिलौना गर्दै हुन्छ । केका लागि नेपाली नागरिकता ? त्यस्तो ‘नेपाली’ बन्नका लागि जसलाई हरेक दिन, ‘ओई साले धोती, तँ जहाँबाट आएको त्यहीँ जा’ भन्ने गरिन्छ । नेपालका लागि राजा महेन्द्रले दिएको स्थायी उपहार यही हो ।

राष्ट्रपति जनकपुर जानु गलतः रेग्मी
राष्ट्रको एकताको प्रतिकको रुपमा रहने राष्ट्र प्रमुख जस्तो व्यक्ति विवादित ठाउँमा जानु त्रुटीपूर्ण
राजेन्द्र महतो – द रियल टाईगर : सलिम अंसारी
राजेन्द्र महतो के बढते लोकप्रियता से डरे हुए मोर्चा के अन्य घटक के स्थानीय नेता और कार्यकर्ताओं ने शहर मे दमन के विरोधमे कोई भी ऐसी उपस्थिति नहीं अपनाया और बजार से नाका तक की स्थिति सामान्य होने से मधेसीयों मे निराशाजनक भावना उत्पन्न हो रही है ।
पर्शुराम बस्नेतलाई मधेसी मोर्चाका कार्यकर्ताले लखेटे
राजविराज, १० पुस– पर्शुराम बस्नेतसहित एमाले युवा संघका नेता कार्यकर्तालाई मधेसी मोर्चाका कार्यकर्ताले लखेटेका छन् । ..... युवा संघको भेलामा सहभागी हुन पुगेका बस्नेतको टोलीलाई मोर्चा कार्यकर्ताले लखेटेका हुन् । ...... मोर्चा कार्यकर्ताले शुक्रबार बिहानैदेखि राजविराजका होटल र एमाले कार्यालयमा बस्नेतको खोजी गरेका थिए ।
युवा संघका नेता पर्शुराम वस्नेतमाथि पेट्रोल वम प्रहार
राजविराज । मधेस जागरण तथा संवाद अभियान लिएर मधेस आन्दोलनको केन्द्रभाग सप्तरीको राजविराज पुगेका युवा संघका महासचिव किरण पौडेल र सचिव पर्शुराम बस्नेतमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । .... शुक्रबार सिरहाको भेला सकेर राजविराज पुगेका युवा संघ नेताहरुको बैठक बसेको घरमा समेत मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए । .... मोर्चाका कार्यकर्ताले सप्तरीमा एमाले जिल्ला कार्यालयको बोर्ड तोडफोड गरे पनि झडप भने हुन पाएन । मोर्चा कार्यकर्ताले मधेस विरोधी भन्दै एमाले र युवा संघ नेताहरुको नामै लिएर नाराबाजी गरेका थिए । उनीहरुले किरण पौडेल मूर्दावाद, पर्शुराम बस्नेत मूर्दावाद जस्ता नारा लगाएका थिए । .... युवा संघका केन्द्रीय सचिवालय सदस्य निरञ्जन झाको घरमा संघको विस्तारित बैठक बसेको थियो । जिल्ला अध्यक्ष पशुपति कर्णको अध्यक्षतामा बसेको बैठकले माघ २ गते राजविराजमा वृहत मधेस जागरण सभा आयोजना गर्ने निर्णय गरेको थियो ।..... जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सत्यनारायण मण्डललगायत एमालेका मधेसी नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए ।..... युवा संघले मधेस जागरण तथा संवाद कार्यक्रम अन्तर्गत तराई मधेसका जिल्लाहरुमा अभियान चलाइरहेको छ । यसक्रममा चूरे तथा राजमार्ग क्षेत्रमा केन्द्रित रहेका युवा संघका नेताहरु राजविराज पुगेपछि मोर्चाले अवरोध गर्न खोजेको हो ।
मधेसी मोर्चा कार्यकर्ताले खोज्दै हिँड्दा पूर्व मन्त्री महेश बस्नेत जिल्ला छोड्न बाध्य
राजविराज, पुष १० । एमाले भातृ संगठन यूवा संघ सप्तरीले शुक्रवार जिल्लाको विभिन्न ठाउँमा राखेको भेला कार्यक्रममा सहभागी हुन पुगेका पूर्व उद्योग मन्त्री महेश बस्नेतलाई जिल्लाबाट बाहिर लखेटिएको छ । मोर्चाको अवरोधका कारण निर्धारीत कार्यक्रमहरु समेत हुन सकेको छैन । संघले भने कार्यक्रम सम्पन्न भएको दावी गरेको छ । .... यूवा संघ सप्तरीले राजविराज र कठौनामा भेलाको आयोजना गरेको थियो । सोही भेलाहरुलाई सम्बोधन गर्न बस्नेत बिहीवार राती राजविराजमा आएका थिए । तर, बस्नेत राजविराज आएदेखि नै मोर्चा कार्यकर्ताहरुले खोजी गर्न हिड्न थालेपछि आज९शुक्रवार० आयोजना गरिएको भेला हुन नसकेको हो । .... मोर्चा कार्यकर्ताहरुले राजविराजस्थित विभिन्न होटेल र मदननगरस्थित एमाले जिल्ला कार्यालयमा समेत नेता बस्नेतको खोजी गर्न नाराबाजी गर्दै पुगेका थिए । तर, मोर्चाको अवरोधले गर्दा कार्यक्रम हुन नसक्ने र मुठभेडको स्थितीलाई आंकलन गर्दै स्थानीय प्रहरीले बस्नेतलाई शुक्रवार बिहान ११ बजेतिर जिल्लाबाट बाहिर पुर्याईदिएको .... मधेसी मोर्चाका कार्यकर्ताले खोज्दै हिँडेपछि पूर्व उद्योग मन्त्री बस्नेतलाई सुटुक्क जिल्ला कटाइयो ...... पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा कुनै पनि सरकारी र मधेस विरोधी दलहरुको कार्यक्रम हुन नदिने निर्णय गरेका थिए । सोही निर्णयअनुसार आफूहरुले एमाले भातृ संगठन यूवा संघको कार्यक्रम राजविराज र कठौनामा हुन नदिएको मधेसी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले जानकारी दिए
महत्तोलाई घाइते बनाएको विरोधमा तराईमा माेर्चाको आन्दोलन (फोटो फिचर)
राजेन्द्र महतो पर अन्धाधुन्ध लाठी चार्ज, गोल्डन अस्पताल को प्रहरी ने चारों ओर से घेर रखा है
मधेश आंदोलन-नेता इसे सफल नहीं होने दे रहे और जनता इसे मरने नहीं दे रही





