Friday, December 25, 2015

In The News (50)



नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन पाकिस्तान पुगे मोदी
नरेन्द्र मोदीले आज पाकिस्तानको ‘सरप्राइज’ भ्रमण गरेका छन् । आफ्नो सरकारको सहयोगमा अफगानिस्तानको काबुलमा बनेको संसद् भवनको उद्घाटन गर्न पुगेको मोदीले फर्किने क्रममा पाकिस्तानको लाहोर ‘झरेका’ हुन् । ...... सन् २००४ यता कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेका छैनन् ।
नेपाल र चीनबीच आठबुँदे सहमति
पेट्रोलियमसम्बन्धी सम्झौताको तयारी, नेपाल भ्रमणमाथिको बन्देज हट्यो, तातोपानी र अन्य नाका खोल्न चीन सहमत, प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ । ...... यस विषयलाई थप अगाडि बढाउने टुङ्गो लागेको हो ..... ८ बुँदे सहमतिमा पनि दुई देशका व्यवसायीहरुबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साहन गरिने उल्लेख छ ..... वर्ष २०१६ भरी नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई भीसा शुल्क नलाग्ने घोषणा परराष्ट्र मन्त्रीले गरेका छन् ..... शुक्रबार भएको सहमतिमा वर्तमान नाकालाई पुन: प्रयोग गर्ने कुरामा नेपालले राख्दै आएको तातोपानी नाकालाई सुचारु गर्ने कुरामा चीनले सहमति जनाएको छ । चीनले केरुङ नाकालाई प्राथमिकतामा राखे पनि नेपालको बारम्बारको आग्रहपछि तातोपानी नाकालाई पनि सुचारु राख्ने सहमति जनाएको हो । साथै थप नाका खोल्न पनि चीनले सहमति जनाएको छ । ..... चीनले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको निमन्त्रणा पनि गरेको छ । उच्चस्तरीय आदानप्रदान भ्रमण अन्तर्गत आगामी वर्ष सन् २०१६ मा नेपालका प्रधानमन्त्रीको भ्रमणको निमन्त्रणा गरेको छ भने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्या भण्डारीले चीनका राष्ट्राध्यक्ष सी जिन पिङलाई नेपाल भ्रमणका लागि गरेको निम्तो चीनका परराष्ट्रमन्त्री वाङ यीमार्फत हस्तान्तरण गरेका छन् ।
नयाँ शक्तिले सोचेको नयाँ नेपाल
आफ्नै सानो घरको पिँढी भत्केको करेसाबारी बाँझै भएको, आफ्नै घर अगाडिको बाटो भत्किएर हिलाम्मे भएको, आफ्नै हरियाली पाखोबारीमा वनमाराको झाडीले बेरेर बेवारिसे भएको, आफ्नै साना खोला, नदीहरू हामीलाई गिज्याउँदै भारततिर हुइँकिरहेको, हाम्रो सौन्दर्यताको प्रतीक हिमशृङखला लगायतका मनोरम स्थलहरू संरक्षण विनाको टुहुरा बच्चाहरूजस्तो बनेको, ससाना उद्योग कलकारखानाहरू दिन—प्रतिदिन खण्डहर बन्दै गइरहेको जस्ता संवेदनशील विषयहरू टुलुटुलु हेर्दै गफ गर्ने सिद्धान्तले हाम्रो जीवन फेरिने छैन । .....

आलोचना, विरोध र राजनीतिक प्रहारमा रमाउने नेपाली वामपन्थीहरूको संस्कार र लोकतन्त्रका नाममा विधि र प्रणालीको शृङखलाबद्ध विकास नै गर्न नसक्ने लोकतन्त्रवादीहरूको सस्तो शब्द प्रयोगका कारण नेपाली राजनीति धमिलो बनेको छ ।

........ आफ्नै करेसाबारीमा मेथी फलाउने, आफ्नै खोलामा विद्युत निकाल्ने र खेर गइरहेको जल, जमिन र ऊर्जालाई मानवीय प्रयोगमा ल्याउने सिद्धान्त अब हामी नेपालीलाई आवश्यक भइसकेको छ । ..... झन्डै आधा जनसंख्या किन बेरोजगारीका कारण संसारमा अपमानित भएर श्रम र सीप बेच्न बाध्य छौं ? ..... काम, माम, बास र सिटामोल दिने प्रणाली चाहिएको छ .....

सायद राज्यका सबै तह र निकायहरूमा समावेशी र समानुपातिक प्रतिनिधित्व प्रणालीको सुनिश्चितता गर्‍यौं भने यो विषय स्वत: सहभागीमूलक हुन्छ र सबै प्रकारका विभेदहरूको अन्त्य हुँदै जान्छ ।

..... झन्डै– झन्डै हाम्रो देश सात दशकजति राजनीतिक नारा र आन्दोलनको भारीले उठ्न सकेन । राजनीतिक आन्दोलनले थला परेको देश कतै साम्प्रदायिकताको खाडलमा पर्ने त होइन ? यो गम्भीर चिन्ताले हामी निसार र उदेक भैरहेका छौं ।
आयोगको विशेष अनुगम टोली तराईमा
आयुक्तहरु आफै खटिए

No comments: