Saturday, December 26, 2015

In The News (52)

साझा धारणा बनाउन कांग्रेस, एमाओवादी र मोर्चा तयार
मोर्चाको मागमा साझा धारणा बनाउन केही दिनदेखि प्रमुख विपक्षी कांग्रेस र एमाओवादीले सक्रियता देखाइरहेका छन् । ...... कांग्रेस र मोर्चाबीच दुई घण्टा वार्ता भएको थियो । त्यसपछि एमाओवादीसहितको त्रिपक्षीय वार्ता पनि दुई घण्टा सम्म चलेको थियो । .....

‘कांग्रेस र एमाओवादी सीमाकंनको फेरबदल र संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई परिमार्जन गर्न सहमत भएका छन ।

यो सकरात्मक पक्ष हो’ सुमनले भने .... कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले त्रिपक्षीय वार्ता उपलव्धि उन्मुख भएको बताए । ‘संसद् बैठक सुरु हुनुअघि सम्म साझा निष्कर्ष बनाउने प्रयास हुनेछ’ बैठकपछि कान्तिपुरसंग बडुले भने,

‘सीमांकन सहित सवै मागमा साझा धारणा बनाउने प्रयास भएको छ ।’

...... स्रोतका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कंचनुपरलाई विवादित जिल्ला मानेर तीन महिनाभित्र समस्या हल गर्ने गरी छलफल अघि बढेको छ ..... उनका अनुसार सीमांकन बाहेकका अन्य बिषयमा ठुलो दुरी देखिएको छैन । ....

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छलफल अघि बढीरहे पनि कुनै निष्कर्ष ननस्किएको बताए । उनले समझदारी नहुँदा सम्म आन्दोलन पनि नरोकिने र संसद बैठकको अवरोध पनि जारी रहने बताए ।

...... कांग्रेस र मोर्चावीच भएको छुट्टै वार्तामा सीमांकनलाई तीन महिनाभित्र समाधान गर्नेगरी नागरिकता, भाषा, नेपाली सेनामा समावेशिता सहितका सवै बिषयमा साझा धारणा बनाउने छलफल भएको थियो । ‘सीमांकन बाहेकका अरु माग संविधानमा प्रष्ट पारे मिल्ने खालका छन । ठुलो समस्या देखिन्न’ कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले भने । उनका अनुसार सरकारले तराई(मधेसको मागलाई सम्वोधन गर्न औपचारिक दृष्टिकोण नदिएका कारण समझदारी हुन ढिलाई हुँदै आएको हो । ....... महन्थ ठाकुरले शान्तिपुर्ण आन्दोलनका शीर्ष नेतामाथि विश्वको लोकतान्त्रिक मुलुकमा सरकारबाट आक्रमण भएका घटना बिरलै भेटिने गरिएको भन्दै बिरोध जनाएका थिए । 'तपाईहरुमाथि कसरी विश्वास गर्ने ?'
अबको नेतृत्व मेरै हो : पौडेल
‘आजको दिनसम्म मैले धेरै सहेँ, पार्टी सभापति सुशील कोइरालाले पनि आफूखुसी काम गर्ने सरसल्लाह नलिने ..... पार्टीभित्र भएको ६०/४० भागबण्डाको विकृतिलाई चिर्दै सिद्धान्तको राजनीति, मिशन र भिजन भएकाले नेतृत्व लिन आवश्यक रहेको उनको भनाइ थियो ।
चुनावमा हारको क्षतिपुर्ति असुल्न आन्दोलन गरियो : पौडेल
सरकार आफ्नै बोझले ढल्छ: देउवा
‘सरकारले केहि गर्न नै सकेको छैन, अगाडि बढ्न पनि सकिरहेको छैन’ ..... देउवाले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना तथा डगौरा थारुलाई विशेष अधिकार प्रदान गरेर भए पनि उनीहरुका माग पूरा गरिने बताए ।
सरकारको कामप्रति माधव नेपाल असन्तुष्ट
कालोबजारी, मुल्यबृद्धि र तस्करी मौलाएको भन्दै जनताले राज्य भएको अनुभूति गर्न पाउनुपर्ने बताए । ....