निरोलाई फिक्का पार्ने यी ओली! (विशेष टिप्पणी)
प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति चिसोले मृत्युको मुखमा पुगेका आठ सर्वसाधारणभन्दा आफ्नो कुर्सी बढ्ता प्राथमिकतामा छ। त्यसो हुँदैनथ्यो भने मन्त्रालय फुटाएर पनि साना दलका सांसदलाई मन्त्री बनाउनुभन्दा भूकम्पपीडितको अवस्थाप्रति उनको चिन्ता बढी हुने थियो। ..... ओलीको कार्यशैलीबाट विपक्षी मात्र होइन, आफ्नै पार्टीका नेता तथा कार्यकर्तासमेत कायल छन्। एकातिर उनले भूकम्प र त्यसपछि नाकाबन्दीको स्थितिलाई ध्यानमा राखेर छिटो सरकारलाई क्रियाशील गराएनन् भने अर्कोतिर

उनमा कसैलाई नसुन्ने प्रवृत्तिको विकास भएको देखिन्छ।

त्यही भएर उनको कार्यशैलीबाट असन्तुष्ट हुने जमात पार्टीभित्रै पनि बढ्दैछ। बाहिरको त के कुरा भयो र? ...... ओलीले चौथोपटक गरेको मन्त्रिमण्डल विस्तारले मुलुकमा उत्साहको सञ्चार गरेन। बरु उनलाई एउटा असंवेदनशील प्रधानमन्त्रीका रुपमा आम रुपमा यो कामले चिनाउन थालेको छ। र, उनी यतिमै रोकिनेछैनन्। फेरि केही राज्यमन्त्रीहरूको भारी यो गरिब मुलुकलाई बोकाउने तयारी गर्दैछन्। ..... उनी प्रधानमन्त्री हुँदा अघिल्ला प्रधानमन्त्री सुशील कोइरालाले भन्दा चाँडो निर्णयहरू गर्लान् र मुलुकको यो संकट पार लगाउन सर्वसाधारणमा उत्साहको सञ्चार गराउलान् भन्ने आम विश्वास थियो। एक, उनी चोटिलो बोल्थे। दुई, उनी यसअघि कहिल्यै प्रधानमन्त्री भएका थिएनन्। त्यसैले

उनको गोलीजस्तो बोली र व्यवहारले मुलुकको संकट पार लाउला भन्ने आशा थियो।

...... बरु पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई झल्झली सम्झँदै 'कठै उनी भए सरकारले यस्ता निर्णय त गर्ने थिएन' भन्न थालेका छन्। कम्तीमा कोइरालाले भूकम्पपछिको पुनर्निर्माणका निम्ति विधेयकबाटै भए पनि प्रमुख कार्यकारीको नियुक्ति गराई काम अघि बढाउन खोजेका थिए। .....

भूकम्पपीडितका नाममा पुनर्निर्माण आयोगले खर्च गर्ने खर्बौं रकम कसरी आफूले विश्वास गरेका मानिस र संस्थाहरू मार्फत् प्रयोग गर्ने भन्ने रणनीतिमा ओलीले आफूलाई व्यस्त राखे।

उनी प्रधानमन्त्री बनेको साढे दुई महिनासम्म आयोगको प्रमुख कार्यकारीको नियुक्तिसमेत नगराई बसे। ......... 'घन्टौं लगाएर खाता खोल्नका निम्ति दुर्गमका सर्वसाधारण बैंकमा जानु व्यावहारिक हुन्न भन्ने किन नबुझेको होला?' ..... हरेकपटक छोराछोरीलाई स्कुल पठाउने बेला वा परिवारको भोक टार्न भान्छामा पुग्ने बेला नेतृत्वको अक्षमताप्रति सर्वसाधारणले व्यंग्य गरिरहेका छन्।

हालैको एक चिसो बिहान राजधानीको कपनकी एक महिला टेलिफोनमा भन्दै थिइन्– 'म केपी ग्यास लिन जाँदैछु।' .... अर्थात् दाउरा।

..... जाडोमा परेर सर्वसाधारणको मृत्यु हुनु ओली सरकारका निम्ति कलंकको टीका हो। त्यसप्रति अलिकति पनि चिन्ता नगरी आफ्नै कुर्सीको मात्र भविष्य उनले हेरेको देखिन्छ। ...... संविधानले तोकेको २५ जनाभन्दा बढी मन्त्रिमण्डल संख्या नबनाउने प्रावधान संक्रमणकालमा लागू हुँदैन भन्दैछ। संक्रमणकाल भए पनि संविधानको त्यो प्रावधान एक हिसाबले नैतिक बन्धन पनि हो। नमान्ने भए केही भन्न सकिन्न तर पालना गर्दा आफैँले बनाएको संविधानको सम्मान पनि हुन्छ। ......

हामीलाई लाग्थ्यो– रोम जलिरहँदा निरोले कसरी बाँसुरी बजाइरहन सके? सम्भव रहेछ, आजको ओली सरकार हेरेपछि निरो पनि फिक्का लाग्दा रहेछन्।

False dawn in Kathmandu: how PM Oli lost the plot & what India can do
Oli heads one of the strangest coalitions imaginable in parliamentary politics. Maoists form the mainstay of his government and control important ministries such as Home, Energy and Forest. Rabid right-wing monarchists run other major departments, including the all-important Foreign Ministry. ...... Oli's own party calls itself Marxist-Leninist, but practices what can perhaps be appropriately described as an oxymoronic mix of political Stalinism, ethnic chauvinism and economic free-market fundamentalism. Altogether,

borderline fascism

is the political agenda of Oli's Communist Party of Nepal (United Marxist-Leninist), better known by its initials UML. .......

the government has dealt with all exigencies in the same way - through inactivity

...... Other than occasionally shooting off insults at all and sundry, it really seemed Oli was determined to spend his entire term in hibernation. ...... Over the last few days, he has called Madhesh uprising 'animal-like' and promised to crush it with force. ..... Proportionate inclusion: Unless dominant communities are removed from the list of beneficiaries in the list of proportionate inclusion, the provision will remain meaningless. .......

Consider the following Indian parallel - what if there was a proposed constitutional amendment intended to make Brahmins and Kshatriyas the beneficiaries of positive discrimination? That's what the framers of the supreme law of Nepal have done to ensure the continuity of their hegemony.

..... Citizenship: Laws about citizenship need a complete overhaul to ensure the sanctity of cross-border marriages between India and Nepal. Fudging the issue in the constitution and passing the buck to federal laws of the future is a blatant way of keeping discriminatory practices intact. ......

Provincial boundaries: The proposal to form a high-level commission to resolve battles over federal boundaries appear most deceitful of all.

...... Clearly, the idea of the commission is intended to put the federal agenda in the cold storage. ...... Oli may be high on steroids that he is believed to be taking for various ailments. But any deal reached with India, China or any other country that fails to address longstanding concerns of Madhesis and Janjatis for equality in politics, equity in economy and justice in life is unlikely to end the ongoing protests or prevent incipient unrests....... the reigning coalition has exhausted its political capital. There is very little chance that mere tinkering with the constitution can change its fundamental character, which is patently discriminatory. It only aims to consolidate status quo. .....

Thanks to its vacuous nationalism, the ruling coalition has made the resolution of political conflicts in the country without outside mediation almost impossible.

.... India needs to be an agent of peace and justice in the neighbourhood, rather than serve the interests of status quo in the name of stability.

Comments