‘सिमाकंन सुझबुझका साथ सल्टाउनुपर्ने बिषय हो

, यसमा राजनीतिक सहमति गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र सामाजिक न्याय सं‌शोधनमार्फत सम्बोधन गर्नुपर्छ ।’
मोर्चाको माग सम्बोधन गर्न कांग्रेस र एमाओवादीबीच छलफल
आजै तीन बजे कांग्रेस-मोर्चा छलफल हुने



उकुसमुकुसमा मधेस
सीमाञ्चलबारे यसअघि भन्ने गरिएको ‘पढाइ न लिखाइ बोर्डर पर बैठाइ’ बल्ल यसपालिको भारतको व्यापारिक नाकाबन्दीले चरितार्थ गरिदिएको छ । अर्थात् पढाइ र लिखाइ नभए पनि बोर्डरमा बस्नेलाई रोजगारको धेरै चिन्ता गर्नु पर्दैन । नाकाबन्दीले बोर्डरमा बसोबास गर्ने दुबै देशका नागरिकको घर—घरमा इन्धनको कारोबार सुरु भएको छ । ..... अहिले उक्त सडक खण्ड हुँदै रक्सोल पुग्दा अधिकांश घर अगाडि एउटा मेचमाथि मिनरल वाटरको बोतलमा पेट्रोल, जर्किनमा डिजेल र रिफिलका लागि राखिएका खाना पकाउने ग्यासका सिलिन्डर लस्करै राखिएका देखिन्छन् । पेट्रोल/डिजेल प्रतिलिटर ५/७ रुपैयाँ नाफा खाएर बिक्री गर्दा पनि दिनकै कम्तीमा ५ हजार रुपैयाँ आम्दानी हुने गरेको ..... बोर्डर कटाएर वीरगन्जमै डेलिभरी गर्नेले अझ दोब्बर नै कमाउँछन् । ‘एलपी ग्यास रिफिल गरे प्रतिसिलिन्डर हजार रुपैयाँ नाफा आउँछ,’ उनले भने, ‘त्यसमा लगानी र रिस्क बढी छ ।’ यस अघि खेतीकिसानी र भँैसी पालनपोषण गर्दै आएका गुप्ताले भैँसीको गोठमा इन्धन भण्डारण गरेका छन् । ‘जेठो छोरोले पम्पबाट तेल ओसार्ने काम गर्छ, उनले सुनाए, ‘म र कान्छो मिलेर बिक्री गर्छौं ।’ भैँसी र घरधन्दाको जिम्मेवारी श्रीमतीले पाएकी छन् । गुप्ता परिवारको मात्र नभई भारत–नेपाल सीमा वारपार बस्ने अधिकांशको दैनिकी नै बनेको छ, इन्धनको कारोबार । ..... बिहानैदेखि राति ८ बजेसम्म इन्धनको कारोबार हुने गरेको छ । हुन त भारतको व्यापारिक नाकाबन्दी हुनुअघि पनि बोर्डरमा बस्नेको पहिलो रोजाइ नै वस्तु ओसारपसार नै हो । तर प्रहरी प्रशासन र दुबैतिरका व्यापारीसँग हिमचिम हुने संगठित समूहले मात्र त्यसको फाइदा लिँदै आएका थिए । यसपालिको भारतको व्यापारिक नाकाबन्दीले पैसा कमाउन चाहने जोसुकैलाई स्वर्ण अवसर जुटाइदिएको छ । नाकाबन्दीको मौकामा इन्धन र ग्यास तस्करीबाट लाखौँ कमाइरहेका केही नेता, कार्यकर्ता र बोर्डरका बासिन्दाले ‘अधिकार नपाउन्जेलसम्म मधेसी जनता लडिरहन्छन्, अभि नहीं तो कभि नहीं’ जस्ता चर्का नारा लगाउने गरेका छन् । ......

साउनको अन्तिम सातादेखि शरीरमा कुर्तासुरुवाल, काँधमा गम्छा राखेर सुरु भएको मधेस आन्दोलन अहिले पुसको शीतलहर र हुस्सु सुरु भइसक्दा पनि जारी नै छ । अधिकार प्राप्तिका लागि भनिएको मधेस आन्दोलन र सीमानाकामा धर्ना यति लम्बिन्छ भनी सायद कसैले सोचेका पनि थिएनन् । मधेसी मोर्चा र सरकारी पक्षबीच हुने प्रत्येक वार्ता सफल होस् भन्ने कामना गर्न थालिएको छ । मधेसका हरेक अनुहार मलिन छन् ।

..... ‘पहाडिया सब अधिकार छिनले लसन्, हमनीके लैकाके अब सरकारी नोकरी नामिली, इन्डियासे आइल पतोहके नागरिकता नामिली, मधेसीयाके लैका देशके प्रधानमन्त्री, राष्ट्रपति नाबने सकी’ अर्थात् ‘पहाडियाले सबै अधिकार खोसे । हाम्रा बालबच्चाले सरकारी नोकरी पाउँदैनन् । भारतीय बुहारीले नागरिकता पाउँदैनन् । मधेसीको बच्चा राष्ट्रको संवैधानिक पदमा पुग्दैन् ।’ .... आन्दोलन सुरु भएदेखि स्थानीय एफएमहरूले सञ्चालन गर्दै आएका ‘मधेस विशेष कार्यक्रम’मा सहभागीहरूले प्रत्यक्ष फोन गरी नेतालाई सचेत रहन चेतावनी नै दिन्छन् । ..... गत पुस ३ देखि सरकारलाई अन्तिम धक्का दिनका लागि कडा पारिएको आन्दोलनमा जनता सडकमा आएनन् । केही कार्यकर्ताले आन्दोलन चर्काउन प्रहरी प्रशासनमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गरे पनि ३ दिन नबित्दै उनीहरू पनि शान्त भएका छन् । छठयता जनता आन्दोलनमा आएका छैनन् । बजार खुलेका छन् । ..... असोज ७ देखि सुरु नाकाधर्नाले मुलुकको आयात—निर्यातको मुख्य व्यापारिक नाका अझै ठप्प छ । रक्सौलका प्रभावशाली व्यापारी तथा भारतीय जनता पार्टीका समर्थक महेशकुमार अग्रवालको गोदाम परिसरमा धर्नाकारीका लागि नि:शुल्क मेस सञ्चालनमा ल्याइएको छ । दैनिक ३ समय धर्नास्थल मितेरी पुलमै नास्ता र मिनरल वाटरको व्यवस्था गरियो । नगर परिषद रक्सौलले पुलमै घुम्ती शोचलायको व्यवस्था गरिदियो । दसगजा क्षेत्रमा भारतीय प्रशासन र व्यापारीको प्रत्यक्ष संलग्नता देखिए पनि नेपाली प्रशासनले नाका अवरोध हटाउने पहल गरेन । यताबाट हटाउँदा सजिलै भारतीय भूमिमा आश्रय लिने भएकाले मात्र हिंसा र तनावका लागि पहल नगरिएको सुरक्षा स्रोत बताउँछ । यसको सट्टा यस नाकाको भौगोलिक अवस्थितिले समेत धर्नाकारीलाई सघाएको छ । ‘मुलुकका अन्य नाकामा वारि नेपाल भन्सार र पारि भारतीय भन्सारका कार्यालयहरू छन्,’ वीरगन्ज भन्सारका एक कर्मचारी भन्छन्,

‘तर यहाँ दुवै भन्सारको बीचमा ४ सय मिटरमात्र खाली ठाउँ छ ।’

...... एक महिनादेखि धर्नाकारीहरूको संख्या घटेसँगै त्रिपालको संख्या पनि घटेको छ । सुरु—सुरुमा ५ वटा त्रिपाल ठड्याइएका थिए । अहिले एउटा मात्र छ । ‘पहिलेको तुलनामा धर्नाकारीहरूको संख्यामा कमी आए पनि सहभागिता राम्रै छ,’ पहिलो दिनदेखि नै धर्नामा बसिरहेका स्थानीय नेता कृष्ण पटेल भन्छन्, ‘मधेसको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहन्छ ।’ धर्नाकारीका लागि आगो ताप्न दाउरा, बाक्लो ओढ्ने, बिछ्याउने र मच्छरदानीको व्यस्थासमेत गरिएको छ । ...... बेलाबेला वाणझैँ निस्कने प्रमुख दलका नेताहरूको मधेसप्रतिको अभिव्यक्तिले त्यसै पनि मन विभाजित बनाएकै थियो । माहोल यस्तो बन्यो कि जो जहाँ थियो, त्यही अवस्थामा चाहेर वा नचाहेर आन्दोलनप्रति समर्थन जनाउन बाध्य हुँदै जानुपर्ने भयो । ...... कांग्रेसका एक केन्द्रीय सदस्य जो अघिल्लो निर्वाचनमा हारेका थिए, मितेरी पुलमा पुगेर आन्दोलनकारीहरूसित धर्नामै बसे । निकट भविष्यमा हुने भनिएको स्थानीय निकायको निर्वाचनको तयारीका लागि पनि कांग्रेसका नेताले झण्डा बोकेर मधेस आन्दोलनको समर्थनमा जुलुस प्रदर्शन गरे । एमालेका समेत केही सभासदले विज्ञप्ति जारी गरी मधेसका जायज माग तत्काल पुरा गर्न माग गरे । ..... जीवनको कुनै कालखण्डमा काठमाडौँमा अध्ययन वा कामको सिलसिलामा हुँदा भोगेका जातिगत/रंगभेदी टिप्पणीको रिस यसपालि सामाजिक सञ्जाल हुँदै सडकमा मज्जाले पोखियो । ठाकुरराम बहुमुखी क्याम्पसका एकजना उपप्राध्यापकले आफू २ दशकअघि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अध्ययन गर्दा पहाडी साथीहरूले ‘मधेसी’, ‘धोती’ भनी गिज्याएको सम्भिँmदै पहाडी शासक वर्गले सुरुदेखि नै मधेसीलाई होच्याएर व्यवहार गर्ने गरेको आरोप लगाउन चुकेनन् । .....

‘मधिसे’बाट मधेसीमा रूपान्तरण भएको सम्मानको अवस्था पछिल्लो सीमानाका धर्नाले पुन: मधेसीबाट ‘मधिसे’मै परिवर्तन भएको छ

...... नाकाबन्दीका कारण किसानले उत्पादन गरेको धान बिक्री हुनसकेको छैन । गर्जो टार्न बिक्री गर्नैपर्नेले गत वर्षको भन्दा ५ देखि ८ सय रुपैयाँसम्म कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । उद्योग, कलकारखाना, यातायात, व्यापारिक प्रतिष्ठान ठप्प हुँदा लाखौँ जनशक्ति लामो समयदेखि रोजगारविहीन छन् । हातमुख जोर्ने समस्याले रन्थनिएर अवैध कारोबारमा संलग्न भएका छन् । ..... इन्धन, एलपी ग्यास अभावमा निम्न र मध्यम परिवार कष्टप्रद जीवन बिताइरहेका छन् । मोर्चाका स्थानीय अगुवा नेताले ‘बाहिरी रूपमा अभि नहीं तो कभि नहीं,’ ‘इस बार नगद में अधिकार चाहिए’ जस्ता उत्तेजित र तातो अभिव्यक्ति दिए पनि भित्री रूपमा उनीहरूलाई आन्दोलन कसरी सफल अवतरण गराउने भन्ने सकसले सताउन थालेको छ । ......

बाहिरी रूपमा सरकार र मोर्चा कडा रूपमा प्रस्तुत भए पनि भित्री रूपमा दुवै गलिसकेका छन् ।

..... संघीय प्रदेशको सीमांकनलाई बटम लाइन बनाएको मोर्चाले तत्काल त्यसलाई छाडेर सम्झौता गर्ने अवस्था छैन । उनले थपे, ‘राष्ट्रियता र अखण्डताको नारालाई उचाइमा पुर्‍याएको अहिलेको सरकारले यही बीचमा सीमांकनमा संशोधन गरिहाल्ने अवस्था पनि छैन । किनकि आगामी दिनमा दुवैलाई जनता फेस गर्नुछ ।’ यी दुवैको ‘इगो’बीच समाधान अड्किएको छ । ...... ‘आन्दोलन दुई महिनाअघि नै उत्कर्षमा पुगिसकेको थियो,’ मोर्चाका एक नेता भन्छन्, ‘त्यसपछि दुवै पक्षबीच आरोप/प्रत्यारोपको क्रम जारी छ । सरकार आन्दोलनलाई थकाएर पन्छिन खोजेको आभास भइरहेको छ ।’ ३ महिनाभन्दा बढीको नाकाबन्दीले पहाडका मात्र नभई मधेसका जनता मानवीय संकटमा परेका छन् । ..... असोज ७ बाट नाकामा धर्ना सुरु भएदेखि आन्दोलनकारीका लागि रक्सौलमा मेस सञ्चालन गर्दै आएका भारतीय नागरिक महेश अग्रवालसमेत छट्पटिएका छन् । अग्रवाल नाकाबन्दीले नेपालमात्र नभई सीमावर्ती भारतीय जनता पनि अत्यधिक मारमा परेको गुनासो गर्न थालेका छन् । उनले भने, ‘यति लामो आन्दोलन कुनै पनि देशको हितमा हुँदैन । ..... ‘प्रदेश नम्बर–२ को सीमांकन झापासम्म हुन नसक्ने भएपछि यसकै निहुँमा देश डुबाउनु हुँदैन । आन्दोलनको बैठान केमा हुनसक्छ, यसमा गृहकार्य आवश्यक छ ।’ ...... मंसिर अन्तिम साता मोर्चाका नेताहरूको दिल्ली दौडाहाले आन्दोलन चक्रव्यूहमा परेको मधेसका बुद्धिजीवीहरूले टिप्पणी गरेका छन् । नेताहरूको दिल्ली भ्रमणसँगै मधेस आन्दोलनको विसर्जन भएको टिप्पणी हुने गरेको छ । प्रधानमन्त्री चुनावमा सहभागी भएर नैतिकता गुमाएका मधेसीवादी दलका शीर्षस्थ नेताहरूले भारत गएर मधेस आन्दोलन विसर्जन गरेको आरोप बढ्दो छ । .....

नाकाबन्दी लम्बिएपछि मोर्चाका नेता र कार्यकर्ताहरू नै रंगदारी उठाउने, इन्धन र खाना पकाउने ग्यासको तस्करीमा संलग्न हुन थालेपछि अधिकांशमा निराशा उत्पन्न भएको छ ।

..... प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार सुरक्षाकर्मीलाई सकेसम्म गोली नचलाउनु र चलाउनैपरे घुँडाभन्दा मुनिमात्रै हान्नु भन्ने निर्देशन दिइएको थियो । तर पश्चिम नेपालको टीकापुर घटनाले प्रहरीमा आफूहरू असुरक्षित भएको सन्देश गइरहेको थियो । वीरगन्जको घटनामा टीकापुर ‘फोबिया’ बढी नै हावी भएको थियो ।

No comments: